×

NEPAL TIMES UPDATES

Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 20, 2026
Playing
किमले ट्रम्पलाई दिए आ*ण*वि*क धम्की! || Nepal Times
Apr 20, 2026
Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026

नाम, थर र जन्मदर्तामा त्रुटि छन् ? अब सच्याउन सकिन्छ

१९ श्रावण २०८२
१८ साउन , काठमाण्डौ ।
व्यक्तिगत घटना विवरण नमिलेर झन्झट व्यहोरिरहेका नेपाली नागरिकले अब भने राहत पाउने भएका छन् । राज्यले केही नेपाल ऐनलाई संशोधन गर्दै अब व्यक्तिगत घटना विवरण सच्याउन मिल्ने बनाएको हो ।
व्यक्तिगत घटना दर्ताका प्रमाणपत्रमा नाम, थर, उमेर वा अन्य विवरणमा भएको गल्ती अब एक पटकका लागि सच्याउन पाइने भएको हो ।
सरकारले केही नेपाल ऐन संशोधन’ मार्फत ’राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६’ लाई संशोधन गर्दै यो महत्त्वपूर्ण व्यवस्था गरेको  छ।
यो व्यवस्थाले वर्षौंदेखि विवरण नमिलेर नागरिकता, राहदानी, शैक्षिक प्रमाणपत्र र अन्य सरकारी सेवा लिन सास्ती भोगिरहेका हजारौं नागरिकलाई ठूलो राहत दिएको छ ।
संशोधित ऐनअनुसार, जुनसुकै व्यक्तिगत घटना जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद, बसाइँसराइ दर्ताको प्रमाणपत्रमा रहेको त्रुटिपूर्ण विवरण सच्याउन सम्बन्धित व्यक्तिले एक पटकका लागि निवेदन दिन सक्नेछन्।
यसका लागि कुनै उमेर वा समयको हदबन्दी तोकिएको छैन, जसले गर्दा वयस्क व्यक्तिहरूले समेत यो सुविधा पाउनेछन्।  यसअघि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ मा केवल २०७६ सालपछि जन्मेका बच्चाको जन्मदर्ताको विवरण, त्यो पनि दर्ता भएको एक वर्षभित्र मात्र सच्याउन मिल्ने अत्यन्तै सीमित र अव्यावहारिक व्यवस्था थियो।
ऐनको दफा २५ को उपदफा १ मा ऐन लागू भएपछि जन्मेको बच्चाको उमेर, नाम, थर वा अन्य विवरण ऐन बमोजिम एक पटक दर्ता भई दर्ताको प्रमाणपत्र प्रदान गरिएपछि सच्याउनु परेमा त्यसको लागि सम्बन्धित व्यक्तिले त्यस्तो प्रमाणपत्र लिएको एक वर्षभित्र मात्रै स्थानीय पञ्जिकाधिकारीको कार्यालयमा तोकिएको ढाँचामा निवेदन दिन पाउने व्यवस्था थियो ।
यसको मतलब यसअघि बच्चाको मात्रै उमेर, नाम, थर वा अन्य विवरण दर्ता भएको एक वर्षभित्र मात्रै सच्याउन पाउने व्यवस्था थियो । अब जो सुकैले पनि एक पटक सच्याउन पाउने भएका छन् ।
विवरण सच्याएको जानकारी भने स्थानीय पञ्जिकारधिकारीले राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागलाई समेत उपलब्ध गराउनुपर्नेछ ।यसरी प्राप्त विवरणको आधारमा विभागले सम्बन्धित व्यक्तिको परिचय नम्बर रहेकोमा उक्त परिचय नम्बर रहेको त्यस्तो व्यक्तिको विवरणमा समेत उक्त विवरण सच्याउनुपर्नेछ ।
सानो गल्तीका कारण उनीहरूले नागरिकता, राहदानी, शैक्षिक प्रमाणपत्र र अन्य सरकारी कागजात बनाउँदा ठूलो झन्झट बेहोर्नु परेको थियो।
यही अप्ठ्यारो फुकाउन राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले ऐन संशोधनको प्रक्रिया अघि बढाएको थियो। विवरण सच्चाउन भने सम्बन्धित व्यक्तिले आफ्नो स्थानीय  वडा कार्यालयमा तोकिएको ढाँचामा निवेदन दिनुपर्नेछ।
विवरण सच्याएपछि स्थानीय पञ्जीकाधिकारीले त्यसको जानकारी राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागलाई गराउनुपर्नेछ। विभागले सोही आधारमा सम्बन्धित व्यक्तिको राष्ट्रिय परिचयपत्रको विवरणमा समेत स्वचालित रूपमा सुधार गर्नेछ, जसले गर्दा सबै सरकारी तथ्याङ्क एकरूप हुनेछ।
ऐन संशोधन भइसकेकाले अब गृह मन्त्रालयले निवेदनको ढाँचासहितको विस्तृत नियमावली तयार पार्नेछ। नियमावली  तयार भएपछि नागरिकले आधिकारिक रूपमा निवेदन दिन सक्नेछन्।
Advertisement

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top