×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

राज्यको ढुकुटीमाथि ‘वनभोज’, सरकारी खर्चमा मन्त्रीको परिवार नर्वे सयर

२० श्रावण २०८२
१९ साउन , काठमाण्डौ । 
जब देश आर्थिक संकटको चपेटामा छ र आम नागरिकलाई सामान्य जीवनयापन गर्नसमेत धौ–धौ परिरहेको छ, त्यही बेला जनताको करबाट चल्ने राज्यको ढुकुटीमाथि ‘वनभोज’ मनाउने प्रवृत्ति रोकिएको छैन।
यसको पछिल्लो र निर्लज्ज उदाहरण बनेका छन् वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही। उनले हुँदै नभएको कार्यक्रमको बहानामा मन्त्रिपरिषद्को आँखामा छारो हालेर पत्नी र स्वकीय सचिवसहित सरकारी खर्चमा नर्वेको सयर गरेका छन् ।
मन्त्री शाहीको यो ‘रमाइलो वनभोज’को रहस्य धेरै दिन लुकेन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद असिम साहले संसदमा यो विषयलाई जोडदार रूपमा उठाउँदै सरकारमाथि कडा खबरदारी गरेका छन् ।
उनले देश आर्थिक रूपमा थला परेका बेला मन्त्रीको सपरिवार नर्वे भ्रमणलाई लीला अपरम्पारको संज्ञा दिँदै सभामुखसमक्ष जिज्ञासा राखे, देशको ढुकुटीमा यो कस्तो रमाइलो वनभोज चलिरहेको छ?
सांसद साहले यसलाई भ्रष्टाचारको संस्थागत परम्परासँग जोड्दै पूर्वमन्त्री राजकुमार गुप्ताको ‘घुस डिल’ अडियो प्रकरणको समेत स्मरण गराए।
भ्रष्टाचारको प्रमाण बाहिर आउँछ, राजीनामा दिएपछि सबै पखालिन्छ? राजीनामा त भ्रष्टाचारको अपराधबाट मुक्ति पाउने गंगा स्नान पो भएछ “  उनले संसदमा भनेका छन् । 
मन्त्री शाहीले ‘नर्वे टु इस्ट्रेन्थन को–अपरेसन’ नामक कार्यक्रममा सहभागी हुन जाने भन्दै मन्त्रिपरिषद्बाट ९ देखि १४ साउनसम्मका लागि भ्रमण स्वीकृत गराएका थिए ।
तर, वास्तविकतामा नर्वेमा यस्तो कुनै कार्यक्रम नै आयोजना भएको थिएन।  भ्रमणमा मन्त्री शाही, उनकी पत्नी वसुना र स्वकीय अधिकृत भीम विष्टको हवाई टिकटदेखि सम्पूर्ण खर्च प्रकृति संरक्षण कोषले व्यहोरेको थियो, जुन वन मन्त्रालयअन्तर्गतकै एक सरकारी संगठित संस्था हो।
सामान्यतया मन्त्रीका विदेश भ्रमणबारे मन्त्रालयको सचिवालयले सामाजिक सञ्जालमा जानकारी दिने गरे पनि यो भ्रमणलाई पूर्ण रूपमा गोप्य राखिएको थियो ।
यो   प्रकरणमा प्रकृति संरक्षण कोषका सदस्यसचिव डा. नरेश सुवेदी पनि जोडिएका छन् । उनको कार्यकाल आगामी पुसमा सकिँदै छ र उनी दोस्रो कार्यकालका लागि दौडधुपमा छन्।
नर्वेको युनिभर्सिटी अफ इनल्यान्डका प्राध्यापकलाई निमन्त्रणा पठाउन लगाएर कोषको लाखौँ रुपैयाँ खर्चमा मन्त्रीदम्पती र उनका स्वकीय सचिवलाई घुमाउनुको पछाडि सुवेदीको पद जोगाउने स्वार्थ रहेको टिप्पणी   भइरहेको छ ।
आफ्नो विवादास्पद भ्रमणबारे प्रश्न उठेपछि मन्त्री शाहीले गोलमटोल र अविश्वसनीय जवाफ दिएका छन्। उनले आफू कोषको अध्यक्षको हैसियतले युनिभर्सिटीको कार्यक्रममा गएको दाबी गरेका छन् ।
उनले पत्नीलाई निजी खर्चमा लगेको दाबी गरे पनि सम्पूर्ण भ्रमणको प्रायोजन नै स्वार्थ प्रेरित तरिकाले मिलाइएको तथ्यले उनको दाबीलाई खण्डन  गरेको छ ।
प्रधानमन्त्री  केपी शर्मा ओलीका  विवादित मन्त्रीहरुको सूचीमा  अब वन मन्त्री समेत जोडिएका छन् ।  उनी नेपाली काग्रेसबाट मन्त्री बनेका हुन् ।
शिक्षामन्त्री र उर्जा राज्यमन्त्री र सामान्य प्रशासन मन्त्रीले राजीनामा गरिसकेको ओलीसरकारका आधा दर्जनभन्दा बढी मन्त्री विवादमा जोडिएका छन् ।
घुसको अडिओ सार्वजनिक भएपछि पछिल्लो समय सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिएपनि उनीमाथि छानविन अघि बढ्न सकेको छैन् भने उनीसँगै घुस डिलमा मुछिएका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री वलराम अधिकारी मन्त्रीकै जिम्मेवारीमा रहेका छन् ।
Advertisement

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top