×

NEPAL TIMES UPDATES

Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 20, 2026
Playing
किमले ट्रम्पलाई दिए आ*ण*वि*क धम्की! || Nepal Times
Apr 20, 2026
Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026

दुर्गा प्रसाईविरुद्ध सर्वाेच्च जाँदै सरकार ,थुन्नै पर्ने माग

२१ श्रावण २०८२
२० साउन , काठमाण्डौ ।
गत चैतमा भएको राजावादी आन्दोलनका क्रममा पक्राउ परेका दुर्गा प्रसाईंलाई उच्च अदालत पाटनले धरौटीमा छाड्न दिएको आदेश विरुद्ध महान्यायाधिवक्ताको कार्यालय सर्वोच्च अदालत जाने भएको छ।
उच्च अदालतको आदेशले गम्भीर प्रकृतिको अपराधलाई नजरअन्दाज गरेको र कानुनी व्यवस्थाको प्रतिकूल रहेको ठहर गर्दै महान्यायाधिवक्ता कार्यालयले प्रसाईंलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न माग गर्ने निर्णय गरेको हो।
गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनमा संलग्न भएको आरोपमा जिल्ला अदालत काठमाडौँको आदेशले पुर्पक्षका लागि थुनामा रहेका दुर्गा प्रसाईंलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएपछि प्रसाईँ रिहा भएका छन् ।
उच्च अदालतका न्यायाधीशद्वय डिल्लीरत्न श्रेष्ठ र टंकप्रसाद गुरुङ तथा अर्को इजलासका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको संयुक्त इजलासहरूले प्रसाईंविरुद्धका फरक–फरक मुद्दामा धरौटी माग गर्ने आदेश दिएका हुन्।
अदालतले प्रसाईं क्यान्सरबाट पीडित रहेको प्रमाणलाई आधार मान्दै धरौटीमा छाड्ने निर्णय सुनाएको थियो। यद्यपि, आदेशमा भनिएको छ, “मिसिल संलग्न तत्काल प्राप्त प्रमाणहरूबाट यी प्रतिवादी दुर्गा प्रसाईं निर्दोष रहेछन् भनी अहिले नै भन्न सकिने अवस्था देखिएन।“
अदालतको आदेशपछि प्रसाईंले कूल २८ लाख रुपैयाँ धरौटी बुझाएर डिल्लीबजार कारागारबाट रिहा भएका छन्।
उनको रिहाइ प्रक्रियामा केही ढिलाइ भएपछि नेपाली कांग्रेसका सांसद तथा  मेडिकल व्यवसायी डा. सुनिल शर्मा समेत कारागार पुगेर सहजीकरण गरेका थिए।
उच्च अदालतको आदेशप्रति गम्भीर असहमति जनाउँदै महान्यायाधिवक्ताको कार्यालयले उक्त निर्णयलाई सर्वोच्च अदालतमा चुनौती दिने भएको छ।
कार्यालयका प्रवक्ता, सहन्यायाधिवक्ता उद्धवप्रसाद पुडासैनीका अनुसार उच्च अदालतको आदेश कानुनी रूपमा त्रुटिपूर्ण छ र यसले अपराधलाई बढावा दिन सक्छ।
“जिल्ला अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ बमोजिम थुनामा राख्ने सही आदेश गरेको थियो,“ प्रवक्ता पुडासैनीले भने, “त्यसलाई बदर गर्ने उच्च अदालतको आदेश उक्त दफाको व्यवस्था र मर्मविपरीत छ। हामी यो आदेश बदर गरी प्रतिवादीलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न माग गर्दै सर्वोच्च अदालत जान्छौं।“
महान्यायाधिवक्ता कार्यालयले प्रसाईंविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, संगठित अपराध र आपराधिक उपद्रव जस्ता गम्भीर अभियोग रहेको र यस्तो अवस्थामा धरौटीमा छाड्दा मुद्दाको गाम्भीर्यता कमजोर हुने तर्क अघि सारेको छ।
कार्यालयले यसलाई “अर्बपति न्याय“ स्थापित गर्ने प्रयासको रूपमा समेत टिप्पणी गरेको छ।
मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७  अनुसार तीन वर्षभन्दा बढी कैद सजाय हुन सक्ने, संगठित अपराध, ज्यान सम्बन्धी कसुर वा जन्मकैदको मागदाबी भएका मुद्दामा तत्काल प्राप्त प्रमाणबाट कसुरदार देखिने मनासिब आधार भएमा अदालतले अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिन सक्छ।
जिल्ला अदालतले यही दफालाई टेकेर प्रसाईंलाई थुनामा पठाएको थियो।  मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३ ले तल्लो अदालतले गरेको आदेशमा चित्त नबुझेमा माथिल्लो अदालतमा निवेदन दिन सकिने कानुनी अधिकार प्रदान गर्दछ।
महान्यायाधिवक्ता कार्यालयले यही व्यवस्थाअनुसार सर्वोच्च अदालतमा निवेदन दिने तयारी गरेको हो।
कानुनी प्रक्रियाअनुसार, जिल्ला सरकारी वकिल कार्यालयले उच्च अदालतको आदेशको नक्कल प्राप्त गरेपछि उच्च सरकारी वकिल कार्यालय पाटन हुँदै महान्यायाधिवक्ता कार्यालयमा प्रस्ताव पठाइनेछ र त्यसपछि सर्वोच्च अदालतमा निवेदन दर्ता गरिनेछ।
Advertisement

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top