×

NEPAL TIMES UPDATES

Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026
Playing
World News: Cubaलाई कस्दै America, Indiaमा ‘कक्रोच जनता पार्टी’को तहल्का || Nepal Times
May 21, 2026

कांग्रेसको प्रदेश संसदीय दलको बैठक सुरु, प्रदेशको नाम र राजधानीमा साझा धारणा बनाउने

१८ आश्विन २०७५

विराटनगर,असोज १८
प्रदेशको नाम र स्थायी राजधानीको बिषयमा साझा धारणा बनाउन नेपाली कांग्रेस एक नं प्रदेश संसदीय दलको बैठक सुरु भएको छ । विराटनगरमा सुरु भएको दलको बैठकमा एक नम्बर प्रदेशको स्थायी राजधानी र नामको बारेमा छलफल केन्द्रित हुने बताइएको छ ।

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्र्कीले प्रदेशको नाम र स्थायी राजधानीका बिषयमा प्रदेश सदस्यहरुको राय बुझेर त्यस बिषयमा दलको साझा धारणा बनाउन बैठक आब्हान गरिएको जानकारी दिए । उनले बैठकमा दलका तर्फबाट कुनै प्रस्ताव नलगिएको भएपनि प्रदेशको नामको बिषय र स्थायी राजधानीको बिषयमा बैठकमा गम्भीर छलफल हुने बताए ।

Advertisement
Advertisement

त्यसपछि प्रदेशको नाम र स्थायी राजधानीको बिषयमा दलले साझा धारणा तय गर्ने उनले जानकारी दिए । २१ जना प्रदेशसभा सदस्य रहेको कांग्रेस प्रदेश नम्बर एकमा प्रमुख प्रतिपक्षीको रुपमा रहेको छ । कांग्रेस नेतृत्वको सरकारले बिराटनगरलाई अस्थायी राजधानी तोकेकाले पनि पहिला देखि नै विराटनगर नै स्थायी राजधानी हुनुपर्नेमा बहुसंख्यक सांसदहरु देखिदै आएको छन् ।

कांग्रेसले बुधबार साँझ मोरङका प्रदेश सांसदसँग प्रदेशको राजधानी र नामको बारेमा जिल्ला पार्टी कार्यालयमा छलफल गरेको थियो । सत्तापक्ष नेकपाको पनि प्रदशेको नाम र स्थायी राजधानीका बिषयमा निर्णय गर्न संसदीय दलको बैठक चलिरहेको छ । यद्यपि नेकपाको बैठक दुई दिन चलेर स्थगित भएको छ । त्यसपछि बैठक बस्न सकेको छैन ।

मुख्यमन्त्री शेरधन राई भने राजधानी बिराटनगर र संसद सचिवालय इटहरीमा राख्नु पर्ने पक्षमा उभिएका छन् । नेकपाका कुल ६७ जना सांसद रहेकोमा ५४ जना सांसदले नाम र स्थाथी राजधानीका बिषयमा आफनो राय राखिसकेका छन । अब मुख्यमन्त्री,मन्त्रीहरु र केही सांसदले मात्र नाम र स्थायी राजधानीको बारेमा आफना धारणा राख्ने बाँकी छ ।

Advertisement
Advertisement

नेकपाको दलको बैठकमा सांसदहरु बिराटगरसँगै इटहरी आसपास स्थायी राजधानी राख्नु पर्ने पक्षमा उभिएका छन् । नामको बारेमा किँरात सगरमाथा र सगरमाथा किँरात हुनपर्ने पक्षमा मत जाहेर गरेका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top