×

NEPAL TIMES UPDATES

Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026
Playing
Top 15 Afternoon News || April-23-2026 || Nepal Times
Apr 23, 2026
Playing
संविधान संशोधनबारे हर्कले दिए ९ बुँदे सुझाव, संसदबाहिर बाटै मन्त्री || Nepal Times
Apr 23, 2026
Playing
होर्मुजमा बारूदी सुरूङ हटाउन Americaलाई ६ महिना लाग्ने || Nepal Times
Apr 23, 2026
Playing
रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन || Nepal Times
Apr 23, 2026
Playing
Iran यु द्धमा Trumpको शक्ति घटाउने विधेयक पाँचौँ पटक अस्वीकृत || Nepal Times
Apr 23, 2026
Playing
शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली गर्ने तयारी|| Nepal Times
Apr 23, 2026
Playing
चीनले इरानलाई पठाएको ’उपहार’ ट्रम्पले खोसे || Nepal Times
Apr 23, 2026

श्री एयरमा फेरि प्राविधिक समस्या,आकाशमै इन्डिकेशनमा समस्या

३ भाद्र २०८२
३ भदौ , काठमाण्डौ ।
काठमाडौंबाट विराटनगरका लागि उडान भर्ने क्रममाश्री एयरलाइन्सको विमानमाप्राविधिक समस्या देखिएपछि आकस्मिकअवतरण गरिएको छ ।
त्रिभुवन विमानस्थलबाट उडान भर्ना साथ आकाशमै प्राविधिक समस्या देखिए पछि श्रीएयर लाइन्सको ८० सिट क्षमताको ९ एनएओएम ७३१ विमानपुनः त्रिभुवनविमानस्थलमै आकस्मिक अवतरण गरिएको हो ।
उडान भर्ना साथ पुन विमान फर्काइए पछि विमानमा सवार यात्रु आत्तिएका थिए । उनीहरुले  विना चेकजाँच उडान भरेको आरोप समेत लगाएका छन् ।
तर श्री एयरले भने विमान उडान अघिका सबै प्रोटोकलहरु पूरा गरेर चेक जाँचपछि  उडान भरेपनि सामान्य प्राविधिक समस्या देखिएपछि काठमाडौं नै फर्काइएको र  अर्काे विमानमार्फत यात्रुहरुलाई विराटनगर पठाइएको बताएको  छ।
श्रीएअरका विमानस्थल इन्चार्ज पराग बस्नेतले विमानमा सामान्य प्राविधिक समस्या देखिएपछि पुनः काठमाडौं नै फर्काइएको नेपाल टाइम्सलाई जानकारी दिएका छन् ।
त्रिभुवन विमानस्थल नागरिक उडड्न कार्यालयमा प्रवक्ता  रिन्जी शेर्पाले भने विमानमा इन्डिकेशनको  समस्याको पाइलटले संकेत पाएपछि विमानपुनःफर्काइएको  बताएका छन् ।
विमानमा थप चेकजाँच भइरहेको र अर्काे जहाजबाट  यात्रुलाई गन्तब्यमा पठाइ सकिएको उनले जानकारी दिएका छन्  । विमानको इन्डिकेशन भन्नाले ककपिट भित्र रहेका विभिन्न उपकरण हरूले पाइलटलाई दिने सूचना, सङ्केत र तथ्याङ्कलाई बुझाउँछ ।
यी इन्डिकेशनहरूले विमानको अवस्था, गति, उचाइ, दिशा, इन्जिनको स्वास्थ्य र वरपरको वातावरणबारे निरन्तर जानकारी दिइरहेका हुन्छन् ।
सरल शब्दमाभन्दा, यी इन्डिकेशनहरू पाइलटका लागिविमानको आँखा र कानहुन्, जसको मद्दतले उनीहरूले सुरक्षित रूपमाविमान उडाउन सक्छन् ।
२ वर्षअघि २०८० मंसिरमापनि काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौँ फर्किएको  थियो।
उक्त जहाजको ‘इन्डिकेटर’ले प्राविधिक समस्याको सङ्केत  गरेको थियो ।  यस्तै २०८० वैशाखमा भैरहवाबाट काठमाडौँका लागि उडेको श्री एयरलाइन्सको जहाजबीच बाटोबाटै भैरहवाफर्किएको  थियो ।
उडान नम्बर एसएचए ८२२ नम्बरको ८० सिट क्षमताको –एस ८ जहाज भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमान स्थलबाट २० माइल दुरीमा पुग्दा प्राविधिक समस्या देखिएपछि पुनः सोही विमानस्थलमा आकस्मिक अवतरण गरिएको  थियो ।
त्यसपछि  नेपाल नागरिक उड्डयन प्राधिकरणले प्राविधिक समस्या देखिएको श्री एयरलाइन्सको नाइनएन–एएनइ ९ डीएचसी–८–४०२० जहाजलाई उडानमा  केही समयका लागि प्रतिबन्ध समेत लगाएको  थियो।
जहाजको ल्यान्डिङ गियरमा समस्या देखिएकाले पुनःगौतमबुद्ध विमानस्थलमा अवतरण गरेको थियो । अवतरणका क्रममा धावनमार्ग मै जहाज अड्किएकोमा सो जहाजको प्राविधिक मर्मतपछि धावनमार्ग बाट निकालिएको थियो ।
नेपालको हवाई उड्डयन क्षेत्रमा सुरक्षालाई सबैभन्दा महत्वपूर्ण मानिन्छ। त्यसैले, कुनै पनिजहाज उडाउनुअघि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारकै कडा प्रोटोकलहरू पालना गर्नुपर्ने हुन्छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले तोकेको नियम अनुसार विमान कम्पनी, पाइलट र इन्जिनियरहरूले विभिन्न चरणमा जाँच र तयारी पूरा गरेपछि मात्र उडानको अनुमति पाउँछन्।
उडानको तयारी कागजी प्रक्रियाबाट सुरु हुन्छ। यस चरणमा पाइलट–इन–कमान्ड वा आधिकारिक प्रतिनिधिले अन्तर्राष्ट्रिय उडानका लागि कम्तिमा ३० मिनेट र आन्तरिक उडानका लागि ६० मिनेट अघि नै उडान योजना एयर ट्राफिक सर्भिस  युनिटमा बुझाउनुपर्छ।
यो योजनामा उडानको मार्ग, उचाइ, गति, जहाजमा रहेका यात्रु तथाचालकदलको संख्या जस्ता महत्वपूर्ण जानकारीहरू समावेश हुन्छन्। कागजीकार्य पूरा भएपछि जहाजको प्राविधिक अवस्थाको जाँचगरिन्छ।
यो जिम्मेवारी इन्जिनियरिङ टोलीको हुन्छ  । हरेक उडानअघि जहाजको बाह्यनिरीक्षण अनिवार्य हुन्छ। यस क्रममा जहाजको बाहिरी भाग, पखेटा, इन्जिन, ल्यान्डिङ गियर, टायर र अन्य महत्वपूर्ण पाटपुर्जाहरूमा कुनै क्षति वा असामान्यता छ÷छैन भनी जाँच गरिन्छ।
इन्जिनियरहरूले जहाजको लगबुकमा अघिल्लो उडानमा कुनै समस्या देखिएको थियो वाथिएन र त्यसको समाधान भयो वा भएनभन्ने कुराको रेकर्ड जाँच गर्छन्।
जहाज उडानका लागि पूर्ण रूपमा सुरक्षित र योग्य छ भनी सुनिश्चित गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले तोकेको मापदण्डअनुसार जाँच गरिन्छ।
इन्जिनियरिङ टोलीले जहाजलाई उडान योग्य भनी प्रमाणित गरेपछि पाइलटले आफ्नो जिम्मेवारी सम्हाल्छन्।पाइलटले आफैँ पनिजहाजको वरिपरि घुमेर बाह्यअवस्थाको पुनःनिरीक्षण गर्छन्।
यसमा इन्धनको स्तर, तेलको अवस्था, र नियन्त्रण सतहहरूको जाँच समावेश हुन्छ। पाइलटले ककपिटभित्र प्रवेश गरेर सबै उपकरण, स्विच र नियन्त्रण प्रणालीहरू सहीअवस्थामा छन् वा छैनन् भनीजाँच गर्छन्।
यसलाई ’ककपिट प्रिपरेसन’ भनिन्छ र यसको लागि हरेक जहाजको छुट्टाछुट्टै चेकलिस्ट हुन्छ। सबै जाँचप्रक्रिया पूरा भएपछि जहाज उडानका लागिअन्तिम चरणमा प्रवेश गर्दछ।
ग्राउन्ड स्टाफको सहयोगमा जहाजलाई पार्किङबाट पछाडि धकेलेर इन्जिन स्टार्ट गरिन्छ। जहाजलाई धावनमार्गसम्म गुडाएर लगिन्छ।
त्यसपछि पाइलटले एयर ट्राफिक कन्ट्रोल टावरसँग सञ्चार गरी उडानको लागिअन्तिमअनुमति माग्दछन्।  एटीसीबाट अनुमति प्राप्त भएपछि जहाज धावन मार्ग बाट उडान भर्दछ।
Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top