×

NEPAL TIMES UPDATES

Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026
Playing
Top 15 Afternoon News || April-23-2026 || Nepal Times
Apr 23, 2026
Playing
संविधान संशोधनबारे हर्कले दिए ९ बुँदे सुझाव, संसदबाहिर बाटै मन्त्री || Nepal Times
Apr 23, 2026
Playing
होर्मुजमा बारूदी सुरूङ हटाउन Americaलाई ६ महिना लाग्ने || Nepal Times
Apr 23, 2026
Playing
रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन || Nepal Times
Apr 23, 2026
Playing
Iran यु द्धमा Trumpको शक्ति घटाउने विधेयक पाँचौँ पटक अस्वीकृत || Nepal Times
Apr 23, 2026
Playing
शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली गर्ने तयारी|| Nepal Times
Apr 23, 2026
Playing
चीनले इरानलाई पठाएको ’उपहार’ ट्रम्पले खोसे || Nepal Times
Apr 23, 2026

अब छुट्दै छन् बिपिन,बन्धक रिहा गर्न हमास सहमत

३ भाद्र २०८२
३ भदौ , काठमाण्डौ ।
२ वर्ष लामो युद्धका कारण पूर्ण भग्नावशेषमा परिणत भइसकेको गाजापट्टीमा पुर्ण नियन्त्रण कायम राख्ने र आक्रमण बाटै बन्धक मुक्त गराउने निर्णयमा इजरेल पुगेपछि प्यालेस्टिनी सशस्त्र समूहहमास गाजामा युद्धविराम र इजरायली बन्धकहरूको रिहाइको नयाँ प्रस्तावमा सहमत भएको छ।
हमासले युद्धविराम र बन्धक मुक्ति सम्झौताका लागि क्षेत्रीय मध्यस्थकर्ता हरूले ल्याएको पछिल्लो प्रस्ताव स्वीकार गरेको हो । कतारको पहलमा तयार पारिएको गाजा युद्धविराम र इजरायली बन्धकहरूको रिहाइको नयाँ प्रस्तावमा हमासले स्वीकार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले बताएको छ ।
हमासले इजरायलका बाँकी रहेका करिब ५० मध्ये आधा बन्धकहरू मध्ये २० जीवित रहेको हुनसक्ने उल्लेख गरेको छ । जसमा नेपाली विपिन जोशी समेत रहेका छन् ।
ती बन्धकहरु लाई दुई चरणमा मुक्त गर्नेछ। प्रारम्भिक ६० दिनको युद्धविराम अवधिमा बन्धकहरू रिहा गरिनेछ र त्यस अवधिमा स्थायी युद्धविराम बारे वार्ता अघि बढाइने बीबीसीले जनाएको छ ।
तर,यो प्रस्तावमा इजरायलले कुनै प्रतिक्रिया दिएको छैन। प्रधानमन्त्री नेतन्याहूको कार्यालयले गत साता इजरायलले सबै बन्धकहरू एकैपटक मुक्तनगरी कुनै सम्झौता स्वीकार नगर्ने बताएकाथिए ।
इजरायलले सोमबार साँझहमासको प्रस्तावप्राप्त गरेको छ। एक इजरायलीअधिकारीले  जेरुसेलम पोस्टलाई बताए अनुसार, प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासको प्रस्तावमा विचार गर्नेछन्, यद्यपि यो एक आंशिक सम्झौता मात्रहो जसमा सबै बन्धकहरूको रिहाइ समावेश छैन।
यद्यपि, स्रोतहरूका अनुसार, युद्ध अन्त्यगर्नका लागि सबै बन्धकहरूको रिहाइ र अन्यशर्तहरू समावेश भएको इजरायलको अडान परिवर्तन भएको छैन।
प्रस्ताव अनुसार, ६० दिने युद्धविरामको बदलामा १० जनाजीवित इजरायली बन्धकहरूलाई रिहा गरिनेछ र आजीवन कारावासको सजाय काटिरहेका १५० जनाहमास आतंककारी हरूलाई छोडिनेछ।
इजिप्टका एक अधिकारीले रोयटर्सलाई बताए अनुसार, यो प्रस्तावले गाजापट्टीमा इजरायली सैन्य कारबाहीलाई ६० दिनका लागि निलम्बन गर्नेछ र यसलाई युद्ध अन्त्यगर्न एक विस्तृत सम्झौतामा पुग्ने मार्गको रूपमा हेर्न सकिन्छ।
एक्सियोसले  बताए अनुसार हमासको प्रतिक्रिया अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत स्टिभ विटकफको प्रस्ताव सँग ९८ प्रतिशत मिल्दो जुल्दो छ । जसमा इजरायलले पहिले नै सहमति जनाइ सकेको थियो।
यो कुरा पछि हमासका वरिष्ठ अधिकारी ताहिर अल–नुनुले आइतबार अलजजिरा सँगको एक अन्तर्वार्तामा पनि दोहोर्याएका थिए, जसमा उनले भनेका थिए, “हामीले सहमति जनाएको प्रस्तावमा हमासको हतियारसँग सम्बन्धित कुनै पनि धारा छैन।“
“हामीलाई लाग्छ कि हामी यस्तो चरणमा छौँ जहाँ सम्झौताहुन सक्छ  । जब ६० दिन भित्र हामी युद्ध रोक्न सक्ने एक विस्तृत सम्झौतामा पुग्न काम गर्नेछौं। सम्झौता कार्यान्वयनको पहिलो दिनदेखि नै युद्ध अन्त्यगर्नका लागि विस्तृत चरणमा वार्ता सुरु हुनेछ,“ अल–नुनुले बताएका थिए ।
सम्भावित बन्धक सम्झौताको बारेमा मध्यस्थकर्ताहरू सँग भेट्न कतार का प्रधानमन्त्री सोमबार इजिप्ट पुगेका छन् । हमासले इजिप्ट र कतारबाट एक अद्यावधिक युद्धविराम प्रस्तावप्राप्त गरेको थियो, जसमा विभिन्न प्यालेस्टिनी गुटहरूका प्रतिनिधिहरू पनि सहभागी थिए।
साउदीमा आधारित अल–अरेबियाका अनुसार, प्यालेस्टिनी गुटहरू सुरुमा नयाँ प्रस्तावमा सहमत थिए, जबकि हमासको  प्रतिनिधिमण्डलले छलफलका लागि समय मागेको थियो।
अद्यावधिक गरिएको प्रस्तावमा बाँकी बन्धकहरूको चरणबद्ध रिहाइ र गाजा पट्टीबाट इजरायलको पूर्ण फिर्ती समावेश छ। अल–अरेबियाले यो पनिदाबी गरेको छ कि इजिप्टले हमासको प्रतिनिधि मण्डललाई सम्झौता नभए सम्म कायरोमा नै बस्न आग्रह गरेको थियो र उनी हरूलाई निर्णयमा पुग्न केहीघण्टाको समय सीमा दिएको थियो।
यता शनिबार राति इजरेली प्रधानमन्त्री कार्यालयले इजरायलले सबै बन्धकहरूलाई एकै पटक रिहागर्ने सुनिश्चितगर्ने विस्तृत सम्झौतामात्र स्वीकार गर्ने बताएको थियो।
“प्रधानमन्त्री कार्यालय स्पष्ट पार्न चाहन्छ कि इजरायलले सबै बन्धकहरूलाई एकै पटकमा र युद्ध अन्त्यका लागि हाम्राशर्तहरू अनुसार रिहा गरिएमा मात्र सम्झौतामा सहमत हुनेछ, जसमा हमासको निशस्त्रीकरण, गाजापट्टीको असैनिकीकरण, गाजा परिधिमा इजरायली नियन्त्रण, र गैर–हमास र गैर–प्यालेस्टिनी प्राधिकरणको शासन स्थापना समावेश छ जो इजरायलसँगशान्तिमा रहनेछन्,“ वक्तव्यमा भनिएको छ।
ट्रम्पले सोमबार ट्रुथ सोसलमा एक पोस्टमा भनेका छन् कि गाजामा बाँकी रहेका बन्धकहरूलाई “हमासको सामना गरी नष्ट“ गरिएपछि मात्रफिर्ता ल्याइनेछ।“
हामीले  बाँकी बन्धकहरूको फिर्ती तबमात्र देख्नेछौं जब हमासको सामना गरी नष्ट गरिन्छ! यो जति चाँडो हुन्छ, सफलताको सम्भावना त्यति नै राम्रो हुनेछ।“
उनले यो पनि भने, “याद राख्नुहोस्, मैले नै वार्ता गरेर सयौं बन्धकहरूलाई मुक्त गरी इजरायल र अमेरिकामाफिर्ता ल्याएको थिएँ। मैले नै छ महिनामा छ वटा युद्धहरू अन्त्य गरेको थिएँ।““मैले नै इरानको आणविक सुविधाहरू ध्वस्तपारेको थिएँ। जित्नकालागिखेल्नुहोस्, नत्र खेल्दै नखेल्नुहोस् ! यस विषयमा तपाईंको  ध्यानाकर्षणको  लागि धन्यवाद!“उनले  लेखेका छन् ।
यता हमासको कब्जामा रहेका विपिनको रिहाइका लागि दबाब दिन उनकीआमा र बहिनीले इजरेलमा  राष्ट्रपति सहित उच्च नेतृत्व र सभा मार्फत विश्वको ध्यानाकर्षण गराइरहेका छन् ।
विपिनको रिहाइका लागि इजरेली दूताबासको पहलमा इजरेल पुगेका उनीहरुले भावुक सन्देश सहित विश्वकै ध्यानाकर्षण गराइरहेका बेला बन्धक छाड्ने सम्झौतामा हमास सहमत भएको छ ।
यता परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवक विपिन जोशीको शीघ्र रिहाइका लागि नेपाल सरकारले कुनै कसर बाँकी नराखी निरन्तर पहल गरिरहेको बताएकी छिन्।
तर उनको पहलले कुनै नतिजाभने दिन सकेको छैन् । स्वयम इजरेली राष्ट्रपतिले समेत नेपाल सरकारले अझ बढी पहलगर्नुपर्ने बताइरहेका बेला सोमबार एक वक्तव्य जारी गर्दै उनले परराष्ट्र मन्त्रालयले इजरायल सरकारको सहकार्यमा जोशीको परिवारलाई समेत विपिनको रिहाइमा दबाब बढाउन सक्रिय रुपमा संलग्न गराएको प्रष्ट पारेकी छन्।
देउवाले आफू परराष्ट्रमन्त्री बनेदेखि नै यो मुद्दालाई प्राथमिकतामा राखेको बताउँदै संयुक्त राष्ट्रसंघीय महासभा, द्विपक्षीय र बहुपक्षीय बैठक, शिष्टाचार भेट र अन्तर्राष्ट्रिय सम्मेलनहरूमा निरन्तर जोशीको रिहाइबारे आवाज उठाएको बताएकी छन् ।
उनले राष्ट्रसंघको ७९ औँ महासभादेखि लिएर दोहामा आयोजित एसिडी सम्मेलन सम्म विश्व नेताहरूलाई विपिनको रिहाइमा पहल गर्न आग्रह गरेको बताएकी छन् ।
उनले इजरायल–हमास युद्धविराम पश्चात कतार, इजरायल र इजिप्टका उच्च तहका मन्त्रीहरु सँग प्रत्यक्ष र फोन मार्फत छलफल गरेको, कतारका विदेश राज्यमन्त्री डा. मोहम्मद बिन अब्दुला जिजअल–खुलाइफीसँग समेत विशेष आग्रह गरेको उल्लेख गरेकी छन् ।
Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top