×

NEPAL TIMES UPDATES

Playing
संसदमा १२ सभापतिलाई तलब, घरभाडा सहित गाडीको सुविधा || Nepal Times
Apr 17, 2026
Playing
चीनतर्फ भारतको एप्पल पाटपुर्जा निर्यात कीर्तिमानी स्तरमा|| Nepal Times
Apr 17, 2026
Playing
आज महान आमाको मुख हेर्ने दिन
Apr 17, 2026
Playing
लेब*नान–इजरा*यल ऐतिहासिक १० दिने यु*द्धविराम, बेरु*तमा उत्सव|| Nepal Times
Apr 17, 2026
Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026

सोमपालको बलबाट मेलबर्न निरिह, नेपालको दोस्रो सानदार जित

४ भाद्र २०८२
४ भदौ , काठमाण्डौ ।
सोमपालको बलबाट मेलबर्न निरिह, नेपालको दोस्रो सानदार जित
अष्ट्रेलियामानेपालको दोस्रो सानदार जित, सोमपालले जादु देखाए
अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आफ्नो पुनरागमनको यात्रा लाई निरन्तरता दिँदै लगातार दोस्रो जित दर्ता गरेको छ।
तीव्र बलर सोमपाल कामी को घातक बलिङको मद्दतमा नेपालले मेलबर्न रिनेगेट्स एकेडेमीलाई ३३ रनले पराजित गर्दै प्रतियोगितामा सानदार पुनरागमन गरेको हो।
टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा १४० रनको मध्यम योगफल तयार पारेको थियो। जवाफमा, नेपाली बलरहरूको अनुशासित प्रदर्शन सामु मेलबर्नको टोली १०६ रनमा समेटिन पुग्यो।
नियमित कप्तान रोहितकुमार पौडेल लाई आराम दिइएको खेलमा उपकप्तान दीपेन्द्रसिंह ऐरीले टोलीको नेतृत्व सम्हालेका थिए। ओपनिङमा कुशलभुर्तेल सँगै भीम सार्कीलाई पठाउने नेपालको रणनीति सफल हुन सकेन।
भुर्तेल केवल १ रनमा पेभिलियन फर्किए। त्यसपछि आएका भीम १७ र आरिफ शेख १२ ले आक्रामक सुरुवात गरे पनि लामो समय टिक्न सकेनन्, जसले गर्दा नेपाल ३२ रनमा ३ विकेट गुमाएर दबाबमा परेको थियो।
मध्यक्रममा कप्तान ऐरी र कुशल मल्लले ५० रनको महत्त्वपूर्ण साझेदारी गर्दै नेपालको इनिङ्सलाई सम्हाले। मल्लले २२ बलमा एक छक्का र एक चौका सहित २९ रनको उपयोगी योगदान दिए।
कप्तान ऐरीले पनि २८ बलमा २७ रन जोडे। अन्तिम ओभर तिर लोकेश बमले विस्फोटक ब्याटिङ गर्दै केवल १६ बलमा २ छक्का र १ चौका सहित अविजित २४ रन बनाए पछि नेपाल सम्मानजनक स्कोर सम्म पुग्न सफल भयो।
रुपेश सिंहले पनि १६ रनको योगदान दिए। १४१ रनको लक्ष्य पछ्याएको मेलबर्नलाई सोमपाल कामीले सुरुदेखि नै दबाबमा राखे। आफ्नो स्पेलमा ५ विकेट  लिँदै उनले मेलबर्नको ब्याटिङ क्रम ध्वस्त पारे।
उनलाई अन्य बलरहरूले पनि उत्कृष्ट साथदिए। कुशल भुर्तेलले २ विकेट लिएभने साहबआलम र रुपेश सिंहले एक–एक विकेट आफ्नो नाममा लेखाए। कप्तान ऐरीले बलरहरूको सन्तुलित प्रयोग गर्दै टोली लाई जित दिलाउन महत्त्वपूर्ण भूमिका खेले।
आईसीसी टी–२० विश्वकप छनोटको तयारीका लागि यो शृङ्खला नेपालकालागिअत्यन्तै महत्त्वपूर्ण छ। प्रशिक्षकले विभिन्न खेलाडी संयोजनलाई परीक्षण गरिरहेका छन्, जसकारण प्रदर्शनमाउतारचढाव देखिएको छ।
सुरुवाती तीन खेलमा पराजित भएपनि पछिल्ला दुई जितले टोलीको खस्किएको मनोबल उकास्न मद्दत गर्नेछ। सन्दीप लामिछाने लयमा देखिनु, खराब फर्मबाट गुज्रिएका कुशल मल्लले रन बनाउनु र नन्दनयादवको उदयले तीव्र बलिङमा नयाँ विकल्प दिनु सुखद पक्ष रहेको छ ।
अनुभवी बलर सोमपालकामी महँगा साबित भइरहेकोमा आजको प्रदर्शनले उनलाई आत्मविश्वास दिनेछ। मध्यक्रमका खेलाडी दीपेन्द्र सिंह ऐरीको ब्याटिङ फर्म अझै चिन्ताको विषय छ।
गुल्शनझा जस्ता ’म्याचविनर’ लाई ब्याटिङ क्रममा सहीअवसर दिनु र अन्य खेलाडीको भूमिका स्पष्ट पार्नु टोलीका  लागिआवश्यक देखिएको छ ।
लगातार दुई जितपछि उच्च मनोबलका साथ नेपालले अब  पाकिस्तान शाहिन्स (पाकिस्तान ’ए’ टोली) को सामनागर्नेछ, जुनअझै चुनौतीपूर्ण हुने अपेक्षा गरिएको छ।
यसअघि नेपालपहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ४२ रनले पराजित भयो। उक्त टोलीमा अस्ट्रेलियाका लागिअन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका डी’आर्सी सर्ट र केन रिचार्डसन जस्ता अनुभवी खेलाडी थिए।
दोस्रो खेल टेस्ट राष्ट्र बंगलादेशको ’ए’ टोलीसँग पनि नेपाल पराजित भयो।  यस्तै तेस्रो खेल मेलबर्न स्टार्स एकेडेमीसँग पनि नेपाल रन रेटमा पछि परेको थियो । यी तीनवटै खेलमा नेपालको हारको प्रकृति उस्तै थियो  ।
पहिले बलिङ गर्दा विपक्षीलाई ठूलो स्कोर बनाउन बाट रोक्न नसक्नु र लक्ष्य पछ्याउँदा आवश्यक रन रेट कायम गर्न नसक्नु । तर पछिल्ल दुई खेलमा भने नेपालले यी गल्ती सुधारको प्रयास गरेको छ ।
हिजो नेपालले होबार्ट हरिकेन्स एकेडेमीलाई ६६ रनको फराकिलो अन्तरले पराजित गर्दै पहिलो जितदर्ता गरेको थियो ।
Advertisement

भर्खरको समाचार

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top