NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ? मङ्लबार मंसिर ९ , २०८२
अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए मङ्लबार मंसिर ९ , २०८२
प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक मङ्लबार मंसिर ९ , २०८२
ओली अन्ततः चुनावमा भाग लिन तयार, दल दर्ता हुँदै, आयोग भने नमान्ने मङ्लबार मंसिर ९ , २०८२
Next
Prev

समाचार

सोमपालको बलबाट मेलबर्न निरिह, नेपालको दोस्रो सानदार जित

बुधबार भदौ ४ , २०८२
Reading Time: 1 min read
A A
सोमपालको बलबाट मेलबर्न निरिह, नेपालको दोस्रो सानदार जित
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
४ भदौ , काठमाण्डौ ।
सोमपालको बलबाट मेलबर्न निरिह, नेपालको दोस्रो सानदार जित
अष्ट्रेलियामानेपालको दोस्रो सानदार जित, सोमपालले जादु देखाए
अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आफ्नो पुनरागमनको यात्रा लाई निरन्तरता दिँदै लगातार दोस्रो जित दर्ता गरेको छ।
तीव्र बलर सोमपाल कामी को घातक बलिङको मद्दतमा नेपालले मेलबर्न रिनेगेट्स एकेडेमीलाई ३३ रनले पराजित गर्दै प्रतियोगितामा सानदार पुनरागमन गरेको हो।
टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा १४० रनको मध्यम योगफल तयार पारेको थियो। जवाफमा, नेपाली बलरहरूको अनुशासित प्रदर्शन सामु मेलबर्नको टोली १०६ रनमा समेटिन पुग्यो।
नियमित कप्तान रोहितकुमार पौडेल लाई आराम दिइएको खेलमा उपकप्तान दीपेन्द्रसिंह ऐरीले टोलीको नेतृत्व सम्हालेका थिए। ओपनिङमा कुशलभुर्तेल सँगै भीम सार्कीलाई पठाउने नेपालको रणनीति सफल हुन सकेन।
भुर्तेल केवल १ रनमा पेभिलियन फर्किए। त्यसपछि आएका भीम १७ र आरिफ शेख १२ ले आक्रामक सुरुवात गरे पनि लामो समय टिक्न सकेनन्, जसले गर्दा नेपाल ३२ रनमा ३ विकेट गुमाएर दबाबमा परेको थियो।
मध्यक्रममा कप्तान ऐरी र कुशल मल्लले ५० रनको महत्त्वपूर्ण साझेदारी गर्दै नेपालको इनिङ्सलाई सम्हाले। मल्लले २२ बलमा एक छक्का र एक चौका सहित २९ रनको उपयोगी योगदान दिए।
कप्तान ऐरीले पनि २८ बलमा २७ रन जोडे। अन्तिम ओभर तिर लोकेश बमले विस्फोटक ब्याटिङ गर्दै केवल १६ बलमा २ छक्का र १ चौका सहित अविजित २४ रन बनाए पछि नेपाल सम्मानजनक स्कोर सम्म पुग्न सफल भयो।
रुपेश सिंहले पनि १६ रनको योगदान दिए। १४१ रनको लक्ष्य पछ्याएको मेलबर्नलाई सोमपाल कामीले सुरुदेखि नै दबाबमा राखे। आफ्नो स्पेलमा ५ विकेट  लिँदै उनले मेलबर्नको ब्याटिङ क्रम ध्वस्त पारे।
उनलाई अन्य बलरहरूले पनि उत्कृष्ट साथदिए। कुशल भुर्तेलले २ विकेट लिएभने साहबआलम र रुपेश सिंहले एक–एक विकेट आफ्नो नाममा लेखाए। कप्तान ऐरीले बलरहरूको सन्तुलित प्रयोग गर्दै टोली लाई जित दिलाउन महत्त्वपूर्ण भूमिका खेले।
आईसीसी टी–२० विश्वकप छनोटको तयारीका लागि यो शृङ्खला नेपालकालागिअत्यन्तै महत्त्वपूर्ण छ। प्रशिक्षकले विभिन्न खेलाडी संयोजनलाई परीक्षण गरिरहेका छन्, जसकारण प्रदर्शनमाउतारचढाव देखिएको छ।
सुरुवाती तीन खेलमा पराजित भएपनि पछिल्ला दुई जितले टोलीको खस्किएको मनोबल उकास्न मद्दत गर्नेछ। सन्दीप लामिछाने लयमा देखिनु, खराब फर्मबाट गुज्रिएका कुशल मल्लले रन बनाउनु र नन्दनयादवको उदयले तीव्र बलिङमा नयाँ विकल्प दिनु सुखद पक्ष रहेको छ ।
अनुभवी बलर सोमपालकामी महँगा साबित भइरहेकोमा आजको प्रदर्शनले उनलाई आत्मविश्वास दिनेछ। मध्यक्रमका खेलाडी दीपेन्द्र सिंह ऐरीको ब्याटिङ फर्म अझै चिन्ताको विषय छ।
गुल्शनझा जस्ता ’म्याचविनर’ लाई ब्याटिङ क्रममा सहीअवसर दिनु र अन्य खेलाडीको भूमिका स्पष्ट पार्नु टोलीका  लागिआवश्यक देखिएको छ ।
लगातार दुई जितपछि उच्च मनोबलका साथ नेपालले अब  पाकिस्तान शाहिन्स (पाकिस्तान ’ए’ टोली) को सामनागर्नेछ, जुनअझै चुनौतीपूर्ण हुने अपेक्षा गरिएको छ।
यसअघि नेपालपहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ४२ रनले पराजित भयो। उक्त टोलीमा अस्ट्रेलियाका लागिअन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका डी’आर्सी सर्ट र केन रिचार्डसन जस्ता अनुभवी खेलाडी थिए।
दोस्रो खेल टेस्ट राष्ट्र बंगलादेशको ’ए’ टोलीसँग पनि नेपाल पराजित भयो।  यस्तै तेस्रो खेल मेलबर्न स्टार्स एकेडेमीसँग पनि नेपाल रन रेटमा पछि परेको थियो । यी तीनवटै खेलमा नेपालको हारको प्रकृति उस्तै थियो  ।
पहिले बलिङ गर्दा विपक्षीलाई ठूलो स्कोर बनाउन बाट रोक्न नसक्नु र लक्ष्य पछ्याउँदा आवश्यक रन रेट कायम गर्न नसक्नु । तर पछिल्ल दुई खेलमा भने नेपालले यी गल्ती सुधारको प्रयास गरेको छ ।
हिजो नेपालले होबार्ट हरिकेन्स एकेडेमीलाई ६६ रनको फराकिलो अन्तरले पराजित गर्दै पहिलो जितदर्ता गरेको थियो ।
LS Auto
Tags: #अष्ट्रेलियामानेपालको दोस्रो सानदार जित#नेपालको दोस्रो सानदार जित#सोमपालको बलबाट मेलबर्न निरिह

लोकप्रीय

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

विचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

थप समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?
ताजा समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन
अन्तर्राष्ट्रिय

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप
ताजा समाचार

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक
अन्तर्राष्ट्रिय

अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक

मङ्लबार मंसिर ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

00:19:15

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

World News: Dubai मा भारतको ल डाकु विमान दु र्घट ना, Modi अफ्रिकामा || Nepal Times

00:16:05

World News: बंगलादेशमा भूक*म्पमा ६ को मृ*त्यु, पाकिस्तानमा वि*स्फो*ट*मा १५ मा*रि*ए || Nepal Times

00:20:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक

शुक्रबार मंसिर ५ , २०८२

हालका पोस्टहरू

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.