NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै शुक्रबार अशोज २४ , २०८२
जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग  शुक्रबार अशोज २४ , २०८२
बैंकक भैरहवा अब सिधा उडान, हप्तामा दुई फ्लाइट शुक्रबार अशोज २४ , २०८२
नेपालको विश्वकप सपनाः आज जापानसँग भिड्दै शुक्रबार अशोज २४ , २०८२
विपिनको अवस्था अझै अज्ञात,४६ जनाको अवस्था सार्वजनिक शुक्रबार अशोज २४ , २०८२
Next
Prev

समाचार

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२
Reading Time: 1 min read
A A
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
६ भदौ , काठमाण्डौ ।
मोरङको धनपालथानमा रहेको उमागौरी सहकारी संस्थाको २२ करोडभन्दा बढी रकम हिनामिना भएको  मुद्दामा जिल्ला अदालतको आदेश उल्टिएको छ ।
जिल्ला अदालत मोरङको सामान्य धरौटीमा रिहागर्ने आदेशलाई उल्टाउँदै उच्च  अदालत विराटनगरले सार्वजनिक लेखा समितिका सभापति तथा एमाले सांसद ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला सहित चार जना प्रतिवादी सँग जनही १ करोड रुपैयाँ धरौटी माग गर्ने  आदेश दिएको छ ।
मोरङको धनपालथान गाउँ पालिकामा सञ्चालित उमागौरी सहकारी संस्थाका ८,८४२ शेयर सदस्यहरूले जम्मा गरेको बचत रकममा व्यापक अपचलन भएको थियो ।
लामो छानबिन पश्चात् संस्थाको कुल २२ करोड ४८ लाख २७हजार रुपैयाँ हिनामिना भएको पुष्टि भएपछि गत मंसिरमा प्रहरीले अञ्जला कोइराला सहित २६ जनाविरुद्ध जिल्ला अदालत मोरङमा ठगी मुद्दा दायर गरेको थियो ।
प्रतिवादी हरू माथि संगठित रूपमा बचतकर्ताको रकम दुरुपयोग गरी व्यक्तिगत लाभ लिएको गम्भीर आरोप छ । अञ्जला कोइराला, जो एक शिक्षिका पनि हुन्, सो समयमा सहकारीको सञ्चालक समिति सदस्य थिइन् ।
यसबाहेक, सहकारीले लिएको ऋण समयमा नतिरेपछि बुटवल स्थित आरएस डिसी लघुवित्तले उनलाई समेत कालोसूचीमा राखेको थियो, जसले उनको वित्तीय कारोबारमा संलग्नता र जवाफदेहिता माथि प्रश्न उठाएको थियो ।
यो मुद्दाको न्यायिक प्रक्रिया सुरुदेखि नै विवादित रह्यो । जिल्लाअदालत मोरङका न्यायाधीश उद्धव प्रसाद भट्टराईको इजलासले गत पुस २४ गते प्रतिवादी हरू लाई सामान्य धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।
उक्त आदेश अनुसार अञ्जला कोइरालालाई १० लाख, सञ्चालक समिति सदस्य ज्योति बाँस्कोटा लाई ५ लाख, सुमन लोहनीलाई २ लाख र मनोज सोनीलाई १ लाख धरौटीमा छाडिएको थियो ।
तर, संस्थाका अध्यक्ष शम्भु प्रसाद रौनियार र पूर्व वडाध्यक्ष तथा सञ्चालक सदस्य रोशन राजवंशी लाई भने अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
जिल्ला अदालतको यो फैसला प्रति असन्तुष्ट सरकारी वकिलको कार्यालयले प्रतिवादी हरूको ठगीमा प्रत्यक्ष संलग्नता देखिएको र उनीहरू लाई थुना बाहिर राख्दा प्रमाण नष्ट गर्न सक्ने भन्दै उच्च अदालत विराटनगरमा पुनरावेदन गरेको थियो ।
सरकारी वकिलको कार्यालयले सबै मुख्य प्रतिवादी लाई थुनामा राखेरै अनुसन्धान गर्नुपर्ने माग राखेको थियो । उच्च अदालतमा यो मुद्दाको प्रक्रिया निकै जटिल र लामो बन्यो ।
तीन महिनाको अवधिमा १३ पटकसम्म पेशी स्थगित हुनु र एकपटक ‘हेर्न नमिल्ने’ सूचीमा परेको थियो । गत वैशाख ११ गते न्यायाधीश श्रीधरा कुमारी पुडासैनी र केशव प्रसाद बास्तोलाको संयुक्त इजलासमा प्रतिवादीहरूको धरौटी रकम बारे राय बाझियो ।
न्यायाधीश पुडासैनीले जिल्ला अदालतकै आदेशलाई सदर गर्नुपर्ने रायदिएकीथिइन् भने न्यायाधीश बास्तोलाले अपराधको गम्भीरतालाई मध्यनजर गर्दै प्रतिवादीहरू अञ्जला कोइराला, रोशन राजवंशी, सन्तलाल खवास र ज्योति बाँस्कोटा सँग जनही १–१ करोड रुपैयाँ धरौटी माग्नुपर्ने फरक मत राखेका थिए ।
संयुक्त इजलासमा राय बाझिएपछि नियमअनुसार मुद्दा तेस्रो न्यायाधीशको इजलासमा पेश भयो । अन्ततःन्यायाधीश विष्णुप्रसाद अर्यालको एकल इजलासले बिहीबार न्यायाधीश बास्तोलाको रायलाई सदर गर्दै ऐतिहासिक आदेश सुनायो ।
उच्चअदालत का रजिष्ट्रार जगदीश प्रसाद भट्टका अनुसार, आदेशमा जिल्ला अदालतको निर्णयलाई बदर गर्दै चारै जना प्रतिवादीसँग १–१ करोड रुपैयाँ धरौटी माग गरिएको छ ।
यद्यपि, सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियारलाई थुनामा राख्ने जिल्लाअदालतको आदेश भने सदर भएको छ । यो आदेशपछि, पुर्पक्षका लागि थुनामा रहेका पूर्व वडाध्यक्ष रोशन राजवंशीले अब १ करोड धरौटी बुझाएमा बाहिरैबाट मुद्दा लड्न पाउनेछन् ।
LS Auto
Tags: #आदेश उल्टियो#लेखा समिति सभापति पत्नी#सहकारी ठगी

लोकप्रीय

महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

शुक्रबार अशोज २४ , २०८२
जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

शुक्रबार अशोज २४ , २०८२
बैंकक भैरहवा अब सिधा उडान, हप्तामा दुई फ्लाइट

बैंकक भैरहवा अब सिधा उडान, हप्तामा दुई फ्लाइट

शुक्रबार अशोज २४ , २०८२

विचार

थप समाचार

महावीरको महान निर्णयः किमोका औषधि नेपालमै
ताजा समाचार

नेपालको विश्वकप सपनाः आज जापानसँग भिड्दै
खेलकुद

नेपालको विश्वकप सपनाः आज जापानसँग भिड्दै

शुक्रबार अशोज २४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: गाजामा उत्सव,विपिन बेखबर,चीनमा सामाजिक सञ्जालमा कडाइ || Nepal Times

World News: गाजामा उत्सव,विपिन बेखबर,चीनमा सामाजिक सञ्जालमा कडाइ || Nepal Times

00:19:45

World News: कोल्ड्रिफ कफ सिरपका मालिक पक्राउ, तालि*बानी मन्त्री भारतमा यो ।|| Nepal Times

00:13:56

World News: Pakistanलाई Americaको घात*क मिसाइल, कार्नी अमेरिकामा–स्टार्मर भारतमा || Nepal Times

00:17:20

World News: जर्जियाको प्रदर्शनमा नेपाली झण्डा, इजिप्ट वार्ता जारी || Nepal Times

00:22:34

World News: Bangladeshले तैनाथ गर्यो यु*द्धपोत, चटगाउँ हिं*साबारे Indiaको खण्डन || Nepal Times

00:18:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतमा ३५२ करोड कालोधन भेटियो,पैसा गन्न ३६ मेसिन

भारतमा ३५२ करोड कालोधन भेटियो,पैसा गन्न ३६ मेसिन

बुधबार अशोज २२ , २०८२
जेन–जीसंग एमालेको पौंठेजोरी किन ?

ओलीलाई सुशीलाको काउन्टरः जेनजी आन्दोलन स्वीकार्नु अनि सुध्रिनु

शुक्रबार अशोज २४ , २०८२
कतारलाई अमेरिकाको सुरक्षा ग्यारेन्टी

ध्वस्त पार्छु भनेपछि ट्रम्पसँग हमास थुरुथुरुरु

शनिबार अशोज १८ , २०८२

हालका पोस्टहरू

महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

शुक्रबार अशोज २४ , २०८२
जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

शुक्रबार अशोज २४ , २०८२
बैंकक भैरहवा अब सिधा उडान, हप्तामा दुई फ्लाइट

बैंकक भैरहवा अब सिधा उडान, हप्तामा दुई फ्लाइट

शुक्रबार अशोज २४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.