NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ? मङ्लबार मंसिर ९ , २०८२
अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए मङ्लबार मंसिर ९ , २०८२
प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक मङ्लबार मंसिर ९ , २०८२
ओली अन्ततः चुनावमा भाग लिन तयार, दल दर्ता हुँदै, आयोग भने नमान्ने मङ्लबार मंसिर ९ , २०८२
Next
Prev

समाचार

पुटिनले भने, नेपाल–रुसबीच समस्या छैन, ओलीले नेपाल बोलाए

मङ्लबार भदौ १७ , २०८२
Reading Time: 1 min read
A A
पुटिनले भने, नेपाल–रुसबीच समस्या छैन, ओलीले नेपाल बोलाए
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१७ भदौ , काठमाण्डौ ।

चीनको तियानजिन सहरमा आयोजित शांघाई सहयोग संगठन (एससीओ) प्लसको शिखर सम्मेलन सकिएसँगै प्रधानमन्त्री केपी शर्मा ओली आज बेइजिङ जाँदै छन् । चीनको राजधानी बेइजिङमा प्रधानमन्त्री ओलीको चीनका उपराष्ट्रपति हान चङ्गसँग भेट हुनेछ ।

उपराष्ट्रपति चङ्गद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ । चीनका राष्ट्रपति सी जिंगपिङसँग प्रधानमन्त्री ओलीको तियानजिनमा द्विपक्षीय भेटवार्ता भइसकेको छ ।

भ्रमणको अन्तिम कार्यक्रमका रूपमा विश्वका नेताहरूसँगै नेपाली प्रतिनिधिमण्डल यही भदौ १८ गते चीन सरकारद्वारा बेइजिङमा आयोजना हुने फासिवादविरुद्धको विश्वयुद्ध र जापानी अतिक्रमणविरुद्धको चिनियाँ जनताको प्रतिरोधी युद्धमाथिको विजयको ८०औँ वार्षिकोत्सव समारोहमा प्रतिनिधिमण्डल सहभागी हुनेछ ।

सोही दिन प्रतिनिधिमण्डल नेपाल फर्कनेछ । तियानजिनमा रहँदा हिजो ओलीको रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसंग भेटवार्ता भएको थियो । सो क्रममा पुटिनले नेपाल र आफ्नो देशबीचको सम्बन्धमा कुनै समस्या नरहेको बताएका छन् ।

सोमबार सम्मेलन सकिएपछि नेपालका प्रधानमन्त्री ओलीसँग भएको भेटमा पुटिनले दुई देशबीचको सम्बन्धको चर्चा गर्दै सम्बन्धमा समस्या नरहेको बताएका हुन् । पुटिनले नेपाल र रूसबीचको द्विपक्षीय सम्बन्ध तत्कालीन सोभियत सङ्घ हुँदा सन् १९५६ जुन ५ देखि जुलाई ९ तारिखसम्म स्थापित भएको स्मरण गरेका थिए ।

अहिलेसम्म दुई देशबीचको सम्बन्धमा कुनै समस्या नरहेको पुटिनको भनाइ थियो । सुरुमा पुटिनसँग प्रधानमन्त्री ओलीसहित नेपाली प्रतिनिधिमण्डलको भेट भएको थियो । त्यसपछि करिब आधा घण्टा दुई नेताबीच छुट्टै कुराकानी भएको हो ।

रुसी विश्व च्यानल आरटीको टेलिग्राम अकाउन्टले ओली र पुटिनबीचको वार्तामा दुई देशबीचको कूटनीतिक सम्बन्ध र आगामी दिनको चर्चा भएको उल्लेख गरेको छ । सन् १९५६ मा नेपाल र रुसबीच कूटनीतिक सम्बन्ध स्थापना भएकाले आउँदो वर्ष कूटनीतिक वार्षिकोत्सव मनाइने पुटिनले बताएका भिडियो सार्वजनिक भएको छ ।

यता प्रधानमन्त्री ओलीको सचिवालयको अनुसार २५ मिनेट दुई नेताबीच एक्लाएक्लै भेटवार्ता भएको हो । भेटमा प्रधानमन्त्री ओलीले नेपाल–रुस सीधा हवाई उडानदेखि आपसी सम्बन्ध थप सुदृढ गर्ने विषयमा कुरा राखेका थिए ।

यसमा पुटिनले ठोस जवाफ नदिए पनि नेपाल–रुस दौत्य सम्बन्धको स्मरण गर्दै दुई देशबीच भूराजनीतिक र कूटनीतिक मतभेद नरहेको बताए । भेटका क्रममा प्रधानमन्त्री ओलीले रुसी राष्ट्रपति पुटिनलाई नेपाल भ्रमणको निम्तो समेत दिए ।

भेटका क्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने, सम्मानीय प्रधानमन्त्रीज्यू, एससीओ शिखर सम्मेलनको अवसरमा म तपाईंसँग भेट गर्न र समसामयिक मुद्दा तथा द्विपक्षीय सम्बन्धबारे विचार विमर्श गर्न पाउँदा अत्यन्तै खुशी छु ।

जहाँसम्म मलाई लाग्छ, सन् १९५६ मा हाम्रो दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको हो, र आगामी वर्ष (दौत्य सम्बन्धको ७०औं वर्षगाँठ) मा हामीले यस सम्बन्धको एक विशेष वार्षिकोत्सव मनाउनेछौं । आज हामी हाम्रो आपसी सम्बन्धको केही नतिजा संक्षेपमा हेर्न सक्छौं । मैले भन्नै पर्ने हुन्छ कि हामीबीच कहिल्यै कुनै समस्या आएको छैन ।

अझ महत्वपूर्ण कुरा त के छ भने अन्तर्राष्ट्रिय एजेन्डाका मुख्य विषयहरूमा समेत हाम्रो धारणा समान छ वा भनौं एकअर्कासँग नजिक छ । वा पूर्णतया मेल खान्छन्, जस्तो कूटनीतिज्ञहरू भन्छन्। हामीले मुख्य क्षेत्रहरूमा कसरी आपसी सहयोग विस्तार र सुदृढ गर्न सकिन्छ भनेर पनि सोच्न सक्दछौं । म तपाईंलाई भेट्न पाउँदा अत्यन्तै खुसी छु, प्रधानमन्त्रीज्यू ।

यता पुटिनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, धन्यवाद, महामहिम, यति राति– लगभग मध्यरातको समयमा मलाई तपाईं सँग भेटेर यो छलफल गर्न मौका दिनुभएकोमा । म यो अवसर पाएकोमा अत्यन्तै खुसी छु, महामहिम ।

उनले अगाडि भने, १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपाल–रुस सम्बन्ध सधैं मैत्रीपूर्ण र समुधर रहँदै आएको छ । तर के कारणले हो, म भन्न सक्दिनँ, अहिलेसम्म रुसबाट विशेष गरी उच्चस्तरीय नेतृत्वको नेपाल भ्रमण भएको छैन ।

नेपालतर्फबाट भने म स्वयं सन् १९९९ र सन् २००० मा रुस भ्रमणमा गएको थिएँ । ती अवसरमा मलाई मस्को, सेंट पिटर्सबर्गजस्ता ऐतिहासिक शहरहरूको भ्रमण गर्ने र रूसी सभ्यता–संस्कृति नजिकबाट बुझ्ने अवसर प्राप्त भयो ।

खासगरी जब म १९९९ मा रुस घुम्न गएको थिएँ, त्यतिबेला नै मैले थाहा पाएँ कि पाँच हजारभन्दा बढी नेपाली विद्यार्थीहरू रसियाका विभिन्न विश्वविद्यालयहरूमा अध्ययन गरिरहेका छन् । आज पनि नेपालमा धेरैजसो चिकित्सकहरू, जसले रुसमा अध्ययन गरेर फर्किएका छन्, जनताको उपचारमा समर्पित छन् ।

त्यसपछि पुटिनले फेरि भने, सम्माननीय प्रधानमन्त्रीज्यू, तपाईंको यो विचार र प्रस्ताव अनुसार हामी नेपाल भ्रमण गर्नेबारे सोच्नेछौं । साथै, तपाईंलाई अनुकुल हुने कुनै पनि समयमा हामी तपाईंलाई पनि रूसमा स्वागत गर्न सधैं तयार छौं ।

तपाईंलाई थाहा होला, जब मानिसहरू कुनै देशमा पढ्न जान्छन्, जस्तै मानौं रूसमा, उनीहरू जब फर्कन्छन्, सधैं राम्रा सम्झनाहरू लिएर जान्छन् । वा भनौं रूसको सम्झना लिएर फर्कन्छन् । यस्ता मानिसहरू आफ्नो मातृभूमि वा भनौं नेपाल–रूसबीचको सम्बन्धको सेतु जस्तै हुन्छन् ।

मानवीय सहयोगको दृष्टिले हामी शिक्षा लगायत संस्कृति क्षेत्रको निरन्तर सम्पर्कमा गम्भीर ध्यान दिन्छौं, र हामी यो सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी हुनेछौं । तपाईंले भन्नुभयो, नेपालका विभिन्न क्षेत्रका मानिसहरू रूसमा शिक्षा लिन इच्छुक छन् ।

हामी तपाईंको साथमा शिक्षा क्षेत्रमा सबैभन्दा चासो लाग्दा र सम्भावनायुक्त क्षेत्रहरू पत्ता लगाउनेतर्फ सहकार्य गर्नेछौं । हामी अन्य मानवीय सहयोगका क्षेत्रमा पनि ध्यान दिन सक्छौं । मलाई विश्वास छ कि रूसी जनताले नेपाली मूर्तिकलालाई हेर्न धेरै चासो दिनेछन् । हो, हामी यसबारे पनि सोच्न सक्छौं ।

तियानजिनमा रहँदा ओलीले पुटिनसंगै विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखसंग दुईपक्षीय भेटवार्ता गरेका छन् । चीन, माल्दिभ्स, लाओसका राष्ट्रपति, यस्तै कम्बोडियाका प्रधानमन्त्रीसंग ओलीको द्विपक्षिय वार्ता भयो भने भारतीय समकक्षीसंग पनि ओलीको भेट भएको थियो ।

Tags: #नेपाल–रुसबीच समस्या छैन#प्रधानमन्त्री ओली आज बेइजिङ जाँदै

लोकप्रीय

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

विचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

थप समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?
ताजा समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन
अन्तर्राष्ट्रिय

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप
ताजा समाचार

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक
अन्तर्राष्ट्रिय

अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक

मङ्लबार मंसिर ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

00:19:15

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

World News: Dubai मा भारतको ल डाकु विमान दु र्घट ना, Modi अफ्रिकामा || Nepal Times

00:16:05

World News: बंगलादेशमा भूक*म्पमा ६ को मृ*त्यु, पाकिस्तानमा वि*स्फो*ट*मा १५ मा*रि*ए || Nepal Times

00:20:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक

शुक्रबार मंसिर ५ , २०८२

हालका पोस्टहरू

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.