×

NEPAL TIMES UPDATES

Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026

सुनको मूल्य आगामी वर्ष ३ लाख, २०३०सम्म तोलाको ४ लाख पुग्ने

२१ भाद्र २०८२

२१ भदौ , काठमाण्डौ ।

नेपाली बजारमा सुनको मूल्यले आश्चार्यजनक रुपमा रेकर्ड बनाइरहेको छ । शुक्रबार पनि यसले नयाँ रेकर्ड बनाएको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला २ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भयो । जुन हालसम्मकै उच्च मूल्य हो ।

Advertisement
Advertisement

अघिल्लो दिनको तुलनामा यो २५ सय रुपैयाँले बढेको हो । बिहीबार सुन प्रतितोला २ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । एक साताभित्र मात्र सुनको मूल्य करिब १० हजार रुपैयाँले बढेको छ । गत शुक्रबार सुनको मूल्य २ लाख ६ सय रुपैयाँमा सीमित थियो ।

विश्वव्यापी आर्थिक अनिश्चितता, मुद्रास्फीति र भूराजनीतिक तनावका कारण सुनलाई सुरक्षित लगानीको प्रमुख माध्यम मानिन्छ । यस्तोमा विभिन्न देशका बैंक, ब्रोकर र विश्लेषकहरुले सन् २०२६ देखि २०३० सम्म सुनको मूल्य प्रति औंस ३,००० डलरदेखि ७,००० डलरसम्म पुग्ने प्रक्षेपण गरेका छन् ।

केन्द्रीय बैंकहरुको सुन खरिद, मुद्रास्फीति र डलरको मूल्यमा हुने उतारचढाव यी प्रक्षेपणका मुख्य आधार हुन् । विश्लेषकहरुका अनुसार सन् २०२६ मा सुनको मूल्य औसतमा ३,५०० देखि ४,५०० डलरसम्म पुग्ने अनुमान छ । अमेरिकी कम्पनी स्टोनएक्स बुलियनले अधिकतम ३,८०० डलर पुग्ने प्रक्षेपण गरेको छ भने अष्ट्रेलियाली डिस्कभरी अलर्टले ३,८०५ डलरसम्मको सम्भावना औंल्याएको छ ।

युरोपेली ब्रोकर लाइटफाइनान्सले विभिन्न स्रोतहरुबाट सङ्कलित तथ्यांकमा मूल्य ३,४७९ देखि ३,८२६ डलरसम्म रहने बताएको छ । यद्यपि, डच बैंक आईएनजी ग्रुपले भने ब्याजदर कटौती र मुद्रास्फीति नियन्त्रणका कारण मूल्य घटेर २,६८० डलरसम्म पुग्न सक्ने चेतावनी दिएको छ ।

सन् २०२७ मा सुनको मूल्यमा थप उछाल आउने अपेक्षा छ । पूर्वी युरोपेली विश्लेषक समूह ट्रेडर्स युनियनले वर्षको अन्त्यमा मूल्य ४,३६७ डलर पुग्ने अनुमान गरेको छ । अष्ट्रेलियाली स्रोतहरुले अधिकतम ४,४०० डलरसम्म पुग्ने बताएका छन् । लङ्ग फोरकास्टले भने आशावादी प्रक्षेपण गर्दै मूल्य ६,८०७ डलरसम्म पुग्न सक्ने उल्लेख गरेको छ ।

जस्ट टु ट्रेडका विश्लेषकहरुले मूल्य ३,९३८ देखि ४,६७३ डलरको दायरामा रहने र भूराजनीतिक द्वन्द्वले मूल्यलाई समर्थन गर्ने बताएका छन् । सन् २०२८ सम्ममा सुनको मूल्य स्थिर हुँदै बढ्ने विज्ञहरुको अनुमान छ । ट्रेडर्स युनियनले वर्षको अन्त्यमा ४,४५८ डलर पुग्ने प्रक्षेपण गरेको छ ।

लाइटफाइनान्सका अनुसार विभिन्न विश्लेषकहरुले ४,१२० देखि ४,९१७ डलरसम्मको मूल्य अनुमान गरेका छन् । लङ्ग फोरकास्टले अधिकतम ७,६६० डलरसम्म पुग्न सक्ने बताएर दीर्घकालीन बुल मार्केटको संकेत गरेको छ । जस्ट टु ट्रेडले भने ३,१३० देखि ३,२९९ डलरसम्मको दायरा उल्लेख गरेको छ ।

सन् २०२९ मा सुनको मूल्यमा थप वृद्धि हुने अपेक्षा छ । ट्रेडर्स युनियनले वर्षको अन्त्यमा ४,६०८ डलर पुग्ने बताएको छ । वालेटइन्भेस्टरले ४,६०४ देखि ४,९८८ डलर र गोभ क्यापिटलले ६,७४६ डलरसम्म पुग्ने प्रक्षेपण गरेका छन् । लङ्ग फोरकास्टले अधिकतम ६,९०१ डलर पुग्ने अनुमान गरेको छ ।

जस्ट टु ट्रेडले ४,२९५ देखि ४,४२६ डलरसम्मको दायरा बताएको छ । मुद्रास्फीति र आपूर्ति सीमितताले मूल्यलाई थप बल दिने विश्लेषकहरुको ठम्याइ छ । सन् २०३० सम्ममा सुनको मूल्य ५,००० डलरभन्दा माथि पुग्ने बहुमत विज्ञहरुको मत छ । इन्भेस्टिङहेभन र स्टोनएक्स बुलियनले ५,१५५ डलरसम्म पुग्ने प्रक्षेपण गरेका छन् ।

ट्रेडर्स युनियनले ४,५८९ डलर र कोइन प्राइस फोरकास्टले ५,०८५ डलरसम्म पुग्ने अनुमान गरेको छ । वालेटइन्भेस्टरले पनि मूल्य ५,००० डलरभन्दा माथि रहने बताएको छ । विश्वव्यापी आर्थिक अस्थिरता र सुनको सुरक्षित सम्पत्तिको रुपमा बढ्दो मागले यो वृद्धिलाई सहयोग गर्ने अपेक्षा छ ।

विश्लेषकहरुले यी प्रक्षेपणहरु बजारको उतारचढावमा निर्भर रहने र लगानीकर्ताहरुलाई सावधानी अपनाउन सुझाएका छन् । नेपालमा सुन आयात र लगानीको प्रमुख माध्यम भएकोले, मूल्यवृद्धिले यहाँको बजारमा पनि प्रभाव पार्न सक्छ । विशेषगरी, सुनको आयात लागत र उपभोक्ता मूल्यमा वृद्धि हुन सक्ने अनुमान छ ।

Advertisement

नेपालमा हाल सुनको मूल्य प्रतितोला २ लाख १० हजार रुपैयाँभन्दा माथि छ । विज्ञ तथा विश्लेषकहरुको प्रक्षेपित मूल्यअनुसार हेर्दा निकै राम्रो ढंगले मूल्य बढेमा सन् २०२६ सम्म सुनको मूल्य नेपाली बजारमा प्रतितोला रु. ३ लाख र सन् २०३० सम्ममा अझ बढेर प्रतितोला ४ लाख रुपैयाँसम्म पुग्नसक्ने देखिन्छ ।

भर्खरको समाचार

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

सम्बन्धित खबरहरु

Scroll to Top