NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
सर्वोच्चले कानून बनाएर नियमन गर भन्यो सरकारले सिधै प्रतिवन्ध ठोक्यो शनिबार भदौ २१ , २०८२
लादेनलाई मार्ने टोली उत्तर कोरियामा गएको थियो, को थियो लक्षित ? शनिबार भदौ २१ , २०८२
सुनको मूल्य आगामी वर्ष ३ लाख, २०३०सम्म तोलाको ४ लाख पुग्ने शनिबार भदौ २१ , २०८२
मोरोक्को विश्वकप २०२६मा छनोट हुने पहिलो अफ्रिकी राष्ट्र शनिबार भदौ २१ , २०८२
भवितव्य दुर्घटनालाई लिएर महाधिवेशन भाँड्ने प्रयास भयोः ओली शनिबार भदौ २१ , २०८२
Next
Prev

समाचार

सुनको मूल्य आगामी वर्ष ३ लाख, २०३०सम्म तोलाको ४ लाख पुग्ने

शनिबार भदौ २१ , २०८२
Reading Time: 1 min read
A A
आज तोलामा १८ सय रुपैयाले घट्यो सुन
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२१ भदौ , काठमाण्डौ ।

नेपाली बजारमा सुनको मूल्यले आश्चार्यजनक रुपमा रेकर्ड बनाइरहेको छ । शुक्रबार पनि यसले नयाँ रेकर्ड बनाएको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला २ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भयो । जुन हालसम्मकै उच्च मूल्य हो ।

अघिल्लो दिनको तुलनामा यो २५ सय रुपैयाँले बढेको हो । बिहीबार सुन प्रतितोला २ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । एक साताभित्र मात्र सुनको मूल्य करिब १० हजार रुपैयाँले बढेको छ । गत शुक्रबार सुनको मूल्य २ लाख ६ सय रुपैयाँमा सीमित थियो ।

LS Auto

विश्वव्यापी आर्थिक अनिश्चितता, मुद्रास्फीति र भूराजनीतिक तनावका कारण सुनलाई सुरक्षित लगानीको प्रमुख माध्यम मानिन्छ । यस्तोमा विभिन्न देशका बैंक, ब्रोकर र विश्लेषकहरुले सन् २०२६ देखि २०३० सम्म सुनको मूल्य प्रति औंस ३,००० डलरदेखि ७,००० डलरसम्म पुग्ने प्रक्षेपण गरेका छन् ।

केन्द्रीय बैंकहरुको सुन खरिद, मुद्रास्फीति र डलरको मूल्यमा हुने उतारचढाव यी प्रक्षेपणका मुख्य आधार हुन् । विश्लेषकहरुका अनुसार सन् २०२६ मा सुनको मूल्य औसतमा ३,५०० देखि ४,५०० डलरसम्म पुग्ने अनुमान छ । अमेरिकी कम्पनी स्टोनएक्स बुलियनले अधिकतम ३,८०० डलर पुग्ने प्रक्षेपण गरेको छ भने अष्ट्रेलियाली डिस्कभरी अलर्टले ३,८०५ डलरसम्मको सम्भावना औंल्याएको छ ।

युरोपेली ब्रोकर लाइटफाइनान्सले विभिन्न स्रोतहरुबाट सङ्कलित तथ्यांकमा मूल्य ३,४७९ देखि ३,८२६ डलरसम्म रहने बताएको छ । यद्यपि, डच बैंक आईएनजी ग्रुपले भने ब्याजदर कटौती र मुद्रास्फीति नियन्त्रणका कारण मूल्य घटेर २,६८० डलरसम्म पुग्न सक्ने चेतावनी दिएको छ ।

सन् २०२७ मा सुनको मूल्यमा थप उछाल आउने अपेक्षा छ । पूर्वी युरोपेली विश्लेषक समूह ट्रेडर्स युनियनले वर्षको अन्त्यमा मूल्य ४,३६७ डलर पुग्ने अनुमान गरेको छ । अष्ट्रेलियाली स्रोतहरुले अधिकतम ४,४०० डलरसम्म पुग्ने बताएका छन् । लङ्ग फोरकास्टले भने आशावादी प्रक्षेपण गर्दै मूल्य ६,८०७ डलरसम्म पुग्न सक्ने उल्लेख गरेको छ ।

जस्ट टु ट्रेडका विश्लेषकहरुले मूल्य ३,९३८ देखि ४,६७३ डलरको दायरामा रहने र भूराजनीतिक द्वन्द्वले मूल्यलाई समर्थन गर्ने बताएका छन् । सन् २०२८ सम्ममा सुनको मूल्य स्थिर हुँदै बढ्ने विज्ञहरुको अनुमान छ । ट्रेडर्स युनियनले वर्षको अन्त्यमा ४,४५८ डलर पुग्ने प्रक्षेपण गरेको छ ।

लाइटफाइनान्सका अनुसार विभिन्न विश्लेषकहरुले ४,१२० देखि ४,९१७ डलरसम्मको मूल्य अनुमान गरेका छन् । लङ्ग फोरकास्टले अधिकतम ७,६६० डलरसम्म पुग्न सक्ने बताएर दीर्घकालीन बुल मार्केटको संकेत गरेको छ । जस्ट टु ट्रेडले भने ३,१३० देखि ३,२९९ डलरसम्मको दायरा उल्लेख गरेको छ ।

सन् २०२९ मा सुनको मूल्यमा थप वृद्धि हुने अपेक्षा छ । ट्रेडर्स युनियनले वर्षको अन्त्यमा ४,६०८ डलर पुग्ने बताएको छ । वालेटइन्भेस्टरले ४,६०४ देखि ४,९८८ डलर र गोभ क्यापिटलले ६,७४६ डलरसम्म पुग्ने प्रक्षेपण गरेका छन् । लङ्ग फोरकास्टले अधिकतम ६,९०१ डलर पुग्ने अनुमान गरेको छ ।

जस्ट टु ट्रेडले ४,२९५ देखि ४,४२६ डलरसम्मको दायरा बताएको छ । मुद्रास्फीति र आपूर्ति सीमितताले मूल्यलाई थप बल दिने विश्लेषकहरुको ठम्याइ छ । सन् २०३० सम्ममा सुनको मूल्य ५,००० डलरभन्दा माथि पुग्ने बहुमत विज्ञहरुको मत छ । इन्भेस्टिङहेभन र स्टोनएक्स बुलियनले ५,१५५ डलरसम्म पुग्ने प्रक्षेपण गरेका छन् ।

ट्रेडर्स युनियनले ४,५८९ डलर र कोइन प्राइस फोरकास्टले ५,०८५ डलरसम्म पुग्ने अनुमान गरेको छ । वालेटइन्भेस्टरले पनि मूल्य ५,००० डलरभन्दा माथि रहने बताएको छ । विश्वव्यापी आर्थिक अस्थिरता र सुनको सुरक्षित सम्पत्तिको रुपमा बढ्दो मागले यो वृद्धिलाई सहयोग गर्ने अपेक्षा छ ।

विश्लेषकहरुले यी प्रक्षेपणहरु बजारको उतारचढावमा निर्भर रहने र लगानीकर्ताहरुलाई सावधानी अपनाउन सुझाएका छन् । नेपालमा सुन आयात र लगानीको प्रमुख माध्यम भएकोले, मूल्यवृद्धिले यहाँको बजारमा पनि प्रभाव पार्न सक्छ । विशेषगरी, सुनको आयात लागत र उपभोक्ता मूल्यमा वृद्धि हुन सक्ने अनुमान छ ।

नेपालमा हाल सुनको मूल्य प्रतितोला २ लाख १० हजार रुपैयाँभन्दा माथि छ । विज्ञ तथा विश्लेषकहरुको प्रक्षेपित मूल्यअनुसार हेर्दा निकै राम्रो ढंगले मूल्य बढेमा सन् २०२६ सम्म सुनको मूल्य नेपाली बजारमा प्रतितोला रु. ३ लाख र सन् २०३० सम्ममा अझ बढेर प्रतितोला ४ लाख रुपैयाँसम्म पुग्नसक्ने देखिन्छ ।

Tags: #सुनको मूल्य अहिलेसम्मकै महँगो#सुनको मूल्य आगामी वर्ष ३ लाख

लोकप्रीय

आज दिउँसो  एमालेको कार्यालय समितिको बैठक बस्दै

सर्वोच्चले कानून बनाएर नियमन गर भन्यो सरकारले सिधै प्रतिवन्ध ठोक्यो

शनिबार भदौ २१ , २०८२
लादेनलाई मार्ने टोली उत्तर कोरियामा गएको थियो, को थियो लक्षित ?

लादेनलाई मार्ने टोली उत्तर कोरियामा गएको थियो, को थियो लक्षित ?

शनिबार भदौ २१ , २०८२
आज तोलामा १८ सय रुपैयाले घट्यो सुन

सुनको मूल्य आगामी वर्ष ३ लाख, २०३०सम्म तोलाको ४ लाख पुग्ने

शनिबार भदौ २१ , २०८२

विचार

थप समाचार

आज दिउँसो  एमालेको कार्यालय समितिको बैठक बस्दै
ताजा समाचार

सर्वोच्चले कानून बनाएर नियमन गर भन्यो सरकारले सिधै प्रतिवन्ध ठोक्यो

शनिबार भदौ २१ , २०८२
लादेनलाई मार्ने टोली उत्तर कोरियामा गएको थियो, को थियो लक्षित ?
अन्तर्राष्ट्रिय

मोरोक्को विश्वकप २०२६मा छनोट हुने पहिलो अफ्रिकी राष्ट्र
अन्तर्राष्ट्रिय

मोरोक्को विश्वकप २०२६मा छनोट हुने पहिलो अफ्रिकी राष्ट्र

शनिबार भदौ २१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

WORLD NEWS:INDIA–RUSSIAलाई गुमाएकोमा TRUMPको चिन्ता,गायिकामाथि भालुको आक्र*मण|| Nepal Times

WORLD NEWS:INDIA–RUSSIAलाई गुमाएकोमा TRUMPको चिन्ता,गायिकामाथि भालुको आक्र*मण|| Nepal Times

00:15:16

World News: १६१ यात्रु सवार विमान दु*र्घ*टनाबाट जोगियो,भारतमा नेपालीलाई गो*ली || Nepal Times

00:21:13

World News: बेल्जियमका प्रधानमन्त्री ‘कमजोर’, भारतको पहिलो सेमीकन्डक्टर चिप || Nepal Times

00:18:06

World News:रुसका कारण ईयू अध्यक्षको विमानको राडार जाम, नर्वेलाई यु*द्धपोत || Nepal Times

00:17:41

World News: मोदीको निशानामा पाकिस्तान, राष्ट्रसंघका १९ कर्मचारी हु*थीको क*ब्जामा || Nepal Times

00:13:44

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

बिहिबार भदौ १९ , २०८२
सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याउने सरकारको तयारी

अब कुन–कुन सञ्जाल चल्छन् नेपालमा ?

बिहिबार भदौ १९ , २०८२
साउनदेखि युट्युब, फेसबुक, टिकटक, नेटफ्लिक्स, अनलाइन व्यापारसहितका सेवाहरुले कर तिर्नुपर्ने

सामाजिक संजालले सरकारको के बिगार्याे ? अब के असर पर्छ ?

बिहिबार भदौ १९ , २०८२

हालका पोस्टहरू

आज दिउँसो  एमालेको कार्यालय समितिको बैठक बस्दै

सर्वोच्चले कानून बनाएर नियमन गर भन्यो सरकारले सिधै प्रतिवन्ध ठोक्यो

शनिबार भदौ २१ , २०८२
लादेनलाई मार्ने टोली उत्तर कोरियामा गएको थियो, को थियो लक्षित ?

लादेनलाई मार्ने टोली उत्तर कोरियामा गएको थियो, को थियो लक्षित ?

शनिबार भदौ २१ , २०८२
आज तोलामा १८ सय रुपैयाले घट्यो सुन

सुनको मूल्य आगामी वर्ष ३ लाख, २०३०सम्म तोलाको ४ लाख पुग्ने

शनिबार भदौ २१ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.