×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कांग्रेसका अधिकांश सांसद राजधानी विकेन्द्रीतको विपक्षमा

१८ आश्विन २०७५

विराटनगर,असोज १८
प्रदेश नम्बर १ को नाम र राजधानीको टुंगो लगाउन प्रदेश सरकारले तयारी गरिरहेको बेला साझा धारणा बनाउन बसेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि नाम र राजधानीमा छलफल सुरु गरेको छ ।

छलफलमा राजधानी र नाममा टुंगोमा नपुगेपनि राजधानी बिकेन्द्रीत गर्न नहुने पक्षमा कांग्रेसका अधिकांश सांसद उभिएका छन् । बिहीबार बसेको प्रदेश संसदीय दलको बैठकले राजधानी विकेन्द्रीत गर्न नहुने निर्णय गरेको कांग्रेसका सचेत सुयर्माराज राईले जानकारी दिए ।

Advertisement

राजधानी र प्रदेशको नामबारे पनि कांग्रेसले ठोस निर्णय गर्ने बताउँदै कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्र्कीले त्यसका लागि केहीदिनमा पार्टी नेतृत्वसहित अर्काे बैठक बस्ने जानकारी दिए ।

प्रदेशसभामा दुईतिहाई मत रहेको नेपाल कम्युनिष्ट पार्टीले राजधानी र नामबारे गएको आइतबार र सोमबार संसदीय दलको बैठकमा सांसदहरुको धारणा बुझेको थियो । बैठकमा केही सांसद र मन्त्रीहरुले धारणा राख्न भने बाँकी नै छ ।

नेकपाका ६७ सांसदमध्ये ५४ सांसदले बोलेपछि स्थगित भएको बैठक कहिले बस्ने भन्ने मिति तोकिएको छैन । नेकपाका सांसदहरुले नाम र राजधानीबारे मिश्रित धारणा राखेपनि राजधानी विकेन्द्रीत गर्न नहुने पक्षमा भने अधिकांश नेकपाका सांसद उभिएका छन् ।

Advertisement

मुख्यमन्त्री शेरधन राईले सबै सांसदको चित्त बुझाउनेगरी राजधानी विकेन्द्रीत गर्ने प्रस्ताव गरिरहेको बेला त्यसविरुद्ध आफ्नै पार्र्टी र विपक्षी सांसदहरु समेत उभिएपछि प्रदेश १ राजधानी विकेन्द्रीत नहुने लगभग निश्चित देखिएको छ ।

भर्खरको समाचार

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

सम्बन्धित खबरहरु

Scroll to Top