NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
त्रिभुवन विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुचारु, आज ५६ उडान बिहिबार भदौ २६ , २०८२
भैरवनाथ गण र राष्ट्रपति भवन बीचमा जलेका शव,१४ हजार कैदी भागे बिहिबार भदौ २६ , २०८२
प्रधानमन्त्रीमा फेरि कुलमानको नाम, सुशीला अयोग्य बिहिबार भदौ २६ , २०८२
नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी बिहिबार भदौ २६ , २०८२
जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध बिहिबार भदौ २६ , २०८२
Next
Prev

समाचार

अन्तरिम सरकारको नेतृत्वका लागि नेपाली सेनाको समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी युवा प्रतिनिधिहरुबीच आज निर्णायक छलफल हुने

बिहिबार भदौ २६ , २०८२
Reading Time: 1 min read
A A
अन्तरिम सरकारको नेतृत्वका लागि नेपाली सेनाको समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी युवा प्रतिनिधिहरुबीच आज निर्णायक छलफल हुने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२६ भदौ , काठमाण्डौ ।

अन्तरिम सरकारको नेतृत्वका लागि नेपाली सेनाको समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी युवा प्रतिनिधिहरुबीच आज निर्णायक छलफल हुने । जेनजी प्रतिनिधिहरुले अन्तरिम सरकारको नयाँ प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम टुंगो लगाइसकेकाले त्यसलाई आजको छलफलले औपचारिकता दिने छ ।

नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानन्यायाधीश अशोकराज सिग्देलले जेनजी प्रतिनिधिहरुसँग विहीबार बिहानदेखि छलफल जारी हुने बताए । सो छलफलले आज निकास निकाल्ने उनले विश्वास व्यक्त गरे । जेनजीबाट प्रस्तावित पूर्वप्रधानन्याायधीश कार्कीलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले समेत समर्थन गरिसकेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै कार्कीको नाममा समर्थन रहेको जानकारी दिएका हुन् ।नेपाली सेनाका प्रधानसेनापति सिग्देलले सबै पक्षको कुरा सुन्ने उद्देश्यले जेनजी युवाका प्रतिनिधिहरु, धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ, दुर्गा प्रसाईं लगायतसँग पनि छलफल गरेका थिए ।

हर्क साम्पाङले पनि सुशीला कार्कीलाई समर्थन रहेको जनाएका छन् । प्रसाईंले देशले निकास पाउने गरी जसको नेतृत्वमा सरकार बने पनि स्वीकार्ने अभिव्यक्ति सार्वजनिक गरेका छन् ।जेनजी युवाहरुले भर्चुअल माध्यमबाट व्यक्त गरेको मतमा सुशीला कार्कीको नाममा धेरैको समर्थन देखिएको थियो ।

कार्कीले पनि अन्तरिम सरकारको नेतृत्व गरिदिन जेनजीले राखेको प्रस्ताव स्वीकार्ने बताइसकेकी छन् । आन्दोलनकारी जेनजी प्रतिनिधिको चाहनाअनुसार जंगी अड्डामा जारी वार्ता उनकै नेतृत्वमा सरकार गठन गर्न सकारात्मक देखिएका बेला पूर्वप्रधानन्यायाधीश कार्कीले भारतीय टेलिभिजन च्यानल न्युज १८ लाई अन्तर्वार्ता दिँदै आफू त्यसका लागि राजी रहेको बताएकी हुन्।

‘उनीहरूले मलाई चुनावी प्रयोजनका लागि छोटो समय सरकारको नेतृत्व गर्न भनेका छन्। मैले यसलाई स्वीकार गरेकी छु’, उनले भनेकी छन्। अन्तर्वार्तामा उनले आफू अन्तरिम सरकार प्रमुख भएपछि गर्ने कामका विषयमा पनि चर्चा गरेकी छन्।

‘मेरो तत्कालीन नेतृत्व आन्दोलनका क्रममा मारिएका जेनजीको परिवारलाई राहत दिनु हुनेछ। अहिले उहाँहरूको एउटा माग अर्थात् प्रधानमन्त्रीको राजीनाको माग पूरा भइसकेको छ। सरकार बनेपछि अरू धेरै कुरा पूरा गर्न सकिन्छ’, कार्कीले भनेकी छन्, ‘उनीहरूसँग मैले अन्तिम कुरा गरेको छैन।

हिजो प्रस्ताव गरेका थिए, मैले स्वीकारेँ। पहिलो त शान्तिको आवश्यकता नै हो। म भन्दिनँ कि म ठुलो आर्थिक सुधार ल्याउँछु। मैले समयमा निर्वाचन गरेर अर्को नेतृत्वलाई सत्ता हस्तान्तरण गर्ने हो। अहिलेको अवस्थामा ध्वस्त भएको भवनलाई केही निर्माण गर्न सकिन्छ। तर, निष्पक्ष निर्वाचन होस् भन्ने हो। पैसा बाँडेर कोही नेतृत्वमा नआओस्, हाम्रो यही प्राथमिकता हो।’

पूर्वप्रधानन्यायाधीश कार्कीले निर्वाचनका विषयमा पनि चर्चा गरेकी छन्। ‘नयाँ चुनावमा के नयाँ पुस्ता वा युवा आउँछन्, किनकि आन्दोलन त युवा पुस्ता आउनुप¥यो भनेर भएको हो नि।हामी कसैलाई चुनाव नलड् भनेर त भन्न सक्दैनौँ।

कोही पार्टीगत रूपमा आउलान्, कोही स्वतन्त्र रूपमा आउलान्। यो त उनीहरूको रोजाइ हो। कोही नयाँ पार्टी गठन गरेर चुनावमा आऊन् वा कुनै पुरानो दल आएर त्यो गर्छन् भने पनि ठिकै छ’, उनले भनेकी छन्।उनले चुनाव गराउन ६ महिनादेखि १ वर्षसम्म लाग्ने उल्लेख गरेकी छन्।

‘चुनाव गर्न त समय लाग्ला। ६ महिना लाग्ला, १ वर्ष लाग्ला। तर छोटो समयमा चुनाव गरेर हस्तान्तरण गर्छौं। म कार्यकारी व्यक्ति होइन, म जज हुँ। मलाई राजनीतिमा रहेर केही गर्नु छैन’, उनले भनेकी छन्। नेपाली सेनाका एक उच्च अधिकारीका अनुसार, झण्डै ९ घन्टा लामो छलफलपछि जेनजी प्रतिनिधिका तर्फबाट सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम प्रस्ताव भएको छ ।

सेनाले निषेधाज्ञा तथा कफ्र्युको समय घटाएको छ। जङ्गी अड्डा, जनसम्पर्क तथा सूचना निर्देशनालयले सूचना जारी गर्दै आज (बिहीबार) बिहान ६ बजेदेखि १० बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म अत्यावश्यक कामको लागि नागरिकलाई आवतजावत गर्न दिइने जनाएको छ। सेनाले भदौ २६ गते विहान १० देखि साँझ ५ बजेम्म निषेधाज्ञा तथा बेलुकी ७ बजेदेखि २७ गते विहान ५ बजेसम्म भने कफ्र्यु आदेश रहने जनाएको छ।

Tags: #अन्तरिम सरकारको नेतृत्व#निर्णायक छलफल हुने

लोकप्रीय

त्रिभुवन विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुचारु, आज ५६ उडान

त्रिभुवन विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुचारु, आज ५६ उडान

बिहिबार भदौ २६ , २०८२
भैरवनाथ गण र राष्ट्रपति भवन बीचमा जलेका शव,१४ हजार कैदी भागे

भैरवनाथ गण र राष्ट्रपति भवन बीचमा जलेका शव,१४ हजार कैदी भागे

बिहिबार भदौ २६ , २०८२
प्रधानमन्त्रीमा फेरि कुलमानको नाम, सुशीला अयोग्य

प्रधानमन्त्रीमा फेरि कुलमानको नाम, सुशीला अयोग्य

बिहिबार भदौ २६ , २०८२

विचार

थप समाचार

त्रिभुवन विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुचारु, आज ५६ उडान
ताजा समाचार

Breaking news

प्रधानमन्त्रीमा फेरि कुलमानको नाम, सुशीला अयोग्य

बिहिबार भदौ २६ , २०८२
नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी
अन्तर्राष्ट्रिय

नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

बिहिबार भदौ २६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: नेपालबारे China बोल्यो, नेपालकै पथमा France: सडकमा १ लाख प्रदर्शनकारी || Nepal Times

World News: नेपालबारे China बोल्यो, नेपालकै पथमा France: सडकमा १ लाख प्रदर्शनकारी || Nepal Times

00:13:30

World News: Indiaसंग Americaले वार्ता गर्ने, Qatarमा Israelको आ*क्र*मण || Nepal Times

00:16:07

World News: नेपालको प्रदर्शनमा ७ देशको ध्यानाकर्षण, अमेरिकामा विशाल समर्थन || Nepal Times

00:13:12

World News: Russiaविरुद्ध नयाँ प्रतिबन्ध, अदालतले Tariff रद्द गरे Americaले पैसा फिर्ता गर्नुपर्ने

00:16:56

World News: ईयू प्रमुखको कुर्सी ख*त*रामा, पोर्चुगलमा ९४ वर्षयताकै धेरै गर्मी || Nepal Times

00:20:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

बिहिबार भदौ १९ , २०८२
नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

बिहिबार भदौ २६ , २०८२
सेना प्रमुखवार्तामा,हिंसा रोक्न राष्ट्रसंघको आह्वान

सेना प्रमुखवार्तामा,हिंसा रोक्न राष्ट्रसंघको आह्वान

बुधबार भदौ २५ , २०८२

हालका पोस्टहरू

त्रिभुवन विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुचारु, आज ५६ उडान

त्रिभुवन विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुचारु, आज ५६ उडान

बिहिबार भदौ २६ , २०८२
भैरवनाथ गण र राष्ट्रपति भवन बीचमा जलेका शव,१४ हजार कैदी भागे

भैरवनाथ गण र राष्ट्रपति भवन बीचमा जलेका शव,१४ हजार कैदी भागे

बिहिबार भदौ २६ , २०८२
प्रधानमन्त्रीमा फेरि कुलमानको नाम, सुशीला अयोग्य

प्रधानमन्त्रीमा फेरि कुलमानको नाम, सुशीला अयोग्य

बिहिबार भदौ २६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.