×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

त्रिभुवन विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुचारु, आज ५६ उडान

२६ भाद्र २०८२

२६ भदौ , काठमाण्डौ ।

जेनजी आन्दोलनका कारण रोकिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबारदेखि सुचारु भएको छ । विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय उडान सुचारु भएका छन् । अन्तर्राष्ट्रिय उडान सञ्चालन भएपछि आज ५६ अन्तर्राष्ट्रिय उडानको तालिका रहेको त्रिभुवन विमानस्थल प्रशासनले जनाएको छ ।

Advertisement

५६ वटा उडान आगमनको तालिका छ भने तीन वटा चार्टर उडान छन् । विमान सेवा सुचारु भएपछि विमानस्थलमा यात्रुको भिड छ । हिमालय एयरलाइन्स, एयर चाइना, कतार एयरवेज, सिचुआन एयरलाइन्स, एयर इन्डिया, नेपाल एयरलाइन्स, बिमान बंगलादेश, थाई एयर एसिया, एयर आवु दुबई, स्पाइस जेट, सिंगापपुर एयरलाइन्स, थाई एयरवेज लगायतका विमान कम्पनीको अन्तर्राष्ट्रिय उडान तथा अवतरणको तालिका छ ।

श्रीलंका एयरलाइन्सले कोलम्बोबाट यात्रु लिए आएको छ भने थाई एयरले बैंककबाट यात्रु लिएर आएको छ । नेपाल एयरलाइन्सले साउदी अरेवियाको दामन विमानस्थलबाट यात्रु लिएर आएको छ । रोकिएको हवाई उडान अहिले दिउँसोबाट सेवा सुचारु भएको थियो ।

विमानस्थल सुरक्षा समितिको बैठकले विमानस्थल सुचारु गर्ने निर्णय गरेको थियो । उडान गर्ने यात्रुले आफूले टिकट काटेका हवाई कम्पनीमा सम्पर्क गर्न पनि भनेका छन् । हवाई यात्रा गर्ने यात्रुले आधिकारिक परिचय पत्र र हवाई टिकट लिएर यात्रा गर्न भनेको छ ।

वायु सेवा सञ्चालक संघ नेपालले संघका सदस्य वायुसेवा कम्पनीहरुले पनि आफ्ना उडानहरु पूर्ववत सञ्चालन भएको जनाएका छन् । यात्रुहरुले सम्बन्धित वायुसेवा कम्पनीमा सम्पर्क गरी समयमा नै विमानस्थल पुगेर सेवा लिन भनेको छ ।

विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेका अनुसार बुधबार साँझदेखिनै विमानस्थलको उडान नियमित रुपमा सञ्चालन भइरहेको छ । ’विगतका दिनहरुमा जस्तै आन्तरिक र अन्तर्राष्ट्रिय उडान सामान्य रुपमा सञ्चालन भइरहेको छ । यात्रु आवागमनलाई सहज तुल्याउन सुरक्षा निकायसँग समन्वय गरिएको छ,’ उनले भने ।

विमानस्थलको हालको उडान तालिका भन्दा उडान थप्नसक्ने अवस्था नरहेको र विगतकै क्षमतामा हवाई उडान नियमित गरिने विमानस्थलले जनाएको छ । काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी रहेकाले हवाई यात्रुलाई परिचय खुल्ने कागजातका आधारमा आवतजावतमा सहजीकरण गरिएको छ ।

नेपाल पर्यटन बोर्डले सटल बसको व्यवस्था गरी विदेशी पर्यटकलाई गन्तव्यमा पु¥याइने जनाएको छ । यता वायुसेवा कम्पनीले पनि आफ्ना यात्रुलाई विभिन्न व्यवस्था गरेर गन्तव्य लगिरहेको विमानस्थलले जनाएको छ ।

निजी क्षेत्रका हवाई कम्पनी बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार आज बिहानदेखि नियमित रुपमा उडानहरु भइरहेका छन् । काठमाडौँ र बाहिरका गन्तव्यमा दुई तीन दिनदेखि रोकिएका यात्रुलाई लैजानुपर्नेछ।

‘जेनजी पुस्ता’का कारण विषम परिस्थिति उत्पन्न भए पनि यही भदौ २४ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको थियो । विमानस्थल सुरक्षा समितिको बैठकको निर्णय अनुसार बुधबार दिउँसो साढे ३ बजेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान पुनः थाल्ने निर्णय गरिएको थियो।

बुधबार साँझदेखिनै आन्तरिक र अन्तर्राष्ट्रियदुवै उडान सञ्चालन भइरहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर दैनिक तीनसयभन्दा बढी उडान हुन्छ । यसमध्ये आन्तरिकतर्फ २५० भन्दा बढी र अन्तर्राष्ट्रियमा दैनिक १०० हाराहारी उडान हुन्छ ।

विमानस्थल बिहान ६ बजेदेखि राति १ बजेसम्म सञ्चालन हुँदै आएको छ । आन्तरिकतर्फ १२ हेलिकप्टर कम्पनीसहित २१ वायुसेवा कम्पनीले सेवा दिइरहेका छन् । अन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित ३० हवाई कम्पनीले उडान भर्दै आएका छन् ।

यसबीच भारतले विशेष उडानमार्फत् आफ्ना नागरिकलाई फिर्ता लैजान सुरु गरेको छ । जेन–जीहरुको आन्दोलनका कारण नेपालका विभिन्न स्थानमा रोकिएका आफ्ना नागरिकलाई भारत सरकारले विशेष उडानमार्फत् स्वदेश फर्काउन थालेको हो ।

त्यसका लागि एयर इण्डिया र इन्डिगो एयरलाइन्सले विशेष उडान सुरु गरेका छन् । सोमबारदेखि सुरु भएको आन्दोलनले हिंसात्मकरुप लिँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको थियो । यसले भारतीयसहित विभिन्न देशका नागरिक अलपत्र परेका थिए ।

बुधबारदेखि विमानस्थल खुलेसँगै विभिन्न देशका नागरिक स्वदेश फर्कन थालेका थिए । भारतको नागरिक उड्डयन मन्त्रालयले आफ्ना नागरिकलाई स्वदेश फर्काउन एयर इन्डिया र इन्डिगोसँगको समन्वयमा अतिरिक्त उडानको व्यवस्था गरेको छ ।

Advertisement

भर्खरको समाचार

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

सम्बन्धित खबरहरु

Scroll to Top