केही घण्टाका लागि सारियो अन्तरिम प्रधानमन्त्री चयनबारे राष्ट्रपति निवासको छलफल

२७ भदौ ८२, शुक्रबार
Share this
643shares

२७ भदौ, काठमाडौं ।

Advertisement

अन्तरिम सरकारको प्रधानमन्त्री चयन प्रक्रिया सम्बन्धी आज बिहान ९ बजेका लागि तय भएको राष्ट्रपति कार्यालयको छलफल केही घण्टापछि गर्ने गरी सारिएको छ।

स्रोतका अनुसार वार्तामा संलग्न पक्षहरूले आफ्ना आन्तरिक छलफल पूरा गर्न आवश्यक ठानेकाले समय परिवर्तन गरिएको हो।

Advertisement

राष्ट्रपति रामचन्द्र पौडेलले गएरातिसम्म पनि विभिन्न पक्षसँग निरन्तर परामर्श गरेका थिए।

राजनीतिक दलहरूले संसद विघटन नगरी नयाँ प्रधानमन्त्री टुंग्याउनुपर्ने धारणा राखेका छन् भने आन्दोलनरत जेन–जी पक्ष संसद विघटनको पक्षमा अडिएको छ।

Advertisement

संविधानअनुसार सांसद नभएको व्यक्ति प्रधानमन्त्री बन्न नसक्ने प्रावधान छ।

तर, आन्दोलनरत पक्ष र दलहरूबीच अन्तरिम सरकारको प्रधानमन्त्रीका लागि पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नाममा सहमति भए पनि संसदबाट अनुमोदन गर्ने प्रक्रियामा भने अन्तिम सहमति जुट्न सकेको छैन।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top