NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा आइतवार पुस २७ , २०८२
चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै शनिबार पुस २६ , २०८२
केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता शनिबार पुस २६ , २०८२
दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो शुक्रबार पुस २५ , २०८२
कांग्रेस गम्भिर मोडमा,संस्थापनसँग गएनन् शेखर,पत्रकार सम्मेलन स्थगित शुक्रबार पुस २५ , २०८२
Next
Prev

समाचार

सुमनाले त्यागिन् रास्वपा,सुशीलालाई सफल बनाउने,सबैलाई सोच्न अपिल

आइतवार भदौ २९ , २०८२
Reading Time: 1 min read
A A
सुमना श्रेष्ठले दिइन् रास्वपा सह–महामन्त्रीबाट राजीनामा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२९ भदौ , काठमाण्डौ ।

जेनजी आन्दोलनको बलमा पहिलो नागरिक त्यो पनि देशकै पहिलो महिला प्रधानमन्त्री बनेकी सुशीला कार्कीलाई सफल बनाउन दिलोज्यान दिएर लाग्ने वचन दिएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छन् ।

उनले सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै पार्टी नेतृत्व रवि लामिछानेतर्फ लक्षित गर्दै पार्टीभित्र निरन्तर भइरहेका गल्ती, नेतामुखी प्रवृत्ति र आलोचकहरूविरुद्धको ‘मिडिया ट्रायल’को विरोधमा राजीनामा दिएको बताएकी छन्।

‘कहिल्यै गल्ती नस्वीकार्ने, गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोक्नुपर्ने अवस्था स्वीकार्य छैन’, उनले भनेकी छन्, ‘पार्टीभित्र आलोचना गर्नेहरूविरुद्ध मिडिया ट्रायल चलाइयो। जबदेखि रास्वपाले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थाल्यो, त्यतिबेलादेखि नै म आलोचना गर्दै आएकी थिएँ तर त्यसले कुनै प्रभाव पारेन।“

उनले पार्टीलाई खुलेर आक्रमण गर्न चाहनेहरूलाई सहज बनाउन आफूले बाटो खुलाइदिएको समेत उल्लेख गरेकी छन् । ‘मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोस्। आई क्विट, मैले पार्टी छोडेँ,‘ उनले लेखेकी छन्। सुमनाले अन्य ठूला पार्टीका नेताहरूलाई समेत आफूलाई आत्ममन्थन गर्न आग्रह गरेकी छन्।

कांग्रेस, एमाले लगायतका दलका तेस्रो पुस्ताका नेताहरूलाई सम्बोधन गर्दै उनले भनेकी छन्, ‘आजको परिस्थिति आउन तपाईंहरूको नेतृत्वको व्यहोराले हो। आफ्ना नेताहरूलाई पूजा गर्न बन्द गर्नुहोस्। कि हटाउनुहोस्, कि हट्नुहोस्।‘ श्रेष्ठको पार्टी परित्यागसँगै रास्वपाभित्रको असन्तुष्टि छताछुल्ल भएको छ । उनले रविलाई नै लक्षित गर्दै लेखेकी छन्,

कहिलै गल्ति नस्विकार्ने । गल्तिमाथि गल्ति गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने ? पछिल्लो जेनजी आन्दोलनका क्रममा पार्टी सभापति रवि लामिछाने नख्खु कारागारबाट सचिवस्तरीय निर्णय भन्दै बाहिरिएपछि रास्वपामाथि नै प्रश्न उठिरहेको छ ।

रवि निस्किएको र उनले सार्वजनिक गरेको पत्रको वैधताबारे प्रश्न उठेपछि उपसभापति डीपी अर्यालले रविलाई बचाउँदै त्यसको जिम्मा आफूले लिएका थिए । नख्खुको सूचनापछि शनिवार नै रवि कारागार फर्किसकेका छन् । तर यसको असर पार्टीमा पहिरो जान थालेको छ ।

सुमनाको पार्टी परित्याग घोषणा गरेको स्टाटसमा भने रास्वपा समर्थित निलो क्रान्ति भन्ने पेजबाट आलोचना गरिएको छ । कमेन्टमा लेखिएको छ, ठिक लागेन छोड्नु भयो राम्रो । उहि पुराना दलका मान्छेकै पारामा दल छोडेपछि पार्टीलाइ गाली किन फेरि ? यो मनोबृत्ति फेरि पुराना कै लिने ?

तपाइ आफै संघर्ष गरेर नेता बनेको होइन – रबिले टिपेर टिका लगाइदिएर मात्र नेता बनेको हो र अहिले उनैलाइ गाली गर्न सक्ने अबस्थामा पुगिस्यो, होइन ?? “मलाइ नेता बनाइदिनु भएको धन्यबाद“ भनेर “अब म नयाँ बाटो लागें“ भने भएन ??

सुमना सुशीला प्रधानमन्त्री भएपछि सपथ समारोहस्थल शीतल निवासमै पुगेकी थिइन । निक्कै खुशी देखिएकी सुमनाले सुशीलालाई अंकमाल गर्दै बधाई र शुभकमाना दिएकी थिइन। त्यसलगत्तै उनी पनि मन्त्री बन्ने चर्चा चुलिएको थियो । तर उनले आफू मन्त्री नबन्ने बताएकी थिइन ।

पूर्वशिक्षामन्त्री समेत रहेकी श्रेष्ठले आफू नवगठित अन्तरिम मन्त्रिपरिषद्मा मन्त्री बन्न नजाने भन्दै सरकारलाई सफल बनाउने बताएकी थिइन । धेरै साथीहरूले मन्त्री बन्न लागेको हो भनी म्यासेज÷फोन गरेर सोधेको भन्दै उनले आफू सरकारमा सामेल नहुने बताएकी हुन् ।

‘म अन्तरिम मन्त्रिमण्डलमा जान लागेको हैन, मेरो यस सरकारप्रति पूर्ण समर्थन छ। यो सरकारलाई असफल हुने सहुलित छैन पृष्ठभूमिमा बसेर यो सरकारलाई सफल गराउन मेरो अनुभव, सञ्जाल र समय दिनेछु, तर कुनै मन्त्रीको पद भने लिने छैन’, उनले सामाजिक सञ्जालमार्फत उनले भनेकी छन् ।

‘हरेक आन्दोलनपछि जसको विरुद्ध आन्दोलन भएको हो, त्यही पुरानो शक्तिसँग लसपस हुँदा आन्दोलनको मर्म प्रदूषित भएको छ। यसपालिको आन्दोलनमा म त्यस्तो प्रदूषणको कारक बन्दिनँ, यसको उपलब्धि संस्थागत गर्न दिलोज्यान दिएर काम गर्छु।

सत्ता होइन, सेवा गर्ने! कुर्सी होइन, कर्म गर्ने! नाम होइन, काम गर्ने’, उनले थपेकी छन्। तर अब उनले पार्टी नै परित्याग गरेकाले उनी मन्त्री बन्न सक्ने चर्चा चुलिएको छ । यस्तै सुमनाको पार्टी परित्यागसँगै अन्य दुई नेताले पनि रास्वपा परित्याग गरेकी छन् ।

पनौती नगरपालिका रास्वपाका नगर सभापति र नेताले पार्टी छाडेको घोषणा गरेका छन् । रास्वपाका नगर सभापति विवेक भट्टराई र इन्चार्ज सुदर्शन तिमल्सिनाले पार्टीबाट राजीनामा दिएका छन् । उनीहरुमाथि भदौ २४ गते पनौतीमा तोडफोड र आगजनीमा सम्लग्न भएको आरोप लागेको छ ।

Tags: #जेनजी आन्दोलन#सुमनाले रास्वपा त्यागिन्#रविलाई गाली

लोकप्रीय

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

आइतवार पुस २७ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२

विचार

थप समाचार

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा
संगीत

दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो
समाचार

दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

शुक्रबार पुस २५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: भेनेजुएला छाड्न अमेरिकीलाई सुझाव, कोरियाली तनाव उत्कर्षमा || Nepal Times

World News: भेनेजुएला छाड्न अमेरिकीलाई सुझाव, कोरियाली तनाव उत्कर्षमा || Nepal Times

00:26:55

World News: ब्राजिलले भेनेजुएलासँगको सीमामा राष्ट्रिय गार्ड पठाउने, ताइवानको एफ–१६ फ्लिट ग्राउन्डेड

00:22:17

World News: २० देश अमेरिकी Black Listमा, Greenland कब्जा गर्ने प्लान सार्वजनिक|| Nepal Times

00:28:00

World News: रूसी जहाज अमेरिकी कब्जामा, पेट्रोलाई ह्वाइट हाउसमा निम्तो || Nepal Times

00:26:45

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

00:25:47

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

मङ्लबार पुस २२ , २०८२
अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

बिहिबार पुस २४ , २०८२
नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

ट्रम्पले खामेनीलाई अपहरण गर्ने त्रास,इन्टरनेटदेखि हवाई क्षेत्र बन्द 

शुक्रबार पुस २५ , २०८२

हालका पोस्टहरू

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

आइतवार पुस २७ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.