इलामेलीका लागि सिंहदरबारमा सुहाङको दौडधूप

२१ असोज , काठमाण्डौ ।

नेकपा एमालेका युवा नेता सुहाङ नेम्वाङले इलामलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न तथा सुकिलुम्बामा नियमित हवाई उडान सञ्चालनगर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

जिल्लाविपद् व्यवस्थापन समितिले समेत इलामलाई तत्काल ‘संकटग्रस्त क्षेत्र’ घोषणाको लागि सिफारिस गरेको स्मरण गर्दै नेम्वाङले बाढी पहिरोले इलाममा व्यापक जनधनको क्षति, सडक अवरुद्ध, विद्युत् आपूर्तिमा अवरोध र जनजीवन पूर्णरूपमा अस्तव्यस्त बनेको बताए ।

Advertisement

पहिरो, सडक ध्वस्तर सम्पर्क विच्छेदका कारण राहततथा उद्धार कार्यमा समेत गम्भीर चुनौती थपिएकाले सोही अनुसार कदम चाल्नुपर्ने उनको माग छ।

Advertisement

हिजो मात्र मन्त्रीहरू कुलमान घिसिङ, ओम प्रकाश अर्याल, विपद् व्यवस्थापन प्राधिकरणका अधिकारीलाई भेटेर उनले इलाममा पहिरो प्रभावितका लागि एकमुष्ट राहत प्याकेज ल्याउन माग गरेका थिए ।

इलाम–२ का निवर्तमान सांसद समेत रहेका नेम्वाङले दुई मन्त्री सहित विपद् व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतलाई पनि भेटेर इलाम पहिरोले निम्त्याएको संकट, राहत तथा पुनःस्थापनाको योजना बारे पनि ध्यानाकर्षण गराएका थिए ।

उनले मन्त्रालय र प्राधिकरण सँगको छलफलका भएको ४ विषय सहित मृतकका सबै परिवार लाई क्षतिपूर्ति दिने, एक जना गुमाएको खण्डमा २ लाख रूपैयाँ र एक भन्दा बढीको मृत्यु भएमा थप प्रतिव्यक्ति १ लाख रूपैयाँका दरले क्षतिपूर्ति दिने (पालिका बाट व्यवस्थापन गरिने) बारे पनि छलफल भएको बताएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top