×

NEPAL TIMES UPDATES

Playing
शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने || Nepal Times
Apr 23, 2026
Playing
चीनले इरानलाई पठाएको ’उपहार’ ट्रम्पले खोसे || Nepal Times
Apr 23, 2026
Playing
नेता र कर्मचारीको सम्पत्ति कसरी छानविन हुन्छ ? को को तान्निछन् ?|| Nepal Times
Apr 23, 2026
Playing
को हुन् दीपक भट्ट ? ओलीले हुक्र्याए सुधन गुरूङले पद गुमाए || Nepal Times
Apr 23, 2026
Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026

बालेन,हर्क र रवि मिल्नुको विकल्प छैन्

२३ आश्विन २०८२

२३ असोज , काठमाण्डौ ।
देश यति बेला राजनीतिकको नयाँ मोडमा उभिएको छ । जेनजी विद्रोहले केही सफलता नपाएको हैन । तर सरकारदेखि धेरै कुरा अस्थायी छन् । छोटो समय धेरै कुरा गर्नु छ जुन सम्भव छैन ।

त्यसैले देशमा स्थायी शान्ति दिगो विकास अनि भ्रष्टाचार मुक्त समाज निर्माण गर्ने हो भने जेनजी सरकारले तोकेको फागुन २१ गते निर्वाचनबाट मात्र सम्भव छ । त्यसका लागि देशमा नयाँ शक्तिको आवश्यक हुन्छ ।

Advertisement
Advertisement

अहिले सम्म हेर्दा पुराना दलहरूमा धेरै परिवर्तन आइ हाल्ला अनि जेनजीको भावना अनुसार दलहरू अघि बढ्लान् भन्ने आशा गर्ने ठाउँ छैन । त्यसैले नयाँ दल, नयाँ र युवा नेताहरू फागुन २१ गतेको निर्वाचनबाट आउन आवश्यक छ ।

त्यसका लागि जनतामा आशाका रूपमा देखिएका काठमाण्डौंका मेयर बालेन शाह, धरानका मेयर हर्क साम्पाङ र रास्वपा सभापति रवि लामिछाने एकै स्थानमा उभिनु पार्ने माग उठ्न थालेको छ ।

के अब रवि लामिछाने, बालेन शाह, हर्कलगायत नयाँ अनुहारहरू एकै ठाउँमा उभिन सम्भव छ ? यो आजको धेरैका मनमा उठी रहेको प्रश्न हो । जसरी पुराना राजनीतिक दलहरूप्रति देखिएको वितृष्णाकै कारण पार्टी घोषणा भएको केही समयमै लामिछाने नेतृत्वको रास्वपाले नागरिकको मन जित्दै चौथो राजनीतिक शक्तिको रूपमा उदायो ।

रास्वपा एकछत्र राज गरिरहेका रैथाने दलहरूलाई पाखा लगाउन सफल भयो । अब नयाँ परिस्थितिमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह, हर्क साम्पाङ पनि एकै ठाउँमा उभिन आवश्यक छ ।

एउटा वर्ग जो भर्खरै उदाएका शक्तिलाई एकै स्थानमा देख्न चाहन्छ । तर, ती नेतृत्वबिचको दुरी भने झनझन बढ्दो छ । बालेन शाह र हर्क साम्पाङ्बीच पछिल्लो समय झनै सम्बन्ध टाढिएको छ ।

रवि लामिछानेप्रति बालेन शाह सकारात्मक छैनन् । सिंहदरबारदेखि अदालतसम्म पौठेजोरी खेल्दै आफ्नो हक्कीपन देखाएका तीनै बालेन शाह रवि लामिछानेलाई सामाजिक सञ्जालबाटै व्यङ्ग्य प्रहार गरिरहेका हुन्छन् ।

हर्क र बालेनको त झनै सामाजिक सञ्जालमा दोहोरी नै चल्छ । पुराना राजनीतिक दलहरूप्रति जनता निराश भइसकेका छन् । दशकौँदेखि सत्ता र स्वार्थको खेलमा डुबिरहेका दल र तिनका नेताहरूले देशलाई स्थायित्व, सुशासन र विकासको बाटोमा अघि बढाउन सकेनन् ।

त्यसैले जनताले विकल्प खोज्न थालेका हुन् । यही असन्तुष्टिको पहिलो स्पष्ट अभिव्यक्ति २०७९ सालको स्थानीय र सङ्घीय निर्वाचनमा देखा प¥यो । पुराना दलका उम्मेदवारलाई पाखा लगाउँदै जनताले स्वतन्त्र उम्मेदवारका रूपमा रास्वपा, बालेन र हर्क साम्पाङलाई रोजे ।

ती तीनै नाम त्यस बेला नयाँ सोच, स्वच्छ छवि र विद्रोही राजनीतिक चेतनाका प्रतीक बने । भदौ २३ र २४ गतेको जेनजी विद्रोह ले यस धारालाई झन् बलियो बनायो । सडकमा उत्रिएका युवा पुस्ताले स्पष्ट सन्देश दिएका छन् “अब पुरानो राजनीति होइन, नयाँ सोच, नयाँ नेतृत्व चाहिन्छ ।”

जनताले यथास्थितिवादी दलहरूलाई अस्वीकार गरेर आफूले नै बाटो खोल्ने घोषणा गरिसकेका छन् । अहिले जेनजीहरूको समर्थनमा बनेको अस्थायी सरकार यही परिवर्तनको उपज हो ।

यति बेला जेनजी सरकारले घोषणा गरेको नयाँ प्रतिनिधि सभा निर्वाचन (फागुन २१) लाई देशले निर्णायक मोडका रूपमा हेरेको छ । यसबिच राजनीतिक परिदृश्य तीव्र रूपमा बदलिँदै छ ।

रवि लामिछानेले नयाँ दल खोलेर विगतको निर्वाचनमा अपेक्षा भन्दा बढी मत प्राप्त गरिसकेका छन् । हर्क साम्पाङले श्रम संस्कृति दल खोलेका छन् । बालेन शाह पनि नयाँ पार्टी दर्ता गर्ने तयारीमा छन् ।

त्यसमाथि, लोकप्रिय प्रशासकका रूपमा स्थापित कुलमान घिसिङले समेत राजनीतिक सङ्गठनको सम्भावना खोजिरहेका छन् भन्ने चर्चा चल्न थालेको छ । तर जनताले केही आशा गरिएका यी अनुहारहरु एउटै डालोमा नआएसम्म राज्यको ढिकुटीमा वर्षाैदेखि रजगज गरिरहेका पूराना दलहरुलाई पाखा लगाउन कठिन छ।

झन अहिलेको निर्वाचन प्रणालीको लाभ त झन वडास्तरसम्म जरा गाडेका पूराना राजनीतिक दलहरुले नै उठाउनेछन् । यसका कारणपनि साच्चै परिवर्तन नै गर्नेहो भने रवि, बालेन र हर्कहरु एककठाउँमा आउनुको विकल्प छैन् ।

जनताले धेरै आशा गरेका छन्, तर अब उनीहरू एउटै प्लेटफर्ममा उभिन सक्लान् कि सक्दैनन् भन्ने ठूलो प्रश्न खडा भएको छ । बालेन र हर्कबीच पछिल्ला दिनमा देखा परेको तिक्तता, रवि र बालेनबीचको मतभेदको चर्चा, र नेताहरूको आ–आफ्नो व्यक्तिगत लोकप्रियता—यी सबै कुरा एकता निर्माणमा चुनौती देखिएका छन् ।

यथार्थ के हो भने।रबी, बालेन र हर्क अलग–अलग पृष्ठभूमिबाट आएका, अलग–अलग सोचका व्यक्ति हुन् । तर उनीहरूका मुद्दा साझा छन् । तीनै जना युवा नेताले पुरानो राजनीतिक दल र संस्कृतिप्रति कडा रूपमा कटाक्ष व्यक्त गर्छन् ।

राजनीति सेवा, जबाफदेहिता र पारदर्शिताको कुरामा तिनै जना एक ठाउँमा छन् । अनि जेनजी पुस्ताको विश्वास तिनै तीन जना नेतामा देखिन्छ । यी साझा बिन्दु नै एकताको आधार बन्न सक्छन् ।

यदि तिनले व्यक्तिगत महत्त्वाकाङ्क्षा भन्दा देशको आवश्यकता ठूलो ठाने भने नयाँ, शक्तिशाली, बिचारवान् राजनीतिक शक्ति जन्मन सक्छ । रविको जनसमम्पर्कता र सङ्गठन क्षमता, बालेनको नीतिगत दृष्टि र नेतृत्व क्षमता, भूईमान्छे हर्कको जनसरोकारप्रतिको संवेदनशीलता र यी सबै गुण एउटै पार्टीभित्र समाहित हुन सके भने देशको राजनीतिक नक्सा नै पल्टिन सक्छ ।

अनि देखिनेछ सुशासन र समृद्धिको यात्रा । जेनजी आन्दोलनले यही एकताको अपेक्षा गरेको छ । तर यसका लागि तिनै नेताले केही त्याग गर्नुपर्नेछ । व्यक्तिगत छवि भन्दा साझा दृष्टिकोण, लोकप्रियता भन्दा संस्थागत शक्ति र भावनात्मक प्रतिक्रिया भन्दा दीर्घकालीन राष्ट्रिय परियोजना रोज्नुपर्नेछ ।

इतिहासमा यस्ता मोडहरू धेरै आएका छन् जहाँ व्यक्तिगत ‘इगो’ ले सामूहिक आन्दोलनलाई कमजोर बनाएको छ । यदि अहिले पनि त्यो दोहोरियो भने, जनताले दिएको अवसर फेरि हराउनेछ ।

नेपालको राजनीतिक सङ्क्रमण लामो भइसकेको छ । पुरानो पुस्ताको नेतृत्वमा अब नयाँ युग सम्भव छैन । त्यसैले रवि, बालेन र हर्कले यदि साँच्चिकै देश बदल्ने सपना बोकेका हुन् भने, तिनले एउटै बाटो रोज्नुपर्छ ।

रवि, बालेन र हर्क यदि एउटै पार्टीमा उभिए भने त्यो केवल राजनीतिक एकता होइन, नयाँ नेपाल निर्माणको घोषणापत्र हुनेछ । तर यदि तिनले छुट्टाछुट्टै बाटो रोजे भने, इतिहासले तिनलाई ‘अवसर गुमाएका परिवर्तनका पात्र’ का रूपमा सम्झिनेछ ।

अब वैकल्पिक विचारधारा बोक्ने पार्टी र नेताहरू एकताको सुत्रमा बाँधिने या पुरानै दलको छहारीमा बस्ने ? यसको यकिन हुन आवश्यक छ । यदि फेरी पनि व्यक्तिगत इगोका भरमा तिन युवा अघि बढे भने मूलधारका दलहरू काँग्रेस, एमाले र माओवादीकै हालीमुहाली फेरी पनि जारी रहनेछ। अनि नेपाली जनताले खोजेको सुशासन र समृद्धि सपनामै सिमित बन्ने छ ।

Advertisement

भर्खरको समाचार

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

सम्बन्धित खबरहरु

Scroll to Top