NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ? शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ शनिबार मंसिर २० , २०८२
कुलमानदेखि हर्क थर्कमान, कसरी बने तगारो ? भने एजेन्ट शुक्रबार मंसिर १९ , २०८२
आणविक बटनसहित ५ वर्ष शक्ति मुनिरको हातमा शुक्रबार मंसिर १९ , २०८२
Next
Prev

समाचार

आरजुको गुलाबी सररको भिडियोले अझै तहल्का मच्चाउदै

आइतवार अशोज २६ , २०८२
Reading Time: 1 min read
A A
आरजुको गुलाबी सररको भिडियोले अझै तहल्का मच्चाउदै
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२६ असोज , काठमाण्डौ ।

अरे ठुमक ठुमक जब  हिट छै तू पहाड़ी बाटयूं मां छम छम पायल घुंघरू बजनी त्यार खूटयो मा लाल त्यार कंगन हाथों मा चूड़ी छन हरा चुनरी तेरी गुलामी सरारा ।।

भारतको उत्तराखण्डको गढवाली भाषाको यो गीतले एउटी युवतीको सुन्दरताको बयान गर्दछः जसको शाब्दिक अर्थहुन्छ,

अरे, जब तिमी ठुम्किँदै नाच्दै वा लजाउँदै , पहाडी बाटोबाट हिँड्छ्यौ,     तिम्रो पायल र घुँघरूको “छमछम” आवाज , तिम्रो खुट्टामा रमाइरहेको हुन्छ। तिम्रो हातमा रातो कंगन बाला छन्, र हरिया चुराहरू चम्किरहेका छन्, तिम्रो चुनरी ओढने यति सुन्दर र चम्किलो छ, जसको मोहमा म मानौँ तिम्रो गुलामझैँ भइसकेको छु तिम्रो सिंगार र रूपले मनै हराएको छ ।

यो उत्तराखण्डको गीत भएपनि यतिबेलासम्म नेपालमा सामाजिक संजाल विशेषगरी टिकटकमा यो गीतबाट बनाएका भिडियोहरुले लोकप्रियता चुमीरहेका छन् । यो गीतसँगै धेरैको दिमागमा एउटै नाम आउँछ , आरजु राणा देउवा ।

एक वर्ष अघि १० फेबु्रअरी २०२४ मा द प्रिन्स यादवको युट्युब च्यानलबाट यो गुलाबी सरर बोलको उत्तराखण्डको गीत सार्वजनिक भएको थियो । नेपालमा विरलै सुनिने र हेरिने उत्तराखण्डको यो गीत भने नेपालमा समेत भाइरल बन्यो ।

र यो गीत नेपालमा भाइरल बनाउने काम भने कांग्रेस नेतृ तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी , निवर्तमान परराष्ट्र मन्त्री आरजु राणा देउवाको एउटा छोटो नृत्यले गर्याे । गीत सार्वजनिक भएकै समयमा आरजु देउवाले डान्स गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बन्न पुग्यो ।

आरजु र कांग्रेस सभापति शेरबहादुर देउवाका एक्ला छोरा जयवीर र कभर गायिका शिवाना श्रेष्ठबीचको विवाहको पूर्वसन्ध्यामा आयोजित जमघटमा आरजुले यो गीतमा ठुम्का लगाएकी थिइन ।

उक्त हिट गीतसँगै अन्य केही गीतमा समेत आरजुसहितका सहभागीले छमछमी नाचेको देख्न सकिन्थ्यो । तर पनि अन्य गीतका नृत्य छाडेर सामाजिक सञ्जाल प्रयोगकर्ताले आरजुले नाचेको गुलाबी सररको भिडियो सेयर गर्दै उनको नृत्यकलाको प्रशंसा गरे ।

यो भिडियोलाई धेरैले नेताहरुको विलासिताको उदाहणका रुपमा समेत प्रस्तुत गरे । खासगरी आकर्षक डान्स स्टेपमा आरजुले नाचेकी छन् । सोल्टी होटलमा आयोजित उक्त जमघटमा आरजुले नाच्दै रमाइलो पनि गरेकी थिइन् ।

फेसबुक र इन्स्टाग्रामको रिल्सदेखि टिकटकमा आरजुको नृत्यको यो भिडियो अहिलेसम्म भाइरल बनेको छ । आरजुको यो भिडियो २०८० माघ महिना यता लगातार भाइरल छ । यो गीतमा बनेको बास्तविक म्युजिक भिडियोमा कलाकारहरुले प्रस्तुत गरेको डान्स स्टेप भन्दा आरजुको डान्स स्टेप नै भाइरल बनेका छन् ।

जयवीरको विवाहपछि आरजु मन्त्री बन्दा,जयवीरको नाम जोडिएको हिल्टल होटलको विषय बाहिरिदा, त्यसविरुद्ध जयवीरले जाहेरी दिएपछि पत्रकार दिलभुषण पाठकविरुद्ध जारी भएको पक्राउ पुर्जी होस् या समय समयमा आरजुको नाम जोडिएर आउने नक्कली भुटानी शरणार्थीको भ्रष्टाचार प्रकरणको विषयमा किन नहोस् उनको यो भिडियो र उनकै नक्कल गर्दै सयौं रिल्स र टिकटक भिडियोहरु बनेका छन् ।

विशेषगरी जेनजी युवाहरूले सुरु गरेको ‘नेपो बेबी’ र ‘नेपो किड्स’ अभियानमा आरजुको यो भिडियो अझ बढी प्रयोग भयो । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र आरजुमाथि उनीहरुकै निवासमा भएको आक्रमण र उनीहरुको घरमा भेटिएका पैसाको भिडियो बाहिरिएपछि त झन आरजुको भिडियो र यसलाई नक्कल गर्दै भिडियो बनाउने क्रम अझै बढ्दै गएको छ ।

कतिपयले जेनजी आन्दोलनमा भग्नावशेष भएको उनको बुढानिलकण्डस्थित निवास र यही आन्दोलनको चपेटामा परी आगजनी भएको हिल्टन होटललाई पृष्ठभूमिमा राखेर समेत भिडियोहरु बनाइएका छन् ।

जहाँ आरजुलाई समेत देखाइने गरिएको छ । जसले यस विषयलाई थप व्यङ्ग्यात्मक बनाएको छ। यसरी आरजुको ‘गुलाबी सरर’ नृत्यले नेपालको सामाजिकदेखि राजनीतिक वृत्तसम्म एक अनौठो छाप छोडेको छ।

Tags: #आरजुको गुलाबी सररको भिडियो#आरजुको भाइरल ठुमक ठुमक

लोकप्रीय

एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा

शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

शनिबार मंसिर २० , २०८२

विचार

एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा

शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

शनिबार मंसिर २० , २०८२

थप समाचार

एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली
खेलकुद

आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा

शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?
खेलकुद

फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ
ताजा समाचार

सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

शनिबार मंसिर २० , २०८२
कुलमानदेखि हर्क थर्कमान, कसरी बने तगारो ? भने एजेन्ट
ताजा समाचार

कुलमानदेखि हर्क थर्कमान, कसरी बने तगारो ? भने एजेन्ट

शुक्रबार मंसिर १९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: भेनेजुएलाले ५६०० सैनिक थप परिचालन, क्यानडाले सिरियालाई सूचीबाट हटायो || Nepal Times

World News: भेनेजुएलाले ५६०० सैनिक थप परिचालन, क्यानडाले सिरियालाई सूचीबाट हटायो || Nepal Times

00:17:27

World News:इमरान राष्ट्रिय सुरक्षाका लागि खत रा? ट्रम्पलाई शान्ति पुरस्कार|| Nepal Times

00:15:39

World News: Ukraine प्रस्ताव यूएनमा पेस, नेपालले गरेन मतदान, Trumpलाई Putinसंग आशा || Nepal Times

00:19:05

World News: पुटिन भारत आउँदा म्याक्रोँ चीन पुगे, मोदीलाई ट्रम्पको ९५ करोड डलरको ह*ति*यार अफर

00:20:44

World NEWS:IRANबाट १० अफगानी मारिए,आकाशमा इन्धन भर्ने विमान किन्दै भारत|| Nepal Times

00:20:32

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

शुक्रबार मंसिर १९ , २०८२
दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

मङ्लबार मंसिर १६ , २०८२
काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

बिहिबार मंसिर १८ , २०८२

हालका पोस्टहरू

एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा

शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

शनिबार मंसिर २० , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.