×

NEPAL TIMES UPDATES

Playing
नेता र कर्मचारीको सम्पत्ति कसरी छानविन हुन्छ ? को को तान्निछन् ?|| Nepal Times
Apr 23, 2026
Playing
को हुन् दीपक भट्ट ? ओलीले हुक्र्याए सुधन गुरूङले पद गुमाए || Nepal Times
Apr 23, 2026
Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026

आरजुको गुलाबी सररको भिडियोले अझै तहल्का मच्चाउदै

२६ आश्विन २०८२

२६ असोज , काठमाण्डौ ।

अरे ठुमक ठुमक जब  हिट छै तू पहाड़ी बाटयूं मां छम छम पायल घुंघरू बजनी त्यार खूटयो मा लाल त्यार कंगन हाथों मा चूड़ी छन हरा चुनरी तेरी गुलामी सरारा ।।

Advertisement
Advertisement

भारतको उत्तराखण्डको गढवाली भाषाको यो गीतले एउटी युवतीको सुन्दरताको बयान गर्दछः जसको शाब्दिक अर्थहुन्छ,

अरे, जब तिमी ठुम्किँदै नाच्दै वा लजाउँदै , पहाडी बाटोबाट हिँड्छ्यौ,     तिम्रो पायल र घुँघरूको “छमछम” आवाज , तिम्रो खुट्टामा रमाइरहेको हुन्छ। तिम्रो हातमा रातो कंगन बाला छन्, र हरिया चुराहरू चम्किरहेका छन्, तिम्रो चुनरी ओढने यति सुन्दर र चम्किलो छ, जसको मोहमा म मानौँ तिम्रो गुलामझैँ भइसकेको छु तिम्रो सिंगार र रूपले मनै हराएको छ ।

यो उत्तराखण्डको गीत भएपनि यतिबेलासम्म नेपालमा सामाजिक संजाल विशेषगरी टिकटकमा यो गीतबाट बनाएका भिडियोहरुले लोकप्रियता चुमीरहेका छन् । यो गीतसँगै धेरैको दिमागमा एउटै नाम आउँछ , आरजु राणा देउवा ।

एक वर्ष अघि १० फेबु्रअरी २०२४ मा द प्रिन्स यादवको युट्युब च्यानलबाट यो गुलाबी सरर बोलको उत्तराखण्डको गीत सार्वजनिक भएको थियो । नेपालमा विरलै सुनिने र हेरिने उत्तराखण्डको यो गीत भने नेपालमा समेत भाइरल बन्यो ।

र यो गीत नेपालमा भाइरल बनाउने काम भने कांग्रेस नेतृ तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी , निवर्तमान परराष्ट्र मन्त्री आरजु राणा देउवाको एउटा छोटो नृत्यले गर्याे । गीत सार्वजनिक भएकै समयमा आरजु देउवाले डान्स गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बन्न पुग्यो ।

आरजु र कांग्रेस सभापति शेरबहादुर देउवाका एक्ला छोरा जयवीर र कभर गायिका शिवाना श्रेष्ठबीचको विवाहको पूर्वसन्ध्यामा आयोजित जमघटमा आरजुले यो गीतमा ठुम्का लगाएकी थिइन ।

उक्त हिट गीतसँगै अन्य केही गीतमा समेत आरजुसहितका सहभागीले छमछमी नाचेको देख्न सकिन्थ्यो । तर पनि अन्य गीतका नृत्य छाडेर सामाजिक सञ्जाल प्रयोगकर्ताले आरजुले नाचेको गुलाबी सररको भिडियो सेयर गर्दै उनको नृत्यकलाको प्रशंसा गरे ।

यो भिडियोलाई धेरैले नेताहरुको विलासिताको उदाहणका रुपमा समेत प्रस्तुत गरे । खासगरी आकर्षक डान्स स्टेपमा आरजुले नाचेकी छन् । सोल्टी होटलमा आयोजित उक्त जमघटमा आरजुले नाच्दै रमाइलो पनि गरेकी थिइन् ।

फेसबुक र इन्स्टाग्रामको रिल्सदेखि टिकटकमा आरजुको नृत्यको यो भिडियो अहिलेसम्म भाइरल बनेको छ । आरजुको यो भिडियो २०८० माघ महिना यता लगातार भाइरल छ । यो गीतमा बनेको बास्तविक म्युजिक भिडियोमा कलाकारहरुले प्रस्तुत गरेको डान्स स्टेप भन्दा आरजुको डान्स स्टेप नै भाइरल बनेका छन् ।

जयवीरको विवाहपछि आरजु मन्त्री बन्दा,जयवीरको नाम जोडिएको हिल्टल होटलको विषय बाहिरिदा, त्यसविरुद्ध जयवीरले जाहेरी दिएपछि पत्रकार दिलभुषण पाठकविरुद्ध जारी भएको पक्राउ पुर्जी होस् या समय समयमा आरजुको नाम जोडिएर आउने नक्कली भुटानी शरणार्थीको भ्रष्टाचार प्रकरणको विषयमा किन नहोस् उनको यो भिडियो र उनकै नक्कल गर्दै सयौं रिल्स र टिकटक भिडियोहरु बनेका छन् ।

विशेषगरी जेनजी युवाहरूले सुरु गरेको ‘नेपो बेबी’ र ‘नेपो किड्स’ अभियानमा आरजुको यो भिडियो अझ बढी प्रयोग भयो । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र आरजुमाथि उनीहरुकै निवासमा भएको आक्रमण र उनीहरुको घरमा भेटिएका पैसाको भिडियो बाहिरिएपछि त झन आरजुको भिडियो र यसलाई नक्कल गर्दै भिडियो बनाउने क्रम अझै बढ्दै गएको छ ।

कतिपयले जेनजी आन्दोलनमा भग्नावशेष भएको उनको बुढानिलकण्डस्थित निवास र यही आन्दोलनको चपेटामा परी आगजनी भएको हिल्टन होटललाई पृष्ठभूमिमा राखेर समेत भिडियोहरु बनाइएका छन् ।

जहाँ आरजुलाई समेत देखाइने गरिएको छ । जसले यस विषयलाई थप व्यङ्ग्यात्मक बनाएको छ। यसरी आरजुको ‘गुलाबी सरर’ नृत्यले नेपालको सामाजिकदेखि राजनीतिक वृत्तसम्म एक अनौठो छाप छोडेको छ।

Advertisement

भर्खरको समाचार

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

सम्बन्धित खबरहरु

Scroll to Top