विश्वकपको ढोका खोल्दै नेपाल, विश्वभरबाट प्रशंसा

२८ असोज ८२, बुधबार

२९ असोज , काठमाण्डौ ।

Advertisement

ओमानमा जारी आईसीसी टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय फाइनलको तेस्रो तथा निर्णायक खेलमा आज नेपाल घरेलु टिम ओमानविरुद्ध मैदान उत्रिँदैछ । आज नेपाल जितसहित तेस्रोपटक विश्वमञ्चमा उक्लिने लक्ष्यमा हुनेछ ।

सुपर–६ मा लगातार दोस्रो जित निकालेको नेपाल ६ अंकसहित विश्वकपनजिक पुगिसकेको छ । नेपालले आजको खेलमा जित निकाले आगामी वर्ष भारत र श्रीलंकामा हुने विश्वकपमा स्थान सुनिश्चित गर्नेछ ।

Advertisement

तालिकाको दोस्रो स्थानमा आसिन नेपालले बुधबार घरेलु टिम ओमानसँग अल अमेरतमै खेल्ने तालिका छ । आजको खेलमा जित निकाले समग्रमा नेपाली टिमले तेस्रोपटक टी–२० विश्वकपको ढोका खोल्नेछ ।

विश्वकप छनोट प्रतियोगितामा अहिलेसम्म अपराजित रहेको नेपाल सुपर सिक्समा ६ अंक बटुल्दै अंकतालिकाको दोस्रो स्थानमा छ भने ओमान शीर्ष स्थानमा छ । समान ६ अंक बटुलेको घरेलु टिम ओमान राम्रो रनरेटका कारण पहिलो स्थानमा छ ।

Advertisement

अब आज नेपाल र ओमानबीचको भिडन्तले विश्वकपमा पुग्ने एउटा टिमको टुंगो लाग्छ । अहिलेसम्म ६ वटै टिमको विश्वकप छनोट संभावजना यथावत रहेपनि लगातार तीन हारपछि कतार बाहिरिने संघारमा पुगेको छ ।

ओमानलाई हराएर अन्तिम म्याचमा सामोआलाई पनि पराजित गरेको खण्डमा नेपाल प्रतियोगिताकै विजेताका रूपमा शीर्षस्थानमा रहनेछ । ओमानसँग हारेको खण्डमा सामोआविरुद्ध निश्चित जित निकाल्नुपर्ने हुन सक्छ वा हिजैकै जित काफी हुन पनि सक्छ ।

त्यो अन्य खेलहरूको नतिजामा भर पर्छ । नेपालले आज ओमानसँग खेलेपछि शुक्रवार प्रतियोगिताकै अन्तिम खेलमा सामोआसँग खेल्नेछ । सुपरसिक्सको शीर्ष ३ मा मा रहने टिमहरू भारत र श्रीलंकामा अर्को वर्ष हुने विश्वकपमा पुग्नेछन् ।

छ अङ्क जोडिसकेको नेपाल अहिले एशिया तथा पूर्वी एशिया प्रशान्त क्षेत्रीय छनोटअन्तर्गत ’सूपर सिक्स’ खेल तालिकाको दोस्रो स्थानमा छ र अब टोलीलाई विश्वकप पुग्ने सुनिश्चित गर्न अर्को एक जित आवश्यक छ।

नेपालले अब समान छ अङ्क भए पनि रनरेटका आधारमा अङ्कतालिकामा शीर्ष स्थानमा रहेको ओमान र बिनाअङ्क पाँचौँ स्थानमा रहेको सामोआसँग खेल्न बाँकी छ। नेपालले ती दुई खेलमध्ये कम्तीमा एउटा जिते मात्र पनि विश्वकप खेल्ने कुरा सुनिश्चित हुने छ।

’सूपर सिक्स’का छमध्ये तीन टोली विश्वकप पुग्ने छन्। गणितीय रूपमा विश्वकपका लागि कतार छनोट हुने सम्भावना करिब सकिइसकेको छ भने यूएई, जापान र सामोआको सम्भावना जीवित छ।

नेपालसँगै ओमान सबैभन्दा बलियो दाबेदारका रूपमा देखिएको छ। यी दुई टिमबीचको खेल नेपाली समयअनुसार राति ८ः४५ बजेदेखि सुरु हुनेछ । नेपालविरुद्ध मैदान उत्रिँदा ओमानको लक्ष्य पनि यही हुनेछ ।

६ अंकसहित नेपाललाई नेट रनरेटमा पछि पार्दै शीर्ष स्थानमा आसिन ओमानले पनि यो खेलमा जित निकाल्न सके विश्वकप यात्रा तय गर्नेछ । नेपालले यसअघि सुपर–६ को पहिलो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध एक रनको र कतारविरुद्ध पाँच रनको जित निकालेको थियो ।

ओमानपछि नेपालले सुपर–६ को अन्तिम खेलमा समाओविरुद्ध प्रतिस्पर्धा गर्नेछ । ओमान आफ्नै मैदानमा खेल्दै छ, जसले उसलाई फाइदा दिन्छ । तर, रेकर्ड नेपालकै पक्षमा छ– ओमानमा भएका चार भिडन्तमध्ये तीनमा नेपाल विजयी भएको छ ।

ओमानले कतारविरुद्ध स्थिर प्रदर्शन गर्दै सुपर सिक्समा स्थान पाएको छ, त्यसैले उसलाई हल्का आँक्नु गल्ती हुनेछ । अहिलेको विश्वकप छनोटको खेलकै आधारमा आइसीसी वरीयतामा नेपाल एक स्थान सुधार गर्दै १७ औं स्थानमा रहेको छ।

ओमान भने २० औं स्थानमा रहेको छ । नेपाली क्रिकेट टिमले हालसम्म दुईपटक मात्र ट्वान्टी–२० विश्वकपमा प्रतिस्पर्धा गरेको छ । नेपालले पहिलोपटक सन् २०१४ मा बंगलादेशमा आयोजित विश्वकपमा प्रतिस्पर्धा गरेको थियो ।

त्यसबेला नेपाली टिम नेपाल क्रिकेट संघ (क्यान)का हालका सचिव पारस खड्काको कप्तानीमा प्रतिस्पर्धामा उत्रिएको थियो । २०१४ पछि विभिन्न उतार–चढाव पार गरेको नेपाली टिमले १० वर्षपछि मात्रै गत वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजित ट्वान्टी–२० विश्वकपमा प्रतिस्पर्धा गरेको थियो ।

सो विश्वकपपछि नेपाली क्रिकेट टिमका बारेमा विश्वभरबाट चासो रहदै आएको छ । गएको विश्वकप र अहिले विश्वकप छनोटमा नेपालले जितेका सनसनी पूर्ण रोमान्चक खेलको विश्वभरबाट प्रशंसा भइरहेको छ।

यी खेलकै आधारमा नेपाललाई विश्वकप छनोट हुने उपयुक्त टिमका रुपमा समेत विश्लेषण गर्नै गरिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top