×

NEPAL TIMES UPDATES

Playing
उपसभामुखका लागि रास्वपामा बालेन हाबी ?राप्रपालाई कसले दियो ’धोका’ ? || Nepal Times
Apr 09, 2026
Playing
एमालेमा महाभारत, नेतृत्व हत्याउन ’शीतयुद्ध’, ओलीले के गर्लान् ? || Nepal Times
Apr 09, 2026
Playing
हाइप्रोफाइलमा बालेन र सुदनले ल्याए भूकम्प,कसकसको हुँदैछ सम्पत्ति छानविन ? || Nepal Times
Apr 09, 2026
Playing
बाबु मजदुरी गर्न खाडीमा, छोरी नेपालमा सांसदपछि उपसभामुख || Nepal Times
Apr 09, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-26-2082 || Nepal Times
Apr 09, 2026
Playing
अमेरिका र इजरेलसंगको ४० दिने य द्ध ले बदलियो सन्तुलन || Nepal Times
Apr 09, 2026
Playing
यसकारण बालेनले पदमुक्त गराए श्रममन्त्री दीपककुमार साह || Nepal Times
Apr 09, 2026
Playing
संविधान संशोधनमा बालेन सरकारको पहल ः सहमति कि जटिल? || Nepal Times
Apr 09, 2026
Playing
कसरी जारी हुन्छ रेड नोटिस ? || Nepal Times
Apr 09, 2026
Playing
World News: इरानी वार्ताकार पाकिस्तान उडे,‘च्याटजीपिटी’बाट इरानको प्रस्ताव, रणनीतिक जालमा फसे ट्रम्प
Apr 09, 2026

एमाले र कांग्रेस दुवैको केन्द्रीय समिति बैठक निर्णायक चरणमा

१ कार्तिक २०८२

३१ असोज , काठमाण्डौ ।

देशको राजनीतिक दिशानिर्देशनका लागि प्रमुख दुई शक्ति नेकपा (एमाले) र नेपाली कांग्रेस दुवैका केन्द्रीय समिति बैठक अहिले निर्णायक चरणमा पुगेका छन्। अस्थिर राजनीतिक अवस्थाबीच यी दुई दलका निर्णयले आगामी निर्वाचन रणनीतिमा ठूला प्रभाव पार्ने अनुमान गरिएको छ।

Advertisement

ललितपुरको भनी मण्डलस्थित रामबाघ महलमा तीन दिनदेखि जारी नेकपा (एमाले) को दशौँ केन्द्रीय कमिटी बैठक आज (तेस्रो दिन) सकिने भएको छ। प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार आजको बैठकमा बाँकी रहेका करिब १५० जना केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राख्नेछन्।

अझै करिब ५० जना सदस्यले बोल्न बाँकी रहेको उनले जानकारी दिए।बैठकमा पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारीहरूका धारणा पनि समेटिने छन्। बैठकको अन्त्यमा अध्यक्ष केपी शर्मा ओलीले सदस्यहरूले उठाएका जिज्ञासाको एकमुष्ट जवाफ दिएर बैठक समापन गर्ने कार्यक्रम छ।

गौतमका अनुसार अध्यक्ष ओलीको राजनीतिक प्रस्तावमा केन्द्रीय सदस्यहरूले दिएका सुझाव, जेन–जी आन्दोलनपछिको राजनीतिक परिस्थिति, घोषणापत्र र आगामी निर्वाचन रणनीतिबारे ओलीले विशेष निर्देशन दिनेछन्।

बैठकले मंसिर २७ देखि २९ गतेसम्म पोखरामा पार्टीको ११औं महाधिवेशन गर्ने तयारीलाई औपचारिकता दिने सम्भावना छ। आजको बैठकमा उपमहासचिव प्रदीप ज्ञवालीले समसामयिक प्रस्तावहरू पनि प्रस्तुत गर्ने छन्।

त्यसैगरी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पनि असोज २८ गतेदेखि सानेपास्थित पार्टी कार्यालयमा जारी छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठक आज बिहान ११ बजे पुनः बस्ने भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाएका छन्।

हिजोको बैठकमा महामन्त्री गगनकुमार थापाले समसामयिक राजनीतिक प्रस्ताव प्रस्तुत गरेका थिए भने डा. शेखर कोइराला, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, शिवप्रसाद हुमागाईं, राजीव कोइराला, गुरू बराल र नृपबहादुर वड लगायतका केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राखेका थिए।

यसअघि सभापति शेरबहादुर देउवाले पहिलो दिनको बैठकमा विशेष मन्तव्य राख्दै स्वास्थ्य कारण कार्यवाहक सभापतिका रूपमा उपसभापति खड्कालाई जिम्मेवारी तोकेका थिए।

बैठकले पार्टीको आगामी महाधिवेशन, निर्वाचन तयारी र गठबन्धनको विषयमा नीतिगत निर्णय गर्ने अपेक्षा गरिएको छ।एमाले र कांग्रेस दुवै पार्टीका यी बैठकहरूले देशको आगामी राजनीतिक समीकरण र निर्वाचन नक्सामा निर्णायक प्रभाव पार्ने विश्लेषकहरू बताउँछन्।

Advertisement

जेन–जी आन्दोलनपछि अस्थिर बनेको परिस्थितिमा यी दुई दलका निर्णयहरूले फागुन २१ गतेका लागि तोकीएको निर्वाचनको भविश्य निर्धारण हुनेछ ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top