×

NEPAL TIMES UPDATES

Playing
देउवाको फेसबुकमा सफाइ पेश, कहिले फर्किन्छन् देश ?|| Nepal Times
Apr 09, 2026
Playing
Top 15 Afternoon News || April-09-2026 || Nepal Times
Apr 09, 2026
Playing
ट्रम्पलाई रोक्ने रणनीतिमा जुटे डेमोक्र्याटहरू || Nepal Times
Apr 09, 2026
Playing
बालेन्द्र सरकारका मन्त्रीको सम्पत्ति विवरणको खोजी ? बिर्सियो कि वाचा ? || Nepal Times
Apr 09, 2026
Playing
रवि र बालेनको निर्णयमा फरकःरविले खोलेको बाटोमा बालेनको तगारो|| Nepal Times
Apr 09, 2026
Playing
सुधन आएपछि समातिएकाहरु धमाधम छुट्दै, को छुटे को बाँकी ? || Nepal Times
Apr 09, 2026
Playing
तत्काल स्वदेश नफर्किने देउवाको सन्देश|| Nepal Times
Apr 09, 2026
Playing
को बन्ला उपसभामुख ? साझा उमेदवार बनाउने विपक्षीको प्रयास|| Nepal Times
Apr 09, 2026
Playing
आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा|| Nepal Times
Apr 09, 2026
Playing
यु*द्धविरामका लागि इरानले भिख माग्यो ?१० सर्त ट्रम्पले डस्टविनमा हालिदिए
Apr 09, 2026

ट्रम्पले पुटिनसँग गरे साढ २ घण्टा टेलिफोन, ‘ठूलो प्रगति’, के कुरा भयो ?

१ कार्तिक २०८२

३१ असोज , काठमाण्डौ ।

२ वर्ष लामो इजरेल र हमासबीचको युद्ध अन्त्यका लागि शान्ति सम्झौतामा हस्ताक्षर गराएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब ३ वर्ष लामो रुस युक्रेन युद्ध अन्त्य गर्न निर्णायक कदम चालेका छन् ।

Advertisement

ट्रम्पले बिहीबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन वार्ता गरेका छन् । सो क्रममा ‘ठूलो प्रगति’ भएको बताएका छन् । उनले दुई नेताहरू हंगेरीमा आमने–सामने वार्ता गर्न सहमत भएका छन् ।

उनले अगस्टपछि पुटिनसँगको यो पहिलो फोनवार्ता ‘अति फलदायी’ रहेको बताएका छन् । वासिङ्टन तथा मस्कोका टोलीहरू अर्को हप्ता भेट्ने उल्लेख गरेको बीबीसीले जनाएको छ ।

ट्रम्पले बुडापेस्टमा हुने पुटिनसँगको आफ्नो भेटको मिति भने पुष्टि गरेनन् । साढे २ घन्टाभन्दा लामो फोनवार्तामा पुटिनले ट्रम्पलाई अमेरिकी मिसाइल युक्रेनलाई नबेच्न आग्रह गरेका छन् ।

ह्वाइट हाउसमै आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले मिसाइलबारे पुटिनले गरेको कुराकानी सुनाएका थिए। ’अमेरिकी टमाहक मिसाइल युक्रेनलाई बेचोस् भन्ने पुटिन चाहन्छन् त? अवश्य चाहँदैनन्,’ ट्रम्पले पत्रकार सम्मेलनमा भने।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शुक्रबार टमाहक मिसाइलका लागि ट्रम्पसँग कुराकानी गर्दैछन्। शुक्रबार ह्वाइट हाउसमा ट्रम्प र जेलेन्स्कीबीच भेटवार्ता हुँदैछ।

भेटमा जेलेन्स्कीले मिसाइल खरिदबारे कुराकानी गर्न लागेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। क्रेमलिनले भने ‘अत्यन्तै स्पष्ट र विश्वासपूर्ण’ फोन वार्तापछि शिखर सम्मेलनको तयारी तत्काल सुरु हुने बताएको छ ।

यो वार्ता युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको ह्वाइट हाउस भ्रमणको एक दिनअघि भएको थियो । हालैका दिनमा ट्रम्प युक्रेनलाई रुसको भित्री भागसम्म प्रहार गर्नसक्ने टमाहक मिसाइलहरू दिने तयारीमा थिए ।

अमेरिका आइपुग्दा जेलेन्स्कीले मस्कोले टमहक क्षेप्यास्त्रको बारेमा सुन्नेबित्तिकै संवाद पुनः सुरु गर्न हतार गरिरहेको बताए । वार्ता सकिएपछि आफ्नो सामाजिक संजालमा ट्रम्पले आफू र पुटिनले युक्रेनसँगको युद्ध समाप्त भएपछि रूस र संयुक्त राज्य अमेरिकाबीचको व्यापारबारे धेरै समय कुरा गरेको बताए ।

उनले अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व विदेशमन्त्री मार्को रुबियोले गर्ने गरी अर्को हप्ता दुवै देशका उच्चस्तरीय सल्लाहकारहरू एक गोप्य स्थानमा भेट्ने बताए । ट्रम्पले शुक्रबार पुटिनसँगको आफ्नो वार्ताका बारेमा जेलेन्स्कीलाई जानकारी दिने बताए ।

ट्रम्पले पत्रकारहरूलाई पुटिनलाई दुई हप्ताभित्र भेट्ने अपेक्षा गरेको बताए । पुटिनसँगको फोनवार्तापछि युक्रेनलाई मिसाइल दिने सम्भावनाबारेको प्रश्नमा ट्रम्पले अमेरिकाको टमाहक मिसाइलको भण्डारलाई घटाउन नसकिने बताए ।

उनले भने, “हामीलाई पनि तिनीहरूको आवश्यकता छ । त्यसैले हामी यसबारेमा के गर्न सक्छौँ, मलाई थाहा छैन ।” हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले सामाजिक संजाल एक्समा प्रस्तावित बुडापेस्ट बैठकलाई विश्वका शान्तिप्रेमी मानिसहरूका लागि ठूलो खबर भनेका छन् ।

यसअघि उनले भनेका थिए, “शान्तिका लागि धैर्यता, बल र नम्रता चाहिन्छ । युरोपले आफ्नो अडान परिवर्तन गर्नुपर्छ । अहंकार र अन्तहीन युद्धको आगो झोस्नुको सट्टा हामीलाई रूससँग वार्ता चाहिन्छ ।

केवल संवादले मात्र हाम्रो महाद्वीपमा शान्ति ल्याउन सक्छ ।” अगस्टमा अलास्कामा भएको शिखर सम्मेलनले शान्ति सम्झौताको मध्यस्थता गर्ने प्रयासमा निर्णायक सफलता हासिल गर्न नसकेपछि युक्रेन युद्धलाई लिएर ट्रम्प पुटिनप्रति कठोर भएका थिए ।

अमेरिकी पत्रिका न्यूयोर्क टाइम्सका अनुसार लामो दूरी, उच्च परिशुद्धता र सतहनजिकै उड्ने क्षमताका कारण टमाहक आज पनि अमेरिकाको सबैभन्दा भरोसायोग्य हतियारमध्येको एक मानिन्छ।

टमाहक क्रुज मिसाइल पहिलोपटक सन् १९९१ को पर्सियन गल्फ युद्धमा प्रयोग गरिएको थियो। त्यसयता इराक, सिरिया, अफगानिस्तानदेखि यमनसम्मका विभिन्न अमेरिकी सैन्य अभियानमा यसको प्रयोग हुँदै आएको छ।

तोमहक सन् १९७० दशकमै विकास सुरु भएको पुरानो तर अझै अत्याधुनिक प्रविधि भएको मिसाइल हो। यो मिसाइल करिब १,००० माइल (१६०० किलोमिटर) टाढासम्म प्रहार गर्न सक्छ।

यसको गति करिब ५५० माइल प्रतिघण्टा हुन्छ, जुन आवाजको गतिभन्दा करिब ७० प्रतिशत हो। यस्तो मिसाइल सतहबाट मात्र करिब ३० मिटरमाथि उड्ने भएकाले रडारले पत्ता लगाउन कठिन हुन्छ।

त्यसैले यो आक्रमणको समयमा अत्यन्त गुप्त र घातक ठहरिन्छ। युक्रेनबाट रूसको राजधानी मस्को र प्रमुख सहर सेन्ट पिटर्सबर्ग ५०० माइलभन्दा नजिक रहेकाले पनि तोमहकको प्रयोग गरेर युक्रेनले रूसमा आक्रमण गरी त्यहाँ ठूलो क्षति पु¥याउन सक्छ भनेर अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले लेखेको छ।

पुटिनसँग शान्ति वार्ताको पहल सुरु भइरहेको अवस्थामा नेटोले आफ्ना सदस्य राष्ट्रहरूको हवाई सीमामा रुसद्वारा भइरहेको घुसपैठ र ड्रोन हमलाहरूको बढ्दो घटनाका कारण रक्षा तयारीलाई मजबुत बनाएको छ ।

ब्रसेल्समा आयोजित रक्षा मन्त्रीहरूको बैठकमा यी घटनाहरूमाथि गम्भीर चिन्ता व्यक्त गरिएको छ । युरोपको सुरक्षालाई प्राथमिकता दिने उपायहरूबारे बैठकमा छलफल भएको छ ।

युरोपेली आयोगले ‘ड्रोन वाल’ योजनालाई विस्तार गर्ने प्रस्ताव गरेको छ, जसलाई अब ‘युरोपेली ड्रोन डिफेन्स इनिसिएटिभ’को रूपमा चिनिने बताइएको छ । यस पहलको उद्देश्य युरोपभर ड्रोन हमलाबाट सुरक्षा सुनिश्चित गर्न सेन्सर, जैमिङ सिस्टम र हतियारहरूको सञ्जाल स्थापना गर्नु रहेको बताइएको छ ।

यद्यपि, फ्रान्स र जर्मनीजस्ता देशहरूमा यस योजनालाई लिएर राजनीतिक र प्राविधिक चुनौतीहरू देखा परेका छन् । पोल्यान्डमा सेप्टेम्बर ९–१० मा भएको रुसी ड्रोन घुसपैठपछि नेटोले ‘अपरेसन इस्टर्न सेन्ट्री’ सुरु गरेको छ ।

यस अपरेसनअन्तर्गत एफ–१६, एफ–३५, राफेल र युरोफाइटरजस्ता लडाकु विमानहरूका साथै एसएएमपीटी मिसाइल प्रणाली तैनाथ गरिएको छ । यसको उद्देश्य नेटोको पूर्वी सीमामा हवाई सुरक्षालाई बलियो बनाउनु हो ।

नेटोका वायुसेनाहरू कुनै पनि हवाई घुसपैठको तुरुन्त प्रतिक्रिया दिन सकियोस् भनेर अब २४ घण्टा तत्परतामा रहेको बताइएको छ । यो नीति युरोपेली हवाई क्षेत्रको सुरक्षा सुनिश्चित गर्नका लागि महत्वपूर्ण मानिएको छ ।

पोल्यान्डका विदेशमन्त्री राडोस्लाव सिकोस्र्कीले युरोपलाई रुसका सम्भावित गहिरा हमलाहरूका लागि तयार रहन सल्लाह दिएका छन् । उनले ड्रोन वाल योजनाको समर्थनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग लामो दूरीका टमाहक मिसाइलहरूको आपूर्तिको माग गरेका छन् ।

फ्रान्स र जर्मनीले पनि ड्रोन वाल योजनाका लागि युरोपेली आयोगको प्रस्तावलाई समर्थन गरेका छन् । तर, केही राजनीतिक र प्राविधिक अवरोधहरू अझै बाँकी छन् । अमेरिकाले नेटोका सदस्य राष्ट्रहरूलाई रक्षा सहायता प्रदान गरिरहेको छ ।

यद्यपि, स्पेनले आफ्नो रक्षा खर्चलाई ५ प्रतिशतसम्म बढाउन अस्वीकार गरेको छ । जसका कारण राष्ट्रपति ट्रम्पले व्यापार प्रतिबन्धको धम्की दिएका छन् । नेटो र युरोपेली संघ मिलेर युरोपको सुरक्षालाई मजबुत बनाउन निरन्तर प्रयासरत छन् ।

यद्यपि, विभिन्न देशहरूबीच राजनीतिक मतभेद र प्राविधिक चुनौतीहरू देखापरिरहेका छन् । तर, सामूहिक सुरक्षाका लागि प्रयासहरू जारी छन् ।

Advertisement

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top