खुल्ने भयो जेनजीको पार्टी, भोलि घोषणा,एजेण्डा गरी खान देउ

३१ असोज , काठमाण्डौ ।

जेनजी आन्दोलनपछि चौतर्फी रुपमा जेनजीहरुसहितकै राजनीतिक दल हुनुपर्ने आवाज उठिरहेका बेला जेनजी अभियन्ता मिराज ढुंगानाले नयाँ राजनीतिक दल निर्माण गर्ने घोषणा गरेका छन् । यसका लागि वार्ता समिति समेत गठन भएको उनले जानकारी दिएका छन् ।

सामाजिक सञ्जालमा भिडिअयो पोस्ट मार्फत ढुंगानाले ‘गरीखान देउ’ अभियानमार्फत दल निर्माणमा होमिन लागेको बताए । जेनजी आन्दोलनले देशमा नयाँ अवसर लिएर आएको र राजनीतिक पार्टी खोल्नैपर्ने अवस्था उत्पन्न भएको उनको भनाइ छ ।

Advertisement

तर अहिलेकै स्थितिमा निर्वाचनमा भाग नलिने ढुंगानाले बताए । उनले प्रत्यक्ष निर्वाचित कार्यकारी, विदेशमा भएका नेपालीलाई मताधिकार र भ्रष्टाचार नियन्त्रणका लागि नागरिक तहको संरचना बन्नुपर्ने शर्त प्रस्तुत गरेका छन् ।

‘आमूल परिवर्तन ल्याउन डटेर लाग्ने अठोटसहित पार्टी गठनका लागि वार्ता समिति बनाएका छौं । तपाई।हरु आजैबाट यसमा जोडिन सक्नुहुन्छ । देशले निकास खोजिरहेको छ । यसमा हामी आफूलाई जिम्मेवार ठान्छौं । निकास दिलाएरै छोड्छौं ।’ उनले भने ।

ढुंगानाले राजनीतिक दलबारे कात्तिक १ गते एभरेस्ट होटलमा प्रेस मिट गर्ने जानकारी पनि दिए । जेनजी पार्टी कस्तो रहनेछ र सो पार्टीमा को को रहनेछन् भन्ने विषय अहिले खुलाइएको छैन् ।

यसअघि जेनजीका अभियान्ता सुदन गुरुङले समेत राजनीतिक दल खोल्न अहिलेका राजनीतिक दलहरुले नै बाध्य पारेको भन्दै आफूहरु राजनीतिक दल खोल्ने गृहकार्यमा जुटेको बताएका थिए ।

तर आज मिराजले दल खोल्ने घोषणा गरेको भिडियोमा भने सुदन देखिएका छैनन् । सुदनले जेनजीहरुलाई समेटेर हामी नेपालमार्फत सातै प्रदेशका जेनजी समूहलाई यसअघि नै सक्रिय बनाइसकेका छन् ।

जेनजीहरु एकलरुपमा पार्टी गठनतर्फ सक्रिय भइरहदा जेनजीसहित सबै वैकल्पिक शक्तिहरुको एक पार्टी गठन हुनुपर्ने दबाब समेत अभियान्ताहरु बढाउँदै आएका छन् ।

रास्वपा, विवेकशील साझा, सुशीला सरकारका मन्त्री तथा उज्यालो अभियानका संयोजक कुलमान घिसिङ, स्वतन्त्र मेयरहरु बालेन, हर्क, गोपी हमालसहित अहिले जेनजी आन्दोलनमा अगुवाका रुपमा देखिएका मिराज, सुदन, सागर ढकाल, रास्वपा परित्याग गरेकी सुमना श्रेष्ठसहितको टिमलाई जोडेर बृहत्तर पार्टी गठन गर्नुपर्ने आवाज उठिरहेका बेला मिराजले पार्टी गठन गर्ने घोषणा गरेका छन् ।

यसमा चर्चामा रहेका कुलमान, बालेन, सुदनसहितका ब्यक्तिहरु समेटिन्छन् कि समेटिदैनन् भन्ने जनचासो समेत बढेकोछ । पछिल्लो समय कुलमान घिसिङले समेत पार्टी घोषणा गरी निर्वाचन आयोगमा दर्ता गर्ने तयारी गरिरहेको खबर बाहिरिएको छ ।

घिसिङले पछिल्ला दिनमा स्वतन्त्र र वैकल्पिक शक्ति निर्माणमा सक्रिय विभिन्न व्यक्ति तथा समूहसँग तीव्र संवाद थालेका छन् । बालेन, रास्वपाका नेताहरू, गोपी हमाल, डा भगवान् कोइराला, चिकित्सक सन्दुक रुइत, कूटनीतिज्ञ कुलचन्द्र गौतम, व्यवसायी शेष घले लगायतसँग उनले छलफल गरिरहेको बताइएको छ ।

प्रस्तावित दलको नाम ‘राष्ट्रिय उज्यालो पार्टी’ राख्ने तयारी गरिएको छ । पार्टीमा १५१ सदस्यीय केन्द्रीय समिति र १५ पदाधिकारी रहनेछन् ।विधानको प्रस्तावनामा जेन–जी आन्दोलनको भावना, सुशासन, सामाजिक न्याय र राष्ट्रको स्वाभिमानलाई केन्द्रमा राख्दै नयाँ पुस्ताको आशा र पुरानो पुस्ताको सङ्घर्षको गाथालाई निरन्तरता दिने लक्ष्य उल्लेख छ ।

यस्तै बालेन, कुलमान र रवि लामिछानेबिच वैकल्पिक शक्ति निर्माणबारे छलफल भए पनि परिणाम बाहिर आउन नसकेको खबर समेत बाहिरिएका छन् । जेनजी विद्रोह पछि नेपालमा नयाँ दल खोल्ने बाढी नै चलेको छ ।

सुशीला कार्की नेतृत्वको सरकारले फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन घोषणा गरे सँगै धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले असोज १२ गते नै निर्वाचन आयोगमा ‘श्रम संस्कृति पार्टी दर्ता गराएका छन् ।

पार्टीको अध्यक्षमा साम्पाङ आफैँ रहेका छन् । पार्टीको चुनाव चिन्ह ‘माटोको ढिस्को’ प्रस्ताव गरिएको छ । बिहीबार मात्रै निर्वाचन आयोगमा वीरेन्द्रबहादुर बस्नेतले नयाँ दल दर्ता गरेका छन् ।

बुद्ध एयरका मालिकसमेत रहेका व्यवसायी वीरेन्द्रबहादुर बस्नेत, समाज शास्त्री दिनेश प्रसाईँसहितका व्यक्तिहरू संलग्न रहेको ‘गतिशील लोकतान्त्रिक पार्टी’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएका हुन् ।

पार्टीको अध्यक्षमा प्रसाईँ छन् । पार्टीको विधानमा पदाधिकारीहरू चुनाव नलड्ने व्यवस्था छ । बस्नेत चाहिँ सदस्य रहेकाले चुनाव लड्नका लागि बाधा हुने छैन ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top