NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ट्रम्प विरु द्ध उर्लिए अमेरिकी, देशैभर ‘नो किङ्स’ प्रदर्शन आइतवार कार्तिक २ , २०८२
पाकिस्तान र अफगानिस्तानबीच फेरि यु द्ध विराम आइतवार कार्तिक २ , २०८२
ठूला नेता देश छाडेर भाग्ने दाउँमा, गृहमन्त्री रोक्ने उपाय खोज्दै आइतवार कार्तिक २ , २०८२
रास्वपामा कुलमान ल्याउने प्रस्तावले भाँडभैलो,सुमनापछि अब तोसिमा ? आइतवार कार्तिक २ , २०८२
नेपाली टोली यूएईमा, अनिलको पुनरागमन आइतवार कार्तिक २ , २०८२
Next
Prev

समाचार

ठूला नेता देश छाडेर भाग्ने दाउँमा, गृहमन्त्री रोक्ने उपाय खोज्दै

आइतवार कार्तिक २ , २०८२
Reading Time: 1 min read
A A
ठूला नेता देश छाडेर भाग्ने दाउँमा, गृहमन्त्री रोक्ने उपाय खोज्दै
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२ कार्तिक , काठमाण्डौ ।

जेनजी आन्दोलनका क्रममा घरमा आगजनी हुँदा घरमा डलर भेटिएको भन्दै सामाजिक संजालमा भिडियो भाइरल भएपछि सम्पत्ति शुद्धीकरण विभागको अनुशनधानको घेरामा रहेका निवर्तमान उर्जामन्त्री दीपक खड्का देश छाडेर भागेको दाबी गरिएकोछ ।

स्वयम गृहमन्त्री ओमप्रकाश अर्यालले नै निवर्तमान ऊर्जामन्त्री दीपक खड्का भागिसकेको बताएका हुन् । नयाँपत्रिका दैनिकमा आइतबार प्रकाशित अन्तरवार्तामा मन्त्री अर्यालले सरकारले ठुल्ठूला नेताको सम्पत्ति छानबिन सुरू गरेपछि यसअघिका ऊर्जामन्त्री भागेको बताएका हुन्।

उनले खड्काको नाम भने लिएका छैनन्। ‘अहिले हामीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पूर्ण रूपमा सक्रिय बनाइरहेका छौँ। अब यहाँ ठुल्ठूला नेताका बारेमा छानबिन सुरु भइरहेको कुरा आइसकेको छ। कसैको भागाभागसमेत भएको छ । तत्कालीन ऊर्जामन्त्री भागिसके। अरू पनि भाग्न खोज्दै छन्।’

भदौ २३ र २४ को जेनजी आन्दोलनताका कांग्रेस नेता दीपक खड्का ऊर्जामन्त्री थिए। आन्दोलनकै क्रममा प्रदर्शनकारीहरूले बूढानीलकण्ठमा रहेको खड्काको घर पनि जलाइदिएका थिए।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा ऊर्जामन्त्री रहेका खड्काकै जोडबलमा नेपाल विद्युत प्राधिकरणका तत्कालीन प्रमुख कुलमान घिसिङलाई कार्यकाल सकिन केही महिना बाँकी छँदा हटाइएको थियो।

जेनजी आन्दोलनपछि सुशीला कार्की नेतृत्वमा बनेको अन्तरिम सरकारमा उनै घिसिङ ऊर्जामन्त्री बनेका छन्। भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पनि घिसिङले सम्हालेका छन्।

खड्काको निवासभित्र एक हजार र पाँच सयको नोटसँगै विदेशी मुद्रा असंख्य रहेको भन्दै हालिएका फोटा र भिडियो सामाजिक सञ्जालमा छरपस्ट छ । त्यसको आधिकारिक पुष्टि नभइसकेको अनुसन्धानमा संलग्न सरकारी अधिकारीहरुले बताएका छन् ।

यसबीच उनी स्थलमार्ग हुँदै भारत प्रवेश गरेर नयाँ दिल्लीबाट अमेरिका गएको चर्चा चलेसङ्गै गृह मन्त्रालय र प्रहरीले सोधखोज थालेको बुझिएको छ । झण्डै तीन सातादेखि उनी र श्रीमती नातेदार परिवारका अन्य सदस्यसँग समेत मोबाइल स्विच अफ गरी सम्पर्कमा छैनन् ।

केहीलाई चाहिँ ससुरा बिरामी भएर भारत गएको भनिएको छ तर उतै उतै अमेरिका पुगेको सम्मका अपुष्ट खबहरु बाहिरिदै आएका छन् । गृहमन्त्री अर्यालले भ्रष्टाचारका लागि छुट्टै आयोग वा कुनै संयन्त्र बनाउने भन्दा राज्यका संयन्त्रहरुबाटै काम भइरहेको बताएका छन् ।

‘पहिला भइरहेका राज्यका संयन्त्रबाट काम गर्ने हो। भइरहेका संयन्त्रहरू जब प्रभावकारी देखिँदैनन्, त्यो बिन्दुबाट अर्को संयन्त्र सुरु हुन्छ। त्यो हामीले नजिकबाट हेरेका छौं।’ नेताहरुको भागाभाग चलेको दाबी गर्ने क्रममा गृहमन्त्रीले उनीहरुलाई रोक्ने उपाय खोजिएको पनि उल्लेख गरेका छन्।

‘उनीहरूलाई भाग्नबाट रोक्नेसम्बन्धी प्रावधान छन् कि भनेर हामी अध्ययन गरिरहेका छौँ। प्रारम्भिक अवस्थामा अनुसन्धान गर्न केही अफ्ठ्यारो छैन। खासगरी सम्पत्ति शुद्धीकरणले सम्पत्तिको विस्तृत विवरण हेर्ने हो,’ उनले भनेका छन् ‘त्यो विवरण हेरेपछि बयानका क्रममा उहाँहरूलाई ल्याउनुपर्ने हुन्छ, हाजिर गराउनुपर्ने हुन्छ। अनि मुद्दा पेश गर्दा उहाँहरूलाई पक्राउ गरेर सँगसँगै लैजाने कुरा हुन्छ।’

जेनजी आन्दोलनमा आक्रमणमा परेका काग्रेस सभापति शेरबहादुर देउवा र पत्नी आरजु पनि उपचारका लागि सिंगापुर जाने खबर बाहिरिरहेका बेला गृहमन्त्रीको यस्तो टिप्पणी आएको हो । देउवादम्पतिको घरमा पनि पैसा जलेको भिडियो सार्वजनिक भएपछि अनुसन्धान भइरहेको छ ।

गृहमन्त्री अर्याल तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीप्रति पनि आक्रोश व्यक्त गरे। ओलीको ‘आपराधिक लापरबाही’ (क्रिमिनल नेग्लीजेन्स) ले भदौ २४ को वितण्डा निम्तिएको अर्यालको आरोप छ।

‘निवर्तमान प्रधानमन्त्री केपी ओली लगायतले सरकार चुनाव नगराउने उद्देश्यसहित धरपकडको प्रयासमा रहेको आरोप लगाइरहनुभएको छ । सरकारले यस्तै गरिरहेको हो ?’ हो भन्ने प्रश्नमा गृहमन्त्री अर्याल भन्छन् ‘उहाँमा सैतानी प्रवृत्ति छ, खालि भड्काउने मात्र खोज्नुहुन्छ। उहाँको विगत पनि त्यस्तै छ। आजसम्म पनि उहाँ सुध्रिनुभएको छैन।’

कुशासनको विरोधमा उर्लेको जनसागर र विद्रोहले ओलीलाई अपदस्त गरेको उनले बताए। ’जेन–जी पुस्ताले हटाएको हो। त्यो पनि उहाँले बोध गर्नुभएन। उल्टो आन्दोलनकारीलाई आतंककारीजस्तो व्यवहार गर्ने उहाँको दिमाग सैतानी छ।

त्यो प्रवृत्तिविरुद्ध सरकारले निगरानी गरिरहन्छ। जसको दिमागमै सैतानको वास छ, उसले आफूबाहेक सबैलाई बेठिक भन्छ। उहाँ अवस्था भड्काउन मात्र लाग्नुभएको सबैले बुझिसकेका छन्।’

उनले भ्रष्टाचार नियन्त्रणका सन्दर्भमा गृहमन्त्री अर्यालले छुट्टै आयोग बनाउनेभन्दा पनि राज्यका विद्यमान संयन्त्रहरूलाई सक्रिय र प्रभावकारी बनाउने रणनीति सरकारले अपनाएको स्पष्ट पारेका छन्।

“पहिला भइरहेका राज्यका संयन्त्रहरूबाटै काम गर्ने हो। जब ती प्रभावकारी देखिँदैनन्, त्यतिबेला नयाँ संयन्त्रको खाँचो पर्छ,” उनले भने। गृहमन्त्री अर्यालको पछिल्लो अभिव्यक्तिले देशको राजनीति, प्रशासन र सुरक्षा प्रणालीमा उच्च तहसम्म छानबिन र कडाइको संकेत दिएको छ।

नेताहरूको सम्पत्ति छानबिन र भागाभाग नियन्त्रणको विषयमा सरकार कति कडा रूपमा प्रस्तुत हुन्छ भन्ने विषयमा अबको दिनमा थप चासो बढ्ने देखिन्छ। उता निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भने सरकारलाई लगातार खबरदारी गर्दै आएका छन् ।

जेनजी आन्दोलनको छानविनका लागि गठित जाँचबुझ आयोगले उपत्यका छाड्नु अघि अनुमति लिनु पर्ने गरी स्थानबन्दमा राखेपनि ओलीले आफू नेपालको जुनुसुकै स्थानमा जाने भन्दै रोक्नका लागि चुनौती दिएका हुन् ।

उनले मौखिक आदेशको भरमा मनलाग्दी नगर्न चेतावनी दिए । शनिबार मात्रै पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘चुनाव गराउने रे ! झापा मेरो घर जलाइयो, जान नपाउने । साँगा कटेर जान नपाउने रे !’ उनले प्रश्न गरे, ‘म नेपाल सरहदभित्र जतिबेर आवश्यकता छ, त्यतिबेर जान्छु । के कानुनले समाउँछ, के कानुनले थुन्छ ? कुन लोकतन्त्रले थुन्छ मलाई थाहा छ । जथाभावी गर्ने ? मनपरी गर्ने ?,’ उनले आक्रोश पोखे ।

दलका नेताहरूलाई मौखिक आदेशले रोकेर चुनाव गर्ने भन्दै उनले सरकारी कदमको आलोचना गरे । ‘मौखिक आदेशले जे पनि गर्छ ? हदबन्दी गर्ने । दलहरूलाई चुनावमा जान नदिने । अनि फागुन २१ मा चुनाव गर्ने वाह ?,’ उनले प्रश्न गरे ।

उनले आफूहरू जेलभित्र बसेर देशमै संघर्ष गरेर आएको हो उल्लेख गर्दै भने, ‘हामी कमजोर हुतिहारा होइनौं ।’ ओलीले सुशीला कार्की नेतृत्वको सरकार आगजनी, तोडफोड र लुटपाटबाट जन्मिएको टिप्पणी पनि गरेका छन् ।

यो सरकारलाई संविधान र कानुनले कतैबाट पनि नचिनेको बताए । उनले भने, ‘यो असंवैधानिक सरकार हो, कुन संविधान अनुसार बनेको छ रु अनि आवश्यकताको सिद्धान्तको कुरा गर्ने। जनप्रतिनिधिहरूको सर्वोच्च संस्था विघटन गर्ने अधिकार कसले दियो ? क्रान्ति रे, कहाँ भयो क्रान्ति ? प्रतिक्रान्ति हो यो । देशलाई पछाडि धकेलेको छ। हिंसा अराजकतामा धकेलेको छ।’

उनले अहिले सिङ्गो देश त्रसित मनस्थितिमा रहेको बताए । उनले थपे, ‘यो सरकारलाई एक प्रतिशतले पनि समर्थन गरेका छैनन् । एक प्रतिशत भनेको तीन लाख हो । यो आम जनतालाई सहभागी भएर बनाएको होइन । जनताको घरमा आगो लगाएर बनाइएको हो।

उनले देशलाई संवैधानिक रिक्तता हुनबाट जोगाउन संसद् पुनस्र्थापनाको विकल्प नभएको दोहोर्याए । यसअघिदेखि नै उनले हाहाहुहुबाट बनेको सरकार र जाँचबुझ आयोगलाई आफूले नमान्ने बताउँदै आएका छन् भने गृहमन्त्रीले यो क्रान्तिपछि बनेको सरकार भन्दै बकबक गर्नेहरुलाई नछाड्ने चेतावनी दिएका छन् ।

Tags: #ठूला नेता देश छाडेर भाग्ने दाउँमा#निवर्तमान उर्जामन्त्री देश छाडेर भागे

लोकप्रीय

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्प विरु द्ध उर्लिए अमेरिकी, देशैभर ‘नो किङ्स’ प्रदर्शन

आइतवार कार्तिक २ , २०८२
पाकिस्तान र अफगानिस्तानबीच फेरि यु द्ध विराम

पाकिस्तान र अफगानिस्तानबीच फेरि यु द्ध विराम

आइतवार कार्तिक २ , २०८२
ठूला नेता देश छाडेर भाग्ने दाउँमा, गृहमन्त्री रोक्ने उपाय खोज्दै

ठूला नेता देश छाडेर भाग्ने दाउँमा, गृहमन्त्री रोक्ने उपाय खोज्दै

आइतवार कार्तिक २ , २०८२

विचार

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्प विरु द्ध उर्लिए अमेरिकी, देशैभर ‘नो किङ्स’ प्रदर्शन

आइतवार कार्तिक २ , २०८२
पाकिस्तान र अफगानिस्तानबीच फेरि यु द्ध विराम

पाकिस्तान र अफगानिस्तानबीच फेरि यु द्ध विराम

आइतवार कार्तिक २ , २०८२
ठूला नेता देश छाडेर भाग्ने दाउँमा, गृहमन्त्री रोक्ने उपाय खोज्दै

ठूला नेता देश छाडेर भाग्ने दाउँमा, गृहमन्त्री रोक्ने उपाय खोज्दै

आइतवार कार्तिक २ , २०८२

थप समाचार

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
अन्तर्राष्ट्रिय

ट्रम्प विरु द्ध उर्लिए अमेरिकी, देशैभर ‘नो किङ्स’ प्रदर्शन

आइतवार कार्तिक २ , २०८२
पाकिस्तान र अफगानिस्तानबीच फेरि यु द्ध विराम
अन्तर्राष्ट्रिय

पाकिस्तान र अफगानिस्तानबीच फेरि यु द्ध विराम

आइतवार कार्तिक २ , २०८२
ठूला नेता देश छाडेर भाग्ने दाउँमा, गृहमन्त्री रोक्ने उपाय खोज्दै
ताजा समाचार

ठूला नेता देश छाडेर भाग्ने दाउँमा, गृहमन्त्री रोक्ने उपाय खोज्दै

आइतवार कार्तिक २ , २०८२
रास्वपामा कुलमान ल्याउने प्रस्तावले भाँडभैलो,सुमनापछि अब तोसिमा ?
ताजा समाचार

रास्वपामा कुलमान ल्याउने प्रस्तावले भाँडभैलो,सुमनापछि अब तोसिमा ?

आइतवार कार्तिक २ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मोरोक्कोको जेनजी आन्दोलन उग्र, गाजामा फेरि यु*द्ध || Nepal Times

World News: मोरोक्कोको जेनजी आन्दोलन उग्र, गाजामा फेरि यु*द्ध || Nepal Times

00:12:58

World News:एन्ड्रयूले त्यागे ’ड्यूक अफ योर्क’, चीनमा ९ शीर्ष जनरल निष्कासित

00:14:00

World News:हसिनालाई मृ त्युद ण्डको माग,ह मा सलाई समाप्तै गर्नुपर्ने|| Nepal Times

00:21:02

World News:Iranमाथि प्रतिबन्ध रुसद्वारा अस्वीकार, आफ्नै फोटोमा भड्किए ट्रम्प|| Nepal Times

00:19:54

स्टारशिपको ११औँ परीक्षण सफल, भारतमा गुगलको १५ अर्ब डलर लगानी|| Nepal Times

00:14:27

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

रास्वपामा कुलमान ल्याउने प्रस्तावले भाँडभैलो,सुमनापछि अब तोसिमा ?

रास्वपामा कुलमान ल्याउने प्रस्तावले भाँडभैलो,सुमनापछि अब तोसिमा ?

आइतवार कार्तिक २ , २०८२
पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ

ओलीको राजीनामा माग्दै उषाकिरणले झाँको झारिन,गैरेले पनि मागे राजीनामा

शुक्रबार अशोज ३१ , २०८२
विश्वकपको ढोका खोल्दै नेपाल, विश्वभरबाट प्रशंसा

२०२६ टी २० विश्वकपमा नेपाल भर्सेस भारत ?

बिहिबार अशोज ३० , २०८२

हालका पोस्टहरू

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्प विरु द्ध उर्लिए अमेरिकी, देशैभर ‘नो किङ्स’ प्रदर्शन

आइतवार कार्तिक २ , २०८२
पाकिस्तान र अफगानिस्तानबीच फेरि यु द्ध विराम

पाकिस्तान र अफगानिस्तानबीच फेरि यु द्ध विराम

आइतवार कार्तिक २ , २०८२
ठूला नेता देश छाडेर भाग्ने दाउँमा, गृहमन्त्री रोक्ने उपाय खोज्दै

ठूला नेता देश छाडेर भाग्ने दाउँमा, गृहमन्त्री रोक्ने उपाय खोज्दै

आइतवार कार्तिक २ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.