NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा मङ्लबार कार्तिक ४ , २०८२
ट्रम्प–जेलेन्स्कीबीच फेरि ह्वाइटहाउसमा कटुतापूर्ण वार्ता मङ्लबार कार्तिक ४ , २०८२
पाकिस्तानी एकदिवसीयको नयाँ कप्तान शाहिन अफ्रिदी मङ्लबार कार्तिक ४ , २०८२
गाजामा अस्ताएका विपिनको महाकालीमा अ न्त्ये ष्टि, स शस्त्र प्र हरीको सलामी मङ्लबार कार्तिक ४ , २०८२
चीनलाई १५५% ट्यारिफ लगाउने ट्रम्पको ध म्की मङ्लबार कार्तिक ४ , २०८२
Next
Prev

समाचार

विपिनको टाउकोमा गो ली, आज महाकालीमा महाप्रस्थान

मङ्लबार कार्तिक ४ , २०८२
Reading Time: 1 min read
A A
विपिनको टाउकोमा गो ली, आज महाकालीमा महाप्रस्थान

Bipin Joshi Death body arrived . Photo: Prakash Chandra Timilsena/ Nepal Photo Library

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

४ कार्तिक , काठमाण्डौ ।

इजरायलमा हमासबाट मारिएका विपिन जोशीको अहिले विहान कञ्चनपुरस्थित महाकाली नदीमा अन्त्येष्टि गरिदैछ । हिजो उनको शव घर पुर्याइएको छ। सोमबार साँझ कञ्चनपुरको भीमदत्त नगरपालिका–३ स्थित विपिनको घरमा शव पुयाइउदा सयौँको संख्यामा उपिस्थित आफन्त र स्थानीयले मन थाम्न सकेनन्।

Bipin Joshi Death body arrived . Photo: Prakash Chandra Timilsena/ Nepal Photo Library

धनगढी उपमहानगरपालिकाले निशुल्क सञ्चालन गरेको ‘महाप्रस्थान बाहन’ बाट काठको बाकस आँगनमा झरेसँगै धेरैजनाको आँखा रसाएका थिए । नगरमा लक्ष्मीपुजा समेत खल्लो भएको थियो ।

Bipin Joshi Death body arrived . Photo: Prakash Chandra Timilsena/ Nepal Photo Library

विपिनको सकुशल रिहाईका लागि आमासँगै इजरायल र अमेरिका पुगेर अन्तर्राष्ट्रिय समुदायलाई झक्झकाएकी विपिनकी बहिनी भाइटीकाको दुई दिन अघिमात्रै दाइको शव घर आइपुग्दा भक्कानिएकी थिइन ।

Mother of Bipin Joshi . Photo: Prakash Chandra Timilsena/ Nepal Photo Library

आफ्नै आर्शीवाद शिरोपर गरेर इजरायल गएको छोरा कफिनमा फर्किंदा आमा पदमाको भक्कानो फुट्यो । उनले आफूलाई सम्हाल्न सकिरहेकी थिइनन् । डाको छोडेर रुँदारुँदा उनी अर्धचेत भइन् ।

Mother of Bipin Joshi . Photo: Prakash Chandra Timilsena/ Nepal Photo Library

उनलाई पानी छम्किएर शान्त गराउनु परेको थियो । छोराको शव आफ्नै आँगनमा आइपुग्दा बुवा महानान्द भक्कानिए । बहिनी पुष्पा भावविह्ल बनिन् । भीमदत्त नगरपालिका–३ स्थित बिचपुरी मल्किार्जुन टोलमा सन्नटा छायो ।

Bipin Joshi Death body arrived . Photo: Prakash Chandra Timilsena/ Nepal Photo Library

सोमबार बेलुकी तिहारको रौनकसँगै लक्ष्मीपूजा चलिरँदा कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीस्थित मालिकार्जुन टोलमा भने सन्नाटा छाएको थियो ।

चरणबद्ध रूपमा हमासको नियन्त्रणमा रहेका बन्धक सकुशल रिहा भए पनि कञ्चनपुरका जोशीको भने शव बाकसमा दुई वर्षपछि आउँदा परिवारसँगै सिङ्गो टोल शोकमय बनेको छ ।

Bipin Joshi Death body arrived . Photo: Prakash Chandra Timilsena/ Nepal Photo Library

विपिनकी आमा पद्मा र बहिनी पुष्पा विपिनको सकुशल रिहाइका लागि इजरायल, अमेरिकासम्म पुगिन्, तर विपिनको परिवारसँगै सबैतिरबाट रिहाइका लागि भएको प्रयास सार्थक हुन सकेन ।

केही दिनअघि मात्रै हमासले विपिन मारिएको विषय सार्वजनिक गरे पनि सोमबार बिहानसम्म आमा पद्मालाई विपिनको अवस्थाका बारेमा जानकारी दिइएको थिएन । बहिनी पुष्पाले दाइको निधनको खबरले आधिकारिकता पाएपछि घरमा तिहारका लागि तयार पारिएका सयपत्री फूल उखेलेको जोशी परिवारको भनाइ छ ।

Bipin Joshi Death body arrived . Photo: Prakash Chandra Timilsena/ Nepal Photo Library

’बिहिनी पुष्पा यसपालि भाइटीकामा दाजुसित भेट हुनेछ भन्ने आशामा थिइन्,’ परिवारका सदस्य किशोर जोशीले भने, ’लक्ष्मीपूजाका दिन विपिनको शव आँगनमा आइपुग्दा परिवार शोकमा डुबेको छ ।’

दुई वर्षदेखि विपिन आउने प्रतिक्षामा रहेको जोशी परिवार सम्हालिन सकेका छैन ।सोमबार दिउँसो काठमाडौँ पु¥याइएको विपिनको शव नेपाली सेनाको स्काई ट्रकबाट बेलुकी अबेर धनगढी पु¥याइएको थियो ।

उनको शव परिवारलाई हस्तान्तरण गर्न नेपालस्थित इजरायली दूतावासका पदाधिकारी विपिनको घरसम्म पुगेका किशोरले जानकारी दिए । उनका अनुसार विपिनको अन्तिम दाहसंस्कार आज बिहान महेन्द्रनगरस्थित महाकाली नदीमा गरिनेछ ।

अन्त्येष्टिअघि जोशीको शवयात्रा बिहान ८ बजे भीमदत्त नगरपालिकाबाट सुरु भई महाकाली नदीको भुजेला घाट लगिने छ । इजरायलले पठाएको फरेन्सिक परीक्षणको रिपोर्टमा विपिनको टाउकोमा गोली लागेर मृत्यु भएको उल्लेख गरिएको छ ।

इजरायलको ‘द नेसनल सेन्टर अफ फरेन्सिक मेडिसिन’को उक्त परीक्षण रिपोर्टमा टाउकोमा गोली लागेर मृत्यु भएको उल्लेख गरिएको छ । त्यसैले उनको मृत्युको कारण पत्ता लागिसकेकाले परिवारका सदस्यले पोष्टमार्टम नेपालमा गर्न नपर्ने बताएको परराष्ट्र मन्त्रालय स्रोतले भनाइ छ ।

दुई वर्षअघि सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपिन इजरायल पुगेको एक महिनामै हमासको आक्रमणमा परेका थिए । उक्त आक्रमणमा परेर सुदूरपश्चिम विश्वविद्यालयका १० विद्यार्थीको मृत्यु भएको थियो भने विपिनलाई बन्धक बनाइएको थियो ।

इजरायल र हमासबीच युद्धबिराम भएपछि विपिनको मृत्यु भएको पुष्टि भएको थियो । घटनास्थलमै १० जना नेपाली विद्यार्थीको ज्यान जाँदा केही विद्यार्थी घाइते भएका थिए। हमासको नियन्त्रणमा रहेका विपिन भने केही दिन अघिसम्म फर्कने आशा गरिएको थियो।

हिजो इजरायलबाट पठाइएको विपिन जोशीको पार्थिव शरीर काठमाडौंमा अन्तिम श्रद्धाञ्जली अर्पण गरी नेपाली सेनाको स्काइ ट्रकबाट धनगढी विमानस्थल हुँदै कञ्चनपुर पु्याइएको हो ।

विपिनलाई श्रद्धाञ्जली दिँदै प्रधानमन्त्री सुशीला कार्कीले उनी नेपालीको बहादुर छोरा भएको र उनी हाम्राबीच नरहे पनि नेपालीको मनबाट कहिल्ये नहराउने बताएकी थिइन्।

सन् २०२३ मा कृषिविज्ञान अध्ययनका लागि इजरायल गएका उनी हमासको आक्रमणमा घाइते भएका थिए । किब्बुज, आलुमिमा भएको आक्रमण पछि अपहरणमा परेका उनको मृत्यु भइसकेको भनेर इजरायल सरकारले सन् २०२५ अक्टोबर १५ मा पुष्टि गरेको थियो ।

Tags: #बाकसमा फर्किएका विपिनको अन्त्येष्टि

लोकप्रीय

५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा

५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा

मङ्लबार कार्तिक ४ , २०८२
ट्रम्प–जेलेन्स्कीबीच फेरि ह्वाइटहाउसमा कटुतापूर्ण वार्ता

ट्रम्प–जेलेन्स्कीबीच फेरि ह्वाइटहाउसमा कटुतापूर्ण वार्ता

मङ्लबार कार्तिक ४ , २०८२
पाकिस्तानी एकदिवसीयको नयाँ कप्तान शाहिन अफ्रिदी

पाकिस्तानी एकदिवसीयको नयाँ कप्तान शाहिन अफ्रिदी

मङ्लबार कार्तिक ४ , २०८२

विचार

थप समाचार

५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा
आर्थिक

५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा

मङ्लबार कार्तिक ४ , २०८२
ट्रम्प–जेलेन्स्कीबीच फेरि ह्वाइटहाउसमा कटुतापूर्ण वार्ता
अन्तर्राष्ट्रिय

ट्रम्प–जेलेन्स्कीबीच फेरि ह्वाइटहाउसमा कटुतापूर्ण वार्ता

मङ्लबार कार्तिक ४ , २०८२
पाकिस्तानी एकदिवसीयको नयाँ कप्तान शाहिन अफ्रिदी
खेलकुद

पाकिस्तानी एकदिवसीयको नयाँ कप्तान शाहिन अफ्रिदी

मङ्लबार कार्तिक ४ , २०८२
गाजामा अस्ताएका विपिनको महाकालीमा अ न्त्ये ष्टि, स शस्त्र प्र हरीको सलामी
ताजा समाचार

गाजामा अस्ताएका विपिनको महाकालीमा अ न्त्ये ष्टि, स शस्त्र प्र हरीको सलामी

मङ्लबार कार्तिक ४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: पुनर्निर्माणमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई नेपालको आह्वान || Nepal Times

World News: पुनर्निर्माणमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई नेपालको आह्वान || Nepal Times

00:14:56

World News: Russiaमा माओवादी पूर्वलडाकु कमान्डर, कोलम्बियाली राष्ट्रपति ‘लागू औषध नेता’

00:19:42

World News: मोरोक्कोको जेनजी आन्दोलन उग्र, गाजामा फेरि यु*द्ध || Nepal Times

00:12:58

World News:एन्ड्रयूले त्यागे ’ड्यूक अफ योर्क’, चीनमा ९ शीर्ष जनरल निष्कासित

00:14:00

World News:हसिनालाई मृ त्युद ण्डको माग,ह मा सलाई समाप्तै गर्नुपर्ने|| Nepal Times

00:21:02

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

रास्वपामा कुलमान ल्याउने प्रस्तावले भाँडभैलो,सुमनापछि अब तोसिमा ?

रास्वपामा कुलमान ल्याउने प्रस्तावले भाँडभैलो,सुमनापछि अब तोसिमा ?

आइतवार कार्तिक २ , २०८२
पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ

ओलीको राजीनामा माग्दै उषाकिरणले झाँको झारिन,गैरेले पनि मागे राजीनामा

शुक्रबार अशोज ३१ , २०८२
विश्वकपको ढोका खोल्दै नेपाल, विश्वभरबाट प्रशंसा

२०२६ टी २० विश्वकपमा नेपाल भर्सेस भारत ?

बिहिबार अशोज ३० , २०८२

हालका पोस्टहरू

५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा

५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा

मङ्लबार कार्तिक ४ , २०८२
ट्रम्प–जेलेन्स्कीबीच फेरि ह्वाइटहाउसमा कटुतापूर्ण वार्ता

ट्रम्प–जेलेन्स्कीबीच फेरि ह्वाइटहाउसमा कटुतापूर्ण वार्ता

मङ्लबार कार्तिक ४ , २०८२
पाकिस्तानी एकदिवसीयको नयाँ कप्तान शाहिन अफ्रिदी

पाकिस्तानी एकदिवसीयको नयाँ कप्तान शाहिन अफ्रिदी

मङ्लबार कार्तिक ४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.