आज मन्त्रिपरिषद् विस्तार, थपिँदै छन् ४ मन्त्री

आज मन्त्रिपरिषद् विस्तार, थपिँदै छन् ४ मन्त्री

९ कार्तिक, काठमाण्डौ ।

प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयअनुसार आज मन्त्रिमण्डलमा चार मन्त्री थपिने भएका हुन् ।

जसमा गणपतिलाल श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, सुधा गौतम स्वास्थ्य स्वास्थ्य तथा जनसंख्या मन्त्री, बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्री र खगेन्द्र सुनार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्दै छन् ।

आज चार मन्त्री थपिँदा कार्की नेतृत्वको मन्त्रिपरिषद् १२ सदस्यीय हुनेछ । यसअघि मन्त्रिमण्डलमा ८ सदस्य छन् ।

जसमा कार्की प्रधानमन्त्री, रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री, ओमप्रकाश अर्याल गृहमन्त्री, अनिलकुमार सिन्हा उद्योग वाणिज्य तथा आपूर्ति, कानुन तथा न्याय, भूमिसुधार, सहकारी तथा गरिबी निवारण मन्त्री, महावीर पुन शिक्षा तथा विज्ञान प्रविधि मन्त्री, मदनप्रसाद परियार कृषि तथा पशुपन्छी विकासमन्त्री र जगदीश खरेल सूचना तथा सञ्चारमन्त्री छन् ।

अब आज नियुक्त गर्न लागिएका चारै मन्त्रीलाई आजै शपथ खुवाउने तयारी छ ।

आज मन्त्रीमा नियुक्त हुन लागेका गणपतिलाल श्रेष्ठ सम्पदा अभियानी हुन् । उनी लामो समयदेखि काठमाडौँ उपत्यकालगायत सांस्कृतिक क्षेत्रको मौलिक सम्पदाको संरक्षण, सम्बद्र्धन र जगेर्नाका क्षेत्रमा क्रियाशील व्यक्ति हुन् ।

यस्तै खगेन्द्र सुनार दलित अधिकारको आवाज उठाउने अभियन्ता हुन् । उनी विशेष गरेर दलित हकहित र अधिकारका क्षेत्रमा क्रियाशील छन् । छुवाछूतजस्ता सामाजिक कुप्रथाका विरूद्ध पैरवी गरिरहेका सुनार माइतीघर मण्डलमा नेलसहित प्रदर्शन गरेर चर्चामा आएका थिए ।

त्यतिबेला उनको ‘दलितलाई खै’ भन्ने अभियान चर्चामा थियो । यस्तै बब्लु गुप्ता परोपकारी संस्था १०० ग्रुपका संस्थापक हुन् । त्यस्तै, स्वास्थ्य मन्त्री बन्न लागेकी डा. शर्मा योग्यताले प्रसूति तथा स्त्री रोग विशेषज्ञ हुन् ।

उनले २०६५ साल असोजदेखि २०६८ मंसिरसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत सचिवको कार्यभार सम्हालेकी थिइन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.