×

NEPAL TIMES UPDATES

Playing
प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हत कडी ?के छ कानून ? || Nepal Times
Apr 06, 2026
Playing
अबदेखि आइतबारको साटो शुक्रबार सेयर बजार खुल्ने || Nepal Times
Apr 06, 2026
Playing
Top 15 Afternoon News || April-06-2026 || Nepal Times
Apr 06, 2026
Playing
कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा || Nepal Times
Apr 06, 2026
Playing
सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द#nepal || Nepal Times
Apr 06, 2026
Playing
Iran–US ४५ दिन यु द्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा ह म ला || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री! कानुनी उपचारमा जाने || Nepal Times
Apr 06, 2026
Playing
कम्बोडिया पुगेका नेपाली स्क्याम जालमा, ७ जनाको उ*द्धार|| Nepal Times
Apr 06, 2026
Playing
३६ वर्षदेखि सुरक्षाकर्मीलाई ’हतक*डी’,बिचौलियाको हातमा शासन|| Nepal Times
Apr 06, 2026
Playing
संसद्को दुवै सदनको बैठक आज ःके छ कार्यसूची ? आजै सर्वदलीय बैठक|| Nepal Times
Apr 06, 2026

भारी वर्षा र हिमपातको संभावनाः सर्तकता अपनाउन आग्रह

१२ कार्तिक २०८२

११ कार्तिक , काठमाण्डौ ।

पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावले वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Advertisement

आज र भोलि दुई दिन गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

साथै, गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपातको पनि सम्भावना छ । ती क्षेत्रहरूमा दैनिक जनजीवन, पर्वतारोहण लगायत कृषि तथा पर्यटन क्षेत्रमा समेत असर पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यसैले आवश्यक सतर्कता अपनाउन र पछिल्लो मौसमी सूचनाको जानकारी लिन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूलाई महाशाखाले अनुरोध गरेको छ ।आज दिउँसो गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भू–भागमा साधारणतया बदली रही तराई भू–भागमा आंशिक बदली रहने छ ।

गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षा÷हिमपातको सम्भावना रहेको छ ।

गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी वर्षा÷हिमपातको पनि सम्भावना रहेको छ । यस्तै आज राति बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेश लगायत बाँकी पहाडी भू–भागमा साधारणतया बदली रही तराई भू–भागमा आंशिक बदली रहने छ ।

गण्डकी प्रदेशका केही स्थानहरूमा, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा मध्यम वर्षा÷हिमपातको सम्भावना रहेको छ ।

गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी वर्षा÷हिमपातको पनि सम्भावना रहेको छ । मौसमविदहरुका अनुसार विहीबारदेखि फेरि बंगालको खाडीमा विकसित चक्रवातको आंशिक प्रभावले शनिबारसम्म वर्षा तथा हिमपातको सम्भावना छ ।

यसको प्रभाव नेपालको मध्य भागदेखि पूर्वी भागसम्म पर्ने पूर्वानुमान छ । यसपटक पनि अरब सागर र बंगालको खाडीबाट ठूलो पानी पार्ने प्रणाली नेपाल भित्रिँदैछ। अरब सागरको न्यूनचापीय प्रणालीको प्रभाव त देखिन थालिसकेकै छ।

मौसमविदका अनुसार बंगालको खाडीमा मोन्था चक्रवात उत्पन्न भएको छ। त्यसले अहिले भारतको पूर्वी तटलाई गम्भीर असर पारिरहेको छ। यो चक्रवात आइतबार चक्रवाती तुफानमा परिणत भएको थियो।

आज भारतको आन्ध्रप्रदेशको काकिनाडा नजिक आइपुग्ने अनुमान गरिएको छ। यो चक्रवात ९०–१०० किलोमिटर प्रतिघन्टाको वेगमा रहेको भारतीय सञ्चार माध्यमहरूले जानकारी दिएका छन्।

यसले भारतको आन्ध्रप्रदेश, उडिशा, तमिलनाडु, तेलंगना, केरला, छत्तीसगढ, पश्चिम बंगाल मात्र होइन, नेपालका कोशीदेखि गण्डकी प्रदेशसम्मै असर पु¥याउने देखिएको छ।

अहिले नेपालको मौसम प्रणालीमा बंगालको खाडीमा रहेको मोन्था चक्रवात र अरब सागरमा रहेको तल्लो वायुमण्डलले नेपालभरी बादल ल्याइरहेको मौसमविद विनोद पोखरेलले जानकारी दिए।

उनका अनुसार आजदेखि पश्चिमी नेपालमा वर्षा हुने र बिहीबारदेखि शनिबारसम्म पूर्वी भागमा भारी वर्षा हुने सम्भावना रहेको पूर्वानुमान गरिएको छ। विपदविद धर्मराज उप्रेतीले समुद्रमा उत्पन्न नयाँ प्रणालीले भारतको आन्ध्रप्रदेश, उडिसा लगायत तटीय क्षेत्र र गुजरात क्षेत्रमा सोमबारदेखि भारी र अतिभारी वर्षा गराइरहेको छ।

नेपालमा यसको प्रभाव देखिने नै छ। आज र भोलि अरब सागरमा बनेको पानी पार्ने प्रणालीले सुदूरपश्चिम, कर्णाली र लुम्बिनीको तराई भेगमा हल्का असर पु¥याउने छ। पहाडी र हिमाली भेगमा बाक्लै हिमपात गराउने सम्भावना देखिएको छ।

अरब सागरमा विकास भएको पानी पार्ने प्रणालीको तुलनामा बंगालको खाडीका विकास हुन लागेको प्रणाली शक्तिशाली देखिएको छ। त्यो अहिले उत्तरतिर क्रमशः सरिरहेको छ।

त्यो प्रणालीले आउँदो शुक्रबार र शनिबार बागमती, मधेस र कोशी प्रदेशका धेरै ठाउँमा मध्यमदेखि भारी वर्षा गराउने सम्भावना देखाएको विपदविद उप्रेतीले बताए। ’अहिलेसम्मको आकलनले यो प्रणालीको असर सुदूरपश्चिम, लुम्बिनी र कर्णालीमा कम हुने देखिन्छ,’ उनले भने, ’पानी पार्ने दुइटा प्रणाली आइरहेकाले धान, परालको सुरक्षामा ध्यान दिनुपर्ने देखिन्छ। आइतबार पछाडि मात्र बाली भित्र्याउनु उपयुक्त हुन्छ।’

आगामी शुक्रबार र शनिबार काठमाडौं लगायत देशको पूर्वी भेगको हवाई तथा स्थलमार्ग प्रभावित हुन सक्ने देखिएको पनि उनले बताए।मौसमविदहरूले भने यी दुवै प्रणालीका कारण मधेस तथा कोशी प्रदेशमा भारी वर्षाको प्रक्षेपण गरेका छन्।

मंगलबारदेखि शनिबारसम्म महोत्तरीमा २०६.४, वीरगन्जमा २१५.२, विराटनगरमा १४२.४, खाँदबारीमा १३२.७, काठमाडौंमा ८६.२, पोखरामा २३, घोराहीमा १०.५, जाजरकोटमा ११.९, धनगढीमा १.६ मिलिमिटरसम्म वर्षाको प्रक्षेपण गरेका छन्।

मोन्था शब्द थाइ भाषा बाट लिइएको हो । जसको अर्थ वासनादार फुल भन्ने हुन्छ । समुन्द्री आधीको नामाकरण समुन्द्रसँग जोडिएका देशको भाषाबाट राख्ने गरिएको छ।

Advertisement

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top