×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

आज र भोलि वर्षा र हिमपात, पर्सिदेखि घमाइलो

१९ कार्तिक २०८२

१८ कार्तिक , काठमाण्डौ ।

देशको पश्चिमी भूभागमा दुई दिन आज र भोलि वर्षा र हिमपातको पूर्वानुमान छ । हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज मंगलबार र भोलि बुधबार देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहने पूर्वानुमान छ ।

Advertisement
Advertisement

त्यसको प्रभावले वर्षा र हिमपात हुने विभागले जनाएको छ । विभागका अनुसार, यी दुई दिन गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । यी प्रदेशका उच्चपहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको विभागले जनाएको छ ।

काठमाडौंबाट पूर्वतिर यसको प्रभाव सम्भावना औँल्याइएको छैन । पश्चिमी वायुको प्रभावका कारण आजबाट दुई दिन नेपालको पश्चिमी भूभागमा वर्षा हुने भएको छ । गण्डकीदेखि पश्चिमका क्षेत्रमा पश्चिमी वायुको प्रभावका कारण वर्षा र हिमपात हुनेछ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । नेपालमा हाल पश्चिमी वायुको प्रभाव रहेको छ ।

पश्चिमी वायुको प्रभाव गण्डकीबाट पूर्व भने खासै धेरै नपर्ने विभागले बताएको छ । यसको प्रभाव काठमाडौंमा पनि खासै धेरै पर्ने छैन । काठमाडौंमा फाट्टफुट्ट वर्षा हुनसक्ने तर यसको सम्भावना पनि न्यून रहेको मौसमविद् बताउँछन् ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विषयका सहप्राध्यापक डा. विनोद पोखरेलले पनि मंगलबारदेखि पश्चिम नेपालमा हल्का वर्षाको सम्भावना औँल्याएका छन् । यो अवधिमा काठमाडौंमा वर्षाको सम्भावना खासै नरहेको मौसमविद्ले बताएका छन् ।

“कमजोर पश्चिमी वायुले मंगलबार अपराह्नदेखि पश्चिम नेपालमा हल्का वर्षा गराउने र काठमाडौंसम्म पानी नआए पनि बादलचाहिँ ल्याउने सम्भावना देखिन्छ,” उनले सामाजिक सञ्जालमा लेखेका छन् । उक्त प्रभाव सकिएपछि घमाइलो मौसम सुरु हुने उनले बताएका छन् ।

त्यसपछि वायु प्रदूषण पनि बढ्ने सम्भावना उनले उल्लेख गरेका छन् । ठूलो पानी पर्ने सम्भावना भने नरहेको मौसमविद्ले प्रस्ट पारेका छन् । अर्का मौसमविद् विनोद पोखरेलले पनि कमजोर पश्चिमी बायुले आज अपरान्हदेखि पश्चिम नेपालमा हल्का वर्षा गराउने र भोलि काठमाडौँ सम्म पानी नआए पनि बादल चाहि लाग्ने सम्भावना रहेको बताएका छन् ।

यो बायु गए पछि पुरै घमाइलो मौसम सुरु हुने र त्यसपछि बायु प्रदुषण पनि बढ्ने हुनाले कसैले फोहोर बाल्यो भने कारबाहीको माग गर्न उनले सुझाएका छन् ।

Advertisement
Advertisement

बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’, अरबसागरमा बनेको न्यूनचापीय प्रणाली र पश्चिमी वायुको प्रभावले गएको बिहीबार कात्तिक १३देखि शनिबारसम्म देशका धेरै स्थानमा वर्षा भएको थियो ।  ‘अति भारी’सम्म पानी परेको थियो । त्यसयता मौसम पूर्ण रूपमा सफा भइसकेको छैन ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top