विराटनगरमा पहिलो पटक भब्य म्यूजिक अवार्ड

विराटनगरमा पहिलो पटक भब्य म्यूजिक अवार्ड

विराटनगर,असोज २०
म्यूजिक खबरको आयोजनामा आज विराटनगरमा भएको अवार्ड कार्यक्रममा दीर्घ साधना सम्मान रानुदेवी अधिकारीलाई प्रदान गरिएको छ । प्रजातान्त्रिक रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीलाई यस वर्षको दीर्घ साधना सम्मान प्रदान गरिएको हो ।

सातौं म्यूजिक खबर म्यूजिक अवार्डको अवसर पारेर गायिका अधिकारीलाई म्यूजिक खबर दीर्घ साधना सम्मान २०७५ प्रदान गरिएको छ । दशकको स्रष्टा सम्मानबाट तुलसी पराजुली ,माण्डवी त्रिपाठीलाई सम्मान गरिएको हो ।

मल्लिका कार्कीलाई युवा प्रतिभा पुरस्कार प्रदान गरिएको छ । म्यूजिक खबर डायस्पोरा संगीत सम्मान प्रेम सापकोटा सोनुलाई प्रदान गरिएको छ । म्यूजिक खबर संगीत पत्रकारिता पुरस्कार गीता अधिकारीलाई प्रदान गरिएको छ ।

म्यूजिक खबर बालप्रतिभा प्रोत्साहन सम्मान याङ्शु श्रेष्ठलाई प्रदान गरिएको छ । म्यूजिक खबर विशेष संगीत सम्मान–२०७५ बाट गायक सिताराम पोखरेल, गीतकार शुभ मुकारुङ र गायक डीबी गुरुङलाई सम्मानित गरिएको छ ।

गीतसंगीतका विभिन्न ३३ विधामा म्यूजिक खबर म्यूजिक अवार्ड सम्पन्न भएको छ । मुलुकभित्र आन्तरिक रुपमा सांस्कृतिक पर्यटनको प्रबद्र्धन गर्ने उद्देश्यले विराटनगरमा पहिलोपटक म्यूजिक अवार्ड सम्पन्न भएको हो ।

विगत ६ वर्षदेखि राजधानीमा सम्पन्न हुँदै आइरहेको म्यूजिक खबर म्यूजिक अवार्ड यस वर्षबाट प्रादेशिक रुपमा राष्ट्रियस्तरको महोत्सवका रुपमा सम्पन्न गर्ने लक्ष्यका साथ अब नियमित रुपमा अन्य प्रदेशहरुमा पनि आयोजना गरिने आयोजक पक्षले जनाएको छ ।

अवार्डलाई हामी युवाले सहआयोजकको भूमिका निर्वाह गरी अवार्ड कार्यक्रम सम्पन्न भएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.