×

NEPAL TIMES UPDATES

Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026

 किसान श्रेष्ठ, झाक्रीहरुलाई एमाले नेताहरुले हाँसिदिए मात्रै पुग्ने

२० कार्तिक २०८२

१९ कार्तिक , काठमाण्डौ ।

नेकपा (एकीकृत समाजवादी) भित्रको किचलो र राजनीतिक ध्रुवीकरणले नेपाली राजनीतिमा नयाँ तरङ्ग ल्याएको छ। पार्टी एकताको प्रयास र त्यसभित्रका असन्तुष्टिले विभिन्न नेताहरूलाई आ–आफ्नो बाटो लाग्न बाध्य बनाएको छ।

Advertisement
Advertisement

यसै सन्दर्भमा, नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्री र नेता किसान श्रेष्ठ एमालेमै विना सर्त फर्किने भएका छन् भने सम्मानिक नेता झलनाथ खनाल सर्तसहित ओलीसँग वार्गेनिङमा छन् ।

नेकपा एसको ठूलो समूहभने माओवादीसहितको एकतामा जादा घनश्याम खनाल भने पर्ख र हेरको अवस्थामा छन् । रामकुमारी झाँक्रीले नेकपा (एकीकृत समाजवादी) सँगको आफ्नो यात्रा समाप्त भएको घोषणा गर्दै पार्टीको विसर्जन भएको बताएकी छन् ।

उनले पार्टी एकताको प्रयासलाई ’ओत लाग्ने’ अर्थात् व्यक्तिगत सुरक्षा खोज्ने प्रवृत्तिसँग जोडेकी छन्, जसले बृहत्तर वामपन्थी एकतालाई रोक्ने उनको ठहर छ। झाँक्रीले यो एकतालाई ’बञ्चरेडाँडा’ सँग तुलना गरेकी छन्, जहाँ अग्र्यानिक र नन–अग्र्यानिक दुवै प्रकारका फोहोर फालिन्छ, जसले पार्टी र आन्दोलनलाई पुनर्गठन गर्नुको सट्टा डम्पिङ साइट बनाउँदैछ।

उनले तीन लाख मतदाता भएको पार्टी भए पनि त्यो आफ्नो नियन्त्रणमा नरहेको बताउँदै विचार र सिद्धान्त मिल्ने पार्टीमा एकताबद्ध हुनुपर्नेमा जोड दिएकी छन् । साथै, उनले देशभरका एकीकृत समाजवादीका कार्यकर्ताहरूलाई जहाँ छन् त्यहीँ उभिएर ’क्षितिजपारि उज्यालो’ को प्रतीक्षा गर्न अपिल गरेकी छन्।

माधवकुमार नेपाललाई निर्वाचन आयोगमा डोहो¥याएको बिम्बलाई लिएर आफूमाथि लागेको आरोपबारे पनि उनले स्पष्टीकरण दिँदै त्यो केवल एउटा बिम्ब मात्र भएको र इतिहासले त्यसको मूल्यांकन गर्ने बताएकी छन्।

उनले यो यात्रा अवरुद्ध भएको थाहा हुँदाहुँदै पनि विभिन्न प्रतिबद्धताका कारण निर्णय लिन समय लागेको स्वीकार गरेकी छन् । झाँक्रीले भनिन्,‘प्रारम्भका दिनहरूमा भयानकै अभियान चल्छ होला भन्ने विश्वासले लागेका थियौं । त्यो अभियान एक हिसाबले समाप्त भएको छ । हाम्रो अध्याय टुंगिएको छ । पार्टी विघटन भएको छ ।’

उनले अहिले आफूहरूको बाटो अवरुद्ध बनेको र ‘पज’ को अवस्थामा रहेको बताइन् ।,‘हामीले विचार र सिद्धान्त मिल्ने पार्टीमा हामी एकतावद्ध हुने नै हो । किसान दाईले त फोरकाष्ट गरिहाल्नु भयो । एकतावद्ध हुने नै हो । त्यसो गर्दा हामीले कम्तिमा रुपान्तरित हिसावले हामी जाउ । हामी पनि रुपान्तरण हुन आवश्यक छ भन्ने कुरा छ । हाम्रो यात्रा अवरुद्ध छ । हाम्रो पार्टी विघटन भएको छ । नयाँ बाटोको लागि हामीले केही कुरा देशैभरी नेकपा (एकीकृत समाजवादी)को नाममा संगठित हुनु भएका वडा तहदेखि केन्द्रिय कमिटीसम्म, विभिन्न संगठनदेखि जनवर्गीय संगठनसम्म सबै साथीहरुलाई एकतावद्ध भएर हामी उभियौं । हामीले हाम्रो नेतृत्वमा भयंकर ठूलो पार्टी बनाउँछौ भनेर दाबी गरिरहेका छैनौँ । हामीलाई आज यो लागिरहेको होइन । त्यसकारण समाजवादी पार्टीमा संगठित सबै साथीहरु यो एउटा सन्देश दिन चाहन्छौ कि पार्टी विहिन अवस्थामा भयौ नि त । अब एक घण्टा पछि पार्टी विहिन भईसकेपछि हामी पार्टी बिहिन मान्छेहरु के गर्छौ भन्ने सन्दर्भमा देशभरका साथीहरुका लागि हामी एक ठाउँमा उभियौ । हामीले एकदम राम्रो दृष्टिगोचर गरौं । र क्षितिज पारी उज्यालो छ भन्ने देखेरै हामीले सामूहिक पाईला अगाडि बढाउने छौं । त्यो बाटोबाट जाउ । देशभरीका साथीहरुलाई विचलित नहुनुहोस । अहिले पार्टी भत्कियो, परिवार भत्कियो । अहिले सब चिज यो भत्किएको बेला हामीले निर्माण गर्ने हो ।’

यस्तै नेकपा (एकीकृत समाजवादी)का नेता किसान श्रेष्ठले आफूहरू कुनै पद नचाहिएर निशर्त मूलघर नेकपा एमालेमा फर्किन लागेको बताएका छन्। उनले आफूहरूले पसिना बगाएको र जीवन अर्पण गरेको पार्टीमा समाहित र एकताभन्दा पनि घर फर्किने अभियानमा रहेको स्पष्ट पारेका छन्। श्रेष्ठले आफूहरूलाई मूलघरमा हाँसेर बोलिदिए र सम्मानजनक व्यवहार गरिदिए पुग्ने बताउँदै कुनै पदको बार्गेनिङ नगर्ने दृढता व्यक्त गरेका छन्।

उनले आफूहरूको कथाले पदलाई पछिपछि ल्याउने भएकाले पद माग्नै नपर्ने दाबी पनि गरेका छन्। उनले भनेका छन्, ‘हाम्रो पार्टीले नेकपा (माओवादी केन्द्र) सहित पार्टी एकता गर्नै निर्णय ग¥यो । र अर्को हाम्रा पार्टीका महासचिव, सम्मानित नेताहरुले अर्को पार्टी पुनःगठन गर्ने प्रक्रियामा हुनुहुन्छ । हामी यो टिम वा हामी साथीहरु पार्टीका स्थायी कमिटीका सदस्य रामकुमारी झाँक्री लगायतका साथीहरु कसैसँग समाहित र कसैसँग एकता भन्दा पनि हाम्रो मूल घर, हामीले पसिना बगाएको, हामीले जीवन अर्पण गरेको पार्टी नेकपा एमालेमा फर्किने अभियानमा छौँ । हामी घर फर्किने क्रममा नेकपा एमालेसँग वार्ता संवादमै छौँ । हामी कुनै पदको लागि होइन, निःशर्त घरमा फर्किंदै छौँ । हामीलाई केही चाहिएको छैन, मूल घरमा हाँसेर बोलिदिए र सम्मानजनक व्यवहार गरिदिए पुग्छ ।’

यता नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा (एकीकृत समाजवादी) बाट आउने नेताहरूलाई पार्टीमा स्वागत गर्न तयार रहेको बताएका छन्। उनले जनताको बहुदलीय जनवादप्रतिको प्रतिबद्धता नै एकताको मुख्य आधार भएको उल्लेख गर्दै नीति र नेतृत्व स्वीकार गर्नुपर्ने शर्त स्वाभाविक भएको बताएका छन्।

भट्टराईले जबज एमालेको सिद्धान्त र नीति भएको र यसलाई थप परिष्कृत र समृद्ध बनाउन सबैको साझा प्रयत्न आवश्यक रहेकोमा जोड दिएका छन्। उनले प्रतिस्पर्धाबाट छानिएको नेतृत्व एकताको आधार भएको बताउँदै एमालेमा समाहित हुनु कुनै शर्तभन्दा पनि माथिको महत्वको सवाल भएको टिप्पणी गरेका छन्।

पार्टी एकता प्रक्रियामा असहमति राखेका नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसँग नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले भेटवार्ता गरेका छन्।

प्रचण्डले दुवै नेतालाई निवासमै बोलाएर छलफल गरेका थिए, जसमा माओवादीका नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए। प्रचण्डले दुवै नेतालाई आफूले थालेको वाम एकताको पक्षमा उभिन आग्रह गरेको बताइन्छ।

भुसालले भने आजै पत्रकार सम्मेलन गर्दै कम्युनिस्ट पार्टीहरूलाई विभाजित गर्ने काम मुख्य नेतृत्वहरूले गरेको आरोप लगाएका छन् । माओवादीसहित ९ पार्टीसँग एकता प्रक्रियामा असहमति राख्दै आएका नेता भुसालले पत्रकार सम्मेलन गर्दै पार्टीको बहुमतले निर्णय गरेको भए पनि आफ्नो विमति रहेको बताए ।

उनले भने, ‘पार्टीको बहुमतले निर्णय गरेको भए पनि हामीले कुनै पदको बार्गेनिङ गरेर असहमति राखेका होइनौँ । यो एकता प्रक्रियाको सुरुदेखि नै हामीले केही प्रश्नहरू उठाउँदै आएका छौँ ।’ उनले दलहरूले नेतृत्व परिवर्तन गर्नुपर्ने बताएका छन् ।

Advertisement

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top