होटलमा मुख्यमन्त्री नियुक्तपछि सीके राउतले मागे मधेश स्वायत्त प्रदेश

२४ कात्तिक ८२, सोमबार

२४ कार्तिक , काठमाण्डौ ।

राजनीतिक अस्थिरताले प्रदेश संरचनामाथि प्रश्न उठिरहेका बेला मधेस प्रदेशमा राजनीतिको फोहोरी खेल फेरि देखिएको छ । मधेस प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले)का सांसद सरोजकुमार यादव नियुक्त भएका छन् ।

सोमबार बिहानै मधेसमा एमालेले बाटोमै मुख्यमन्त्री नियुक्त गराएर राजनीतिक ‘गेम’ आफनो पक्षमा पार्न सफल भएको छ । बिहान ४ बजे कामचलाउ मुख्यमन्त्री जितेन्द्र सोनललाई आफू बिरामी परेको र श्वास फेर्न गाह्रो भइरहेको भन्दै काठमाडौंतर्फ हिँडेकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले महोत्तरी र सिन्धुलीको सिमाना जंगलस्थित पानस कटेजमा एमाले दलका नेता यादवलाई नयाँ मुख्यमन्त्री चयन गरेकी छन् ।

प्रदेशको सबैभन्दा ठूलो दलको हैसियतमा नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको बताइएको छ । एमालेबाहेकका सात दलले शनिबार (कात्तिक २२) मुख्यमन्त्री सोनलको राजीनामापछि धारा १६८ को उपधारा २ अनुसार नै नयाँ सरकार बनाउनुपर्ने भन्दै प्रदर्शन गरिरहेका थिए ।

सोनलले विश्वासको मत सामना गर्नुपूर्व नै राजीनामा दिएकाले १६८ को ३ सक्रिय नहुने अरू दलको दाबी थियो । एमालेको बाटोमा नै मुख्यमन्त्री बनाउने खेलमा रिजवान अन्सारीको नेपाल संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पनि साथ छ ।

संघीय समाजवादीबाट विमला अन्सारी, राप्रपाकी कञ्चन विच्छा र एमालेबाट लखन दास बिनाविभागीय मन्त्री नियुक्त भएका छन् । उनीहरूले उक्त कटेजमै पद तथा गोपनीयताको शपथ लिएका छन् ।

भण्डारी एमाले कोटाबाट प्रदेश प्रमुख बनेकी हुन् । जसले गुन उनले बाटोमा नै मुख्यमन्त्री नियुक्त गरेर एमालेले तिरेकी छन् । प्रदेश प्रमुखको यो कदमको आलोचना भइरहेको छ।

यता राष्ट्रिय प्रजातन्त्र पार्टीले मधेश सरकारमा सहभागी मन्त्रीलाई तत्काल फिर्ता हुन निर्देशन दिएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारबाट फिर्ता नभए कारवाहीको चेतावनी दिएका छन् ।

एमालेका सरोज यादव मुख्यमन्त्री नियुक्त भएलगत्तै राप्रपा सांसद कन्चन बिच्छा मन्त्री नियुक्त भएकी थिइन् । अध्यक्ष लिङ्देनले यो प्रकरणलाई गम्भीररुपमा लिएको जनाएका छन् ।

उनको वक्तव्यमा भनिएको छ, ‘मधेश प्रदेश सरकारमा राप्रपाको सहभागिताप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।’ उनले थपेका छन्, ‘यो अनुशासनको गम्भीर उल्लंघन हो। राप्रपाका सदस्यलाई तत्काल सरकारबाट फिर्ता हुन निर्देशन छ। अन्यथा विधान बमोजिम कारबाही हुने जानकारी गराउँछु।’

यता जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेश प्रदेशलाई स्वायत्त घोषणा गर्नुपर्ने बताएका छन् । मधेश प्रदेशको मुख्यमन्त्रीमा सबैभन्दा ठूलो दलको हैसियतमा एमालेका सरोज कुमार यादव नियुक्त भएपछि डा. राउतको यो प्रतिक्रिया सार्वजनिक भएको हो ।

‘मधेश हाम्रो हो र यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छ’ भन्दै डा. राउतले अब ‘स्वायत्तताको आन्दोलन’को उदघोष जरूरी रहेको बताएका छन् । ‘नेपाली औपनिवेशिक शासनको अन्त्य गर्ने सही मौका यही हो,’ उनले फेसबुकमा लेखेका छन् ।

‘मधेश प्रदेश सभाको बैठकबाट मधेश प्रदेशको स्वाययत्ता घोषणा गरौं, आफ्नै प्रदेश प्रहरी र प्रशासनसहितको सरकार गठन गरौं । डराएर सदियौं नेपाली शासकको गुलामी गर्यौं, अब खुलेर बोलौं,’ उनले भनेका छन् ।

डा. राउतले मधेश प्रदेश सभाको बैठक सडकमा नै डाकेर भए पनि स्वायत्त घोषणा गर्न आह्वान गरेका छन् । उनले लेखेका छन्, ‘संविधानलाई धज्जी उडाउँदै नेपाली औपनिवेशक शासकले खटाएका प्रदेश प्रमुख, सभामुख, निर्वाचन आयोग र उनीहरूको अदालतले जे पनि गर्न मिल्छ, मधेशका पार्टीलाई छिन्नभिन्न पार्ने, पानस कटेजमा गएर सपथग्रहण गराउने, मधेश पक्षधर नेता, कार्यकर्ता र समर्थकमाथि प्रतिशोध साध्दै दमन गर्ने काम गर्छ भने हामीले मधेश प्रदेश सभाको बैठक सडकमा नै डाकेर भए पनि मधेश प्रदेशलाई स्वायत्त घोषणा गरौं ।’

उनले थप लेखेका छन्, ‘अहिलेको संघीय सरकार नै कुन संविधान अनुसार बनेको छ र ? आन्दोलनको माग बमोजिम बनेको छ । त्यसैले हामीले पनि मधेशी जनताको चाहना बमोजिम मधेश प्रदेश सभाको दुई तिहाइको सभासदको समर्थनमा मधेशलाई स्वायत्त घोषणा गर्न पक्कै मिल्छ ।’५४ प्रतिशत जनसंख्या भएको मधेश मुठ्ठीभर नेपाली शासकको जागिर होइन’ भन्दै राउतले भनेका छन्, ‘मधेश हाम्रो हो र यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छ ।’

उनी भन्छन्, ‘सिंहदरबारबाट पठाइएका प्रदेश प्रमुख, सभामुख, निर्वाचन आयुक्त, अख्तियार, प्रहरी, सचिवसहितका कर्मचारी लगाएर ५४ प्रतिशत जनसंख्या भएको मधेशलाई एक हुन नदिने, छिन्नभिन्न गरिराख्ने, दमन गरिराख्ने र सधैं गुलाम बनाइराख्ने षड्यन्त्रविरुद्ध पूर्ण स्वायत्तताको आन्दोलनको उदघोष जरूरी छ । नेपाली औपनिवेशिक शासनको अन्त्य गर्ने सही मौका यही हो ।’

यता मधेश प्रदेशमा निवर्तमान मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले मधेशका जनतामा माथि प्रदेश प्रमुखले धोका दिएको प्रतिक्रिया दिएका छन् । फेसबुकमा सानो भिडियो क्लिप राख्दै भनेका छन्, ‘मधेश प्रदेशको जनतासँग धोका भयो । स्वास्थ्य उपचारका नाममा निस्केकी मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिन्धुली र महोत्तरीको सिमानाको एउटा होटेलमा प्रदेशको अस्मिता समाप्त पार्ने खेल गरिन् । एक त महिला अर्को स्वास्थ्यको कुरा गरिन् ।’

उपचारका लागि काठमाडौँ जाने भन्दै सोमबार बिहान सोनलले नै प्रदेश प्रमुख भण्डारीलाई बिदाइ गरेका थिए । नेकपा माओवादी केन्द्रका दुई सांसदको असन्तुष्टिका कारण २५ दिनमै मुख्यमन्त्रीबाट राजीनामा दिएका मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलको दल लोकतान्त्रिक समाजवादी पार्टी नेपाल सहित अरु दलले फेरि पनि धारा १६२ को उपधारा २ अनुसार सरकार बनाउन माग गरेका थिए ।

आइतबार नेपाली कांग्रेस पनि यही उपधारामा सरकार बनाउन आग्रह गर्दै साना दलहरुसँग सहभागी भएर प्रदेश प्रमुखकहाँ गएको थियो ।आइतबार उनीहरुले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई लिखितरुपमा उपधारा २ मा टेकेर सरकार बनाउन ध्यानाकर्षण गराएका थिए ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top