×

NEPAL TIMES UPDATES

Playing
सीमा नाघेर गतिविधि नगर्न देउवा पक्षलाई गगनको चेता*वनी, पूर्णबहादुरको काउन्टर|| Nepal Times
Apr 14, 2026
Playing
एमसीसी र बीआरआईको सन्तुलन नमिलाए बालेन सरकारलाई कठिन || Nepal Times
Apr 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-01-2083 || Nepal Times
Apr 14, 2026
Playing
‘नेपाललाई बफर स्टेट होइन, भाइब्रेन्ट ब्रिज बनाउने’ भारतसँग जलमार्ग, चीनको बन्दरगाह उपयोग
Apr 14, 2026
Playing
F– 35, MV–22, USS Tripoliले घेरियो होर्मुज, साउदी किन बेचैन ? || Nepal Times
Apr 14, 2026
Playing
मन्त्री सस्मितको सम्पत्ति र बाबुको विगत || Nepal Times
Apr 14, 2026
Playing
इ*रानलाई आत्मस*र्मपण गराउन नाकाब*न्दी|| Nepal Times
Apr 14, 2026
Playing
World News: आज Israel–Lebanonबीच दुर्लभ वार्ता, चिनियाँ ट्यांकर होर्मुज पार || Nepal Times
Apr 14, 2026
Playing
पर्यटनको ‘भर्जिन गन्तव्य’ कर्णाली : कहाँ घुम्ने, कसरी पुग्ने ? || Nepal Times
Apr 14, 2026
Playing
अब विश्वास पात्र महासचिवले नै ओलीलाई बिदाइ गर्ने ? || Nepal Times
Apr 14, 2026

फागुन २१ को चुनाव सर्न सक्छ, विश्वप्रकाशले खुलाए कारण

९ मंसिर २०८२

८ मंसिर , काठमाण्डौ ।

नेपाली कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले फागुनमा हुने भनिएको चुनाव र यससंग जोडिएका पार्टीका निर्णयहरुका बारेमा नयाँ खुलासा गरेका छन्। विश्वप्रकाश शर्माले फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचन नै सर्न सक्ने बताएका छन् ।

Advertisement
Advertisement

यसमा २ कारण उनले दिएका छन् । आज इलाममा पुगेर नेता कार्यकर्तालाई सम्बोधन गर्दै उनले २ कारणले चुनाव केही पछि सर्न सक्ने बताएका हुन् । शर्माले पहिलो कारण निर्वाचनका लागि शान्तिपूर्ण वातावरण बनिनसकेको र चुनाव तोकिएको समयमा हिमाली क्षेत्रको मौसम प्रतिकूल हुने स्पष्ट पारेका छन् ।

’समानुपातिकको सूची बुझाउने मिति या फागुन २१ कै चुनाव पनि केही पछि सर्न सक्छ। शान्तिपूर्ण वातावरण बन्नुपर्ने आवश्यकता र हिमाली क्षेत्रको मौसमी प्रतिकुलता दृस्टिगत गरेर थोरै पछि सर्नसक्ने सम्भावनालाई राजनैतिक सहमतिमार्फत हल खोज्नु उत्तम,’ शर्माले भने ।

त्यस्तै शर्माले पार्टीको विशेष महाधिवेशन र महाधिवेशनको विषयमा पनि नेताहरूलाई सम्बोधन गरेका छन् । उनले पार्टीको महाधिवेशनका लागि पनि २ विकल्प रहेको भन्दै अझै पनि विशेष महाधिवेशन सम्भव भएको तर यसका लागि सबै एक भएर लाग्नुपर्ने बताएका छन् ।

’पहिलो विकल्प– पुस अन्तिम साताका लागि नियमित महाधिवेशन गर्नेगरी अबको बैठकबाट कार्यतालिका निर्माण गर्ने,’ उनले भने, ’महाधिवेशन तयारी क्रममा केहिदिन समय नपुग्नसक्ने अवस्था देखिए, थप १५ दिन समय लिएर महाधिवेशन सम्पन्न गर्ने।’

त्यस्तै उनले दोस्रो विकल्पको रुपमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको विशेष महाधिवेशनको मागलाई सम्बोधन नगरी पार्टी अघि बढ्न नसक्ने पनि बताएका छन् ।

’दोस्रो विकल्प– पार्टीका आदरणीय सभापतिज्युले देशको परिस्थिति, पार्टीको अवस्था र समयको चाप बुझेर ’सुवर्ण शमशेर पथझ पछ्याउन सक्नुहुन्छ, भन्ने मलाई लाग्छ। त्यो भनेको ०१४ सालमा झैं स्वयं सभापतिले मार्गप्रशस्त गर्ने,’ उनले भने, ’त्यसले एकातर्फ पार्टीले निकास प्राप्त गर्छ, अर्कोतर्फ उहाँको सम्मान र अभिभावकत्वको भुमिकाले उचाई पाउनेछ। ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरलाई सम्बोधन नगरी पार्टी अघि जान सक्दैन। तब ०८२ मंसिर मसान्तमा विशेष महाधिवेशन, ०८३ मंसिरमा नियमित महाधिवेशन गर्न सकिनेछ।’

यता अर्का महामन्त्री गनगकुमार थापाले आगामी निर्वाचनमा सभापति शेरबहादुर देउवाको हस्ताक्षरमा टिकट वितरण नहुने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले पार्टीका नेताहरूले वर्तमान सभापतिकै हस्ताक्षरमा चुनाव लड्ने हो? भनेर सोधिरहेको भन्दै उनले यो नहुने बताएका हुन् ।

थापाले विधान बमोजिम विशेष महाधिवेशन हुने र उक्त महाधिवेशनबाट नयाँ सभापति निर्वाचित हुने बताए । टिकटमा तीनै नयाँ सभापतिको हस्ताक्षर हुने पनि थापाको भनाइ छ ।

’बिहानदेखि धेरै साथीहरूले सोधिरहनुभएको छ ‘पार्टीले वर्तमान सभापतिज्यूकै हस्ताक्षरमा चुनाव लड्ने भएको हो? मैले भने– होइन,’ उनले भने, ’साथीहरूले फेरी सोध्नुभयो कसरी? मैले भनेँ, प्रष्ट छ– अब विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ। त्यहीँबाट नयाँ सभापतिको निर्वाचन हुन्छ। नयाँ सभापतिको हस्ताक्षरसहित निर्णय सच्चिएर निर्वाचन आयोगमा जान्छ। नयाँ नीति र नेतृत्वसहित त्यही हस्ताक्षरमा पार्टी चुनाव लड्छ।’

फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ। उनले यसै कारणका लागि आफूले निर्वाचनअघि महाधिवेशन हुनुपर्छ भन्दै आएको पनि स्पष्ट पारेका छन्। थापाले विशेष महाधिवेशनको विकल्प नभएको भन्दै अलमलमा नपर्न पनि आग्रह गरे ।

’यही कारण हो हामीले निर्वाचन अगाडि नै महाधिवेशन भनेको। अब विशेष महाधिवेशनको विकल्प छैन। कुरा स्पष्ट छ, अलमलमा नपरौं’ उनले भनेका छन् । कांग्रेसमा विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने विषयमा सहमति जुट्न सकेको छैन ।

यसैबीच सभापति शेरबहादुर देउवानिकट २७ जना केन्द्रीय सदस्यहरूले विशेष महाधिवेशन माग गरेका नेताहरूसँग आज छलफल गरेका छन् । केन्द्रीय सदस्य आङगेलु शेर्पाले विशेष महाधिवेशन माग गर्न अगुवाइ गरेका नेताहरू देवराज चालिसे, गुरूराज घिमिरे, बलदेव तिमल्सिना लगायतसँग ४ घन्टा कुराकानी गरिएको जानकारी दिए ।

सभापति शेरबहादुर देउवा पक्षका केन्द्रीय सदस्यहरू राजेन्द्रकुमार केसी, भरतकुमार शाह, अर्जुनप्रसाद जोशी, पुष्पा भुसाल, कर्णबहादुर बुढा, गणेश लामा, आङगेलु शेर्पा, डिला संग्रौला, उदयशम्शेर राणा, नानु बास्तोला, धना खतिवडा, अब्दुल रज्जाक, देवेन्द्रराज कँडेल, योगेन्द्र चौधरी, गोपाल दहित, बहादुर सिंह लामा, दिलमान पाख्रिन, अब्दुल सत्तार, मोहन आचार्य, अमृत अर्याल, जिपछिरिङ लामा, रामजनम चौधरी, चम्पादेवी खड्का, नारायणबहादुर कार्की, चीनकाजी श्रेष्ठ, तारामान गुरूङ, जानकी सिंह चुनावअघि महाधिवेशनका पक्षमा छन् ।

छलफलमा विशेष महाधिवेशन पक्षधरहरूले अब नियमित महाधिवेशन सम्भव नरहेको भन्दै विशेष महाधिवेशनका लागि सहयोग माग गरेका थिए । ‘हामीले पहिलो प्राथमिकता नियमित महाधिवेशन नै राखेका छौं, चुनावअघि महाधिवेशन गर्नुपर्छ भन्यौं,’ शेर्पाले भने, ‘नियमित महाधिवेशन कार्यतालिका ल्याउन आग्रह गर्दै सभापति, कार्यवाहक सभापति, दुवै महामन्त्री र नेता शेखर कोइरालालाई भेटेर कुराकानी पनि गरिसकेका छौं।’

नियमित महाधिवेशन गर्दा पार्टीका ७ तहको अधिवेशन हुने र सबै तहका कार्यसमिति चलायमान हुने पनि उनले बताए। साथै जेनजी पुस्तालाई पनि समेट्न सकिने नियमित महाधिवेशन पक्षधरहरूको कुरा थियो ।

कांग्रेस केन्द्रीय समिति बैठक मंसिर ११ गते बस्दैछ। आमचुनावमा जाने निर्णय गरेको कांग्रेसले चुनावअघि महाधिवेशनबारे भने अहिलेसम्म निर्णय लिएको छैन। पार्टीभित्र चुनावअघि महाधिवेशन कि पछि भन्नेमा मतभेद छ भने नियमित कि विशेष महाधिवेशन गर्ने भन्ने पनि अन्यौल छ ।

पुसभित्र नियमित महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउने र त्यो अवधिमा विभिन्न बाहनामा महाधिवेशन सार्न हो कि भन्ने आशंका विशेष महाधिवेशन पक्षधरका नेताहरूको छ ।

विशेष महाधिवेशन पक्षधरले गत असोज २९ गते ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहित विशेष महाधिवेशन माग गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएका थिए । विधानअनुसार तीन महिनाभित्र विशेष महाधिवेशन आयोजना गर्नुपर्ने हुन्छ ।

Advertisement

विशेष महाधिवेशन पक्षधरले भने अब नियमित महाधिवेशनको चर्चा पनि नगर्ने भन्दै विशेष महाधिवेशन प्रक्रिया सुरू गर्न र महाधिवेशन मिति तथा स्थान तोक्न माग गरेका थिए । उनीहरूले मंसिर १० गते काठमाडौंमा भेलासमेत राखेका छन् ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top