×

NEPAL TIMES UPDATES

Playing
F– 35, MV–22, USS Tripoliले घेरियो होर्मुज, साउदी किन बेचैन ? || Nepal Times
Apr 14, 2026
Playing
मन्त्री सस्मितको सम्पत्ति र बाबुको विगत || Nepal Times
Apr 14, 2026
Playing
इ*रानलाई आत्मस*र्मपण गराउन नाकाब*न्दी|| Nepal Times
Apr 14, 2026
Playing
World News: आज Israel–Lebanonबीच दुर्लभ वार्ता, चिनियाँ ट्यांकर होर्मुज पार || Nepal Times
Apr 14, 2026
Playing
पर्यटनको ‘भर्जिन गन्तव्य’ कर्णाली : कहाँ घुम्ने, कसरी पुग्ने ? || Nepal Times
Apr 14, 2026
Playing
अब विश्वास पात्र महासचिवले नै ओलीलाई बिदाइ गर्ने ? || Nepal Times
Apr 14, 2026
Playing
२०८२ लाई फर्केर हेर्दा,परिवर्तनको संकेत बोकेको वर्ष २०८२ #genz #nepal #newyear|| Nepal Times
Apr 14, 2026
Playing
प्रहरी मारिएकोदेखि न्यायालय जलाइएको वर्ष २०८२ || Nepal Times
Apr 14, 2026
Playing
Top 15 Afternoon News || April-14-2026 || Nepal Times
Apr 14, 2026
Playing
इरानी सेनाको समर्थनमा सडकमा उत्रिए जनता, पुटिनले दिए साथ || Nepal Times
Apr 14, 2026

एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

१३ मंसिर २०८२

१२ मंसिर, काठमाण्डौ ।

काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज पनि दुई खेल हुँदै छन् । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रंगशालामा पहिलो खेल ११ः४५ चितवन राइनोज र काठमान्डू गोर्खाज तथा दोस्रो खेल दिउँसो ४ः०० कर्णाली याक्स र विराटनगर किङ्सबीच हुनेछ ।

Advertisement
Advertisement

चितवन चार अंकका साथ अंक तालिकाको तेस्रो स्थानमा छ भने काठमान्डूले खेलमा दुई अंक मात्र बटुलेको छ । तीन खेलबाट दुई अंक जोडेको कर्णालीलाई प्लेअफको यात्रालाई कायम राख्न आज जित्नैपर्ने दबाब छ ।

अंक तालिकाको दोस्रो स्थानमा रहेको विराटनगरले चार खेलबाट ६ अंक जोडेको छ । आजको खेल जितेमा उसको प्लेअफको यात्रा सहज हुनेछ । सुदूरपश्चिम भने ४ खेलबाट ८ अंक जोडेर हाल शीर्ष स्थानमा आसिन छ ।

लिग चरणमा बाँकी तीनमध्ये एक खेल मात्र जित्दा पनि सुदूरपश्चिम प्लेअफ पुग्नेछ । यदि अन्य टिमहरुको नतिजा आफू अनुकल आउने हो भने सुदूरपश्चिम अहिलेकै स्थितिमा पनि प्लेअफ पुग्न सक्छ ।

सुदूर अहिलेसम्मको एक मात्रै अपराजित टिम हो । बिहीबार लुम्बिनी लायन्सलाई पराजित गर्दै सुदूरपश्चिमले प्लेअफमा एक खुड्किलो राखिसकेको छ । यस सिजन सुदूरपश्चिमले पहिलो खेलमा पोखरा एभेन्जर्सलाई पराजित गर्दै यात्रा सुरु गरेको थियो ।

त्यसपछि काठमान्डु गोर्खाज र कर्णाली याक्सलाई पराजित गरेको थियो । अब सुदूरपश्चिमले जनकपुर बोल्ट्स, चितवन राइनोज र विराटनगर किंग्ससँग खेल्न बाँकी छ । सुदूरपश्चिमको भन्दा बिल्कुल फरक छ साविक विजेता जनकपुरको दोस्रो संस्करणको यात्रा ।

पहिलो संस्करणको च्याम्पियन जनकपुरले दोस्रो संस्करणमा एउटै लक्ष्य राखेको थियो उपाधि जोगाउने । तर दोस्रो संस्कणरमा जनकपुरले लगातार तीन हार बेहोरिसकेको छ ।

पहिलो खेलमै काठमान्डु गोर्खाजसँग पराजित हुँदै उपाधि रक्षा अभियान थालेको जनकपुरले लगातार तेस्रो खेलमा हार बेहोरेपछि प्लेअफको सम्भावना समेत कमजोर बनिसकेको छ ।

दोस्रो खेलमा विराटनगर किङ्ससँग पराजित भएको जनकपुर बिहीबार पोखरा एभेन्जर्ससँग पराजित भयो । प्लेअफमा पुग्ने सम्भावना कायम राख्न जनकपुरले अब बाँकी रहेको चारवटै खेल जित्नुपर्ने बाध्यता छ ।

अब एक हारले पनि जनकपुर लिग चरणबाटै बाहिरिन सक्छ । बिहीबारको पहिलो खेलमा सुदूरपश्चिमले लगातार चौथो जित निकाल्दा लुम्बिनी लायन्सले भने लगातार तेस्रो हार बेहो¥यो ।

पहिलो खेलमा चितवन राइनोजलाई हराएको लुम्बिनी कर्णाली याक्स, काठमान्डु गोर्खाज र आज सुदूरपश्चिमसँग पराजित भएको हो । लुम्बिनीलाई पनि अब बाँकी ३ खेलमा शतप्रतिशत जित आवश्यक हुनेछ ।

कप्तान रोहित पौडेलले धेरै कुराहरूमा सुधार आवश्यक रहेको बताउँदै अझै पनि ३ खेल बाँकी रहेको र कमब्याक गर्न सक्ने विश्वास राखेको उल्लेख गरे । उता पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्स दुवै यस खेल खेल्नुअघिसम्म जितविहीन थिए ।

पोखराले हारको शृंखला तोड्यो भने जनकपुर अझै जितविहीन नै छ । अंकतालिकामा हाल सुदूरपश्चिम ४ खेलमा ४ जितसहित ८ अंक जोडेर शीर्षस्थानमा छ भने विराटनगर किङ्स ४ खेलमा ६ अंकसहित दोस्रो र चितवन राइनोज ३ खेलमा ४ अंकसहित तेस्रो स्थानमा छ ।

समान २ अंक भएका काठमान्डु गोर्खाज, कर्णाली याक्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स चौथो, पाँचौं, छैटौं र सातौं स्थानमा छन् । ३ खेलमा अंकविहीन जनकपुर पुछारमा छ ।

Advertisement

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top