×

NEPAL TIMES UPDATES

Playing
F– 35, MV–22, USS Tripoliले घेरियो होर्मुज, साउदी किन बेचैन ? || Nepal Times
Apr 14, 2026
Playing
मन्त्री सस्मितको सम्पत्ति र बाबुको विगत || Nepal Times
Apr 14, 2026
Playing
इ*रानलाई आत्मस*र्मपण गराउन नाकाब*न्दी|| Nepal Times
Apr 14, 2026
Playing
World News: आज Israel–Lebanonबीच दुर्लभ वार्ता, चिनियाँ ट्यांकर होर्मुज पार || Nepal Times
Apr 14, 2026
Playing
पर्यटनको ‘भर्जिन गन्तव्य’ कर्णाली : कहाँ घुम्ने, कसरी पुग्ने ? || Nepal Times
Apr 14, 2026
Playing
अब विश्वास पात्र महासचिवले नै ओलीलाई बिदाइ गर्ने ? || Nepal Times
Apr 14, 2026
Playing
२०८२ लाई फर्केर हेर्दा,परिवर्तनको संकेत बोकेको वर्ष २०८२ #genz #nepal #newyear|| Nepal Times
Apr 14, 2026
Playing
प्रहरी मारिएकोदेखि न्यायालय जलाइएको वर्ष २०८२ || Nepal Times
Apr 14, 2026
Playing
Top 15 Afternoon News || April-14-2026 || Nepal Times
Apr 14, 2026
Playing
इरानी सेनाको समर्थनमा सडकमा उत्रिए जनता, पुटिनले दिए साथ || Nepal Times
Apr 14, 2026

जेल भित्रै हराए इमरान खान ?२४ दिनदेखि कसैले देखेका छैनन्

१३ मंसिर २०८२

१२ मंसिर, काठमाण्डौ ।

जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको अवस्थालाई लिएर विभिन्न अड्कालबाजीका खबरहरु आइरहेका छन् । उनी जिवितै नरहेको सम्मका खबरहरुका बीच इमरानका छोरा कासिम खानले समेत आफ्ना बाबु जिवित रहनु भएको कुनै प्रमाण आफूहरुसँग नरहेको बताएका छन् ।

Advertisement
Advertisement

बुवाको सुरक्षालाई लिएर इन्स्टाग्राममा एक पोस्टमा उनले लेखेका छन्, ’मेरो बुवा ८४५ दिनदेखि जेलमा हुनुहुन्छ । विगत छ हप्तादेखि उहाँलाई मृत्युदण्ड कक्षमा एकान्त कारावासमा राखिएको छ । यसमा कुनै पारदर्शिता छैन ।

अदालतको स्पष्ट आदेशको बावजुद उहाँका दिदीबहिनीहरूलाई कुनै पनि सम्पर्कमा पहुँच दिन अस्वीकार गरिएको छ । कुनै फोन कल छैन, कुनै भेटघाट छैन र उहाँ जीवित हुनुहुन्छ भन्ने कुनै प्रमाण छैन । मेरो भाइ र मेरो बुवासँग कुनै सम्पर्क भएको छैन ।

पाकिस्तान सरकारले यसबारे जवाफ दिनुपर्ने उनको माग छ । ’यो पूर्ण ब्ल्याकआउट कुनै सुरक्षा प्रोटोकल होइन । यो उहाँको अवस्था लुकाउने र हाम्रो परिवारलाई उहाँ सुरक्षित हुनुहुन्छ कि हुनुहुन्न भनेर थाहा पाउनबाट रोक्ने जानाजानी गरिएको प्रयास हो । पाकिस्तानी सरकार मेरो बुवाको सुरक्षा र यस अमानवीय एकान्त कारावासको सबै परिणामहरूको लागि नैतिक र अन्तर्राष्ट्रिय रूपमा पूर्ण रूपमा जवाफदेही हुनेछ,’ कासिमले भनेका छन् ।

उनले थप भनेका छन्, ’म अन्तर्राष्ट्रिय समुदाय, विश्वव्यापी मानवअधिकार संगठनहरू र प्रत्येक लोकतान्त्रिक आवाजलाई तुरुन्तै हस्तक्षेप गर्न अपील गर्दछु । उहाँ जीवित हुनुहुन्छ भन्ने प्रमाण माग गर्नुहोस्, अदालतको आदेश पुनस्र्थापित गर्नुहोस्, यो अमानवीय एकान्त कारावास अन्त्य गर्नुहोस् र पाकिस्तानको सबैभन्दा लोकप्रिय नेताको रिहाइको माग गर्नुहोस्, जसलाई केवल राजनीतिक कारणले जेलमा राखिएको छ ।’

गत बुधबारदेखि पाकिस्तानी सामाजिक सञ्जालमा पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का नेता तथा देशका पूर्व प्रधानमन्त्री इमरान खानको बारेमा विभिन्न समाचारहरू प्रसारित भइरहेका छन् ।

बुधबार साँझ धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले इमरानलाई रावलपिंडीको आदियाला जेलबाट स्थानान्तरण गरिएको शंका व्यक्त गरे र उनको स्वास्थ्यको बारेमा पनि प्रश्न उठाइयो ।

पूर्व प्रधानमन्त्री खान दुई वर्षभन्दा बढी समयदेखि रावलपिंडीको अदियाला जेलमा कैद छन् । उनलाई १९ करोड पाउण्ड लगभग २००० करोड रुपैयाँ भ्रष्टाचारको मुद्दामा अदालतले सजाय सुनाएको छ ।

यसैबीच, सामाजिक सञ्जालमा इमरानको बारेमा हल्ला चलिरहेको बेला रावलपिंडीको आदियाला जेलका अधिकारीहरूले उनी पूर्ण रूपमा स्वस्थ रहेको बताएका छन् । बीबीसीसँग कुरा गर्दै आदियाला जेलका अधिकारीहरूले इमरान पूर्ण रूपमा स्वस्थ रहेको र जेल नियमहरू साथै अदालतको निर्देशन अनुसार सबै सुविधाहरू प्रदान गरिएको बताएका छन् ।

अर्कोतर्फ, इमरान खानकी बहिनी अलिमा खानले आफ्नो दाइको बारेमा सबै हल्लाहरूलाई पूर्ण रूपमा अस्वीकार गरेकी छिन् ।जेलमा परेका इमरानको बारेमा विभिन्न अफवाह फैलाइएको यो पहिलो पटक होइन ।

तर, यसपटक पीटीआईका संस्थापक इमरान खानको परिवारलाई विगत तीन हप्तादेखि भेट्न अनुमति नदिएको खबरले हल्लालाई बढावा दिएको हो । यस महिना इमरानका परिवारका सदस्यहरू र उनको पार्टीसँग सम्बन्धित नेताहरूलाई उनीसँग भेट्न अनुमति दिइएको थिएन ।

सामाजिक सञ्जाल साइट एक्समा पीटीआई समर्थक र प्रयोगकर्ताहरूले इमरान खान कहाँ छन् र किन उनलाई भेट्न दिइँदैन भनेर सोधिरहेका छन् ।इमरानको परिवार र अन्य पार्टीका नेताहरूले जेल अधिकारीहरूले विगत केही हप्तादेखि उनलाई भेट्न अनुमति नदिएको बताएका छन् ।

इमरानको परिवार र पीटीआई नेताहरूले पनि आदियाला जेल बाहिर विरोध प्रदर्शन गरेका छन् । अदियाला जेलमा हप्ताको एक दिन कैदीहरूलाई भेट्नको लागि तोकिएको छ ।

यस दिन इमरानलाई भेट्न अदियाला जेल बाहिर ठूलो संख्यामा पीटीआई कार्यकर्ताहरू भेला भएका थिए, तर जेल प्रशासनले उनीहरूलाई भेट्न अनुमति दिएन ।गत बुधबार आदियाला जेल बाहिर ठूलो संख्यामा पीटीआई कार्यकर्ताहरू उपस्थित थिए ।

सामाजिक सञ्जालमा प्रसारित भिडिओहरूमा पीटीआई कार्यकर्ता र नेताहरूले जेल बाहिर नारा लगाउँदै गरेको देखिन्छ । जेल बाहिर मिडियासँग कुरा गर्दै पीटीआई नेता शौकत बसराले भने, ’जेल अधिकारीहरूले उनलाई (इमरान खान) अदियालाबाट अन्यत्र सारेको आशंका छ ।’

यता पाकिस्तानी प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार राणा सनाउल्लाह तथा पीटीआईका वरिष्ठ नेताहरूले भने पूर्वप्रधानमन्त्री इमरान खानको स्वास्थ्यबारे फैलिएका अनलाइन अटकलबाजी पूर्ण रूपमा गलत रहेको बताउँदै उनी ‘पूर्ण रूपमा ठिक रहेको बताएका छन् ।

उनको स्वास्थ्य बिग्रिएको दाबीहरूलाई डनसँग कुरा गर्दै दुवै पक्षले अस्वीकार गरेका हुन् । यद्यपि, पिटिआई नेतृत्वले परिवारका सदस्य र कानूनी सल्लाहकारलाई तीन हप्ताभन्दा बढी समयदेखि भेट्न नदिइएका कारण चिन्ता बढिरहेको बताउँदै अदियाला जेलमा रहेका पार्टी संस्थापकसँग भेटका लागि अनुरोध नवीकरण गरेको छ।

एआरवाई न्युजसँग कुरा गर्दै प्रधानमन्त्रीका सल्लाहकार सनाउल्लाहले इमरानको स्वास्थ्यबारे जनाइएको चिन्ता निराधार भएको बताए । उनका अनुसार चिकित्सकहरूको टोलीले दैनिक तथा साप्ताहिक रूपमा स्वास्थ्य परीक्षण गर्दै औषधि, आहार तथा आवश्यक सुविधाहरू व्यवस्थापन गरिरहेको छ ।

उनले इमरान अदियाला जेलमै रहेको र स्थानान्तरणबारेका खबर गलत भएको स्पष्ट पारेका छन् । पीटीआईका वरिष्ठ नेता तथा सिनेटर अली जफरले डन न्युज टिभीमा बोल्दै यी दाबीहरू आधारहिन भएको बताए ।

उनले नेतृत्वले तुरुन्तै भेटको व्यवस्था मिलाइनुपर्ने जोड दिँदै इमरानलाई प्रत्यक्ष भेटेर मात्रै आम जनतालाई आश्वस्त गर्न सकिने बताए । पीटीआईले यो मुद्दा सिनेटमा समेत उठाएको र गृहराज्यमन्त्री तलाल चौधरीलाई भेटको अनुमति दिन आग्रह गरिएको पनि बताइएको छ ।

यता परिवारका सदस्यहरूले इमरानको उमेर र सुरक्षा परिस्थितिको संवेदनशीलताबारे चिन्ता जनाइरहेका छन् । अर्काेतर्फ पाकिस्तानको पञ्जाब प्रान्तको सरकारले भने इमरानलाई रावलपिंडीको अदियाला जेलबाट सारिएको भन्ने रिपोर्टको खण्डन गरेको छ ।

पञ्जाबका सूचना मन्त्री अजमा बुखारीले इमरान पूर्ण रूपमा ठीक भएको र उनलाई जेलबाट अर्को ठाउँमा सार्ने दाबी बकवास भएको बताइन् । सूचनामन्त्रीले थपिन्, ’इमरान खानले जेलमा सबै सुविधाहरू पाइरहेका छन् र डाक्टरहरूले उनको नियमित स्वास्थ्य जाँच गरिरहेका छन् ।’

पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई)का नेताहरूले जेलमा बन्दी बनाइएका इमरान खानसित भेट्न माग गरेका छन् । पीटीआई नेताहरूले इमरान खानलाई तीन हप्तादेखि उनको परिवार र कानुन व्यवसायीहरूसित भेट्न नदिइएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

सरकारले कसैलाई पनि भेट्न नदिइएकाले उनीहरू खानको व्यक्तिगत र स्वास्थ्य अवस्थाको बारेमा चिन्तित भएको समाचारमा उल्लेख छ । इमरानको पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) पार्टीका प्रवक्ता जुल्फिकार बुखारीले ४ नोभेम्बरपछि कसैले इमरान खानलाई नदेखेको बताएका छन् ।

खानसित किन भेट्न नदिइएको भन्ने बारेमा पनि कुनै जानकारी नदिएको उनले बताए । उनले खानको परिवारलाई चाँडो भेट्न दिनुपर्ने माग गरेका छन् । इमरान सन् २०१८ मा पाकिस्तानको प्रधानमन्त्री बनेका थिए ।

सन् २०२२ मा सेनासित सम्बन्ध बिग्रेपछि सदनमा मतदानबाट उनलाई प्रधानमन्त्री पदबाट हटाइएको थियो । भ्रष्टाचारको एक मामलामा उनलाई १४ वर्षको जेल सजाय सुनाइएका कारण उनी अगस्ट २०२३ देखि जेलमा छन् ।

उनलाई राजनीतिबाट टाढा राख्न सेनाले उनमाथि दर्जनौं मुद्दा लगाएको इमरानको दाबी छ । सेनाले यी आरोपहरूलाई अस्वीकार गर्दै आएको छ । २४ करोड जनसंख्या भएको इस्लामी देश पाकिस्तानमा सेनाको सरकार बनाउने वा ढाल्ने मुख्य भूमिका रहेको छ । पछिल्लो समय सेना प्रमुखलाई झनै शक्तिशाली बनाइएको छ ।

Advertisement

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top