×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

आज पोखरा र लुम्बिनी तथा जनकपुर र सुदूरपश्चिम आमनेसामने हुदै

१४ मंसिर २०८२

१३ मंसिर, काठमाण्डौ ।

नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदै छन् । आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स भिड्दै छन् । दुवै टिमलाई प्लेअफ सम्भावना कायम राख्न जितको दबाब छ ।

Advertisement
Advertisement

प्रतियोगितामा तीन खेल खेलेको पोखरा दुई अंकसहित तालिकको छैटौँ स्थानमा छ । चार खेलबाट दुई अंक नै जोडेको लुम्बिनी लायन्स तालिकाको सातौँ स्थानमा छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आजको पहिलो खेल बिहान ११ः१५ बजेदेखि सुरु हुनेछ ।

यसै गरी दोस्रो खेलमा भने साविक विजेता जनकपुर बोल्ट्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुदैछन् । दोस्रो संस्करणमा सुदूरपश्चिम आठ अंकसहित तालिकाको शीर्ष स्थानमा छ ।

सुदूरपश्चिमले आफ्नो चार खेलमध्ये चारै खेलमा जित निकालेको छ । तालिकाको पुछारमा रहेको जनकपुर भने जितविहीन छ । यस अघिका तिन खेलमा हार ब्याहोरेको जनकपुर निकै दवावमा छ ।

दोस्रो खेल आज अपराह्न ३ः३० बजेदेखि सुरु हुनेछ । यसै विच संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज मलेसियासँग खेल्दैछ ।

आजको खेल अजमान मैदानमा बिहान ९ बजेदेखि सुरू हुनेछ । नेपाल समूह ‘ए’ को र मलेसिया समूह ‘डी’ को विजेताका रूपमा सेमिफाइनलमा पुगेका हुन् । समूह चरणको खेलमा नेपालले लगातार दुई जीत हात पार्दै सेमिफाइनलको यात्रा सुरक्षित गरेको छ ।

नेपालले आफ्नो पहिलो खेलमा साउदी अरेबियालाई आठ विकेटले र दोस्रो खेलमा हङ्कङलाई एक सय १९ रनको फराकिलो अन्तरले हराएको थियो । चौध टोलीको सहभागिता रहेको यो प्रतियोगिताबाट तीनवटा टोली आगामी एसीसी यू–१९ एसिया कपमा छनोट हुने जनाएको छ ।

Advertisement
Advertisement

प्रतियोगिताको फाइनलमा पुग्ने दुबै टोली सिधै आगामी एसीसी यू–१९ एसिया कपमा छनोट हुनेछन् । यू–१९ एसिया कप आगामी डिसेम्बरमा यूएईमै हुँदैछ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top