×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

ओलीले भने, सुशीलाहरु बुख्याचा, सिंहदरबारमा बस्नै मिल्दैन,लोगोमा धरहरा

१५ मंसिर २०८२

१४ मंसिर , काठमाण्डौ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीसहितलाई ’बुख्याचा’को संज्ञा दिएका छन् । आइतबार पार्टीको ११औं महाधिवेशनको लोगो सार्वजनिक गर्दै वर्तमान सरकारमा रहेकाहरूलाई बुख्याँचाको संज्ञा दिएका हुन् ।

Advertisement
Advertisement

उनले भदौ २४ गते प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट आफू भागेको स्मरण गर्दै निर्वाचितहरू लखेटिनुपर्ने र अनिर्वाचितहरू सिंहदरबारमा बस्नुपर्ने? भन्दै प्रश्न गरेका हुन् । ’निर्वाचितहरू लखेटिनुपर्ने अनि अनिर्वाचित बुख्याचाहरू, सब्जीबारीमा त ठिकै थियो, सिंहदरबारमा बुख्याचा? मिल्छ यो?’ ओलीले प्रश्न गरे ।

ओलीले सिंहदरबार जनप्रतिनिधि बस्ने ठाउँ भएको पनि बताए । त्यस्तै उनले पार्टीमा डेमोक्रेसी नभएको भन्दै टिप्पणी गर्नेहरूप्रति कटाक्ष गरे । ’सर्वसम्मतिका नाममा सेन्टिमेन्टल काम हुँदैन। रोक्ने सोक्ने काम हुँदैन प्रतिस्पर्धा हुन्छ । एमालेमा डेमोक्रेसी छैन– चुनावै लडेन कसैलाई चुनाव लड्न दिएन भन्दै गर्लान्,’ ओलीले भने, ’नदिइएको होइन । मेरो आग्रह छ– एकताबद्ध भएर जाऔं, एकअर्कामा टिकाटिप्पणी गर्ने खुइल्याउने, होच्याउने, अपमान गर्ने जस्ता काम किन गर्ने?’

उनले पार्टी पुनर्गठन, हस्तान्तरण र पुस्तान्तरण आवश्यकता अनुसार हुने पनि बताए । ओलीले जति बेला पनि नेतृत्व हस्तान्तरणको कुरा उचित नहुने तर्क पनि गरे । ११ औँ महाधिवेशनमा सहमतिको आधारमा नेतृत्व चयन गरेर जान सुझावसमेत दिए ।

एमाले र आफू आन्तरिक लोकतन्त्रको विपक्षमा नभएको भन्दै सहमतिको आधारमा दाबी पद छाड्न सुझाव दिए । उनले देशभर महाधिवेशन प्रतिनिधि चयनमा सकेसम्म सहमतिमा गरौँ भन्ने भए पनि सहमति नजुटेको ठाउँमा निर्वाचनमार्फत टुंगो लागिरहेको बताए ।

’केन्द्रीय कमिटीमा कसैलाई कुनै पदमा उठ्ने इच्छा हुनसक्छ । सार्वभौम सदस्यको प्रतिनिधित्व गर्नेले आफ्नो विवेक प्रयोग गरेर अधिकारको प्रयोगमार्फत फैसला दिन पाउँछ’, ओलीले भने ।

यस्तै ओलीले ११ औँ राष्ट्रिय महाधिवेशनले पार्टीको सङ्गठनात्मक नीति र राजनीतिक प्रतिवेदन हेरफेर र परिवर्तन नहुने बताएका छन् । ‘यसअघि नै हामीले नीतिगत रूपमा देशको व्याख्या विश्लेषण गरेका छौँ । ३ महिना अघि नै हामीले काम, सफलता र कमी कमजोरीको समीक्षा गरेर राजनीतिक प्रस्ताव पारित गरेका छौँ’, ओलीले भने– ‘सङ्गठनको अवस्था कस्तो छ त्यो पनि गरिसकेका छौँ । अहिले सङ्गठनात्मक नीतिमा कुनै परिवर्तन गर्नुपरेको छैन, भर्खरै विधान महाधिवेशनले गरेका छौँ । अब राजनीतिक प्रतिवेदनमा कुनै हेरफेर गरिरहनुपर्ने अवस्था छैन । किनभने भर्खरै महाधिवेशनले गरिसकेको छ ।’

ओलीले विधानमा ठूलो परिवर्तन गर्नुपर्ने अवस्था पनि नरहेको बताए । ‘केही सानोतिनो रहेछ भने छोटो विधिबाट गरिनेछ । लामो डिस्कस हुनेछैन’, ओलीको भनाइ छ । उनले महाधिवेशनले नीति र सङ्गठनात्मक संरचना अघि बढाउने नेतृत्व प्रदान गर्ने भन्दै महाधिवेशन प्रतिनिधिले विवेक प्रयोग गरेर फैसला दिने विश्वास गरे ।

‘यसमा कुनै असहमति राख्नुपर्ने ठाउँ पनि छैन, र आवश्यकता पनि छैन । एकताको महाधिवेशनका साथ अघि बढाइनेछ । महाधिवेशन पुनर्गठन र पुनर्संरचनाको थलो त हो तर तपाईं त्यही ठाउँमा बसेर खोलो छुन सक्नुहुन्छ तर पानी त्यही ठाउँबाट पटक पटक छुन सकिँदैन’, ओलीको भनाइ छ ।

एमालेले एघारौं महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । आगामी मंसिरमा एमालेले ११औं महाधिवेशन गर्दैछ । यसका लागि देशैभरि प्रतिनिधि छनोट गरिरहेको छ । महाधिवेशन भक्तपुरको सल्लाघारीमा हुनेछ । ओलीले सकेसम्म सहमतिकै साथ अघि बढ्नुपर्ने धारणा राखेका हुन् ।

तर इतर खेमाका नेताहरु ईश्वर पोखरेल, योगेश भट्टराई लगायतले भने शनिबार र आइतबार छानिएका महाधिवेशन प्रतिनिधिहरुलाई आगामी महाधिवेशनमा नेतृत्व छान्दा विवेक प्रयोग गर्न अपिल गरेका छन् ।

आज विहान सामाजिक संजालमा एक भिडियो संदेश जारी गर्दै भनेका छन्, “यो महाधिवेशनमा महत्त्वपूर्ण भूमिका पूरा गर्नुहुनेछ भन्ने विश्वास व्यक्त गर्दछु । एमाले अध्यक्ष केपी शर्मा ओलीसँको प्रतिस्पर्धीका रूपमा देखिएका पोखरेलले आफ्नो भिडियो सन्देशमा पार्टी जीवनको लोकतान्त्रीकरणको कुरा उठाएका छन् ।“

नेपाल कम्युनिस्ट पार्टी (एमाले) जनताको बहुदलीय जनवादको रक्षा र पार्टी जीवनको लोकतान्त्रीककरणको कुरालाई प्रभावकारी ढंगले अगाडि बढाउन चाहन्छ । यी काम गर्दै मुलुकमा समृद्धिको एउटा अभियानलाई अगाडि बढाउन चाहन्छ,“ पोखरेलले भनेका छन्, “यो ११औँ राष्ट्रिय महाधिवेशन यो काममा महत्त्वपूर्ण निष्कर्षमा पुग्न सकोस् म हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु ।“

उनले आफूहरूले नेतृत्वमा मित्रवत् प्रतिस्पर्धा चाहेको पनि भन्न छुटाएका छैनन् । “यो सँगसँगै नेतृत्व निर्माणमा स्वस्थ, मित्रवत् प्रतिस्पर्धाको कुरालाईअगाडि बढाउन चाहन्छौँ । यो महाधिवेशनमा यी कामहरू गर्न सकौँ,“ पोखरेलले भनेका छन् ।

यस्तै एमालेका सचिव योगेश भट्टराईले पनि पार्टीको ११‍औँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरूलाई पार्टी पुनर्गठनको कामलाई सफल बनाउन आग्रह गरेका छन् । आज एक भिडियो सन्देशमार्फत भट्टारईले यस्तो आग्रह गरेका हुन् ।

उनले नेतृत्वलाई सन्तुलित ढंगले अगाडि बढाउन पुनर्गठनको काममा सफलता हासिल गर्न र त्यसपश्चात पार्टीलाई थप एकताबद्ध बनाउन पार्टी भित्रका अन्तरविरोधहरूको व्यवस्थापन गर्न आवश्उकत रहेको बताए ।

उनले भने, ’पार्टी भित्रको लोकतान्त्रिक पद्धतिलाई पुनस्र्थापित गर्न र वास्तविक अर्थमा नेकपा एमालेलाई एउटा जनपक्षीय पार्टीको रूपमा स्थापित गर्न देशभक्त राष्ट्रवादी पार्टीको रूपमा स्थापित गर्न र लोकतन्त्रवादी पार्टीको रूपमा स्थापित गर्न कमरेड मदन भण्डारीले दिशा निर्देश गर्नु भएको जनताको बहुदलीय जनवादलाई अझ प्रभावकारी ढंगले कार्यान्वयन गर्दै अगाडि बढ्न म सम्पूर्ण महाधिवेशनका प्रतिनिधि कमरेडहरूलाई आग्रह गर्न चाहन्छु।’

यस्तै एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि तयार गरिएको लोगोमा धरहरा समेत समावेश गरेको छ।

एमाले सचिव तथा प्रचार संयोजक पद्मा कुमारी अर्यालले लोगोले भूकम्पले ढालेको धरहरा पुनःनिर्माणको सफलतासँगै नेपाली जनताको दृढता, आत्मगौरव र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्व क्षमतालाई प्रतिविम्बित गर्ने बताएकी छन् ।

Advertisement

अर्यालले ‘धरहरा र ओली अहिले केवल नाम नभई नेतृत्व र राष्ट्रिय पहिचानका पर्यायवाची बनेको दाबी गरेकी छन् ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top