×

NEPAL TIMES UPDATES

Playing
संसदमा १२ सभापतिलाई तलब, घरभाडा सहित गाडीको सुविधा || Nepal Times
Apr 17, 2026
Playing
चीनतर्फ भारतको एप्पल पाटपुर्जा निर्यात कीर्तिमानी स्तरमा|| Nepal Times
Apr 17, 2026
Playing
आज महान आमाको मुख हेर्ने दिन
Apr 17, 2026
Playing
लेब*नान–इजरा*यल ऐतिहासिक १० दिने यु*द्धविराम, बेरु*तमा उत्सव|| Nepal Times
Apr 17, 2026
Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026

युक्रेनपछि युरोपको नेटो देशमा अर्काे युद्धको त्रास

२५ मंसिर २०८२

२४ मंसिर , काठमाण्डौ ।

करिब ४ वर्षदेखि जारी रुस युक्रेन युद्धमा शान्तिका लागि गरिएका हरेक प्रयासहरु असफल भइरहेका बेला युक्रेनको तेस्रो छिमेकी अर्काे नेटो देश लिथुआनियामा युद्धको त्रास फैलिएको छ । लिथुआनियाले मंगलबार बेलारुसबाट आउने तस्कर बेलुनहरूका कारण आपतकालको घोषणा गरेको छ।

Advertisement
Advertisement

यसले देशमा हवाई यातायातमा अवरोध पु¥याएको छ। लिथुआनिया सरकारले देशको संसदसँग सेनालाई प्रहरी र सीमा सुरक्षा बलहरूसँग मिलेर काम गर्न अनुमति दिन आग्रह गरेको छ। लिथुआनिया नेटोको सदस्य हो र यसले रुसलाई सबैभन्दा ठूलो खतरा मान्दछ।

उता, बेलारुस आफ्नो छिमेकी देश रुसको नजिकको सहयोगी हो। बेलारुसका राष्ट्रपति अलेक्ज्याण्डर लुकासेन्कोलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निकट मानिन्छन् । यी मौसमी बेलुनहरूका कारण भिल्नियस विमानस्थल पटक–पटक बन्द गरिएको छ।

यद्यपि, लिथुआनियाको भनाइ छ कि यी बेलुनहरू चुरोट ओसारपसार गर्ने तस्करहरूले पठाउने गर्छन्। उसले यी मौसमी बेलुनहरूलाई रुसको नजिकको सहयोगी बेलारुसको “हाइब्रिड आक्रमण“ बताएको छ।

यस कारण युरोपेली देशहरूमा रुस र उसका समर्थक देशहरूलाई लिएर नयाँ किसिमको त्रास फैलिएको छ। यद्यपि, बेलारुसले यी बेलुनहरूमा आफ्नो कुनै पनि प्रकारको भूमिका अस्वीकार गरेको छ।

लिथुआनियाका आन्तरिक मन्त्री भ्लादिस्लाभ कोन्ड्राटोविकले मंगलबार प्रत्यक्ष प्रसारण गरिएको एक सरकारी बैठकमा भने, “आपतकालको घोषणा केवल नागरिक उड्डयनमा भएका अवरोधहरूका कारण मात्र नभई राष्ट्रिय सुरक्षाको हितका कारण पनि गरिएको हो।“

बेलारुसले बेलुनहरूको जिम्मेवारी लिन अस्वीकार गरेको छ र लिथुआनियामाथि “अतिवादी सामग्री“ खसाल्न ड्रोन पठाउने लगायतका उक्साहटका कार्य गरेको आरोप लगाएको छ, जसलाई लिथुआनियाले अस्वीकार गरेको छ।

कोन्ड्राटोविकले भनेका छन् कि लिथुआनिया सरकारले संसदसँग आपतकालको समयमा सेनालाई प्रहरी, सीमा रक्षक र सुरक्षा बलसँग मिलेर काम गर्नका लागि सैन्य अधिकार दिन आग्रह गरेको छ, साथै आफैं पनि सक्रिय रहन भनेको छ।

यदि संसदले मन्जुरी दिएमा, सेनालाई कुनै क्षेत्रमा आवतजावतमा रोक लगाउने, सवारी साधन रोक्ने र खानतलासी लिने, मानिसहरू, तिनका कागजात र सामानको जाँच गर्ने तथा विरोध गर्ने वा अपराधको आशंकामा पक्राउ परेकाहरूलाई हिरासतमा लिने अनुमति दिइनेछ।

रक्षामन्त्री रोबर्टस काउनासले भनेका छन् कि सेनालाई यी कामहरूका लागि बल प्रयोग गर्ने अनुमति हुनेछ। सरकारले फिर्ता नलिएसम्म आपतकालीन उपायहरू जारी रहनेछन्। युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेनले सीमामा अवस्था बिग्रँदै गएको बताएकी छन् ।

उनले बेलुन आक्रमणलाई बेलारुसको हाइब्रिड आक्रमण बताउँदै यो “पूर्ण रूपमा अस्वीकार्य“ भएको बताएकी छन् । लिथुआनियाले २०२१ मा पनि बेलारुसको सीमा क्षेत्रमा आपतकाल लगाएको थियो, किनभने उसले भनेको थियो कि बेलारुसले अवैध रूपमा आप्रवासीहरूलाई सीमा पार पठाउने अभियान चलाइरहेको छ।

रुसले युक्रेनमा आक्रमण गरेपछि, लिथुआनिया पनि निशाना बन्न सक्ने डरले भिल्नियसले आपतकाल घोषणा गरेको थियो। लिथुआनिया बाल्टिक सागरको दक्षिणपूर्वी किनारमा अवस्थित छ। यसको छिमेकीहरूमा लाट्भिया (उत्तर), बेलारुस (पूर्व–दक्षिण), पोल्यान्ड र रूसी क्षेत्र कालिनिनग्राड (दक्षिण–पश्चिम)मा रहेका छन् । यो युरोपियन युनियन र नेटो दुवैको सदस्य हो।

साथै स्थिर लोकतान्त्रिक प्रणाली, स्वतन्त्र प्रेस र उच्च मानव विकास सूचकांक भएको देश हो । यसको डिजिटल अर्थतन्त्र, फिनटेक, लेजर टेक्नोलोजी र सेवा क्षेत्र बलियो रहेको छ । सोभियत पतनपछि तीव्र सुधार गर्दै युरोपका द्रुत आर्थिक वृद्धि गर्ने देशमध्ये लिथुआनिया पनि पर्दछ ।

लिथुआनिया सधैं रूसको सम्भावित आक्रमण खतरामा चर्चा हुन्छ। कालिनिनग्राड रूसको एक्सक्लेव नजिक भएकाले सुरक्षा जोखिम उच्च मानिन्छ। सोभियत संघबाट १९९० मा स्वतन्त्र भएको इतिहासले रूसप्रति सतर्कता अझ बढाउने गरेको छ ।

यस्तै लिथुआनिया नेटोको सबैभन्दा संवेदनशील क्षेत्रमा मा पर्छ। यो बेलारुस र कालिनिनग्राड बीचको संकुचित भू–भाग हो, जुन आक्रमणको मुख्य मार्ग मानिन्छ। २०२२ पछि लिथुआनियाले सेना विस्तार, अनिवार्य सैन्य सेवा मजबुत ,नेटोयुक्त अभ्यास, रक्षा बजेटमा तीव्र वृद्धि जस्ता कदम लिएको छ।

Advertisement

बेलारुस–रूस गठबन्धनले सीमा क्षेत्रमा सैनिक गतिविधि बढाएकाले लिथुआनिया अझ सतर्क रहदै आएको छ।

भर्खरको समाचार

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top