×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

हादीका हत्यारा भारतमा,बंगलादेश प्रहरीको सनसनीपूर्ण दाबी

१३ पुष २०८२

१३ पुष , काठमाण्डौ ।

बंगलादेशको ढाका महानगरीय प्रहरी (डीएमपी)ले विद्यार्थी नेता सरिफ ओस्मान हादीको हत्यारा भागेर भारत पुगेको जनाएको छ । डीएमपीले हादी हत्याका दुई मुख्य संदिग्धहरू डिमेन्ससिंह जिल्लाको हलुआघाट सीमाबाट मेघालयसँग जोडिएको क्षेत्र हुँदै भारत भागेको दाबी गरेको छ ।

Advertisement
Advertisement

डीएमपीका अतिरिक्त आयुक्त एसएन नजरुल इस्लामले आरोपीहरू फैसल करिम मसुद र आलमगिर शेख भारतीय राज्य मेघालयमा प्रवेश गरेको ‘द डेली स्टार’ले उल्लेख गरेको छ । “संदिग्धहरू हलुआघाट सीमाबाट भारत प्रवेश गरेका छन् ।

सीमा पार गरेपछि उनीहरूलाई सुरुमा पर्टी भनिने व्यक्तिले स्वागत गरेका थिए । पछि सामी भनिने व्यक्तीले ट्याक्सी चालकले उनीहरूलाई मेघालयको टुरा सहरसम्म पु¥याएका छन्,” नजरुल इस्लामले भने ।

डीएमपी अधिकारीले प्रहरीले आरोपीलाई सहयोग गरेका दुई व्यक्ति पर्टी र सामीलाई भारतका प्रहरीले पक्राउ गरेको जानकारी प्राप्त भएको बताए । उनले बंगलादेश सरकार अपराधीहरूलाई फिर्ता ल्याउन भारतसँग सक्रिय रूपमा सहकार्य गरिरहेको उल्लेख गरे ।

“हामीले भारतका अधिकारीहरूसँग औपचारिक र अनौपचारिक दुवै माध्यमबाट सम्पर्क कायम राखेका छौँ, ताकि उनीहरूको पक्राउ र प्रत्यर्पण सुनिश्चित गरोस्,” उनले भने । ओस्मान हादी आवामी लिगका कट्टर आलोचक प्रमुख राजनीतिक व्यक्ति थिए ।

उनी गत वर्ष शेख हासिनाको नेतृत्वमा रहेको आवामी लिग सरकारको पतन हुने जुलाई २०२४ को विद्रोहका प्रमुख नेतामध्ये एक थिए । विद्रोहपछि हादीले इन्कलाब मन्च प्लेटफर्म गठन गरेका थिए र आगामी फेब्रुअरीमा संसदीय चुनाव लड्ने तयारीमा थिए ।

डिसेम्बर १२ मा मास्क लगाएका हतियारधारीले उनको टाउकोमा गोली हानेपछि उनलाई उपचारका लागि सिंगापुर लगिएको थियो, जहाँ उनको कारण मृत्यु भयो । यसअघि प्रहरी अधिकारीहरूले यस घटनाका मुख्य अभियुक्त कहाँ छन् भन्नेबारे ठोस जानकारी नभएको दाबी गरेका थिए ।

प्रहरीले आगामी सातदेखि १० दिनभित्र यस मुद्दामा आरोपपत्र दायर गरिने बताएको छ । ढाका प्रहरीका अतिरिक्त आयुक्त इस्लामले भने, ’घटनास्थलमा उपस्थित व्यक्तिहरूबाट प्राप्त जानकारी, सीसीटीभी फुटेजको विश्लेषण र प्रविधिको आधारमा, फैसल करीम मसूद र उनका मोटरसाइकल चालक आलमगीर शेखलाई घटनाको दिन पहिचान गरिएको थियो ।’

करीम मसुदका बुबा हुमायुन कबीर, आमा हसी बेगम, श्रीमती शाहिदा परवीन सामिया, भिनाजु वाहिद अहमद सिपु, प्रेमिका मारिया अख्तर लिमा, मोहम्मद कबीर र हादीलाई गोली हानेर मार्ने नुरउजमान नोमानीसहित ११ जनालाई पक्राउ गरिएको बताइएको छ ।

उता बेलायतमा बंगाली हिन्दू आदर्श संघ (बीएचएएस) यूकेका सदस्यले शनिबार लन्डनस्थित बंगलादेश उच्च आयोगबाहिर प्रदर्शन गरेका छन् । ‘जस्टिस फर हिन्दुज’ नाममा उनीहरूले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा बंगलादेशमा ‘अल्पसंख्यकमाथि उत्पीडन’विरुद्ध अन्तर्राष्ट्रिय कारबाहीको माग गर्दै भएको भारतीय न्युज एजेन्सी पीटीआईले जनाएको छ । प्रदर्शनलाई भारतीय मूलका अन्य संगठनहरूको पनि समर्थन प्राप्त भएको बताइएको छ ।

प्रदर्शनकारीहरूले ‘हिन्दु लाइभ्स म्याटर’जस्ता नारा लगाए र ‘हनुमानचालिसा’को पाठ पनि गरेका थिए । पीटीआईका अनुसार, बीएचएएस यूकेले एक वक्तव्यमा भनेको छ, “हाम्रो उत्साही र शान्तिपूर्ण प्रदर्शनमा विद्यार्थी, व्यावसायिक व्यक्ति, बच्चाहरूसँग अभिभावक, वृद्ध सामाजिक कार्यकर्ता र विभिन्न धर्मका नेता सहभागी थिए । सबैजना अल्पसंख्यक अधिकारको रक्षा र मानवअधिकार उल्लंघनका लागि जवाफदेहिता माग्न एकजुट भएको बताइएको छ । गत हप्ता बंगलादेशको मैमनसिंह जिल्लाको भालुकामा इस्लाम धर्मको ‘अपमान’ गरेको आरोपमा भीडले एक हिन्दू युवक दीपुचन्द्र दासलाई कुटपिट गरी हत्या गरेको थियो । स्थानीय प्रहरीका अनुसार, युवकलाई कुटेर मारेपछि उनको शवलाई रूखमा बाँधेर आगो लगाइएको थियो । आयोगबाहिर हिन्दू समुदायको शान्तिपूर्ण प्रदर्शनलाई खालिस्तानी समर्थकले हस्तक्षेप गरेको भातरतीय सञ्चारमाध्यम एनडीटीभीले जनाएको छ । यता, न्युज एजेन्सी एएनआईका अनुसार, केही व्यक्ति हातमा खालिस्तानी झन्डा बोकेर प्रदर्शन गर्दै देखिएका थिए । “खालिस्तानी चरमपन्थीले सद्भाव र अल्पसंख्यक अधिकारको पक्षमा बोल्ने आवाजलाई दबाउन खोज्नु अत्यन्त चकित गर्ने थियो,” यूके हिन्दू संगठनका मनु खजुरियाले भने ।

यसैबीच बङ्गलादेश राष्ट्रवादी पार्टी (बीएनपी) की अध्यक्ष खालिदा जियाको स्वास्थ्य अवस्था गम्भीर रहेको खबर आएको छ । बीबीसी बङ्गलाका अनुसार उनको मेडिकल टोलीका सदस्य तथा पार्टी स्थायी समितिका सदस्य एजेडएम जाहिद हुसेनले खालिदा जियाको अवस्था नाजुक रहेको बताएका हुन् ।

खालिदा जियालाई अहिले नजिकबाट निगरानीमा राखिएको छ । बीएनपीका कार्यवाहक अध्यक्ष एवं खालिदाका छोरा तारिक रहमानले देशवासीहरूलाई आफ्नी आमाको लागि प्रार्थना गर्न अनुरोध गरेका छन्’।

बीएनपी मिडिया सेलले एक पोस्टमा एजेडएम जाहिद हुसेनलाई उद्धृत गर्दै भनेको छ । यसअघि तारिक रहमान र उनकी श्रीमती जुबैदा रहमान आमालाई भेट्न अस्पताल गएका थिए । उनीहरू लगभग दुई घण्टा त्यहाँ बसेका थिए ।

Advertisement

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top