×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

चाँदी हालसम्मकै महँगो, किन बढ्दैछ मूल्य ?

१४ पुष २०८२

१४ पुस , काठमाण्डौ।

नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । अघिल्लो दिन ‘रेकर्ड’ बिन्दुमा पुगेको सुनको मूल्य आज घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६०० रुपैयाँ घटेर दुई लाख ७० हजार रुपैयाँमा झरेको छ ।

Advertisement
Advertisement

आइतबार दुई लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आज चाँदी प्रतितोला चार हजार ८९५ रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै उच्च हो । आइतबार भने चार हजार ८३५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा चाँदीको भाउपनि लगातार बढ्दै आएको छ । नेपालमा मात्रै नभएर अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्य निरन्तर तीव्र गतिमा बढिरहेको छ । पछिल्लो कारोबारमा चाँदीको मूल्य उकालो लाग्दै पहिलो पटक ८२ अमेरिकी डलर प्रतिऔंसको स्तर पार गरेको छ ।

यससँगै चाँदीको कुल मार्केट क्याप ४.८५ ट्रिलियन अमेरिकी डलर पुगेको छ । यस वृद्धिसँगै चाँदीले विश्वकै ठूला प्रविधि कम्पनीहरूलाई पनि पछि पारेको छ । हाल विश्वकै सबैभन्दा मूल्यवान् कम्पनीमध्ये एक एनभिडियाको मार्केट क्याप करिब ४.६३८ ट्रिलियन डलर रहेको छ ।

यसरी चाँदीले एनभिडियालाई उछिन्दै विश्वको दोस्रो सबैभन्दा मूल्यवान् एसेटको स्थान हासिल गरेको छ । पहिलो स्थानमा भने करिब ३० ट्रिलियन डलरको मार्केट क्यापसहित सुन रहेको छ ।

चालु वर्षमा मात्रै चाँदीको मूल्यमा करिब १८५ प्रतिशतको वृद्धि भएको छ, जुन सन् १९७९ यताकै सबैभन्दा उत्कृष्ट प्रदर्शनतर्फ उन्मुख मानिएको छ । चाँदीको मूल्यवृद्धिका पछाडि विभिन्न कारणहरू रहेका छन् ।

परम्परागत रूपमा नेपाल लगायतका देशहरुमा चाँदी सिक्का, भाँडाकुँडा तथा गहना बनाउन प्रयोग हुँदै आएको छ । तर पछिल्लो समय यसको औद्योगिक प्रयोग तीव्र रूपमा बढेको छ ।

विशेषगरी सोलार ऊर्जा, विद्युतीय सवारी साधन र सेमिकन्डक्टर जस्ता तीव्र रूपमा विस्तार भइरहेका उद्योगहरूमा चाँदीको प्रयोग बढ्दै गएको छ। यसले चाँदीको माग उल्लेख्य रूपमा बढाएको छ भने आपूर्ति भने त्यही अनुपातमा बढ्न नसक्दा मूल्यमा दबाब सिर्जना भएको छ ।

यसका अतिरिक्त, गहना उद्योगमा सुन र चाँदी मिसाएर प्रयोग गर्ने प्रवृत्ति बढ्नु तथा अमेरिकामा ब्याजदर घट्नुले पनि चाँदीको माग बढाएको छ । ब्याजदर घट्दा अमेरिकी डलर कमजोर हुन्छ, जसका कारण डलरमा कारोबार हुने सुन र चाँदी अन्य मुद्राका लगानीकर्ताका लागि सस्ता पर्न जान्छन्।

यसले अन्तर्राष्ट्रिय बजारमा माग अझै बढाएको विश्लेषण गरिएको छ । विश्लेषकहरूका अनुसार, औद्योगिक माग बलियो रहिरहेसम्म चाँदीको बजारमा अस्थिरता रहे पनि दीर्घकालीन रूपमा यसको आकर्षण कायमै रहने सम्भावना देखिन्छ ।

Advertisement

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top