NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
रास्वपामा सबैभन्दा लोकप्रिय रमेश प्रसाईँ,कसले कति मत ल्याए ? सोमवार पुस १४ , २०८२
Jackpot Jill Casino: Your Guide to Winning Big Online सोमवार पुस १४ , २०८२
कस्तो भयो ट्रम्प र जेलेन्स्कीबीचको वार्ता ? सोमवार पुस १४ , २०८२
चाँदी हालसम्मकै महँगो, किन बढ्दैछ मूल्य ? सोमवार पुस १४ , २०८२
रमेश लेखकले आज जाँचबुझ आयोगमा बयान दिदै सोमवार पुस १४ , २०८२
Next
Prev

समाचार

चाँदी हालसम्मकै महँगो, किन बढ्दैछ मूल्य ?

सोमवार पुस १४ , २०८२
Reading Time: 1 min read
A A
चाँदी हालसम्मकै महँगो, किन बढ्दैछ मूल्य ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१४ पुस , काठमाण्डौ।

नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । अघिल्लो दिन ‘रेकर्ड’ बिन्दुमा पुगेको सुनको मूल्य आज घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६०० रुपैयाँ घटेर दुई लाख ७० हजार रुपैयाँमा झरेको छ ।

आइतबार दुई लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आज चाँदी प्रतितोला चार हजार ८९५ रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै उच्च हो । आइतबार भने चार हजार ८३५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा चाँदीको भाउपनि लगातार बढ्दै आएको छ । नेपालमा मात्रै नभएर अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्य निरन्तर तीव्र गतिमा बढिरहेको छ । पछिल्लो कारोबारमा चाँदीको मूल्य उकालो लाग्दै पहिलो पटक ८२ अमेरिकी डलर प्रतिऔंसको स्तर पार गरेको छ ।

यससँगै चाँदीको कुल मार्केट क्याप ४.८५ ट्रिलियन अमेरिकी डलर पुगेको छ । यस वृद्धिसँगै चाँदीले विश्वकै ठूला प्रविधि कम्पनीहरूलाई पनि पछि पारेको छ । हाल विश्वकै सबैभन्दा मूल्यवान् कम्पनीमध्ये एक एनभिडियाको मार्केट क्याप करिब ४.६३८ ट्रिलियन डलर रहेको छ ।

यसरी चाँदीले एनभिडियालाई उछिन्दै विश्वको दोस्रो सबैभन्दा मूल्यवान् एसेटको स्थान हासिल गरेको छ । पहिलो स्थानमा भने करिब ३० ट्रिलियन डलरको मार्केट क्यापसहित सुन रहेको छ ।

चालु वर्षमा मात्रै चाँदीको मूल्यमा करिब १८५ प्रतिशतको वृद्धि भएको छ, जुन सन् १९७९ यताकै सबैभन्दा उत्कृष्ट प्रदर्शनतर्फ उन्मुख मानिएको छ । चाँदीको मूल्यवृद्धिका पछाडि विभिन्न कारणहरू रहेका छन् ।

परम्परागत रूपमा नेपाल लगायतका देशहरुमा चाँदी सिक्का, भाँडाकुँडा तथा गहना बनाउन प्रयोग हुँदै आएको छ । तर पछिल्लो समय यसको औद्योगिक प्रयोग तीव्र रूपमा बढेको छ ।

विशेषगरी सोलार ऊर्जा, विद्युतीय सवारी साधन र सेमिकन्डक्टर जस्ता तीव्र रूपमा विस्तार भइरहेका उद्योगहरूमा चाँदीको प्रयोग बढ्दै गएको छ। यसले चाँदीको माग उल्लेख्य रूपमा बढाएको छ भने आपूर्ति भने त्यही अनुपातमा बढ्न नसक्दा मूल्यमा दबाब सिर्जना भएको छ ।

यसका अतिरिक्त, गहना उद्योगमा सुन र चाँदी मिसाएर प्रयोग गर्ने प्रवृत्ति बढ्नु तथा अमेरिकामा ब्याजदर घट्नुले पनि चाँदीको माग बढाएको छ । ब्याजदर घट्दा अमेरिकी डलर कमजोर हुन्छ, जसका कारण डलरमा कारोबार हुने सुन र चाँदी अन्य मुद्राका लगानीकर्ताका लागि सस्ता पर्न जान्छन्।

यसले अन्तर्राष्ट्रिय बजारमा माग अझै बढाएको विश्लेषण गरिएको छ । विश्लेषकहरूका अनुसार, औद्योगिक माग बलियो रहिरहेसम्म चाँदीको बजारमा अस्थिरता रहे पनि दीर्घकालीन रूपमा यसको आकर्षण कायमै रहने सम्भावना देखिन्छ ।

Tags: #मूल्यवान् एसेट बन्यो चाँदी#चाँदी हालसम्मकै महँगो

लोकप्रीय

रास्वपामा सबैभन्दा लोकप्रिय रमेश प्रसाईँ,कसले कति मत ल्याए ?

रास्वपामा सबैभन्दा लोकप्रिय रमेश प्रसाईँ,कसले कति मत ल्याए ?

सोमवार पुस १४ , २०८२

Jackpot Jill Casino: Your Guide to Winning Big Online

सोमवार पुस १४ , २०८२
कस्तो भयो ट्रम्प र जेलेन्स्कीबीचको वार्ता ?

कस्तो भयो ट्रम्प र जेलेन्स्कीबीचको वार्ता ?

सोमवार पुस १४ , २०८२

विचार

थप समाचार

रास्वपामा सबैभन्दा लोकप्रिय रमेश प्रसाईँ,कसले कति मत ल्याए ?
ताजा समाचार

रास्वपामा सबैभन्दा लोकप्रिय रमेश प्रसाईँ,कसले कति मत ल्याए ?

सोमवार पुस १४ , २०८२
articles_jackpot jill casino_2025-12-29

Jackpot Jill Casino: Your Guide to Winning Big Online

सोमवार पुस १४ , २०८२
कस्तो भयो ट्रम्प र जेलेन्स्कीबीचको वार्ता ?
ताजा समाचार

कस्तो भयो ट्रम्प र जेलेन्स्कीबीचको वार्ता ?

सोमवार पुस १४ , २०८२
चाँदी हालसम्मकै महँगो, किन बढ्दैछ मूल्य ?
ताजा समाचार

चाँदी हालसम्मकै महँगो, किन बढ्दैछ मूल्य ?

सोमवार पुस १४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

जापानमा ५० बढी गाडी ठो क्किए, लन्डनमा हिन्दु सङ्गठनहरूको विरो ध|| Nepal Times

जापानमा ५० बढी गाडी ठो क्किए, लन्डनमा हिन्दु सङ्गठनहरूको विरो ध|| Nepal Times

00:21:43

World News:Americaमा भीषण हिउँदे आँ धी, थाइल्यान्ड र कम्बोडियाबीच शान्ति सम्झौता|| Nepal Times

00:20:20

World News: इमरानका सल्लाहकारको नाक र बंगरा भाँचियो, भारतमा नक्सल मा*रि*ए || Nepal Times

00:16:18

धेरै तटीय शहर समुद्रमा डुब्दै,रुसले चन्द्रमामा विद्युत् गृह बनाउने, बेगमका छोरा फर्किए|| Nepal Times

00:24:45

अमेरिकामा ३० भारतीय पक्राउ, टर्कीएमा लिबियाका सेना प्रमुखको मृत्यु || Nepal Times

00:19:34

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

बुधबार पुस ९ , २०८२
बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ?

बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ?

सोमवार पुस १४ , २०८२

हालका पोस्टहरू

रास्वपामा सबैभन्दा लोकप्रिय रमेश प्रसाईँ,कसले कति मत ल्याए ?

रास्वपामा सबैभन्दा लोकप्रिय रमेश प्रसाईँ,कसले कति मत ल्याए ?

सोमवार पुस १४ , २०८२

Jackpot Jill Casino: Your Guide to Winning Big Online

सोमवार पुस १४ , २०८२
कस्तो भयो ट्रम्प र जेलेन्स्कीबीचको वार्ता ?

कस्तो भयो ट्रम्प र जेलेन्स्कीबीचको वार्ता ?

सोमवार पुस १४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.