×

NEPAL TIMES UPDATES

Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026

रविले पनि स्वीकारे ‘पार्नै नहुने मान्छे परे‘अब काटिन्छ

१६ पुष २०८२

१६ पुस , काठमाण्डौ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग पार्टी एकताको सहमति गरेका उज्यालो नेपाल पार्टीकातर्फबाट समानुपातिकको सूचीमा पार्टीका संयोजक कुलमान घिसिङले आफ्ना भान्जा र ससुराको नाम राखेको भन्दै पार्टी भित्रै ब्यापक आलोचना भएपछि कुलमानले स्पष्टीकरण दिँदै त्यसको खण्डन गरेका छन् ।

Advertisement
Advertisement

उनले समानुपातिक उम्मेदवारको सूचीमा पारिएका कोही पनि आफ्ना भान्जा र ससुरा नभएको स्पष्टीकरण दिएका छन्। आगामी प्रतिनिधि सभा निर्वाचनका लागि पार्टी एकतापछि निर्वाचन आयोगमा पेस समानुपातिकतर्फ संयुक्त बन्दसूचीमा ऊर्जामन्त्रीसमेत रहेका घिसिङका भान्जा र ससुरा पनि पारिएको भन्दै व्यापक आलोचना भएपछि बुधबार उनले सामाजिक सञ्जालमार्फत खण्डन गरेका हुन्।

साथै उनले आफ्ना भान्जा र ससुरा भनिएका दुवै व्यक्ति आफ्नो पार्टीतर्फका मानिस पनि नभएको बताएका छन्। ‘प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ बुझाइएका केही उम्मेदवारलाई मसँग जोडेर विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा फैलाइँदै आएका असत्य, भ्रामक र नियोजित टिकाटिप्पणीप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, कुलमानले लेखेका छन्, ‘समाचार तथा चर्चामा ‘भान्जा’ भनेर उल्लेख गरिएका व्यक्ति मेरो भान्जा होइनन्, साथै उनी उज्यालो नेपाल पार्टीको तर्फबाट नभई अर्कै टिमबाट सिफारिस भएका व्यक्ति हुन्। त्यसैगरी समानुपातिक सूचीमा रहेका र मेरो ‘ससुरा’ भनेर प्रचार गरिएका व्यक्ति पनि मेरो आफ्नो ससुरा नभएको स्पष्ट पार्न चाहन्छु।’

रास्वपाको वरिष्ठ उपसभापति बन्ने गरी यसका सभापति रवि लामिछानेसँग एकता सहमति गरेका कुलमानले समानुपातिक उम्मेदवारको सूची पार्टीको विधि, मापदण्ड र सामूहिक निर्णय प्रक्रियाबाट तयार पारिएको जिकिर गरेका गरेका छन्।

यद्यपि त्यसमा देखिएका प्राविधिक त्रुटि निर्वाचन आयोगले तोकेको समयावधिभित्र सच्याइने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्। उनले अगाडि भनेका छन्, म आज पनि पारदर्शिता, इमानदारी र जनताप्रतिको जवाफदेहितामा दृढ छु। त्यसैले यस्ता भ्रामक समाचार र टिकाटिप्पणीको भ्रममा नपर्न सबैमा अनुरोध गर्दछु।’

सामाजिक संजालमा कुलमानले लेखेका छन्, प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ बुझाइएका केही उम्मेदवारलाई मसँग जोडेर विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा फैलाइँदै आएका असत्य, भ्रामक र नियोजित टिकाटिप्पणीप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।समाचार तथा चर्चामा ‘भान्जा’ भनेर उल्लेख गरिएका व्यक्ति मेरो भान्जा होइनन्, साथै उनी उज्यालो नेपाल पार्टीको तर्फबाट नभई अर्कै टिमबाट सिफारिस भएका व्यक्ति हुन्। त्यसैगरी समानुपातिक सूचीमा रहेका र मेरो ‘ससुरा’ भनेर प्रचार गरिएका व्यक्ति पनि मेरो आफ्नो ससुरा नभएको स्पष्ट पार्न चाहन्छु। समानुपातिक उम्मेदवारको सूची कुनै व्यक्ति विशेषको चाहना वा दबाबमा होइन, पार्टीको विधि, मापदण्ड र सामूहिक निर्णय प्रक्रियाबाट तयार गरिएको हो। म सार्वजनिक जीवनमा प्रवेश गरेदेखि नै नातावाद, कृपावाद र स्वार्थको राजनीतिविरुद्ध निरन्तर उभिँदै आएको छु। त्यही इमानदार यात्रालाई कमजोर पार्ने उद्देश्यले तथ्य नबुझी फैलाइने यस्ता नियोजित हल्ला र आरोपहरू दुःखद छन्। राजनीतिमा असहमति हुन सक्छ, तर झुट र भ्रम फैलाएर कसैको बदनाम गराउने प्रयास आपत्तिजनक छ। साथै बन्दसूचीमा देखिएका प्राविधिक त्रुटिहरू निर्वाचन आयोगले तोकेको समयावधिभित्र सच्याइने प्रतिबद्धता समेत व्यक्त गर्दछु। म आज पनि पारदर्शिता, इमानदारी र जनताप्रतिको जवाफदेहितामा दृढ छु। त्यसैले यस्ता भ्रामक समाचार र टिकाटिप्पणीको भ्रममा नपर्न सबैमा अनुरोध गर्दछु।

उता राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले भने विधिभन्दा बाहिरको समानुपातिकको नाम काटिने बताएका छन् । पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा पुर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले समय कम हुँदा समानुपातिक सूचीमा धेरै काम गर्न नसकिएको स्वीकार गरे ।

‘पर्न नहुने मान्छे परेको रहेछ । कुनै पनि हिसाबले त्यो विधिभन्दा बाहिर रहेछ भने त्यो नाम काटिन्छ । मैले निर्देशन नै दिइसकेको छु’, रविले भनेका छन् । उनले थपे, ‘रास्वपाले विधिलाई नै प्राथमिकता दिन्छ । विधिमा समस्या छैन म भन्दिनँ, छन् । त्यसलाई समाधान गर्छौँ । त्यसलाई मिनिमाइज गर्छौँ ।’

रास्वपा बढीभन्दा बढी सच्याउने कुरामा रहेको लामिछानेले सुनाए । उनले भने, ‘बढीभन्दा बढी सच्याउने कुरामा हामी छौँ, यो सच्चिन्छ । किनभने समय नै बाँकी छ ।’
‘रास्वपासँग विधिसँग छ, विधिभन्दा बाहिर हामी कुनै हालतमा जाँदैनौं । परिवारवादमा रास्वपा स्पष्ट छ । विधानले नै दिँदैन,’ लामिछानेले भने, ‘कथमकदाचित यी सबै विधिहरू नाघेर जानु भएछ भने राइट टू रिकलको व्यवस्था रास्वपाको विधानले नै गरेको छ ।’

समानुपातिकको बन्दसूचीमा परेका केही व्यक्तिबारे भइरहेको आलोचनाको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । ‘पछिल्लो परिस्थितिमा जुन राजनीतिक घटनाक्रमहरू भए, विशेषगरेर हामी नयाँ जसरी एक ठाउँमा उभिएर जाने भनेर छोटो समयमा निर्णय भयो । त्यसले हामीलाई तयारीमा हाम्रो समय नपुगेको जरुर हो,’ लामिछानेले भने, ‘अहिले सार्वजनिक चासोमा आउनुभन्दा अघि नै यो चाहीँ रिभ्यू गर्ने समय हुन्छ भन्नेलाई मध्यनजर गर्दै, किनभने कुलमानजीसँग हामीले अन्तिम समयमा गरेका हौं । किनभने उता सूची बुझाउनु छ, यता हामी सहमति गर्दै थियौं ।’

यस्तै कारणले केही समस्या भएको हुनसक्ने र भएको भए पनि त्यसलाई रिभ्यू गरिने उनले बताए । ‘हामी सचेत छौं । तर समयले गर्दा अरु दुई दिन पनि अरु केही विवाद छन् कि भनेर हामी वेट गरेका छौं । यो दुई दिनमा जति पनि जायज गुनासो छन्, सबै सम्बोधन गर्दौं । किनभने हामीले बोक्नुपर्ने एक जना मान्छे पनि छैन पार्टीमा,’ लामिछानेले भने ।

रास्वपामा बालेन पक्षबाट आएका नामका विषयमा समेत प्रश्न उठेको छ । यस्तै रास्वपाकै आन्तरिक प्राइमरी निर्वाचनबाट सर्वाधिक मत प्राप्त गर्नेहरु सूचीमा पछाडि पारिएका छन् ।

यी सबै विषयमा रास्वपा नेताहरुले नै आलोचनासहित तत्काल सुधार गर्न माग गरेका छन् ।निर्वाचन आयोगमा बन्द सूचीका सम्बन्धमा पुस २० गतेसम्म छानबिन गर्ने कार्यतालिका अनुसार काम हुने छ।

Advertisement
Advertisement

आयोगले पुस २० गतेसम्म बन्द सूची छानबिन गरेपछि सच्याउनुपर्ने वा अपुग कागजात भएमा पुस २१ देखि २७ गतेसम्म मिलाउन दललाई समय दिने छ । यही पुस २८ देखि माघ ३ गतेसम्म दलले मिलाएको बन्द सूची जाँच गरिने आयोगले जनाएको छ । आगामी माघ २० गते अन्तिम सूची प्रकाशन हुने छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top