×

NEPAL TIMES UPDATES

Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026

पानी नपर्ने, चिसो बढ्नेः हिमाली क्षेत्रमा हिमपात, तराईमा हुस्सु–कुहिरो

१७ पुष २०८२

१७ पुष , काठमाण्डौ ।

नेपालमा अहिले पनि पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको छ । यसका कारणले तराई–मधेशमा आज पनि हुस्सु र कुहिरो लागेको छ । यद्यपि आज दिउँसो यसअघिको तुलनामा थोरै मात्रामा भए पनि तराईको आकाश खुलेको छ ।

Advertisement
Advertisement

तर पूर्ण रूपमा हुस्सु र कुहिरो हट्ने अवस्था नरहेको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ । महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली भएको छ भने लुम्बिनी प्रदेशसहित कर्णाली, सुदूरपश्चिम तथा बाँकी उच्च पहाडी र हिमाली भू–भागमा पनि आंशिक बदली हुने अनुमान छ ।

यसैगरी कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति पनि तराई–मधेशका धेरैजसो ठाउँमा हुस्सु कायमै रहने अनुमान गरिएको छ ।

हुस्सुका कारण दैनिक जनजीवन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । काठमाण्डौ उपत्यकामा आज पनि झन्डै हिजोजत्तिकै चिसो छ ।

नेपालमा पश्चिमी वायुको आंशिक प्रभावले बादल लागेको हो । बादलको प्रभाव पश्चिम नेपालमा बढी र पूर्वी नेपालमा कम देखिएको छ । यसले गर्दा केही चिसो बढ्ने र उच्च हिमाली क्षेत्रमा हिउँ पर्ने सम्भावना रहेको हो ।

काठमाडौं उपत्यकामा हिजो–अस्तीको तुलनामा आज बादल केही बढे पनि वर्षाको सम्भावना भने नरहेको मौसमविदको भनाइ छ । आज बिहान पौने ६ बजे काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस थियो ।

आज अधिकतम तापक्रम १८ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ । पश्चिमी वायुको प्रभावले बादल लाग्ने र चिसो अझै बढ्ने मौसमविद्को भनाइ छ । ‘पश्चिमी वायुको प्रभावले बादल लाग्दा घाम कम लाग्ने र यसले जाडो महिनाको चिसोलाई केही बढाउने देखिन्छ,’ मौसमविदले भने ।

यो प्रणाली धेरै बलियो नभएकाले देशव्यापी रूपमा ठूलो असर भने पर्ने छैन । तर हिमाली भेगमा यात्रा गर्नेहरु र तराईमा शीतलहरको सामना गरिरहेका नागरिकहरूलाई भने सतर्कता अपनाउन सुझाव दिइएको छ ।

Advertisement

केही दिनयता तराई मधेशका जिल्लाहरुमा हुस्सु कुहिरो लाग्ने र तपतप शीत चुहिने गर्दा जनजीवन प्रभावित भएको छ । हवाई र सडक यातायात पनि प्रभावित भएको छ । चिसो अत्यधिक बढेका कारण पालिकाहरुले विद्यालय बन्द गरेका छन् । स्थानीय सरकारको पहलमा चोकचोकमा दाउरा वितरण गरी आगो ताप्ने प्रबन्ध मिलाइएको छ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top