×

NEPAL TIMES UPDATES

Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026

सुनसरी गोली प्रकरणः छानबिन समिति गठन, पीडितलाई राहत

१७ पुष २०८२

१७ पुष , काठमाण्डौ ।

कोसी गाउँपालिका–१ लौकहीमा सशस्त्र प्रहरीको गोली लागेर ४५ वर्षीय सिटी सफारी चालक विजय साहको मृत्यु भएपछि उत्पन्न तनाव अन्त्य गर्न पीडित परिवार र स्थानीय प्रशासनबीच ५ बुँदे सहमति भएको छ ।

Advertisement
Advertisement

सुनसरीका प्ररहरी उपरीक्षक एसपी केशव कुमार थेवेका अनुसार, पीडित पक्षसँगको वार्तामा घटनाको छानबिन गर्ने र पीडित परिवारलाई राहत र रोजगारीमा सहयोग गर्ने सहमति भएको छ ।

प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको अध्यक्षतामा बसेको सर्वपक्षीय छलफलले छानबिन समिति गठन गर्नेदेखि मृतकका परिवारलाई राहत र रोजगारी उपलब्ध गराउनेसम्मका निर्णय गरेको हो ।

घटनाको सत्यतथ्य पत्ता लगाउन सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा, नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका अधिकृत प्रतिनिधि सदस्य रहने गरी एक छानबिन समिति गठन गरिएको छ ।

उक्त समितिले ७ दिनभित्र प्रतिवेदन पेस गर्नुपर्नेछ। यदि छानबिनबाट सुरक्षा अधिकारीको लापरवाहीका कारण मृत्यु भएको पाइएमा नियमानुसारको राहत एवं क्षतिपूर्तिका लागि नेपाल सरकार गृह मन्त्रालयमा सिफारिस गरिने सहमति पत्रमा उल्लेख छ ।

प्रशासनले मृतक विजय साहकी श्रीमतीलाई रोजगारी उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारीले पहलकदमी तथा सहजीकरण गरिदिने प्रतिबद्धता जनाएको छ । साथै, मृतकका छोराले सशस्त्र प्रहरीमा भर्ना हुने इच्छा राखेमा उनलाई नियमानुसार आवश्यक सहयोग र सहजीकरण सशस्त्र प्रहरी बल नं. १ बराह बाहिनीले गरिदिने पनि सहमति भएको छ ।

छलफलमा भएको सहमतिसँगै स्थानीय बासिन्दा मृतकको शव पोस्टमार्टमका लागि नेपाल प्रहरीलाई हस्तान्तरण गर्न र त्यसपश्चात् दाहसंस्कार गर्न तयार भएका छन् । यसअघि सशस्त्र प्रहरीको गोलीबाट साहको मृत्यु भएपछि आक्रोशित स्थानीयले शव उठाउन नदिई राजमार्ग अवरुद्ध पारेर प्रदर्शन गरिरहेका थिए ।

बुधबार राति करिब १ बजे भारतबाट सामान ल्याउँदै गर्दा सशस्त्र प्रहरीले गोली चलाएर साहको मृत्यु भएको थियो । सशस्त्रले तस्करको समूहसँगको झडपमा गोली चलेको दाबी गरे पनि स्थानीयवासीले निहत्था व्यक्तिमाथि गोली प्रहार भएको भन्दै विरोध प्रदर्शन गरेका थिए ।

आक्रोशित भीडले लौकहीस्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) चारैतिरबाट घेरी ढुंगामुढा र आक्रमण गरेपछि स्थिति तनावग्रस्त बनेको थियो । स्थिति नियन्त्रणबाहिर जान लागेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

Advertisement

स्थानीय प्रशासनले संयमता अपनाउन र वार्तामा आउन आग्रह गरेपछि यो सहमति भएको हो, जसले लौकही क्षेत्रमा तनाव कम हुने अपेक्षा गरिएको छ । वार्ता सफल भएसँगै स्थिति सामान्य बन्दै गएको र अवरुद्ध राजमार्ग पनि खुलाइने थेवेले बताए ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top