×

NEPAL TIMES UPDATES

Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026

आज बाट श्री स्वस्थानी व्रत सुरु

१९ पुष २०८२

१९ पुष , काठमाण्डौ ।

हिन्दु धार्मिक मान्यताअनुसार पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म श्रद्धालु नारीहरूले एक महिना लामो श्री स्वस्थानी व्रत आजबाट सुरु भएको छ । आजबाट आरम्भ भएको श्री स्वस्थानी व्रत माघ १८ गते पूर्णिमाका दिन समापन हुनेछ ।

Advertisement
Advertisement

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा विभिन्न शक्ति पीठको पूजा आराधना गरिन्छ। पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर स्वस्थानी व्रत एवं कथा वाचनको सुरुआत हुन्छ।

परम्परागत रूपमा विवाहित महिलाहरूले आफ्ना पतिको दीर्घायु, सुस्वास्थ्य र परिवारको समृद्धिका लागि श्री स्वस्थानी व्रत बस्ने गर्दछन् । अविवाहित महिलाहरूले सुयोग्य वर प्राप्ति, सफल विवाह तथा जीवनमा स्थायित्वको कामनासहित व्रत लिने चलन छ ।

पछिल्लो समय अध्ययनमा सफलता, रोजगारी, व्यापार उन्नति, स्वास्थ्य लाभ, विदेश यात्रा, सन्तान प्राप्ति, मानसिक शान्ति तथा पारिवारिक सुख–शान्तिका लागि समेत श्रद्धालुहरूले यो व्रत बस्ने गरेका छन् ।

श्री स्वस्थानी व्रतलाई बाह्य पूजा मात्र नभई आत्मसंयम र आत्म शुद्धिको माध्यमका रूपमा लिइन्छ । श्री स्वस्थानी व्रत सुरु गर्नुभन्दा एक दिनअघि हात–खुट्टाका नङ काटी, शरीर शुद्ध गरी एक छाक मात्र भोजन गर्नुपर्दछ ।

पौष शुक्ल पूर्णिमाका दिन बिहान सबेरै उठी पवित्र नदी, खोला, तलाउ वा घरमै स्नान गरी शुद्ध वस्त्र धारण गरिन्छ । पूजा स्थल सफा गरी तामाको थालीमा ॐकार लेखी त्यसमा पवित्र बालुवा वा माटोले शिव लिङ्ग स्थापना गरिन्छ ।

तिल, जौ, कुश, अक्षता, बेलपत्र, जनै, सुपारी, पान, धूप, दीप, फलफूल र नैवेद्यको व्यवस्था गरिन्छ । त्यसपछि “आजदेखि म एक महिनासम्म श्री स्वस्थानी परमेश्वरीको व्रत आरम्भ गर्दछु” भनी दृढ सङ्कल्प गरी व्रत सुरु गरिन्छ ।

व्रत अवधिभर प्रत्येक दिन सूर्य उदय हुनुअघि स्नान गरी नित्यकर्म गर्नुपर्ने मान्यता छ । बिहान पूजा, मध्यान्हपछि कथा श्रवण र साँझ पुनः ध्यान गर्ने परम्परा रहिआएको छ। व्रत बस्नेले झगडा नगर्ने, दुर्वचन नबोल्ने, नकारात्मक सोच नराख्ने र असत्य मार्गबाट टाढा रहने प्रयास गर्नुपर्दछ ।

व्रत अवधिभर दीप, कलश, गणेश, शिव र श्री स्वस्थानी माताको पूजा गरिन्छ । वैदिक मन्त्रोच्चारणसहित पूजा गर्दा मन, वचन र कर्मले जानी–नजानी गरिएका पाप नाश भई आत्मा शुद्ध हुने विश्वास छ ।

व्रतालुहरूले यस लोकमा सुख, शान्ति र समृद्धि तथा मृत्युपछि स्वर्ग प्राप्तिको कामनासमेत गर्ने परम्परा रहेको पाइन्छ । माघ शुक्ल पूर्णिमाका दिन १०८ रोटी, १०८ अक्षता, १०८यज्ञ सूत्र, १०८ बेली पुष्प, १०८ पान,१०८ कुड्का सुपारी, जौ, तिल, फलफूललगायत १ण्८ सगुनसहित नाना उपचार तयार गरिन्छ ।

आर्शीमा ॐकार लेखी गङ्गाजलले स्नान गराई श्रीखण्ड, रक्त चन्दन, अबिर, पुष्प माला चढाई धूप–दीप, नैवेद्य, वस्त्र र भेटी अर्पण गरिन्छ । पूजा सम्पन्न भएपछि अर्घ र प्रसाद निकालेर अष्टोत्तर विधिअनुसार सयमा आठ रोटी, आठ अक्षता, आठ पुष्प, आठ पान र आठ कुड्का सुपारी सगुनसहित पतिलाई दिने, पति नभए छोरालाई, छोरो पनि नभए मित छोरालाई दिने चलन छ ।

ती पनि नभए आफूले जुन मनोकामनाले व्रत गरेको हो, त्यो पूरा होस् भनी खोलामा बगाइदिने शास्त्रीय विधान छ । सय रोटी व्रतालुले फलाहार गर्ने र राति जाग्राम बस्नुपर्ने उल्लेख शास्त्रमा गरिएको छ । श्री स्वस्थानी व्रत सर्वप्रथम पार्वतीले श्री महादेवलाई पति रूपमा प्राप्त गर्न लिएको मानिन्छ ।

Advertisement
Advertisement

काठमाडौँको उत्तर–पूर्व क्षेत्रमा पर्ने शाली नदीमा माधवनारायणको एक महिना लामो मेला लाग्ने गर्छ । माघ महिनामा यहाँ स्नान गर्न विभिन्न ठाउँबाट लाखौँ भक्तजन आउने गर्दछन् । माघ महिनामा स्नान गर्दा पाप पखालिई पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top