×

NEPAL TIMES UPDATES

Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026

भेनेजुएला अट्याकपछि किन डराईरहेका छन् ट्रम्प ?

२३ पुष २०८२

२३ पुष , काठमाण्डौ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा सैन्य कारबाही गर्दै राष्ट्रपति निकोलस मादुरोलाई त पक्राउ गरेर अमेरिका ल्याए । तर अहिले उनी स्वयं भने डराइरहेका छन् । यसैका कारणले आफूमाथि तेस्रो पटक महाअभियोग लाग्ने हो कि भन्ने डर ट्रम्पलाई छ ।

Advertisement
Advertisement

उनले रिपब्लिकन सांसदहरूलाई आफूले सन् २०२६ को मध्यावधि चुनाव नजिते आफूमाथि महाभियोग लाग्ने दाबी गरेका छन् । विपक्षी डेमोक्र्याटहरूले आफूलाई महाभियोग लगाउने चिन्ता उनले व्यक्त गरेका हुन् ।

ट्रम्पले वाशिंगटनमा आयोजित एक कार्यक्रममा भने, ‘हामीले मध्यावधि चुनाव जित्नुपर्छ किनभने यदि हामीले मध्यावधि चुनाव जितेनौँ भने, यो केवल हुनेछ– मेरो मतलब, तिनीहरूले मलाई महाभियोग लगाउने कारण खोज्नेछन् । मलाई महाभियोग लगाइनेछ।’

ट्रम्पले सांसदहरूलाई मतदाताहरूको आक्रोशलाई बुझेर जीवनयापनको लागत, स्वास्थ्य सेवा र अन्य मुद्दामा आफ्ना नीतिबारे जानकारी गराउन आग्रह गरेका थिए । उनले भने, ‘उनीहरू भन्छन् कि जब तपाईं राष्ट्रपति पद जित्नुहुन्छ, तपाईं मध्यावधि हार्नुहुन्छ। म चाहन्छु कि तपाईंले मलाई जनताको दिमागमा के भइरहेको छ भनेर व्याख्या गर्न सक्नुहुन्छ।’

ट्रम्पले रिपब्लिकनहरूलाई स्वास्थ्य सेवामा डेमोक्र्याटहरूको सन्देशलाई बलियोसँग जवाफ दिन र लचिलो हुन सल्लाह दिए । सो अवसरमा उनले पार्टीभित्रका मतभेदप्रति गुनासो पनि गरेका थिए ।

अमेरिकामा सन् २००६ देखि हरेक बहालवाला राष्ट्रपतिले मध्यावधिमा सदनको नियन्त्रण गुमाउँदै आएका छन् । ट्रम्प अमेरिकी इतिहासमा दुई पटक महाभियोग लगाइएका एक मात्र राष्ट्रपति हुन् ।

तर दुवै पटक सिनेटबाट उनलाई दोषी ठहर गरिएन । पहिलो पटक सन् २०१९ मा शक्तिको दुरुपयोग र कांग्रेसको काममा अवरोध पु¥याएको आरोपमा उनीमाथि महाभियोग लगाइएको थियो।

दोस्रो पटक सन् २०२१ मा क्यापिटल हिलमा भएको आक्रमणलाई प्रोत्साहन दिएको (राजद्रोहको उक्साहट) आरोपमा महाभियोग लगाइएको थियो । दुवै अवस्थामा हाउस अफ रिप्रिजेन्टेटिभ्सले महाभियोग पारित गरे पनि माथिल्लो सदन सिनेटमा आवश्यक दुई–तिहाइ बहुमत नपुगेकाले उनलाई पदबाट हटाउन सकिएको थिएन् ।

अमेरिकामा राष्ट्रपतिलाई पदबाट हटाउन त्यति सजिलो छैन । तर पनि ट्रम्पलाई डरले सताइरहेको हो । मिडटर्म चुनाव हारेपनि ट्रम्पले तत्कालै पदबाट हट्नु पर्दैन । तर यसले कंग्रेसमा रिपब्लिकन पार्टीको पकडलाई कमजोर बनाउन सक्छ ।

जसले गर्दा राष्ट्रपतिलाई कानून ल्याउन र ठूला निर्णय लिन अप्ठ्यारो पर्ने छ । यदी प्रतिनिधि सभामा डेमोक्रेट्सले बहुमत ल्याए उनीहरुले महाभियोगको प्रक्रिया शुरू गर्ने अधिकार पनि प्राप्त गर्नेछन् ।जसलाई लिएर नै ट्रम्पको धड्कन बढेको हो ।

अमेरिकामा मिडटर्म चुनाव राष्ट्रपतिको चार वर्षको कार्यकालको बीचमा हुने गरेको छ । यो चुनाव नोभेम्बर महिनमा हुन्छ। मिडटर्म चुनावमा प्रतिनिधि सभाका सबै ४३५ सिटहरुमा मतदान हुन्छ, उता सीनेटको भने लगभग एक–तिहाई सिटमा चुनाव हुन्छ ।

Advertisement

मिडटर्म चुनावमा ३४ राज्यहरुमा राज्यपालहरुको पनि चुनाव हुन्छ । केही राज्यहरुमा दुई दुई कार्यकाल हुने राज्यपाल पनि चुनिन्छन् । साथै राज्य विधानसभाहरु र स्थानीय निकायहरु जस्तो मेयर र नगर परिषदको चुनाव पनि हुन्छ । यसैकारण मिडटर्म चुनावलाई अमेरिकामा सत्ताको एउटा ठुलो राजनीतिक परीक्षा मानिन्छ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top