×

NEPAL TIMES UPDATES

Playing
होर्मुजकोमा १०,००० बढी अमेरिकी से*ना तैनाथ, सी ले दिए ४ बँुदे शान्ति प्रस्ताव|| Nepal Times
Apr 15, 2026
Playing
दीपक खड्काको फाइल अब अख्तियारमा || Nepal Times
Apr 15, 2026
Playing
देउवा, ओली, प्रचण्ड अनि बालेनमा को धनी ?|| Nepal Times
Apr 15, 2026
Playing
सरकारको १८ बुँदे प्रतिवद्धतामा प्रतिपक्ष दल के भन्छन् ?#balen #ashika #nepal || Nepal Times
Apr 15, 2026
Playing
५ वर्षमा १५ लाख रोजगारी र एआई निर्यातसहितका १४ राष्ट्रिय प्रतिबद्धता|| Nepal Times
Apr 15, 2026
Playing
सीमा नाघेर गतिविधि नगर्न देउवा पक्षलाई गगनको चेता*वनी, पूर्णबहादुरको काउन्टर|| Nepal Times
Apr 14, 2026
Playing
एमसीसी र बीआरआईको सन्तुलन नमिलाए बालेन सरकारलाई कठिन || Nepal Times
Apr 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-01-2083 || Nepal Times
Apr 14, 2026
Playing
‘नेपाललाई बफर स्टेट होइन, भाइब्रेन्ट ब्रिज बनाउने’ भारतसँग जलमार्ग, चीनको बन्दरगाह उपयोग
Apr 14, 2026
Playing
F– 35, MV–22, USS Tripoliले घेरियो होर्मुज, साउदी किन बेचैन ? || Nepal Times
Apr 14, 2026

कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

२४ पुष २०८२

२४ पुष , काठमाण्डौ ।

ऊर्जामन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन् । उनले बुधबार बेलुका प्रधानमन्त्री सुशीला कार्कीलाई आफ्नो राजीनामा बुझाएका हुन् । राजीनामा बुझाएसँगै उनलाई प्रधानमन्त्री कार्कीले बिदाइ पनि गरेकी छिन् ।

Advertisement
Advertisement

प्रधानमन्त्री सुशीला कार्कीले घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी दिएकी थिइन् । गैर राजनीति दलीय सरकारमा दलमा जोडिएका कुलमान मन्त्री पदमा आसिन रहीरहेको भन्दै आलोचना बढेपछि प्रधानमन्त्री समेतको आग्रहमा कुलमानले राजीनामा दिएका हुन् ।

विदाइ भेटमा प्रधानमन्त्री कार्कीले साढे तीन महिना तीनवटा महत्त्वपूर्ण मन्त्रालयको कुशल नेतृत्व प्रदान गरेकामा बधाई र धन्यवाद दिइन् । ‘निकै प्रतिकूल अवस्थामा तपाईँले यो सरकारमा सामेल भएर देशका निम्ति ठूलो गुन लगाउने गरी काम गर्नुभएको छ’, प्रधानमन्त्री कार्कीले भनेकी छिन्, ‘रातदिन नभनी खट्नुभयो । देशका विभिन्न भागमा पुग्नुभयो । विपद्का बेला उस्तै सक्रिय रहनुभयो । विपद्ग्रस्त क्षेत्रमा आफैं पुगेर खट्नुभयो । हाम्रो विकास निर्माणका बेथितिहरुविरुद्ध कठोर कदम चाल्नुभयो । यो कुरा देशले सम्झनेछ । जनताले मूल्यांकन गर्नुहुनेछ ।’

उनले आगामी राजनीतिक जीवन थप सफल रहोस् भन्दै शुभकामना पनि व्यक्त गरेकी छन् । प्रधानमन्त्री कार्कीले घिसिङलाई सम्मानस्वरुप खादा पहिराइदिँदै भनिन् ‘तपाईं आफ्नो रहरले वा कुनै स्वार्थ राखेर आउनुभएको होइन । हामीले नै निम्त्याएका हौं । अझ जेनजी युवाले तपाईँको माग गरेका हुन् । चुनाव लागेपछि राजनीतिमा जान छुट पाउनेगरी नै तपाईंलाई हामीले भित्र्याएका हौं । कुनै सुविधा पनि नलिएर तपाईंले निःस्वार्थ सेवा गर्नुभयो । आउँदा दिनमा अझै देशको निम्ति अझै ठूलो काम गर्न सक्नुहुनेछ । यसका निम्ति म बधाई अहिले नै दिन चाहन्छु ।’ मन्त्री घिसिङले पनि यो अन्तरिमकालमा काम गर्ने अवसर प्रदान गरेकामा प्रधानमन्त्रीप्रति आभार प्रकट गरे ।

मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङले आफूले कुनै पनि राजनीतिक दलको सदस्यता नलिएको दोहो¥याए । उज्यालो नेपाल पार्टी र रास्वपाबीच भएको सहमति कार्यान्वयनमा नआएको बताउँदै उनले यस्तो बताएका हुन् ।

‘उज्यालो नेपाल पार्टी र रास्वपाबीच भएको सहमतिमा मेरो नाम उल्लेख भएको भए पनि उक्त समझदारी हालसम्म कार्यान्वयनमा आएको छैन,’ मैले अहिलेसम्म कुनै पनि राजीनिक पार्टीको सदस्यता लिएको छैन । ’

राजीनामा लगत्तै आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘राजनीतिमा जीवनमा औपचारिक प्रवेश गरेपछि मात्रै पार्टी सदस्यता लिने मेरो स्पष्ट धारणा थियो र अहिले पनि त्यही छ,’ उनले भने ।

मन्त्री पदबाट राजीनामा दिएका कुलमानले कुर्सीभन्दा माथि आत्मसम्मान हुने पनि बताएका छन् । ‘म मान्छु पदभन्दा ठूलो मूल्य हुन्छ, सिद्धान्त,’ घिसिङले भने, ‘कुर्सीभन्दा माथि हुन्छ आत्मसम्मान र सरकारभन्दा ठूलो हुन्छ जनता ।’

उनले राजीनामा दिनुको निर्णय भाग्ने र जिम्मेवारीबाट विमुख हुने नभएको पनि दाबी गरे । ‘मैले दिएको राजीनामाको निर्णय त न भाग्ने निर्णय हो, न त जिम्मेवारीबाट विमुख हुने प्रयास हो । यो मेरो आत्मसम्मान, नैतिकता, सिद्धान्त र जनताप्रतिको प्रतिबद्धताको निरन्तरता हो,’ घिसिङले भनेका छन् ।

उनले थप भने, ‘पदमा रहँदा मात्रै होइन पदबाट बाहिर रहँदा देश र जनताको पक्षमा उभिनु नै कर्तव्य ठानेको छु ।’ मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङले उज्यालो नेपाल बनाउन आफ्नो अबको बाटो राजनीतिक यात्रा नै हुने बताएका छन् ।

उनले अब आजबाटै आफू पूर्ण रुपमा राजनीतिमा सक्रिय हुने बताएका छन् । यसअघि पूरा मन्त्रालयमै काममा व्यस्त भएको भन्दै अब भने खुला रुपमा राजनीतिमा लाग्ने बताए । ‘म पदबाट बाहिरिएको छु । तर जनताको पक्ष, राष्ट्रको हित र सत्यको बाटोबाट कहिल्यै बाहिरिने छैन,’ उनले भने, ‘उज्यालो नेपाल बनाउन सशक्त रुपमा अबको मेरो बाटो राजनीतिक यात्रा हुनेछ । र, यसैमा म अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’

घिसिङले देशभित्रको समसामयिक विषयलाई लिएर, अहिलेको परिस्थिति र अवस्थालाई परिवर्तन गर्नका लागि राजनीतिक नेतृत्वमा जान चाहेको बताए । ‘अब त्यो समय आएको छ । भोलिदेखि नै मेरो राजनीतिक जीवन सुरु हुन्छ । भोलिदेखि नै प्रभावकारी हुन्छ,’ घिसिङले पत्रकार सम्मेलनमा भने, ‘देशभित्रको समसामयिक विषयलाई लिएर, अहिलेको परिस्थिति र अवस्थालाई परिवर्तन गर्नका लागि राजनीतिक नेतृत्वमा जानका लागि आज मन्त्रिपरिषद्बाट राजीनामा दिएर अघि बढेको छु ।’

घिसिङ यसअघि नै रास्वपासँगको समझदारी अनुसार, सो पार्टीको उपसभापति बन्ने समझदारी भइसकेको थियो । तर, घिसिङले उक्त समझदारी कार्यान्वयन नभइसकेको बताएका छन् ।

‘उज्यालो नेपाल पार्टी र रास्वपाबीच भएको सहमतिमा मेरो नाम उल्लेख भएको भए पनि उक्त समझदारी हालसम्म कार्यान्वयनमा आएको छैन,’ मैले अहिलेसम्म कुनै पनि राजनीतिक पार्टीको सदस्यता लिएको छैन ।’

विद्युत प्राधिकरणको प्रमुख कार्यकारी निर्देशक हुँदै मन्त्री घिसिङले आफ्नै संरक्षकत्वमा उज्यालो नेपाल पार्टी दर्ता गराएका घिसिङले १४ पुसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग उपसभापतिको सहमति गरी एकता गरेका थिए ।

गैरदलीय सरकारको मन्त्री पदमा रहेकै दौरान घिसिङ रास्वपाको राजनीतिक गतिविधिमा संलग्न रहेको भन्दै राजीनामा दिनुपर्ने आवाज उठको थियो । सामाजिक सञ्जाल र जनस्तरमा मन्त्रीहरूको राजनीतिक गतिविधिमाथि प्रश्न उठेपछि सोमबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री कार्कीले राजीनामा दिन भनेकी थिइन्।

Advertisement

त्यसपछि पनि उनले राजीनामा दिन ढिला गरेको र आपूmले कुनै पनि दलको सदस्यता नलिएको बताएपछि उनीमाथि नैतिकतालाई लिएर ब्यापक आलोचना भएको थियो ।

भर्खरको समाचार

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

सम्बन्धित खबरहरु

Scroll to Top