NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै शनिबार पुस २६ , २०८२
केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता शनिबार पुस २६ , २०८२
दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो शुक्रबार पुस २५ , २०८२
कांग्रेस गम्भिर मोडमा,संस्थापनसँग गएनन् शेखर,पत्रकार सम्मेलन स्थगित शुक्रबार पुस २५ , २०८२
ट्रम्पले खामेनीलाई अपहरण गर्ने त्रास,इन्टरनेटदेखि हवाई क्षेत्र बन्द  शुक्रबार पुस २५ , २०८२
Next
Prev

समाचार

एनआरएनए अमेरिका विभाजित हुँदा मन्त्री बब्लु विवादमा

शुक्रबार पुस २५ , २०८२
Reading Time: 1 min read
A A
एनआरएनए अमेरिका विभाजित हुँदा मन्त्री बब्लु विवादमा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२५ पुष , काठमाण्डौ ।

जेनजीका तर्फबाट सुशीला कार्की नेतृत्वको सरकारमा युवा तथा खेलकुदमन्त्री रहेका बब्लु गुप्ताको अमेरिका भ्रमण विवादमा परेको छ । एनआरएनए अमेरिकाले आयोजना गर्ने कार्यक्रममा जानका लागि मन्त्रिपरिषद्बाट समेत स्वीकृति भइसकेको भ्रमणका नाममा एनआरएनए अमेरिकाबाटै विज्ञप्ति जारी भएका छन् ।

 

एनआरएनएको एउटा समूहले खेलकुदमन्त्रीलाई बोलाउने कुनै कार्यक्रम नरहेको जनाइएको छ । यस्तै अर्काे समूहले भने बोलाइएको दाबी गरिएको छ । पहिलो विज्ञप्तिमा एनआरएनए प्रवक्ता भनेर सन्देश उप्रेतीले र दोस्रोमा प्रवक्ता नै भनेर द्रोण गौतमले हस्ताक्षर गरेका छन् ।

२ समूहमा विभाजित एनआरएन अमेरिकाले दुईथरि विज्ञप्ति निकालेका हुन् । गैरआवासीय नेपाली संघ अमेरिका (एनआरएनए एसीसी युएसए)ले नेपालबाट युवा तथा खेलकुमद मन्त्री बब्लु गुप्तालाई अमेरिका भ्रमणमा नबोलाइएको स्पष्ट पारेको हो ।

संस्थाले प्रेस विज्ञप्ति जारी गर्दै एनआरएनए एसीसी युएसएका नाममा अनैतिक र झुटपूर्ण कार्य भएको भनेको छ । उसले विज्ञप्ति निकालेर संस्थाका नाममा अनधिकृत कार्यक्रम सञ्चालन, मानव तस्करीजस्ता गैरकानूनी गतिविधि भइरहेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिकाका प्रवक्ता सन्देश उप्रेतीका नाममा जारी विज्ञप्तिमा संस्थाकै नाममा यस्ता गम्भीर अपराधयुक्त गतिविधि भइरहेको विश्वसनीय जानकारी प्राप्त भएको बताइएको छ ।

उनले भनेका छन्, ‘संस्थाका नाममा अनुमति र निर्णयविना यस्ता गतिविधिहरू केही व्यक्तिहरुले गरिरहेको पाइएको छ, इआइएन नम्बर तथा वेबसाइटसमेत दुरुपयोग भइरहेको भेटिएको छ ।’

उनले एनआरएनए एसीसी युएसए संयुक्त राज्य अमेरिकामा कानूनीरूपमा दर्ता भएको आधिकारिक संस्था भएको र इआइएन तथा डिजिटल पहिचानको दुरुपयोग हुँदा गम्भीर कानूनी, आर्थिक तथा प्रतिष्ठासम्बन्धी जोखिम उत्पन्न हुने बताएका छन् ।

उनले भनेका छन्, ‘संस्थाले यसलाई अत्यन्त संवेदनशील र गम्भीर रूपमा लिएको छ, संस्थासँग असम्बन्धित गतिविधिहरू संस्थासँग जोडिए कानूनी जिम्मेवारीसमेत उत्पन्न हुनसक्ने भएकाले नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री माननीय बब्लु गुप्तालाई अमेरिकामा कुनै पनि कार्यक्रमका लागि आमन्त्रण नगरिएको जानकारी गराउन चाहन्छौँ ।’

उनले संस्थाका तर्फबाट अमेरिकामा कुनै पनि युवासम्बन्धी कार्यक्रम आयोजना नगरिएको बताएका छन् । संस्थाले भनेको छ, ‘संस्थाको कुनै पनि अनधिकृत गतिविधि, कार्यक्रम वा कथित युवा कार्यक्रमसँग संस्थाको कुनै प्रकारको संलग्नता, स्वीकृति वा सम्बन्ध छैन ।’

उनले आधिकारिक स्वीकृति बिना गरिएका कुनै पनि कार्यक्रम, भ्रमण, संकलन वा गतिविधि पूर्ण रूपमा अवैध र अमान्य ठहरिने बताए । संस्थाले यस्ता अनधिकृत कार्यक्रममा सहभागी हुने व्यक्तिको यात्रा, आवास वा अन्य खर्चमा समेत जिम्मेवारी नलिने बताएको छ ।

यस विषयमा नेपालस्थित अमेरिकी दूतावासलाई औपचारिक रूपमा जानकारी गराइने उनले विज्ञिस्तिमा उल्लेख गरेका छन् । अर्काेतर्फ गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाका प्रवक्ता द्रोण गौतमले अर्को विज्ञप्ति जारी गरेर युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमणलाई लिएर सार्वजनिक रूपमा उठेका विभिन्न टीकाटिप्पणीमा ध्यानाकर्षण भएको जनाएका छन् ।

उनले खेलकुद मन्त्री केवल सरकारका एक सदस्य मात्र नभई, विदेशमा बसोबास गर्ने नेपाली युवासहित सम्पूर्ण नेपाली समुदायका साझा मन्त्री भएकाले गैरआवासीय नेपाली संघ (एनआरएनए) नेपाली डायस्पोरालाई प्रतिनिधित्व गर्ने संस्था भएको नाताले बोलाइएको तर्क गरेका छन् ।

उनले भनेका छन्, ‘नेपालको बदलिँदो राजनीतिक–सामाजिक परिस्थिति तथा पछिल्लो जेन्जी आन्दोलनपश्चात् उत्पन्न राष्ट्रिय अवस्था र सम्भावनाको सन्दर्भमा सरकारमा जेन्जीको प्रतिनिधित्व गर्दै युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी सम्हालेकाले ‘रोल अफ एनआरएए युथ इन द डेभलप्मेन्ट अफ नेपाल पोस्ट जेन्जी रिभोलुसुन’ अन्तरक्रियामा बोलाइएको हो ।’

उनले कार्यक्रममा सहभागी हुन लाग्ने सम्पूर्ण खर्च आयोजक संस्थाले नै व्यहोर्ने निर्णय गरिएको र नेपाल सरकार वा राज्यलाई कुनै पनि प्रकारको आर्थिक व्ययभार नपर्ने बताएका छन् । उनले मन्त्री गुप्ताको टेक्सासको डालसमा आयोजना गरिने कार्यक्रमको विस्तृत विवरण, सेडुल अन्तिम भएपछि सार्वजनिक गरिने बताएका छन् ।

उनले भनेका छन्, ‘भ्रामक, अप्रमाणित तथा अनर्गल टीकाटिप्पणीहरूको पछि नलागी, तथ्यमा सोचका साथ अघि बढ्न सम्पूर्ण नेपाली समुदायमा हार्दिक अनुरोध गर्दछौँ।’ मन्त्री गुप्ताले फर्जी आयोजक र फर्जी निम्तोपत्र बनाएर अमेरिका भ्रमण स्वीकृत गराएको भन्ने दाबीससहितको खबर बाहिरिएपछि उनीविरुद्ध अख्तियार दूरुपयोग अनुशन्धान आयोगमा जाहेरी समेत परेको छ ।

गुप्ताको अमेरिका भ्रमण प्रकरणको छानबिन गरी कारबाही गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । मुलुक बचाउने नागरिक अभियानका प्रमुख युवराज सफलले फर्जी आयोजक र फर्जी निमन्त्रणा पत्रका आधारमा मन्त्रिपरिषद्बाट अमेरिका भ्रमण स्वीकृत गराइएको भन्दै उजुरी दिएका हुन्।

उजुरीमा आगामी माघ ३ गते अमेरिकामा आयोजना हुने भनिएको ‘रोल अफ एनआरएनए युथ इन द डेभलपमेन्ट अफ नेपाल पोस्ट जेनजी रिभोल्युसन’ कार्यक्रमसम्बन्धी आयोजक नेपाल सरकार, अमेरिकी सरकार वा नेपाली दूतावासको अभिलेखमा नरहेको दाबी गरिएको छ ।

उजुरीकर्ताले मन्त्री गुप्ताले आफ्नो हैसियत दुरुपयोग गरी सामूहिक रुपमा अमेरिका जान खोजिएको भन्दै यसलाई संगठित मानव तस्करीसँग जोडेर अनुसन्धान गर्न माग गरेका छन् । साथै भ्रमण स्वीकृतिसँग सम्बन्धित मन्त्रिपरिषद्को निर्णय, निमन्त्रणा पत्र, आयोजकको कानुनी वैधता र भ्रमण टोलीको विवरण झिकाएर छानबिन गर्नुपर्ने उल्लेख छ ।

अख्तियारमा दर्ता उजुरीमा दोषी देखिएमा गुप्तामाथि मानव तस्करीसमेतको अभियोगमा कारबाही गर्न र अनुसन्धान अवधिमा मन्त्री पदबाट निलम्बन गर्न माग गरिएको छ । उनले सो भ्रमणका क्रममा मानव तस्करी हुने सम्मको दाबी गरेका छन् ।

मन्त्रिपरिषद्को सोमबारको बैठकबाट अमेरिकामा आगामी ३ माघमा आयोजना हुने ‘रोल अफ एनआरएनए युथ इन द डेभलपमेन्ट अफ नेपाल पोस्ट जेनजी रिभोल्युसन’ सम्बन्धी कार्यक्रममा सहभागी हुने भनी भ्रमण स्वीकृत गरिएको छ ।

Tags: #एनआरएनए#एनआरएनए अमेरिका

लोकप्रीय

देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२
दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

शुक्रबार पुस २५ , २०८२

विचार

देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२
दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

शुक्रबार पुस २५ , २०८२

थप समाचार

देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै
समाचार

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने
समाचार

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२
दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो
समाचार

दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

शुक्रबार पुस २५ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै
समाचार

कांग्रेस गम्भिर मोडमा,संस्थापनसँग गएनन् शेखर,पत्रकार सम्मेलन स्थगित

शुक्रबार पुस २५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: २० देश अमेरिकी Black Listमा, Greenland कब्जा गर्ने प्लान सार्वजनिक|| Nepal Times

World News: २० देश अमेरिकी Black Listमा, Greenland कब्जा गर्ने प्लान सार्वजनिक|| Nepal Times

00:28:00

World News: रूसी जहाज अमेरिकी कब्जामा, पेट्रोलाई ह्वाइट हाउसमा निम्तो || Nepal Times

00:26:45

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

00:25:47

World News: क्युबाली राष्ट्रपति सडकमा, साउदीले ८० पृथकतावादीमालाई मा*र्यो || Nepal Times

00:22:58

World News : भेनेजुएलामा ट्रम्पको शासन,किमद्वारा क्षेप्यास्त्र प्रहार, राष्ट्रसंघको बैठक सोमबार

00:26:22

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

अब पालो खामेनीको, मस्को भाग्ने तयारी

सोमवार पुस २१ , २०८२
खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

मङ्लबार पुस २२ , २०८२
अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

बिहिबार पुस २४ , २०८२

हालका पोस्टहरू

देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२
दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

शुक्रबार पुस २५ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.