×

NEPAL TIMES UPDATES

Playing
होर्मुजकोमा १०,००० बढी अमेरिकी से*ना तैनाथ, सी ले दिए ४ बँुदे शान्ति प्रस्ताव|| Nepal Times
Apr 15, 2026
Playing
दीपक खड्काको फाइल अब अख्तियारमा || Nepal Times
Apr 15, 2026
Playing
देउवा, ओली, प्रचण्ड अनि बालेनमा को धनी ?|| Nepal Times
Apr 15, 2026
Playing
सरकारको १८ बुँदे प्रतिवद्धतामा प्रतिपक्ष दल के भन्छन् ?#balen #ashika #nepal || Nepal Times
Apr 15, 2026
Playing
५ वर्षमा १५ लाख रोजगारी र एआई निर्यातसहितका १४ राष्ट्रिय प्रतिबद्धता|| Nepal Times
Apr 15, 2026
Playing
सीमा नाघेर गतिविधि नगर्न देउवा पक्षलाई गगनको चेता*वनी, पूर्णबहादुरको काउन्टर|| Nepal Times
Apr 14, 2026
Playing
एमसीसी र बीआरआईको सन्तुलन नमिलाए बालेन सरकारलाई कठिन || Nepal Times
Apr 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-01-2083 || Nepal Times
Apr 14, 2026
Playing
‘नेपाललाई बफर स्टेट होइन, भाइब्रेन्ट ब्रिज बनाउने’ भारतसँग जलमार्ग, चीनको बन्दरगाह उपयोग
Apr 14, 2026
Playing
F– 35, MV–22, USS Tripoliले घेरियो होर्मुज, साउदी किन बेचैन ? || Nepal Times
Apr 14, 2026

कांग्रेस गम्भिर मोडमा,संस्थापनसँग गएनन् शेखर,पत्रकार सम्मेलन स्थगित

२५ पुष २०८२

२५ पुष , काठमाण्डौ ।

नेपाली काँग्रेसको विशेष महाधिवेशन आउन अब दुई दिन मात्र बाँकी रहँदा विशेष महाधिवेशन सफल बनाउने र विफल बनाउने अभियानमा काग्रेसीहरु नै खुल्ला रुपमा लागेका छन् । पार्टीका विभिन्न जिल्ला कार्य समितिहरूले विज्ञप्ति जारी गर्दै महाधिवेशनमा सहभागि हुन काठमाडौं आउन आह्वान गरेका छन् ।

Advertisement
Advertisement

पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने ऐतिहासिक दोस्रो विशेष महाधिवेशनमा सहभागिताका लागि शुक्रबार बिहानसम्म ३६ जिल्लाबाट औपचारिक रूपमा विज्ञप्ति जारी भइसकेको जनाइएको छ ।

विशेष महाधिवेशन जनपरिचालन तथा जुलुस परिचालन समितिका संयोजक जगदीश्वर नरसिंह केसीले विशेष महाधिवेशनमा सहभागी हुन आह्वान गर्ने जिल्ला तथा नेताहरूको संख्या दिनप्रतिदिन बढ्दै गएको जानकारी दिए ।

विज्ञप्ति जारी गर्ने जिल्लामा काठमाडौं, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, धनकुटा, भोजपुर, बारा, कास्की, बाँके, रोल्पा, अर्घाखाँची, पाल्पा, गोरखा, तनहुँ, नुवाकोट, रसुवा, लमजुङ, उदयपुर, गुल्मी लगायत रहेका छन् ।

विशेष महाधिवेशन अपरिहार्य रहेको उल्लेख गर्दै काँग्रेस पाल्पाका जिल्ला सभापति हिमाल श्रेष्ठले जनतामा व्याप्त निराशा चिर्दै आगामी निर्वाचनमा शत्रुतापूर्ण राजनीतिक व्यवहारको अन्त्य, मित्रवत प्रतिस्पर्धा र ‘जेन–जी आन्दोलन’को मर्मअनुसार युवाको प्रभावकारी सहभागिता सुनिश्चित गर्न विशेष महाधिवेशन आवश्यक रहेको बताए ।

यसैगरी, विशेष महाधिवेशनमा सहभागिका लागि औपचारिक आह्वान गर्दै काँग्रेस बारा जिल्ला सचिवद्वय राजेश रौनियार र भैयाराम प्रसाद यादवले संयुक्त विज्ञप्ति जारी गरेका छन् ।

विज्ञप्तिमा जनताको आवाज र वर्तमान आवश्यकतालाई मध्यनजर गर्दै अझ एकताबद्ध, ऊर्जाशील र परिवर्तनमुखी नेपाली काँग्रेस निर्माण गर्नु विशेष महाधिवेशनको मुख्य उद्देश्य रहेको उल्लेख गर्दै सबै प्रतिनिधिलाई सफलताका लागि सक्रिय हुन आग्रह गरिएको छ ।

कर्णाली प्रदेशका विभिन्न जिल्लाका महाधिवेशन प्रतिनिधि काठमाडौँका लागि प्रस्थान गरिसकेका छन् । सुदूरपश्चिमसहित सबै प्रदेशका जिल्लाबाट महाधिवेशन प्रतिनिधिहरू बस रिजर्भ गरी काठमाडौं आउने तयारीमा रहेको जनपरिचालन समितिले जानकारी दिएको छ ।

‘जेन–जी आन्दोलन’पछि देशको बदलिएको राजनीतिक परिवेशबीच हुन लागेको आगामी प्रतिनिधिसभा निर्वाचनमा नेपाली काँग्रेस नयाँ रूप र नयाँ एजेन्डासहित जनतामाझ जानुपर्ने आवश्यकता देखिएकाले विशेष महाधिवेशन आयोजना गरिएको हो ।

प्रारम्भमा कुल महाधिवेशन प्रतिनिधिमध्ये ५४ प्रतिशतले हस्ताक्षर गरी विशेष महाधिवेशनको माग गरेकामा हाल समर्थन गर्ने संख्या थप बढ्दै गएको विशेष महाधिवेशन सचिवालयले जनाएको छ ।

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वले आह्वान गरेको विशेष महाधिवेशन तयारी तिब्र पारिएको छ । शुक्रबार बिहानै ५ बजेदेखि कार्यकर्ता चारतारे झन्डाले भृकुटीमण्डप र आसपास क्षेत्र सिंगारिरहेका छन् ।

अर्काेतर्फ नेपाली कांग्रेसका १७ भ्रातृ संगठन विशेष महाधिवेशनको विपक्षमा उभिएका छन्। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेपछि संस्थापन निकट १७ भ्रातृ संगठनले विपक्षीमा संयुक्त अपिल जारी गरेका हुन्।

अपिलमा भनिएको छ, ‘हालको अवस्थामा देश र जनतालाई संकट मुक्त गर्न एक ढिक्का भएर अघि बढ्न सबैमा आव्हान गर्दछौ। नेपाली कांग्रेसका सभापति पदाधिकारीहरू तथा सम्पूर्ण केन्द्रीय समितिको ध्यानाकर्षण गराउन चाहन्छौं। नियमित महाधिवेशन को मिति वैशाख २८ गते देखि ३१ सम्मका लागि तोकिसकेको र फाल्गुन २१ गते आमनिर्वाचन समेत सम्पन्न हुन गइरहेको परिप्रेक्षकमा पार्टी एक ढिक्का भई बढ्नुको कुनै विकल्प छैन।’

यो समयमा सबै नेता कार्यकर्ताहरू तथा शुभेच्छुक लाई संयमित भएर जिम्मेवारीपूर्ण तरिकाले सबैको सहअस्तित्व लाई स्वीकार गरेर सहमति मार्फत नै अघि बढ्न अनुरोध गरेका छन्।

पुस २२ गते कार्यसम्पादन समितिको बैठकमा सहभागी हुन पार्टी कार्यालय प्रवेश गर्ने क्रममा पार्टीका पूर्व उपसभापति नेता विमलेन्द्र निधिलगायत अन्य नेताहरूप्रति भएको अपमानजनक व्यवहार को निन्दा समेत निन्दा गरेका छन्।

यता नेपाली कांग्रेसको संस्थापन समूहका केही नेताहरूले पार्टी विभाजन हुन नदिन विशेष महाधिवेशन पनि रोक्न आग्रह गर्ने निष्कर्ष निकालेका छन् । काठमाडौंको बानेश्वरस्थित अनन्दभूमि इभेन्टमा संस्थापन पक्षीय केन्द्रीय सदस्यहरू कृष्ण सिटौला, बालकृष्ण खाण, एनपी साउद, वीरबहादुर बलायर, शिव हुमागाईं, गुरु बराल, जीतजंग बस्नेत, किरण पौडेल, लक्ष्मी खतिवडा, उर्मिला थपलिया, गंगा अवाल, मदन कृष्ण श्रेष्ठ, गणेश लामालगायतको छलफलले यस्तो निष्कर्ष निकालेको हो ।

छलफलको जानकारी दिँदै केन्द्रीय सदस्य गुरु बरालले पार्टी कमजोर बनाउनेहरू सक्रिय भएकोले त्यसलाई कसरी रोक्न सकिन्छ भनेर छलफल भएको बताए । ‘इतिहासको मोडलमा पेलिचो छ । पार्टी विभाजन र कमजोर बनाउन सक्रिय छन् । त्यसकारण पार्टी एकता र फुटबाट जोगाउन कसरी सकिन्छ भन्ने छलफल भयो,’ उनले भने, ‘कांग्रेस कमजोर हुँदा लोकतन्त्र जान्छ । भूराजनीति तथा राष्ट्रिय राजनीतिका कारण कांग्रेस विभाजन हुन नदिन देश भरका साथीहरूलाई आह्वान गर्ने निर्णय भयो ।’

उनले विशेषको नाममा पार्टी विभाजन हुन लागेको भन्दै विशेष भनिरहेकाहरूलाई पनि पार्टी एक ढिक्का बनाउन आह्वान गरिने बताए । ‘विशेषको नाममा पार्टी विभाजन हुन लाग्यो , उहाँहरूलाई पनि कांग्रेस एकढिक्का बनाउन आह्वान गर्ने निर्णय भयो,’ छलफलपछि उनले भने, ‘हामीले युवा र जिल्ला सभापतिको भेला बोलाएर मुठभेडतिर हैन एकतामा ल्याउन लागेका हौँ ।’

गगन थापा र विश्वप्रकाश शर्मासहितले पुस २७ गतेलाई विशेष महाधिवेशन आह्वान गरेका छन् भने संस्थापन समूहले सोही दिन युवा तथा जिल्ला सभापति भेला डाकेको छ । कांग्रेस संस्थापन पक्षकै २५ केन्द्रीय सदस्यले विशेष महाधिवेशन पक्षसँग वार्ता गर्न नेतृत्वलाई अपिल गरेका छन् ।

विशेष महाधिवेशन माग गरेका प्रतिनिधिहरूको मतको सम्मान गर्दै संवाद र सहमतिका माध्यमबाट परिणाममुखी वातावरण निर्माण गर्न सभापति शेरबहादुर देउवासँग उनीहरूले अपिल गरेका हुन् ।

ललितपुरको कुपन्डोलमा शुक्रबार बिहान भएको छलफलपछि विज्ञप्ति जारी गर्दै सो समूहले विशेष महाधिवेशनको मागलाई सम्मान गर्दै संवाद र सहमतिका माध्यमबाट परिणाममुखी वातावरण निर्माण गर्न नेतृत्वलाई अपिल गरेको हो ।

समूहले त्यसअघि १८ पुसमा सभापति शेरबहादुर देउवालाई भेटेको थियो । समूहले २२ पुसमा नेता डा. शेखर कोइरालासँग छलफल गरेको थियो । सो सोही दिन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग पनि छलफल गरेको थियो ।

यता नेपाली काँग्रेसको संस्थापन पक्षले आयोजना गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित भएको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन आयोगना गर्ने तयारी गरेका थिए ।

Advertisement

तर नेता शेखर कोइराला पत्रकार सम्मेलनमा नआउने भएपछि स्थगित गरिएको बताइएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन बोलाएपछि काँग्रेसभित्रको विवाद चरम उत्कर्षमा छ । धेरै काग्रेसीहरुले नै पार्टी फुटको संघारमा रहेको भन्दै चिन्ता ब्यक्त गरिरहेका छन् ।

भर्खरको समाचार

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

सम्बन्धित खबरहरु

Scroll to Top