×

NEPAL TIMES UPDATES

Playing
होर्मुजकोमा १०,००० बढी अमेरिकी से*ना तैनाथ, सी ले दिए ४ बँुदे शान्ति प्रस्ताव|| Nepal Times
Apr 15, 2026
Playing
दीपक खड्काको फाइल अब अख्तियारमा || Nepal Times
Apr 15, 2026
Playing
देउवा, ओली, प्रचण्ड अनि बालेनमा को धनी ?|| Nepal Times
Apr 15, 2026
Playing
सरकारको १८ बुँदे प्रतिवद्धतामा प्रतिपक्ष दल के भन्छन् ?#balen #ashika #nepal || Nepal Times
Apr 15, 2026
Playing
५ वर्षमा १५ लाख रोजगारी र एआई निर्यातसहितका १४ राष्ट्रिय प्रतिबद्धता|| Nepal Times
Apr 15, 2026
Playing
सीमा नाघेर गतिविधि नगर्न देउवा पक्षलाई गगनको चेता*वनी, पूर्णबहादुरको काउन्टर|| Nepal Times
Apr 14, 2026
Playing
एमसीसी र बीआरआईको सन्तुलन नमिलाए बालेन सरकारलाई कठिन || Nepal Times
Apr 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-01-2083 || Nepal Times
Apr 14, 2026
Playing
‘नेपाललाई बफर स्टेट होइन, भाइब्रेन्ट ब्रिज बनाउने’ भारतसँग जलमार्ग, चीनको बन्दरगाह उपयोग
Apr 14, 2026
Playing
F– 35, MV–22, USS Tripoliले घेरियो होर्मुज, साउदी किन बेचैन ? || Nepal Times
Apr 14, 2026

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

२६ पुष २०८२

२६ पुष , काठमाण्डौ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय उपाध्यक्ष बनेको भन्दै प्रधानमन्त्री सुशीला कार्कीले मन्त्री पदबाट राजीनामा दिन गरेको अनुरोधलाई स्विकार्दै पूर्ण रूपमा राजनीतिमा आउने भन्दै मन्त्री वदबाट राजीनामा दिएका कुलमान घिसिङ र रास्वपा बिच अहिले सम्म सहमति हुन सकेको छैन ।

Advertisement
Advertisement

मन्त्री पदबाट राजीनामा दिँदा आफू कुनै पार्टीको सदस्य अहिले सम्म नरहेको दाबी कुलमानले गरेका थिए । रबी र बालेन साह एक भएपछि कुलमानलाई रबीकै पार्टीमा जान जेनजीहरुको समेत दबाब बढेको थियो ।

अन्तिम अवस्थामा आएर रबी, बालेर र कुलमान बिच उपसभापति पदमा कुलमान जाने सहमति भएको थियो । तर अहिले सम्म कुलमानले रास्वपाको साधारण सदस्य समेत लिई नसकेको दाबी गर्दै आएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ आबद्ध उज्यालो नेपाल पार्टीबिच घोषणा गरिएको एकता प्रक्रिया अझै निष्कर्षमा पुग्न सकेको छैन । मुख्यतः केन्द्रीय समितिमा प्रतिनिधित्वको सङ्ख्या र पूर्व सहमति कार्यान्वयनको विषयले एकता प्रक्रिया सङ्कटमा परेको जानकार स्रोतहरू बताउँछन् ।

एकता टुङ्ग्याउने उद्देश्यले शुक्रवार रास्वपा सभापति रवि लामिछाने र उज्यालो नेपालका संरक्षक कुलमान घिसिङबिच लामो छलफल भए पनि सहमति जुट्न सकेन । छलफलमा सबैभन्दा ठुलो अवरोध केन्द्रीय समितिमा उज्यालो नेपाललाई दिने सदस्य सङ्ख्या बनेको सहभागी स्रोतको भनाइ छ ।

उज्यालो नेपालले एकतापछि आफ्ना तर्फबाट ३३ जना केन्द्रीय सदस्य राख्नुपर्ने प्रस्ताव अघि सारेको थियो । तर रास्वपा सभापति लामिछाने ११ जनाभन्दा बढी केन्द्रीय सदस्य दिन नसकिने अडानमा देखिएका छन् ।

“११ जनामा सीमित हुन कुलमान तयार देखिनु भएन,” उज्यालो नेपालका एक नेताले बताए । यस विषयमा सहमति नजुटेपछि कुलमान घिसिङले सोही साँझ आफ्ना पार्टीका नेताहरूलाई छलफलबारे ब्रिफिङ गर्दै “हालको अवस्थामा सहकार्य सहज देखिँदैन” भन्ने निष्कर्ष सुनाइसकेको स्रोतहरू बताउँछन् ।

यसले दुई पार्टीबिचको एकता झनै अन्योलमा परेको सङ्केत दिएको छ । रास्वपाको विधानअनुसार केन्द्रीय समिति १२९ सदस्यीय छ । बालेन शाह समूह प्रवेश गर्नु अघि पार्टीमा ५८ जना केन्द्रीय सदस्य मात्र थिए ।

त्यसपछि विवेकशील साझाबाट ७ जना, बालेन समूहबाट २६ जना केन्द्रीय सदस्य थपिएपछि हाल केन्द्रीय समितिमा सङ्ख्या ९१ पुगेको छ । अब अझै ३८ पद रिक्त छन्। यदि उज्यालो नेपालले माग गरेअनुसार ३३ जना केन्द्रीय सदस्य थपिए भने रिक्त पद ५ मा झर्नेछ ।

यस्तो अवस्थामा पुरानै समूहका केही सदस्य थपिँदा पनि रवि लामिछाने पक्षको सङ्ख्या करिब ६३ मा सीमित हुने गणना रास्वपा नेतृत्वको छ । केन्द्रीय समितिमा बहुमतका लागि ६५ सदस्य आवश्यक पर्ने भएकाले आफ्नो पक्ष अल्पमतमा पर्न सक्ने आशङ्काले रास्वपा नेतृत्व लचक देखिन नसकेको विश्लेषण गरिएको छ ।

एक सहभागी स्रोतका शब्दमा, “कुलमान आउँदा बालेन समूह पनि एकातिर उभिने र त्यसले पार्टीभित्र निर्णय लिन असहज बनाउने डर देखिन्छ ।”एकताका क्रममा उपाध्यक्षसहित उज्यालो नेपाललाई समानुपातिकतर्फ १८ जना उम्मेदवार समेट्ने सहमति भएको दाबी गरिँदै आएको छ ।

सोहीअनुसार कुलमान घिसिङले १८ जनाको नाम रास्वपा सभापतिलाई पठाएका थिए । तर अन्तिम सूचीमा १४ जना मात्र समावेश गरिएपछि उज्यालो नेपालभित्र असन्तुष्टि चुलिएको छ ।
पठाइएका चार नाम काटिएको र समावेश गरिएकाहरूलाई पनि सूचीको पछिल्लो क्रममा राखिएको भन्दै उज्यालो नेपालका नेताहरूले यसलाई “पूर्वसहमतको उल्लङ्घन” का रूपमा लिएका छन् ।

रास्वपा बाट सुधारको आश्वासन आए पनि त्यसप्रति विश्वास कमजोर रहेको उनीहरूको भनाइ छ । पदीय भागबन्डासँगै सैद्धान्तिक विषय पनि विवादको अर्को कारण बनेको छ ।

उज्यालो नेपालभित्र रहेका पहिचानवादी नेताहरू सङ्घीयता, धर्मनिरपेक्षता र पहिचानको विषयमा रास्वपाको स्पष्ट धारणा माग गरिरहेका छन् । केन्द्रीय समितिमा छलफल नै नगरी एकताको घोषणा गरिएको भन्दै उनीहरू संरक्षक कुलमान घिसिङसँग असन्तुष्ट देखिएका छन् ।

समानुपातिक बन्द सूची बुझाउने कानुनी समय सीमाले उज्यालो नेपाललाई थप दबाबमा पारेको छ । यदि सूची बुझाइसकेको अवस्था नहुँदो हो त अहिले एकता भङ्ग भइसकेको हुन सक्थ्यो भन्ने आन्तरिक विश्लेषण पार्टीभित्र भइरहेको छ ।

स्रोतका अनुसार, समानुपातिक सूची सच्याउन मिल्ने समय बाँकी रहेकाले आवश्यक परे रास्वपाको सहमति तोडेर नयाँ निर्णय लिने विकल्पबारे पनि आन्तरिक छलफल भइरहेको छ ।

तर एकता भङ्ग गर्दा आफ्नै पार्टीलाई कानुनी र राजनीतिक घाटा हुन सक्ने जोखिमका कारण नेतृत्व अझै निर्णायक कदम चाल्न हिचकिचाइरहेको देखिन्छ । यसैबिच, काठमाडौँको बौद्धस्थित एक होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय कमिटी बैठकमा कुलमान घिसिङले रवि लामिछानेसँग भएको पछिल्लो छलफल र त्यसको गाम्भीर्यबारे जानकारी गराएका छन् ।

बैठकमा रास्वपा नेतृत्व पूर्व सहमति कार्यान्वयनमा इमानदार नदेखिएको निष्कर्ष निकालिएको स्रोत बताउँछन् । रास्वपा सभापति लामिछाने व्यक्तिगत रूपमा सकारात्मक देखिए पनि पार्टीको ‘कोर टिम’ ले सहमतिप्रति दबाब महसुस नगरेको धारणा बैठकमा व्यक्त भएको छ ।

उज्यालो नेपालका अधिकांश नेताहरूले “अपमान सहेर एकता अगाडि बढाउन नसकिने” भन्दै ठोस निर्णय लिन नेतृत्वलाई दबाब दिइरहेका छन् ।

Advertisement

भर्खरको समाचार

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

सम्बन्धित खबरहरु

Scroll to Top