NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
समानुपातिकका लागि कुलमानको म्याराथन, अदालतसम्म जाने सोमवार पुस २८ , २०८२
गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने सोमवार पुस २८ , २०८२
प्रशान्त तामाङको सुतेकै अवस्थामा कसरी मृत्यु भयो ? सोमवार पुस २८ , २०८२
जेनजी विद्रोह के थियो ? कसका कारणले भयो ? विश्वप्रकाशले खुलाए सोमवार पुस २८ , २०८२
केपी ओलीसँगै किन भिड्न चाहन्छन् बालेन ? सोमवार पुस २८ , २०८२
Next
Prev

समाचार

केपी ओलीसँगै किन भिड्न चाहन्छन् बालेन ?

सोमवार पुस २८ , २०८२
Reading Time: 1 min read
A A
केपी ओलीसँगै किन भिड्न चाहन्छन् बालेन ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२८ पुष , काठमाण्डौ ।

२०४७ चैत ५ मा काठमाडौँमा आयोजित चुनावी सभामा नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीले दिएको मन्तव्य सबैभन्दा चर्चित थियो । यहीँबाट उनले तत्कालीन राजा वीरेन्द्रलाई श्रीपेच खोलेर चुनाव लडेर राजनीतिमा आउन चुनौती दिँदै भनेका थिए, ‘मान–सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्सायोस् महाराज । हात नलम्काइबक्स्योस् । आँखा नचम्काइबक्स्योस् ।आफ्ना सण्डमुण्डहरूलाई नचलाइबक्स्योस् । र, यदि सण्डमुण्डहरूलाई नै चलाउने हो भने, यदि सण्डमुण्डहरूलाई नै अगाडि लिएर आउने हो भने महाराजले पनि श्रीपेच उतारेर, सिंहासनमा राखेर, मैदानमा नेता भएर आउनुप¥यो ताकि प्रतिद्वन्द्वयता गर्न सकियोस् ।

मदन भण्डारीको यो साहसलाई नेपालको राजनीतिक इतिहासको पानामा दर्ज गरिएको छ । आज नेकपा एमाले तिनै मदन भण्डारीले प्रतिउत्पादन गरेको जबजको सिद्धान्तलाई टेकेर यहाँ सम्म आइपुगेको छ ।

LS Auto

मदन भण्डारीले राजालाई खुल्ला चुनौती दिए झै मदनकै पार्टी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई काठमाण्डौंका मेयर बालेन साहले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचनमा उनी लड्दै आएको निर्वाचन क्षेत्र झापा ५ बाट उम्मेदवारी घोषणा गर्दै चुनौती दिने तयारीमा लागेका छन् ।

बालेनको यो साहसले जेनजी आन्दोलनको मर्म मात्र बोकेको छैन निर्वाचन क्षेत्रका मतदाताहरूलाई आफ्नै गोजीका हुन भन्ने प्रवृत्तिलाई समेत चुनौती दिएको छ । छोटो समयमा नेपाली राजनीतिमा लोकप्रियता कमाएका बालेनलाई भदौ २३ र २४ गतेको जेनजी आन्दोलन सफल भए सँगै प्रधानमन्त्री पदको अफर नआएको हैन ।

यदि उनले चाहेका भए यति बेला सुशीला कार्कीको ठाउँमा उनी प्रधानमन्त्री बन्न सक्थे । तर त्यो सहज र छिटो बाटो बालेनले रोजेनन् । प्रधानमन्त्री पद नै स्विकार नगरेको भन्दै बालेन साह प्रति निकै ठूलो जमात आक्रोशित समेत बन्यो ।

तर उनी सामाजिक सञ्जाल र फोन सम्पर्कबाट समेत टाढा रहे । सडकमा जेनजीहरु नै आपसमा झगडा गर्दै विभिन्न समूहमा देखिन थालेपछि बालेनलाई जेनजीहरुको सम्बोधनका लागि पनि स्वतन्त्र राजनीतिबाट दलीय राजनीतिमा आउन दबाब बढी रहेको थियो ।

अन्तिममा आएर बालेन आफै पार्टी खोल्ने भन्दा पनि भावी प्रधानमन्त्रीका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीले अघि सार्ने आफ्नो माग पूरा गरेपछि रास्वपा प्रवेश गरे ।रास्वपाले भावी प्रधानमन्त्रीका रूपमा बालेनलाई अघि सारेको छ ।

यसमा केही जेनजी समूहहरू पनि प्रत्यक्ष रूपमा लागि रहेका छन् । एक थरीलाई लागी रहेको छ बालेनको क्रेज काठमाण्डौंमा मात्र छ । यदि बालेन काठमाण्डौं बाहिर गए भने भोलि उनलाई प्रधानमन्त्री बन्ने बाटो नै बन्द हुन सक्छ ।

बाहिरबाट हेर्दा सबैलाई त्यस्तो लाग्नु स्वाभाविक पनि हो । बालेन राजनीति रूपमा काठमाडौँ भित्र मात्र सीमित छन् । किन भने उनी स्वतन्त्र उम्मेदवार भएर काठमाण्डौंको मेयर जिते त्यसपछि सामाजिक सञ्जालबाट मात्र राष्ट्रिय राजनीतिमा जोडिएका पात्र हुन ।

सायद उनका लागि काठमाण्डौं नै बढी सुरक्षित क्षेत्र हुन सक्थ्यो । तर आज उनले जुन साहस गरेर पूर्वको झापा रोज्ने योजना बनाएका छन् त्यसमा पनि चार पटक प्रधानमन्त्री भई सकेको एउटा प्रभावशाली नेता जो अहिले पार्टीको अध्यक्ष समेत छन् त्यही व्यक्ति सँग निर्वाचन लड्ने बालेनको यो हिम्मत लोकतन्त्रका लागि एउटा पिलरका रूपमा स्थापित हुने छ ।

झापा जिल्ला नेकपा एमालेले आफ्नो सुरक्षित किल्लाका रूपमा हेर्ने गर्छ । त्यसमा पनि झापा क्षेत्र नम्बर ५ बाट संसदीय निर्वाचनमा ओली छैटौँ पटक निर्वाचित भई सकेका पात्र हुन् ।

तिन वर्ष अघि भएको निर्वाचनमा गठबन्धनअन्तर्गत काँग्रेसका खगेन्द्र अधिकारीलाई २८ हजार ५७४ मतान्तरले पराजित गर्दै विजयी माला लगाएका थिए । त्यस बेला ओलीले ५२ हजार ३१५ मत पाएका थिए ।

त्यस बेला एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग चुनावी तालमेल गरेको थियो । झापा ५ मा राप्रपाको बलियो प्रभाव रहेको छ । यही निर्वाचन क्षेत्र भित्र पर्ने दमक नगरपालिकाको मेयर पदमा राप्रपाले जित हासिल गरेको छ ।

ओली २०६४ को पहिलो संविधानसभा चुनावबाहेक २०४८ यताका सबै चुनावमा झापाबाट निर्वाचित हुँदै आएका छन् । उनी ०४८, ०५१ र ०५६ को संसदीय निर्वाचनमा झापा क्षेत्र नं. ६ बाट निर्वाचित भएका थिए ।

ओली ०५६ मै झापा २ बाट समेत निर्वाचित भएका थिए । ओली ०६४ को संविधानसभा निर्वाचनमा भने झापा क्षेत्र नं. ७ बाट पराजित भएका थिए । २०७० मा संविधानसभाको दोस्रो निर्वाचनमा ओली झापा क्षेत्र नं. ७ बाट निर्वाचित भएका थिए ।

राज्य पुनर्संरचनापछि साबिकको ६ र ७ नम्बर हाल झापा ५ भएको छ । झापा ५ बाट २०७४ उनी सर्वाधिक मतकासाथ निर्वाचित भएका थिए । सामाजिक सञ्जालमा ओली र बालेन बिचको वाक युद्धको श्रृंखला लामो छ ।

आखिर किन बालेनले झापा नै रोजेका हुन त ? भन्ने चासो सवैमा बढेको छ ।  तर बालेनले पूर्वबाट सुरु गरेको राजनीतिक यात्रालाई सकारात्मक रूपमा हेर्नेहरूको सङ्ख्या धेरै छ । बालेनको ससुराली घर भने झापा क्षेत्र नम्बर ५ सँगै जोडिएको पश्चिम तर्फको मोरङ जिल्लाको उर्लाबारी नगरपालिकामा रहेको छ ।

यस अर्थमा उनी यो क्षेत्रका ज्वाइँ समेत हुन् । यस अघिको निर्वाचनमा पनि यो क्षेत्रबाट रास्वपाले ११ हजार भन्दा माथि मत ल्याएको थियो । तर पटक पटक राज्य सञ्चालनको डाडु पुन्यु समाएका ओलीले यो क्षेत्रको भौतिक विकास निर्माण निकै गरेका छन् ।

बालेनको झापा–५ बाट आगामी निर्वाचन लड्ने तयारीको खबर सामान्य उम्मेदवारी घोषणाभन्दा धेरै गहिरो राजनीतिक सन्देश बोकेको छ । यो कदमलाई राजनीतिक महत्त्वाकाङ्क्षाका रुपमा मात्रै नहेरेर नेपाली राजनीतिमा लामो समयदेखि जम्दै आएको शक्ति–केन्द्रित राजनीतिलाई चुनौती दिने साहसी सङ्केतका रुपमा हेरिएको छ ।

झापा–५ नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षित मानिँदै आएको निर्वाचन क्षेत्र हो । लगातार निर्वाचन जित्दै आएका ओलीको क्षेत्रमा बालेनको प्रवेशले अब नेपाली राजनीति व्यक्ति पूजा र सुरक्षित गढभन्दा माथि उठ्नुपर्ने समय आएको सन्देश दिने विश्लेषण गरिएको छ ।

लोकतन्त्रमा कुनै पनि क्षेत्र, कुनै पनि पद र कुनै पनि नेता प्रश्नभन्दा माथि हुँदैन भन्ने मान्यतालाई बालेनले व्यवहारमै उतार्न खोजिरहेका छन् । बालेनको राजनीतिक यात्रा काठमाडौँ महानगरपालिकाको मेयर पदबाट सुरु भएको हो ।

सीमित स्रोत, पुरानो संरचना र व्यापक अवरोधबिच पनि उनले सहरी शासनमा अनुशासन, पारदर्शिता र परिणाममुखी कामको उदाहरण प्रस्तुत गरे । यही स्थानीय सफलताले उनलाई राष्ट्रिय राजनीतितर्फ जिम्मेवारी बोक्न प्रेरित गरेको देखिन्छ ।

झापा–५ बाट चुनाव लड्ने तयारीले बालेन सजिलो बाटो होइन, सार्थक बाटो रोज्न चाहन्छन् भन्ने सन्देश दिन्छ । यदि उनी केवल सांसद बन्न चाहन्थे भने, कम चुनौतीपूर्ण भएको क्षेत्र रोज्न सक्थे । तर शक्तिशाली र स्थापित नेतासँग प्रतिस्पर्धा गर्ने निर्णयले उनको आत्मविश्वास मात्र होइन, लोकतान्त्रिक मूल्यप्रतिको प्रतिबद्धता पनि देखाउँछ ।

बालेनले झापाका स्थानीय नेता–कार्यकर्तासँग संवाद गर्नु, मत सर्वेक्षण गर्नु र प्रत्यक्ष बुझाइका आधारमा निर्णय लिनु नयाँ पुस्ताको राजनीतिक शैलीको प्रतिनिधित्व हो । यसले राजनीतिमा थोपर्ने होइन, सुन्ने संस्कृतिको विकास गर्न सक्ने सम्भावना देखाउँछ ।

बालेनको कदमले राजनीतिप्रति निराश हुँदै गएको युवापुस्तामा नयाँ आशा जगाउन सक्छ । ठूला नेताको क्षेत्रमा चुनाव लड्न सकिँदैन भन्ने मनोवैज्ञानिक डरलाई तोड्दै उनले युवालाई राजनीतिमा सक्रिय हुन प्रेरित गरेका छन् ।

लोकतन्त्र बलियो तब मात्र हुन्छ, जब प्रतिस्पर्धा खुला, निष्पक्ष र विचारमा आधारित हुन्छ । अन्ततः बालेनको सम्भावित उम्मेदवारीले मतदातालाई विकल्प छान्न पाउने अधिकार स्मरण गराउँनेछ ।

बालेन र ओली उम्मेदवार बने दुवै देशका लागि भावी प्रधानमन्त्री मध्ये एकलाई छान्न झापाका मतदाता पनि उत्साहित हुनेछन् । एउटै क्षेत्रमा दशकौँसम्म एउटै अनुहारलाई मतदान गर्नुपर्ने बाध्यता लोकतन्त्र होइन ।

नयाँ उम्मेदवार, नयाँ विचार र नयाँ बहस लोकतन्त्रका सुन्दर पक्ष हुन् ।यदि बालेन झापा–५ बाट चुनाव लड्छन् भने, जित–हारभन्दा ठूलो उपलब्धि नेपाली राजनीतिमा चुनौती दिन सकिने, प्रश्न गर्न सकिने र विकल्प प्रस्तुत गर्न सकिने वातावरण अझ सशक्त हुनेछ ।

Tags: #केपी ओली#बालेन

लोकप्रीय

कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

समानुपातिकका लागि कुलमानको म्याराथन, अदालतसम्म जाने

सोमवार पुस २८ , २०८२
गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

सोमवार पुस २८ , २०८२
प्रशान्त तामाङको सुतेकै अवस्थामा कसरी मृत्यु भयो ?

प्रशान्त तामाङको सुतेकै अवस्थामा कसरी मृत्यु भयो ?

सोमवार पुस २८ , २०८२

विचार

कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

समानुपातिकका लागि कुलमानको म्याराथन, अदालतसम्म जाने

सोमवार पुस २८ , २०८२
गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

सोमवार पुस २८ , २०८२
प्रशान्त तामाङको सुतेकै अवस्थामा कसरी मृत्यु भयो ?

प्रशान्त तामाङको सुतेकै अवस्थामा कसरी मृत्यु भयो ?

सोमवार पुस २८ , २०८२

थप समाचार

कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने
निर्वाचन

समानुपातिकका लागि कुलमानको म्याराथन, अदालतसम्म जाने

सोमवार पुस २८ , २०८२
गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने
ट्रेन्डिंग समाचार

गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

सोमवार पुस २८ , २०८२
प्रशान्त तामाङको सुतेकै अवस्थामा कसरी मृत्यु भयो ?
समाचार

प्रशान्त तामाङको सुतेकै अवस्थामा कसरी मृत्यु भयो ?

सोमवार पुस २८ , २०८२
जेनजी विद्रोह के थियो ? कसका कारणले भयो ? विश्वप्रकाशले खुलाए
ताजा समाचार

जेनजी विद्रोह के थियो ? कसका कारणले भयो ? विश्वप्रकाशले खुलाए

सोमवार पुस २८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: ट्रम्प भेनेजुएलाका राष्ट्रपति, रुवियो क्युबाका नेता ! || Nepal Times

World News: ट्रम्प भेनेजुएलाका राष्ट्रपति, रुवियो क्युबाका नेता ! || Nepal Times

00:22:33

World News: भेनेजुएला छाड्न अमेरिकीलाई सुझाव, कोरियाली तनाव उत्कर्षमा || Nepal Times

00:26:55

World News: ब्राजिलले भेनेजुएलासँगको सीमामा राष्ट्रिय गार्ड पठाउने, ताइवानको एफ–१६ फ्लिट ग्राउन्डेड

00:22:17

World News: २० देश अमेरिकी Black Listमा, Greenland कब्जा गर्ने प्लान सार्वजनिक|| Nepal Times

00:28:00

World News: रूसी जहाज अमेरिकी कब्जामा, पेट्रोलाई ह्वाइट हाउसमा निम्तो || Nepal Times

00:26:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

मङ्लबार पुस २२ , २०८२
अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

बिहिबार पुस २४ , २०८२
गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

सोमवार पुस २८ , २०८२

हालका पोस्टहरू

कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

समानुपातिकका लागि कुलमानको म्याराथन, अदालतसम्म जाने

सोमवार पुस २८ , २०८२
गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

सोमवार पुस २८ , २०८२
प्रशान्त तामाङको सुतेकै अवस्थामा कसरी मृत्यु भयो ?

प्रशान्त तामाङको सुतेकै अवस्थामा कसरी मृत्यु भयो ?

सोमवार पुस २८ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.