×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी वरिष्ठ कूटनीतिज्ञले ककसलाई भेट्दैछन्? एमसीसीमा चासो|| Nepal Times
Apr 18, 2026
Playing
आजदेखि शनिबार ‘भेहिकल फ्रि असन’ || Nepal Times
Apr 18, 2026
Playing
कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?|| Nepal Times
Apr 18, 2026
Playing
होर्मुजको जलडमरूम खोल्ने इरानको घोषणा || Nepal Times
Apr 17, 2026
Playing
हरेक नेपालीको भागमा १ लाख ऋणः कसले तिरिदिन्छ ३७ अर्ब किस्ता? || Nepal Times
Apr 17, 2026
Playing
नेपालमा कति छ युरेनियम ?कसले लगायो बक्रदृष्टि? बालेन सरकारसँग मागियो जवाफ || Nepal Times
Apr 17, 2026

काँग्रेस फुटाउन अन्तर्राष्ट्रिय शक्ति लागेको हो ? देउवाले कार्ड फ्याँके

२९ पुष २०८२

२९ पुष , काठमाण्डौ ।

नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत नयाँ निर्वाचन समिति गठन गरिएको छ । मंगलबार बन्दसत्र सुरु हुनासाथ सीताराम केसीको अध्यक्षतामा निर्वाचन समिति गठन गरिएको हो ।

Advertisement
Advertisement

संस्थापन र विशेष महाधिवेशन पक्षधरबिच समिति नै गठन गरेर वार्ता भइरहेको बेलामा यता महाधिवेशनमा नेतृत्व चयनको प्रक्रिया अगाडि बढाउन निर्वाचन समिति गठन गरिएको हो ।

निर्वाचन समितिमा अशोक पोखरेल, गोकर्ण बन्जाडे, आरसी विमल पौडेल, रामचन्द्र गौतम सदस्य रहेका छन् ।अहिले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिवेदनमाथि बन्द सत्रमा छलफल जारी रहेको छ र नीतिगत निर्णयपछि निर्वाचन प्रक्रियासमेत अगाडि बढाइने बताइएको छ ।

भृकुटीमण्डपमा बन्दसत्र जारी रहँदा विशेष महाधिवेशन र संस्थापन पक्षधरबीच अहिले बालुवाटारमा वार्ता चलिरहेको छ । संस्थापन पक्षले विशेष महाधिवेशनलाई मान्यता नदिने बताइरहेको छ भने विशेष पक्षले नयाँ नेतृत्व समेत चयन गर्ने बताइरहेको छ ।

यसैबीच वार्तामा सहभागी नेता प्रदीप पौडेलले विशेष महाधिवेशनले स्पष्ट परिवर्तनकारी नीति र नेतृत्वसहित पार्टीलाई अझ एकताबद्ध बनाउने बताएका छन् । वार्तास्थलबाटै सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्, ‘वाध्यात्मक परिस्थितिले सिर्जना गरेको विशेष महाधिवेशनले स्पष्ट परिवर्तनकारी नीति र नेतृत्व सहित नेपाली कांग्रेसलाई अझ एकताबद्ध बनाउनेछ ।

हामी एकताबद्ध, परिवर्तित र सबल नेपाली कांग्रेसको पक्षमा छौं । दुवै पक्षले आ–आफ्नो अडान कायम राखेपछि मध्यमार्गी बाटोबाट सहमति खोज्न अहिले बालुवाटारमा वार्ता जारी रहेको हो ।

वार्तामा विशेष महाधिवेशन पक्षबाट प्रदीप पौडेलसंगै गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे सहभागी छन् । सभापति शेरबहादुर देउवा पक्षबाट रमेश लेखक, बालकृष्ण खाण र शेखर कोइराला पक्षबाट जीवन परियार र मिनेन्द्र रिजाल सहभागी छन् ।

यता वार्ता जारी रहँदा गगन थापा र विश्वप्रकाश शर्मा भने विशेष महाधिवशेन स्थल भृकुटीमण्डपमा छन् । सोमबार सुरु बन्दसत्रले देउवालाई हटाएर नयाँ सभापति चयन गर्ने कार्यविधिसमेत पारित गरिसकेको छ ।

सुरुमा पुस २७ र २८ गतेका लागि भनिएको विशेष महाधिवेशन विभिन्न प्रतिवेदनमा छलफल जारी रहेकाले आजसम्मका लागि लम्बिएको हो । महामन्त्रीद्वय थापा र शर्माले प्रस्तुत गरेको प्रतिवेदनमा छलफल जारी रहेको र नीतिगत निर्णयपछि निर्वाचन प्रक्रियासमेत अगाडि बढ्ने विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले जानकारी दिएका छन् ।

यसबीच हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधिहरूको संख्या ७० प्रतिशत पु¥याउने दाबी यो पक्षले गरेको छ । सोमबार साँझ सञ्चारकर्मीहरूसँग कुरा गर्दै महाधिवेशन पक्षधरहरूले यसबारे जानकारी गराएका हुन् ।

विशेष महाधिवेशन पक्षधर नेता सुवास पोखरेलले आइतबार विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्नेहरूको संख्या २ हजार ६ सय ६२ रहेकोमा सोमबार ६.२४ प्रतिशतले बढेको जानकारी दिए ।

“हिजो हाम्रो संख्याभन्दा आज ६.२४ प्रतिशतले बढेको छ । हिजो २ हजार ६ सय ६२ थियो । त्यसमा ६.२४ बढ्दा ६३ प्रतिशतभन्दा बढीले हस्ताक्षर गर्नुभएको छ । कोही आउने क्रम जारी छ,“ पोखरेलले भने, “पार्टीका नेताहरूलाई आग्रह गर्दछु– ६६ प्रतिशत भन्ने सुनियो, हामी सत्तरी पु¥याएर देखाइदिन्छौँ ।“

यता कांग्रेस विभाजनको डिलमा पुगेपछि सभापति शेरबहादुर देउवा र विशेष महाधिवेशन पक्षधर नेताहरू सोमबार रातिदेखि निर्णायक छलफलमा जुटेका हुन् । देउवाले आफ्ना प्रतिनिधिहरू खटाएपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले राति साढे १० बजे ‘बटमलाइन’ अघि सारेका छन् ।

महामन्त्रीद्वयले विशेष महाधिवेशनले पारित गरेका नीति तथा कार्यक्रमको स्वामित्व समग्र पार्टीले लिनुपर्ने, २९ असोजको केन्द्रीय कार्यसमिति बैठकमा आफैंले घोषणा गरेजस्तै देउवा पार्टीको सक्रिय जिम्मेवारीबाट अलग हुनुपर्ने, निर्वाचन आयोगमा उम्मेदवारले बुझाउने टिकटमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको हस्ताक्षर हुनुपर्ने र देउवा स्वयंले पनि यसपालिको निर्वाचन नलड्ने घोषणा गर्नुपर्ने ‘बटमलाइन’ प्रस्तुत गरेका छन् ।

उनीहरूले आगामी निर्वाचनमा अन्य कुनै पनि दलसँग गठबन्धन नगर्ने नीतिमा पनि अडान राखेका छन् । ‘मुख्यगरी यसमा सहमति हुने अवस्था बन्यो भने नेतृत्वको विषयमा हामी खुला हुन्छौं,’ विशेष महाधिवेशनका आयोजक नेता घिमिरेले भने, ‘सहमति हुन सकेन भने विशेष महाधिवेशनले आफ्नो कोर्स पूरा गर्छ ।’

सहमतिका लागि विशेष महाधिवेशनलाई स्वामित्व लिने कि नलिने भन्ने विषय नै पेचिलो बनेको छ । नेता शेखर कोइरालाले पनि यही प्रस्ताव लिएर सभापति देउवासँग भेटेका थिए । तर देउवाले विशेष महाधिवेशनको स्वामित्व लिने प्रमुख सर्त नै नमानेपछि कुरा अघि बढ्न सकेको थिएन ।

त्यही प्रस्तावमाथि महामन्त्रीद्वयका तर्फबाट थप छलफल अघि बढाइएको हो । विशेष महाधिवेशनले केन्द्रीय कार्यसमिति विघटन र नयाँ निर्वाचन प्रक्रिया अघि बढाउने कार्यविधि ल्याएपछि छटपटीमा रहेका देउवा दिनभरजसो छलफलमा व्यस्त भएका थिए ।

उनले आफ्नो पक्षका केन्द्रीय समितिको बैठक नै राखे भने कानुन व्यवसायीहरूसँग सम्भावित परिणामलाई लिएर छलफलसमेत गरेका थिए । विगतमा आफ्नै पक्षमा रहेका र अहिले विशेष महाधिवेशन हलमा उपस्थित प्रतिनिधिहरूको दबाबमा परेका नेता कोइराला पनि कुनै न कुनै माध्यमबाट समाधान खोज्न दौडधुप गरिरहेका छन् ।

तर, देउवाले विशेष महाधिवेशनलाई कुनै हालतमा स्वीकार नगर्ने ‘बटमलाइन’ राखेका छन् । महामन्त्रीद्वय थापा र शर्माको पहिलो सर्त नै विशेष महाधिवेशनलाई स्वामित्व लिएर त्यसको निर्णयलाई कार्यान्वयन गरिनुपर्नेछ ।

तर संस्थापनपक्ष विशेष महाधिवेशनलाई स्विकार्ने पक्षमा देखिएको छैन । देउवाले निवासमै आफ्ना पक्षका केन्द्रीय सदस्यहरूको बैठक राखेर पनि छलफल गरेका थिए । अधिकांश सदस्यले सहमतिका लागि पहल गर्न जोड दिएका थिए ।

उनीहरूको सुझावअनुसार मंगलबार केन्द्रीय कार्यसमिति बैठक बोलाइएको छ । यद्यपि उक्त बैठक विशेष महाधिवेशनको स्वामित्व लिनेबारेमा नभएर यसअघि केन्द्रीय कार्यसम्पादन समितिले गरेका निर्णय जानकारी गराउनेबारे रहेको प्रवक्ता प्रकाशशरण महतले बताए ।

केन्द्रीय सदस्यहरूसँगको छलफलमा देउवाले अन्तर्राष्ट्रिय शक्ति नलागेको भए महामन्त्री थापा र शर्माले पार्टी विभाजन नगर्ने विश्वास व्यक्त गरेका थिए । ‘अन्तर्राष्ट्रिय शक्तिकेन्द्र नै कांग्रेस विभाजन गर्न लागेको हो कि भन्ने आशंका छ, त्यसो होइन भने यो पार्टी विभाजन हुन्न, अरू जस्तोसुकै निर्णयका लागि म तयार छु,’ उनको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘म अब सभापति हुने होइन, पार्टी एक होस् । नियमित महाधिवेशनबाट छाड्छु भनेकै छु, जे हुन्छ महाधिवेशनबाट भइहाल्छ ।’

यता विशेष महाधिवेशन हलमा नीति मात्रै नभएर नेतृत्व नै बदल्नुपर्ने दबाब बढ्दै गएको छ । महाधिवेशन प्रतिनिधि थपिने क्रम पनि बढेको छ । नयाँ निर्वाचनका लागि विशेष महाधिवेशनले कार्यविधि पारित गरेर नयाँ निर्वाचन समिति पनि गठन गरिसकेको छ ।

वर्तमान केन्द्रीय कार्यसमिति भंग गरेर नयाँ केन्द्रीय कार्यसमितिको निर्वाचन गर्ने कार्यविधि विशेष महाधिवेशनको हलले पारित गरिसकेको छ । महामन्त्री थापा र शर्माले बन्दसत्रमा प्रस्तुत गरेको राजनीतिक तथा सांगठनिक प्रस्तावमा पार्टी सभापति देउवालाई आगामी प्रतिनिधिसभामा संसदीय दलको नेता हुँदै प्रधानमन्त्री हुने ढोकासमेत बन्द गर्ने नीति ल्याएका छन् ।

देउवा अन्तिम पटक चुनाव लड्ने भनेर गृहजिल्ला डडेलधुराबाट एकल नाम सिफारिस भइरहेको पृष्ठभूमिमा महामन्त्री थापा र शर्माले सोमबार विशेष महाधिवेशनमा प्रस्तुत गरेको नीतिगत प्रस्ताव मंगलबार मात्रै पारित हुनेछ । प्रतिवेदनका विषयमा समूहगत छलफल नै जारी रहेकाले आज त्यसलाई पारित गरेपछि मात्र निर्वाचनको कोर्स अघि बढ्ने छ ।

Advertisement

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top