मुगुमा एमालेका गोपालबहादुर बम विजयी

२१ मंसिर ७४, शुक्रबार

मुगुमा प्रतिनिधि सभातर्फ नेकपा एमाले विजयी भएको छ।

Advertisement

एमालेका उम्मेद्वार गोपाल बहादुर बम १३ हजार ३४ मत ल्याएर विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी हस्तबहादुर मल्लले ९ हजार ८ सय ६१ मत प्राप्त गरे। बमले मल्लभन्दा ३ हजार १ सय ७३ मत धेरै ल्याएको मुख्य निर्वाचन अधिकृत जवाहरप्रसाद सिंहले जानकारी दिए।

Advertisement

कुल २३ हजार ६ सय ४२ मत खसेकोमा २२ हजार ९ स य ९४ मत सदर भएको थियो। प्रदेश सभा तर्फको मतगणना भने भर्खर सुरू भएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top